
आईपीएल क्रिकेटमा रायल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गर्यो। बेंगलुरुले ७६ रनको लक्ष्य ६.३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गर्यो। दिल्ली १६.३ ओभरमा ७५ रनमै सबै खेलाडी आउट भयो र बेंगलुरु दोस्रो स्थानमा छ। १४ वैशाख, काठमाडौं।
सोमबार रातिको खेलमा बेंगलुरुले दिल्ली क्यापिटल्सलाई ९ विकेटले हरायो। सानो लक्ष्य ७६ रन बेंगलुरुले एक विकेट गुमाउँदै ६.३ ओभरमा पूरा गर्यो। देवदत्त पडिक्कलले ३४ रन बनाए भने विराट कोहलीले २३ रन अनआउट खेले। ज्याकब बेथेलले २० रन बनाए। दिल्लीबाट काइल जेमिसन मात्र एक विकेट लिन सफल भए।
टस हराएर पहिले ब्याटिङ गरेको दिल्ली टोली १६.३ ओभरमा ७५ रनमै अलआउट भयो। सुरुवातमै ८ रनमा ६ विकेट गुमाएको थियो। दोस्रो बलमै साहिल पारख बिना रन आउट भए र दुई रन जोडिन् सँगै केएल राहुल पनि आउट भए। त्यसपछि समीर रिज्भी पनि आउट भएपछि दिल्लीको स्थिति २ विकेटको ३ रन थियो। स्कोर ७ मा ट्रिस्टन स्टब्स र कप्तान अक्षर पटेल आउट भए भने स्कोर ८ मा नितिश रानाले पनि विकेट गुमाए, जसले गर्दा दिल्लीको स्थिति ८ विकेटको ६ रन भयो।
अन्तिम विकेटका रूपमा अभिषेक पोरेल ३० रनमा आउट भएसँगै दिल्ली ७५ रनमै अलआउट भयो। बेंगलुरुका जोश हेजलवुड र भुवनेश्वर कुमारले सुरुवाती ४ ओभरभित्र ३-३ विकेट लिए। हेजलवुडले ३.३ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए भने भुवनेश्वरले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए। यस ठूलो जितसँगै बेंगलुरुले ८ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा रह्यो भने हारका बाबजुद दिल्ली ८ खेलबाट ६ अंकसहित सातौं स्थानमा छ।






