Skip to main content

लेखक: space4knews

के नेपालको जस्तो निर्वाचन प्रणालीमा एउटै दलको बहुमत आउन सम्भव छ


नेपाल निर्वाचनका लागि मतपेटिका ढुवानी गरिँदै

तस्बिर स्रोत, EPA/Shutterstock

आगामी फागुन २१ गते हुने तय भएको प्रतिनिधिसभामा निर्वाचनमा बहुमत दिलाउन आग्रहसहित दलहरूले चुनावी प्रचार तीव्र बनाइरहँदा एउटै दलको बहुमतका सम्भावनाबारे लेखाजोखा भइरहेको छ।

एक दशकअघि जारी भएको नेपालको पछिल्लो संविधानमा व्यवस्था गरिएको मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत आउन मुस्किल पर्ने कतिपय राजनीतिक दलका नेता र विश्लेषकहरूले बारम्बार टिप्पणी गर्दै आएका छन्।

नेपालको संविधान र कानुन अनुसार प्रतिनिधिसभामा निर्वाचित हुने ६० प्रतिशत सदस्यहरू मतदाताको प्रत्यक्ष मत वा प्रत्यक्ष निर्वाचित प्रणालीबाट र बाँकी ४० प्रतिशत सदस्य दलले पाउने मत अर्थात् समानुपातिक प्रणालीबाट छानिएर आउँछन्।

आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनबाट चुनिने २७५ सांसदमध्ये १६५ जना निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनिएर आउँछन्। अनि बाँकी ११० जना चाहिँ मतदाताले राजनीतिक दललाई दिएको मतका आधारमा ती दलबाट छानिएर आउँछन्।

समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको नाम दलहरूले यसअघि नै निर्वाचन आयोगलाई बुझाइसकेका छन्। उम्मेदवारहरूको यस्तो ‘बन्दसूची’बाट चुनावअघि नै तय गरिएको प्राथमिकताक्रमअनुसार दलले पाएको भोटबाट समानुपातिक सांसद छानिन्छन्।





Source link

के एलिअन साँच्चै हुन्छन्? ट्रम्प अमेरिकासँग भएको गोप्य सूचना सार्वजनिक गराउने पक्षमा


भिडिओ क्याप्शन सुरु हुँदैछ,

‘एलिअन’ फेरि चर्चामा, अमेरिकासँग भएको गोप्य जानकारी ट्रम्पले सार्वजनिक गराउने

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बाह्यलोकीय जीव ‘एलिअन’बारे सरकारसँग भएका फाइलहरू पहिचान गर्ने र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका सरकारी निकायलाई निर्देशन दिएका छन्।

पूर्वराष्ट्रपति बराक ओबामाले एउटा अन्तर्वार्तामा “एलिअनहरू वास्तविक हुन्” भनेपछि ट्रम्पले उनीमाथि “गोप्य सूचना” चुहाएको आरोप लगाएका थिए।

त्यसपछि सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा लेख्दै ट्रम्पले एलिअन र बाह्यलोकीय जीवन, अन्आइडेन्टिफाइड एरिअल फिनोमिना (यूएपी) र अन्आइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट्स (यूएफओ) तथा ती जटिल तर अतिरोचक र महत्त्वपूर्ण विषयवस्तुबारे अरू सबै सूचना सार्वजनिक गराउने घोषणा गरे।

केही वर्षयता अमेरिकामा एलिअन तथा यूएफओबारे चासो सार्वजनिक चासो बढेको देखिन्छ। आकाशमा अनौठा वस्तुहरू देखिएको विमानचालकहरू र अमेरिकी सैन्य अधिकारीहरूले बताएपछि सन् २०१७ मा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले त्यसबारे छानबिन गर्न एउटा गोप्य कार्यक्रम सञ्चालन गरेको विवरण आएको थियो।

सन् २०२२ मा अमेरिकी कङ्ग्रेसमा ५० वर्षपछि यूएफओबारे पहिलो पटक संसदीय सुनुवाइ हुँदा पेन्टागनले त्यसबारे पारदर्शिता कायम गर्ने वाचा गरेको थियो।

त्यसको एक वर्षपछि तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्स (एचओआर)को एउटा समितिले आफ्नो प्रतिवेदनमा यूएफओहरू वास्तवमै छन् कि छैनन् भनेर किटान गरेन।

सन् २०२४ मा पेन्टागनले एउटा प्रतिवेदनमा एलिअनसँग भेट भएको कुनै प्रमाण अमेरिका सरकारसँग नभएको र यूएफओ भनिएका अधिकांश घटनामा सामान्य वस्तुहरू नै देखिएको उल्लेख गरेको थियो

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





Source link

इलोन मस्क : मङ्गल ग्रहको साटो चन्द्रमामा बसाउन चाहेको ‘आत्मनिर्भर सहर’ के हो?


