
काठमाडौंस्थित मनोरहामा रिपोर्टिङ गर्ने क्रममा अनलाइनखवरकर्मी कमल प्रसाईंमाथि स्थानीय बस्तीवासीहरूले साँझ करिब ७ बजे आक्रमण गरेका छन्। उनको नाकमा चोट लागेको छ र आक्रमण त्यतिबेला भएको हो जब सुरक्षाकर्मीको टोली डोजरसहित मनोरहामा पुगेको थियो। सरकारले बस्ती भत्काउने क्रममा भइरहेको अवस्थाबारे रिपोर्टिङ गर्ने क्रममा उनीमाथि आक्रोशित समूहले आक्रमण गरेको थियो। १२ वैशाख, काठमाडौं। काठमाडौंस्थित मनोरहामा रहेको सुकुमबासी बस्तीको रिपोर्टिङको क्रममा पुगेका अनलाइनखवरकर्मी कमल प्रसाईंमाथि आक्रमण भएको छ। साँझ करिब ७ बजे उनीमाथि स्थानीय बस्तीवासीहरूले आक्रमण गरेका हुन्। उनको नाकमा चोट लागेको छ। सरकारले बस्ती भत्काउने अवस्थाबारे रिपोर्टिङ गर्न पुगेका उनीमाथि स्थानीय आक्रोशित समूहले आक्रमण गरेको थियो। दिउँसो थापाथली र सिनामंगल खाली गराउँदा अवस्था शान्त रहेको थियो, तर मनोरहामा सुरक्षाकर्मीहरूको टोली डोजरसहित पुगेपछि स्थानीयहरू आक्रोशित भएका थिए।






