चैत्र शुक्ल प्रतिपदादेखि दरबारमार्गस्थित तीनधारा पाठशालामा सेतो मच्छेन्द्रनाथको रथ निर्माण कार्य सुरु गरिएको छ।
चैत्र १२ गते दिउँसो ४ बजे तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुनेछ र असनमा पूजा सम्पन्न गरिनेछ।
रथयात्राका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले असनमा दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ।
८ चैत, काठमाडौं । दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दशैँका दिनदेखि सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राका लागि रथ निर्माण भइरहेको छ ।
चैत्र शुक्ल प्रतिपदादेखि रथ निर्माण कार्य सुरु गरिएको गुठी संस्थानले जानकारी दिएको छ । संस्थानका प्रवक्ता जनक पोखरेलले चैत्र शुक्ल सप्तमी अर्थात् चैत्र ११ गते भित्र रथ निर्माण सम्पन्न हुने जानकारी राससलाई दिएका छन् ।
यही चैत्र १२ गते दिउँसो ४ बजे तीनधारा पाठशालाबाट सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु हुनेछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दशमीसम्म राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा आयोजना गरिन्छ ।
यस वर्ष पनि पहिलो दिन चैत १२ गते रथ असन पुर्याइने छ । रथ असन पुगेपछि पूजा आराधना गरिनेछ । राजधानीको भित्री भागमा तीन दिनसम्म रथयात्रा सञ्चालन गरिनेछ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा आएर अन्त्य हुनेछ । रथ निर्माणका लागि काठलगायतको व्यवस्था संस्थानले गर्ने परम्परा छ ।
चैत्र शुक्ल अष्टमीका दिन चैत १२ गते कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा ल्याएर रथयात्रा सुरु गर्ने परम्परा रहेको सेतो मच्छेन्द्रनाथका पुजारी, समितिका संयोजक तथा काठमाडौँ महानगरपालिका वडा नं २५ का पूर्वअध्यक्ष नीलकाजी शाक्यले जानकारी दिएका छन् ।
चैत १२ गते राति राष्ट्रपति दर्शन गर्ने
असनमा यही चैत १२ गते राति करिब १० बजे राष्ट्रपति रामचन्द्र पौडेलले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।
सेतो मच्छेन्द्रनाथको रथ तानेर असन पुर्याएको राति राष्ट्रपतिले असनमै पुगेर पूजा आराधना र दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ ।
तीनधारा पाठशालाअगाडि ३२ हात लामो रथ बनाएर चैते दशैँदेखि तानेर लगिने गरिन्छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रापछि वर्षा र सहकाल हुने धार्मिक विश्वास प्रचलित छ । रथको दोस्रो दिन अर्थात् चैत १३ गते असनबाट वसन्तपुरस्थित कालभैरव मन्दिरतर्फ लगिन्छ ।
तेस्रो दिन चैत १४ गते वसन्तपुरबाट लगनसम्म रथयात्रा गरिन्छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथलाई तीनपटक घुमाउने चलन छ । राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकिएपछि रातो मच्छेन्द्रनाथको रथयात्रा पनि गरिन्छ ।
ट्रम्पले इरानलाई २४ मार्च बिहान ०३:१४ बजेभित्र होर्मुज स्ट्रेट खोल्न नसके इरानी ऊर्जा केन्द्रहरू नष्ट गर्ने चेतावनी दिएका छन्।
इरानले पनि अमेरिकासँग जोडिएका सबै ऊर्जा पूर्वाधारहरूमा प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ।
इरानले जलमार्गमा लगाएको नाकाबन्दी र जहाजमाथि गरेको आक्रमणका कारण तेलको मूल्य ह्वात्तै बढेको छ।
८ चैत, काठमाडौं। होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा आक्रमण गर्ने अमेरिकाको चेतावनीलाई इरानले कडा जवाफ दिएको छ।
इरानले भनेको छ कि आफ्ना ऊर्जा केन्द्रहरूमा कुनै पनि आक्रमण भएमा मध्यपूर्वका अमेरिकासँग सम्बन्धित सबै ऊर्जा पूर्वाधारहरूमा प्रत्याक्रमण गरिनेछ।