इलोन मस्क

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, एक्समा पोस्ट गर्दै इलोन मस्कले किन स्पेसएक्सले मङ्गल ग्रहको साटो चन्द्रमामा सहर निर्माण गर्न खोजिएको भनेर वर्णन गरेका छन्

चन्द्रमामा १० वर्षभित्रै एउटा ‘आत्मनिर्भर सहर’ बसाउन सकिन्छ – इलोन मस्कले हालै घोषणा गरेको योजनाले त्यसो भन्छ।

एक्स, टेस्ला र स्पेसएक्स कम्पनीहरूका मालिक तथा विश्वका सबैभन्दा धनाढ्य व्यक्तिमध्येका मस्कले हालै एक्समा एक पोस्ट राख्दै उनको स्पेसएक्स कम्पनीले मङ्गल ग्रहको साटो चन्द्रमामा सहर निर्माण गर्न लागेको उल्लेख गरे। उक्त पोस्टलाई चार करोड पटक हेरियो।

तर मस्कले उनको मन किन परिवर्तन गरे? अनि उनले चन्द्रमामा बसाउने भनेको सहरबारे हामीलाई के थाहा छ?

मङ्गलको साटो चन्द्रमा

चन्द्रमाको सतहमा चट्टान

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, सन् १९६० को दशक अनि १९७० को सुरुवाती वर्षहरूमा गरिएका अपोलो अन्तरिक्ष अभियानहरूले हामीलाई चन्द्रमा र उसको उत्पत्तिबारे बुझ्न धेरै मद्दत गरेका थिए

चन्द्रमामा बसाइने भनिएको सहरबारे कुनै औपचारिक, विस्तृत एवं मार्गचित्रसहितको योजना छैन। मस्कले सामाजिक सञ्जाल एक्समा केवल आफ्नो दृष्टिकोण राखेका छन्।

उनले त्यहाँ स्थायी मानवबस्ती बसाउने र भावी दिनमा चन्द्रमातर्फ थुप्रै अभियान सञ्चालन हुने हुँदा क्रमश: चन्द्रमामै उपलब्ध स्रोतहरूको प्रयोग गरेर त्यसको विस्तार हुने भनेका छन्।





Source link

नेपालको निर्वाचन इतिहास : प्रभावशाली नेता नै पराजित भएका चुनाव


बायाँबाट क्रमस पुष्पलाल श्रेष्ठ, मातृका कोइराला कृष्णप्रसाद भट्टराई, के आई सिंह सूर्यबहादुर थापा र माधव नेपालका तस्बिर

तस्बिर स्रोत, Getty/NC/UML/OPMCM

भावी प्रधानमन्त्रीका आकाङ्क्षीमध्येका दुई जना, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाण्डू महानगरपालिकाका पूर्वमेअर बालेन्द्र शाह ‘बालेन’ एउटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा छन्।

आगामी फागुन २१ गते हुने निर्वाचनको मतपरिणाम आउँदा झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट ओली र बालेनमध्ये कम्तीमा एक जना पराजित हुने निश्चित छ। चार पटक प्रधानमन्त्री बनिसकेका ओली नेकपा एमालेका अध्यक्ष हुन् भने बालेन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता हुन्।

नेपालका इतिहासमा राजनीतिक दल वा सरकारको उच्च पदमा रहेका व्यक्ति पराजित भएका कैयौँ चुनाव छन्। बहालवाला प्रधानमन्त्रीदेखि पार्टी प्रमुखसम्म पराजित भएका विगतका चुनावहरूको हामीले यहाँ चर्चा गरेका छौँ।

गणेशमानसँग पुष्पलाल हारेको चुनाव

पुष्पलाल श्रेष्ठ

तस्बिर स्रोत, CPNUML

नेपालको इतिहासमा भएको पहिलो संसदीय निर्वाचनमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र प्रजातान्त्रिक योद्धाका रूपमा चिनिएका गणेशमान सिंह एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बने।

