Skip to main content

श्वासप्रस्वासको चक्र के हो र राम्रो स्वास्थ्यका लागि यसको हेरचाह कसरी गर्ने

हरियो र गुलाबी रंगको लुगा लगाएकी एक महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, के तपाईंलाई थाहा छ कि एक पटकमा नाकको एउटा प्वालले मात्र सास फेर्छ?

दिनभरि धेरै पटक हामीलाई थाहा नभइ हाम्रो नाकका प्वालहरूले पालैपालो सास तान्ने र छाड्ने काम गरिरहेको हुन्छ।

यसलाई ‘नासिका चक्र’ भनिन्छ र यसले हाम्रो नाकको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्दछ।

रुघा लाग्दा वा एलर्जी हुँदा नाक बन्द भएर सास फेर्न गाह्रो हुन्छ।

तर यस्तो अवस्था नभए पनि तपाईंले लामो सास तान्दा एकपटकमा नाकको एउटा प्वालबाट मात्र हावा भित्र पसिरहेको हुन्छ।

यो कुनै चिन्ताको विषय होइन, तपाईंले अनुभव गरिरहनुभएको कुरा वास्तवमा शारीरिक रूपमा स्वाभाविक प्रक्रिया हो।