Skip to main content

३० हजार घुस आरोपमा पक्राउ परेका कर्मचारीविरुद्ध मुद्दा दायर

१४ वैशाख, काठमाडौं । गत चैतमा ३० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक सञ्जय चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम जरिवाना र सजायको माग गर्दै सोमबार विशेष अदालतमा आरोपपत्र पेश गरेको छ । आयोगका अनुसार चौधरीलाई चैत १६ गते उद्योग नवीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत माग्दै हैरानी गरेको अवस्थामा पक्राउ गरिएको थियो । पक्राउ गर्दा ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्था समेत फेला परेको थियो ।