विसं २०१५ सालको आमनिर्वाचनमा तत्कालीन काठमाण्डू क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा गरेका दुई नेतामध्ये कम्युनिस्ट पार्टीका संस्थापक श्रेष्ठ सिंहसँग पराजित भए।





Source link

नेपाल निर्वाचन २०८२ र वैदेशिक रोजगारी: दुई महिनामा झन्डै ३ लाख नेपाली फर्किए, चुनावको मुखमा कति विदेशिए


वैदेशिक रोजगारको क्रममा कुवेतमा बस्दै आएका सन्तोष अधिकारी मतदानपछि मात्रै फर्कने विचारमा छन्

तस्बिर स्रोत, Santosh Adhikari

तस्बिरको क्याप्शन, कुवेतमा काम गर्दै आएका सन्तोष अधिकारी मतदानपछि मात्रै फर्किने विचारमा छन्

कुवेतमा भेटरनरी प्राविधिकको काम गर्ने झापाका सन्तोष अधिकारी चुनावमा भोट हाल्नकै लागि बिदा लम्ब्याएर घरमा बसिरहेका छन्।

उनी झापा २ का मतदाता हुन्। उनले दुई महिनाअघि आफू नेपाल आएको तर चुनावमा मत हालेर मात्रै कर्मथलो फर्कने मनस्थिति बनाएको बताए।

“चुनावबाट एउटा सक्षम नेतृत्व आएर देश एउटा प्रणालीबाट चलोस् भन्ने मेरो चाहाना छ। सेवाग्राही र सेवा प्रदायकहरूलाई प्रणालीले जोड्नुपर्छ। लाइन, भिडभाड र भनसुन अन्त्य हुनुपर्‍यो र काम सहजै हुने वातावरण बन्नुपर्छ,” उनी भन्छन्।

उनले रोजगारी सिर्जना र श्रमिकका विषयहरूलाई प्राथमिकता दिने सरकार निर्माण हुने अपेक्षा आफूले राखेको बताए।

उनी थप्छन्, “बीस-तीस हजार रुपैयाँ कमाउनकै लागि नेपालीहरूले विदेश जानु नपरोस्। घर चलाउनकै लागि त्यसरी बाहिर जानु नपरोस् त्यत्तिको रोजगारी नेपालभित्रै प्रत्याभूत गराउने नेतृत्व आउनुपर्‍यो भन्ने हाम्रो अपेक्षा हो।”





Source link

नेपाल निर्वाचन २०८२ : चीन सम्भावित मतपरिणामलाई कसरी हेर्दै छ


नेपाल र चीनका झण्डा

तस्बिर स्रोत, Getty Images

स्थिर र समृद्ध नेपालले मात्र छिमेकीको रूपमा आफ्नो हित संरक्षण गर्ने बताउँदै आएको चीनले जेन जी आन्दोलनदेखि चुनावसम्मको अवस्थाको विश्लेषण गर्दै त्यसलाई “अनिश्चित राजनीतिक परिदृश्य”का रूपमा हेरेको हुन सक्ने चीनस्थित नेपाल मामिलामा चासो राख्ने जानकारहरूले टिप्पणी गरेका छन्।

गत भदौमा नेपालमा भएको आन्दोलनबारे बेइजिङ खुलेर बोलेको छैन। तर चीनको राज्य संयन्त्रमा प्रभाव राख्ने भनेर चिनिने त्यहाँका प्राज्ञहरूले नेपालको चुनाव र यसबारे चिनको सम्भावित दृष्टिकोणका सम्बन्धमा बीबीसीसँग कुराकानी गरेका छन्।

पछिल्लो पटक पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त भएलगत्तै चिनियाँ विदेश मन्त्रालयका तर्फबाट नेपाली प्रधानमन्त्रीलाई बधाई दिएको बेइजिङले “नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको चीनले सम्मान गर्ने” जनाएको थियो।

उसले आफूहरू शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई कायम राख्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगलाई अगाडि बढाउन र द्विपक्षीय सम्बन्धको विकास प्रवर्द्धन गर्न नेपालसँग काम गर्न तयार रहेको समेत उल्लेख गरेको थियो।

