Skip to main content

सांसद विश्वकर्माले रवि लामिछानेको भारत भ्रमणलाई ‘चाकरीबाज’ भने

नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणलाई ‘चाकरीबाज’ संज्ञा दिएका छन्। सांसद विश्वकर्माले नेपालको सिमाना र भारतको सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै राष्ट्रिय सभाको बैठकमा प्रश्न उठाएका छन्। पाँच दिनको भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने त्यहाँ उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त छन्।

२० जेठ, काठमाडौं। सांसद विश्वकर्माले राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै भने, ‘भारतसँगको सम्बन्ध अहिले चिसिएको छ। यस्तो बेला प्रधानमन्त्रीले आफ्नो पार्टीको सभापतिलाई दूतको रूपमा भारत पठाउनुभएको छ। यो अर्को प्रकारको चाकरीबाज हो।’ रास्वपा सभापति लामिछाने भारतमा उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त छन्।

यसैबीच, सांसद विश्वकर्माले नेपाल र भारत सीमाबारे प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिको विरोध गर्दै लामिछानेको भारत भ्रमणमा टिप्पणी गरेका हुन्। गत आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारत सीमाको विवाद कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए। उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्न सक्छ, मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ कि भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।’ यस्तो अभिव्यक्तिको विरोध गर्दै सांसद विश्वकर्माले यो विषय कहाँबाट कसरी आयो भनेर प्रश्न उठाएका छन्।