
२० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज पनि अमेरिकी डलर, युरो, युके पाउण्डको भाउ बढेको छ। त्यस्तै, अष्ट्रेलियन डलर, क्यानाडियन डलर, सिंगापुर डलर र जापानी येनको भाउ पनि आज बढेको देखिएको छ। आज अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा रहेको छ। हिजो अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा थियो।
आज युरोको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा छ। हिजो युरोको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा रहेको थियो। आज पाउण्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४३ पैसा छ। हिजो पाउण्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ ९० पैसा र बिक्रीदर २०५ रुपैयाँ ७० पैसा थियो। आज स्वीस फ्रैंकको खरिददर १९३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५१ पैसा रहेको छ।
आज अष्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ १ पैसा छ। हिजो यसको खरिददर १०९ रुपैयाँ २६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा थियो। आज क्यानाडियन डलरको खरिददर ११० रुपैयाँ ३३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७६ पैसा रहेको छ। हिजो यसको खरिददर १०९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११० रुपैयाँ २६ पैसा थियो। आज सिंगापुर डलरको खरिददर ११९ रुपैयाँ २५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ पैसा रहेको छ। हिजो यसको खरिददर ११८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४५ पैसा थियो। आज जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा छ। हिजो यो खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा थियो। हेर्नुहोस् आजको विनिमय दर–