राजधानी बेइजिङस्थित एक सरकारी थिङ्क ट्याङ्क चाइना इन्स्टिट्यूट अफ कन्टेम्पोररी इन्टरन्याश्नल रिलेसन्स (सीआईसीआईआर) का दक्षिण एसिया मामिला विज्ञ प्राध्यापक हु शिशेङले यस निर्वाचनमा नेपालका तीन मुख्य दलहरूको प्रभाव पहिलेको दाँजोमा कस्तो होला भन्ने विषयमा आफूहरूले समिक्षा गरिरहेको बताएका छन्।





Source link

आयतोल्लाह अली खामेनेई : इरानका सर्वोच्च नेतालाई फेला पारेर मार्ने महिनौँ लामो अमेरिकी-इजरेली अभियान


केप टाउनस्थित एक मस्जिदमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको तस्बिर अनि सँगै राखिएका इरानी झण्डा, मैनबत्तीहरू तथा समवेदना पुस्तिका

तस्बिर स्रोत, Getty Images

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईलाई मार्ने सैन्य कारबाही धेरैले अपेक्षा गरेजस्तो मध्यरातमा नभई बिहानीको समयमा गरियो।

त्यो किनभने अमेरिका र इजरेलले उनीहरूले केही घण्टाअगाडि प्राप्त गरेको महत्त्वपूर्ण खुफिया जानकारीको उपयोग गरिहाल्न चाहे।

महिनौँदेखि उनीहरूले वरिष्ठ इरानी अधिकारीहरू भेला हुने अवसर छोप्न निगरानी गरिरहेका थिए। शनिवार बिहान मध्यतेहरानको एक परिसरमा सर्वोच्च नेता अली खामेनेई उपस्थित हुने जानकारी उनीहरूले पाएका थिए।

त्यही समयमा इरानका अन्य वरिष्ठ सैन्य तथा जासुस अधिकारीहरू कहाँ छन् भन्नेबारे पनि उनीहरूले चियो गरिरहेका थिए।

महिनौँको प्रयास

महिनौँदेखि अमेरिका र इजरेलले सर्वोच्च नेताको आवतजावत ट्र्याक गरिरहेका थिए। ठ्याक्के कुन विधिबाट उनीहरूले चियो गरेका थिए भन्ने त गोप्य नै छ, तर त्यसबारे राष्ट्रपति डोनल्ड ट्रम्पले उनको सामाजिक सञ्जाल पोस्टमा केही छनक दिएका छन्।





Source link

इरानसँग अमेरिका–इजरेल युद्ध : किन भयो? कति लम्बिन सक्छ?


इजरेल र अमेरिकाले गरेका आक्रमणको तस्बिर

तस्बिर स्रोत, Getty Images

अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानीहरूले सरकार ढाल्ने समय आएको बताएका छन्।

इरानले पनि क्षेप्यास्त्र र ड्रोन आक्रमणमार्फत् प्रतिक्रिया जनाएको छ। उसको निसानामा इजरेल, बाहरेन, कुवेत, कतार, यूएई, जोर्डन, साउदी अरब, साइप्रस र स्ट्रेट अफ हर्मुजबाट पार हुने पानीजहाजहरू छन्।

इरानको समर्थनमा लेबननमा सक्रिय शीआ मुस्लिम समूह पनि यो युद्धमा सामेल भएर लेबननबाट इजरेलतर्फ रकेटहरू प्रहार गरिरहेको छ।

जबाफमा इजरेलले पनि लेबननमा रहेका हिज्बुल्लाहका अखडाहरूमा आक्रमण गरेको छ।

यसमा हामीले यो युद्ध कसरी सुरु भयो, त्यसबाट मध्यपूर्व कसरी प्रभावित बन्यो अनि द्वन्द्व कति समयसम्म लम्बिन सक्छ भनेर चर्चा गरेका छौँ।





Source link

प्रतिनिधिसभा निर्वाचन २०८२: नेपालको भावी दिशा तय गर्ने ‘विशेष’ क्षण


काठमाण्डूको वसन्तपुर दरबारक्षेत्रमा मतदानसम्बन्धी सामग्री बोकेर हिँडिरहेका निर्वाचन कर्मचारी

