
भक्तपुरको सूर्यविनायक नगरपालिका–६ सुन्दरबस्तीबाट प्रहरीले २ राउन्ड गोली र लागुऔषधसहित २३ वर्षीय निरज खत्रीलाई पक्राउ गरेको छ। जगाती प्रहरी वृत्तका अनुसार खत्रीको साथबाट एसएलआरका २ राउन्ड गोली, ट्रामाडोल ट्याबलेट र १ थान खुकुरी बरामद भएको छ। पक्राउ गरिएका खत्रीमाथि थप अनुसन्धान भइरहेको छ।
पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोलका २३ वर्षीय निरज खत्री रहेका छन्। प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको टोलीले उनीलाई मंगलबार सूर्यविनायक नगरपालिका–६ सुन्दरबस्तीबाट पक्राउ गरेको भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए। जबेगुका अनुसार उनको साथबाट एसएलआरको गोली २ राउन्ड, ट्रामाडोल ट्याबलेट र १ थान खुकुरी बरामद गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