यसअघि शनिबार ट्रम्पले आफ्नो युद्ध लक्ष्य निर्धारित समयभन्दा कहिल्यै छिटो हासिल गरिसकेको टिप्पणी गर्दै इरानले सम्झौता गर्न चाहे पनि आफूले नचाहेको कुरामा जोड दिएका थिए।
ट्रम्पले इरानलाई होर्मुज स्ट्रेट खोल्न ४८ घण्टाको अन्तिम म्याद दिएका थिए। यदि यो अवधिमा स्ट्रेट नखोले अमेरिकाले इरानी ऊर्जा केन्द्रहरू (पावर प्लान्टहरू) नष्ट गर्ने चेतावनी दिएका थिए जसको प्रत्युत्तर स्वरूप इरानले प्रत्याक्रमणको चेतावनी दिएको छ।
सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को ढुवानी यो जलसन्धि हुँदै हुन्छ, जसले यसलाई विश्वव्यापी ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण बनाउँछ।
ट्रम्पले दिएको अल्टिमेटम मार्च २४ मा तेहरान समय अनुसार बिहान ०३:१४ बजे समाप्त हुनेछ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, आक्रमण भए खाडी क्षेत्रमा रहेका अमेरिकासँग सम्बन्धित ऊर्जा केन्द्रहरू निशाना बनाइनेछ।
ट्रम्पले भनेका छन्, ‘यदि इरानले ठीक यसै समयमा ४८ घण्टाभित्र होर्मुज स्ट्रेट पूर्ण रूपमा खोलेन भने, संयुक्त राज्यले उनीहरूको सबैभन्दा ठूलो ऊर्जा केन्द्रहरूमा प्रहार गरी नष्ट गर्नेछ।’
यसैबीच, इरानले दक्षिणी इजरायलमा डिमोना र अरद सहरहरूमा गरेको आक्रमणपछि १०० भन्दा बढी मानिस घाइते भएका छन्। उक्त आक्रमण निशाना डिमोना सहरबाट १३ किलोमिटर टाढा रहेको आणविक केन्द्र (न्युक्लियर फ्यासिलिटी) रहेको पुष्टि भएको छ।
इरानको आक्रमणपछि इजरायलले आफ्ना शत्रुहरूमाथि थप कारबाही जारी राख्ने चेतावनी दिएको छ।
उता, युएईले इरानको नयाँ क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफ दिएको छ। कतारको रक्षा मन्त्रालयले ‘नियमित ड्युटी’ मा समुद्री तटमा दुर्घटना परेको हेलिकोप्टरको खोजी गरिरहेको जनाएको छ।
इरानले लगाएको नाकाबन्दी र जहाजहरूमाथि गरेको आक्रमणका कारण तेलको मूल्य हालैका हप्ताहरूमा अत्यधिक बढेको छ।
आठौँ संस्करणको इन्टरटेनमेन्ट टेबलटेनिस टूर्नामेन्ट ६ चैत शनिबार ललितपुर नख्खुको बुल्स हेल्थ क्लबमा बिहान ९ बजेबाट सुरु हुँदैछ।
प्रतियोगितामा महिला र पुरुष गरी ९६ जना खेलाडी सहभागी हुने ईटीटीका अध्यक्ष सुमन खड्गीले जानकारी दिनुभयो।
विजेतालाई विदेश भ्रमण, उपविजेतालाई पोखरा भ्रमण र तेस्रो हुने खेलाडीलाई मोबाइल उपहारसमेत प्रदान गरिने आयोजकले जनाए।
६ चैत, काठमाडौं । आठौँ संस्करणको ‘इन्टरटेनमेन्ट टेबलटेनिस टूर्नामेन्ट’ यही शनिबार आयोजना हुँदैछ। यस प्रतियोगिता ललितपुरको नख्खुस्थित बुल्स हेल्थ क्लबमा बिहान ९ बजेदेखि सुरु हुनेछ।
‘टेबलटेनिस राष्ट्रको लागि, स्वास्थ्यको लागि’ भन्ने नारासहित हुने कार्यक्रममा महिला र पुरुष गरी ९६ जना खेलाडीले भाग लिने ईटीटीका अध्यक्ष तथा अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गीले जानकारी दिनुभयो।
प्रतियोगितामा दर्ता शुल्क दुई हजार रुपैयाँ तोकिएको छ भने राष्ट्रिय खेलाडी र १६ वर्ष मुनिका खेलाडीहरूलाई शुल्क नलाग्ने आयोजक सुनिल शाक्यले जानकारी दिए।
हरेक खेलाडीलाई ‘स्ट्याग’ ब्राण्डको टीशर्ट पनि प्रदान गरिनेछ। प्रतियोगिताको विजेतालाई विदेश भ्रमण, उपविजेतालाई पोखरा भ्रमण र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई मोबाइल फोन उपहार स्वरूप दिइने आयोजकले जनाएको छ।
तीन महिनाअघि, गत पुस १६ गते अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले समयभन्दा पहिले निर्वाचन गर्ने घोषणा गरेपछि नेपाली फुटबल क्षेत्रमा विवादहरूको श्रृङ्खला सुरु भएको छ र अझै जारी छ।
एन्फाले चाँडै निर्वाचन गर्ने प्रयास गरेको निर्णयलाई तीन पक्षले असहमति जनाइरहेका छन्।
तीमध्ये एक हो राष्ट्रिय खेलकुद परिषद् (राखेप), अर्को क्लबहरू, र तेस्रो एन्फाका केही पदाधिकारीहरू।
कसको के भनाइ?