तस्बिर स्रोत, EPA

आज फागुन २१। देशभर निर्वाचनमा मतदान सुुरु भएको छ।

नयाँ निर्वाचनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई विस्थापित गर्दै नयाँ सरकार गठनको बाटो खोल्ने छ भने गएको भदौमा संसद् विघटनपछि देखिएको जनप्रतिनिधिमुलुक सङ्घीय निकायको रिक्ततालाई पूर्ति गर्ने छ।

सामान्य परिस्थिति हुन्थ्यो भने यति बेला नेपालमा चुनावको कुनै चर्चा नै हुँदैन थियो।

तर गएको भदौमा जेन जी आन्दोलनका क्रममा भएको बल प्रयोग र त्यसको भोलिपल्ट आन्दोलनकारीद्वारा गरिएको विध्वंसपछि भैरहेको यो निर्वाचनलाई संविधानलाई पुन: आफ्नो मार्गमा ल्याउने दिशातर्फको एउटा महत्त्वपूर्ण कदम भनेर विज्ञहरूले भनिरहेका छन्।

यस पटक मतदाता सूचीमा रहेका एक करोड ८९ लाखभन्दा बढी मतदातामध्ये १० लाख भन्दा धेरै जेन जी आन्दोलनपछि थपिएका मानिएको छ।





Source link

‘जाँचबुझ आयोगले भदौ २३ र २४ दुवै दिनका घटनाहरू हेरेको छ’


साढे ५ महिना लगाएर आयोगले प्रतिवेदन तयार पारेको हो

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगका एक सदस्यले दुवै दिन भएका घटनाबारे अध्ययन गरिएको बीबीसीलाई बताएका छन्।

कतिपयले २४ गते भएका आगजनी तथा तोडफोडका घटनालाई आयोगले पन्छाएको दाबी गरिरहँदा विज्ञानराज शर्माले त्यसलाई खण्डन गरेका हुन्।

आयोगले आइतवार बुझाएको प्रतिवेदनलाई कुन रूपमा सार्वजनिक गर्ने भन्नेबारे निर्णय गर्न बाँकी रहेको प्रधानमन्त्रीका एक सल्लाहकारले बीबीसीलाई बताए।

विगतमा गठन भएको एउटा जाँचबुझ आयोगका संयोजकले प्रतिवेदन सार्वजनिक गर्दा राम्रो हुने प्रतिक्रिया दिए।

प्रतिवेदनका सिफारिसहरू कार्यान्वयन गर्ने दायित्व भावी सरकारको काँधमा हुने विज्ञहरूले औँल्याएका छन्।





Source link

नेपाल निर्वाचन २०८२ : ‘कौतूहल, डर अनि नागरिक बनेको मिश्रित अनुभूति’


बसन्तपुरस्थित मतदान केन्द्रमा भोट खसालेपछी एलिशा महर्जन।

तस्बिर स्रोत, Kamal Pariyar

काठमाण्डू वसन्तपुरकी एलिशा महर्जन केही महिनाअघि सम्म पनि ‘भोट हालेपनि नहालेपनि के नै हुन्छ होला’ भनेर सोच्ने गर्थिन्।

तर गएको भदौमा भएको ‘जेन जी आन्दोलन’ पछि यी १९ वर्षकी किशोरीको बुझाइ बदलियो। बिहीबार आफ्नो टोलमा रहेको मतदान केन्द्रमा पुगेर उनले पहिलो पटक भोट खसालिन्।

बीबीसीसँग कुरा गर्दै उनले भनिन्, “जेन जी आन्दोलनकै कारण उत्प्रेरित भएर हामीले पनि भोट हाल्नुपर्छ भन्ने सोचेर मैले मतदान गरेँ।”

गएको भदौमा नव युवा पुस्ताका तन्नेरीहरूले देशमा भ्रष्टाचार र कुशासन व्याप्त रहेको भन्दै राजधानीमा प्रदर्शन गरेका थिए।

कम्तीमा ७७ जनाको ज्यान गएको उक्त प्रदर्शनपछि गठन गरिएको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गर्दै आम चुनावको घोषणा गरेको थियो।





Source link

नेपाल निर्वाचन २०८२ः मतगणना कसरी हुन्छ, कस्तो मतपत्र बदर हुन्छ


मतगणना गरेको साङ्केतिक चित्राङ्कन

प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्ने निर्धारित समय सकिएको छ। धेरैले मतगणना कसरी हुन्छ र गणना सकिन कति दिन लाग्छ भन्ने चासो व्यक्त गर्न थालेका छन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिका सङ्कलनपश्चात्‌ २४ घण्टामा मतगणना सक्ने लक्ष्य रहेको बताएका छन्।

सुरक्षाका लागि विगतमा कतिपय गणनास्थलमा तारजाली लगाउने गरिएको थियो। उनका अनुसार यसपालि पनि आवश्यकतानुसार त्यस्तो व्यवस्था गरिएको छ।

“स्थानीय स्तरमा जे आवश्यक छ त्यो गर्न हामीले भनेका छौँ। जहाँ त्यो [तारजाली] आवश्यक हुन्छ, त्यहाँ राखिएको छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

तोकिएका व्यक्तिबाहेक अरू मानिस मतपत्रसम्म पुग्न नसकून् भनेर आवश्यक प्रबन्ध मिलाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले बताए।





Source link

नेपाल निर्वाचन २०८२ः प्रत्यक्ष मतदानबाट चुनिन उठेका उम्मेदवार यी हुन्


प्रतिनिधिसभाको निर्वाचनका लागि बिहीबार मतदान सम्पन्न भएको छ। प्रत्यक्षतर्फको मतबाट १६५ सांसद र समानुपातिक प्रणालीबाट ११० सांसद छानिने छन्।

प्रत्यक्ष प्रणालीबाट प्रतिनिधिसभामा पुग्न ३,४०० भन्दा बढी उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।

हामीले यहाँ निर्वाचन क्षेत्रका आधारमा सबै उम्मेदवारको सङ्क्षिप्त परिचय प्रस्तुत गरेका छौँ।

काठमाण्डू जिल्लाका १० क्षेत्रका उम्मेदवारहरू हेर्न तलको नक्सामा





Source link

नेपाल निर्वाचन २०८२: सुशीला कार्कीले अब कहिलेसम्म प्रधानमन्त्री रहन्छिन्?


सुशीला कार्की

तस्बिर स्रोत, Reuters

बिहीवार बिहान काठमाण्डूको धापासीस्थित एक मतदान केन्द्रमा भोट हालेपछि प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो “काम पूरा भएको” प्रतिक्रिया दिएकी छन्।

मतदान सकिएलगत्तै बीबीसीसँग विशेष कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले “सक्दो छिटो [नयाँ] सरकार गठन गराउँदै वहाँहरूलाई हस्तान्तरण गरेर बाहिरिने” बताइन्।

तर उनले कस्तो नतिजा आउँछ भन्ने कुराले त्यसको प्रक्रिया र प्रारूप निर्धारण गर्ने भन्दै त्यसलाई पर्खिरहेको बताइन्।

“अब हेरौँ कस्तो खालको अवस्था आउँछ, गठबन्धन सरकार बन्ने हो कि एकल सरकार बन्ने हो कि,” कार्कीले बीबीसीसँगको अन्तर्वार्तामा भनिन्।

“तर हामी एकदम प्रयासमा के रहन्छौँ भने देखि छिटोभन्दा छिटो नयाँ सरकार गठन गर्ने किनभने यो सरकारसँग युवाहरूको आशा छ।”





Source link

नेपाल निर्वाचन २०८२ प्रतिनिधिसभा ८५ लाख समानुपातिक मत गनियो, मङ्गलवार साँझसम्म ‘अन्तिम परिणाम आइसक्ने’


निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार आज बिहान १०:४५ बजेसम्म समानुपातिक प्रणालीतर्फ ८३,१६,३९५ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ४० लाख कटाएको छ।

गणना सुरु भएदेखि नै रास्वपा समानुपातिक मतमा पनि अग्रस्थानमा छ। समानुपातिक प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबाहेक प्रत्यक्षतर्फ सीट जितेका श्रम संस्कृति पार्टी र राप्रपा पनि ‘ माथि देखिएका छन्।

समानुपातिक मत

समानुपातिक प्रणालीतर्फ पार्टीहरूले प्राप्त गर्ने सीट गणना गर्न एउटा विशेष गणितीय सूत्र प्रयोग हुन्छ।

प्रत्यक्ष मतदानमा कम्तीमा एक सीट जित्ने दलले समानुपातिक मतदानतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याएमा मात्र समानुपातिक प्रणालीतर्फ सीट पाउँछ।

सीट सङ्ख्याको अन्तिम निर्णय निर्वाचन आयोगले गर्छ।



Source link