कुनै पनि राष्ट्रिय खेल सङ्घको निर्वाचन गर्न राखेपको स्वीकृति अनिवार्य हुन्छ। एन्फाले स्वीकृति नलिइकनै निर्वाचन गर्ने तयारी गरेपछि राखेपले देशको कानुन विपरीत भन्दै पटक-पटक निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिइरहेको छ।
डिभिजन क्लब र एन्फाका केही पदाधिकारीहरूले भन्छन्, जिल्ला तहदेखि तहगत निर्वाचन गरेर मात्र केन्द्रीय निर्वाचन गर्नुपर्ने परम्परा छ, त्यसको विपरित चाँडो निर्वाचन गर्न खोजिएको भएकाले विरोध भइरहेको छ।
यस विरोधको कारण जिल्ला र एन्फाका पदाधिकारीहरूले अदालतसम्म पुगेर मुद्दा दायर गरेका छन्।
तर एन्फाले भने फिफा नियम र आफ्नो विधानअनुसार निर्वाचन गर्ने तयारीमा रहेको र प्रक्रियाहरूलाई अगाडि बढाइरहेको छ।
चाहे जे भए पनि निर्वाचन गराउने र रोक्ने यो विवादका बीचमा एन्फाका निर्वाचन तीन पटक सारिसकिएको छ। अब नयाँ मिति चैत्र १३ गते तोकिएको छ।
केही फुटबल विश्लेषकहरूले भन्छन्, वार्षिक डेढ अर्ब रुपैयाँको बजेट भएको एन्फाको आगामी चार वर्ष नेतृत्वमा रहने चाहना पदलोलुप्ताका कारण विवाद उत्पन्न भएको हो।
शहिद स्मारक ‘ए’ डिभिजन लिगको घोषणा देखि राष्ट्रिय लिग स्थगनसम्म, एन्फामा भइरहेका क्लबहरूको रिले अनसनदेखि तालाबन्दीसम्मका घटनालाई पनि यस ‘अर्लि इलेक्सन’को प्रभाव मानिएको छ।
निर्वाचन घोषणा पछि के-के भयो?
चाँडै निर्वाचन गर्ने निर्णयपछि अदालतमा विभिन्न मुद्दाहरू दर्ता भएका छन्।
गोर्खा जिल्लाका फुटबल सङ्घ सदस्य अमित खत्री र एन्फाका उपाध्यक्ष विराटजङ्ग शाहीले ‘अर्लि इलेक्सन’ विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेका छन्, जुन विचाराधीन छ।
एन्फाका उपाध्यक्ष विराटजङ्ग शाही, सदस्य रुपेश अधिकारी र रबिन चन्दले चुनावमा उम्मेदवारी दिन नपाएको भन्दै अदालतमा मुद्दा दर्ता गरेका छन् भने अर्का उपाध्यक्ष दीपक खतिवडाले वरिष्ठ उपाध्यक्षका उम्मेदवार दावा लामाको उम्मेदवारी खारेज गर्ने विषयमा छुट्टै मुद्दा दायर गरेका छन्।
राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार पहिले विधान संशोधन गर्न र जिल्ला तथा क्लबहरूमा तहगत निर्वाचन गरेपछि मात्र राष्ट्रिय स्तरको निर्वाचन अघि बढाउन ११ बुँदे निर्देशन दिएको थियो।
र पटक-पटक लिखित रूपमा स्वीकृति बिना निर्वाचन नगर्न भनिएको छ। पछिल्लो पटक बिहीबार मात्रै निर्वाचन स्थगित गरी तीन दिनभित्र परिषद्मा जानकारी दिने निर्देशन आएको छ।
एन्फा भने अघि बढेको छ
राखेपको निर्देशन, अदालतको प्रक्रिया र क्लबहरूको विरोधलाई बेवास्ता गर्दै एन्फाले निर्वाचनका नियमित प्रक्रियाहरूलाई निरन्तरता दिइरहेको छ।
उम्मेदवारी दर्ता, ए, बी र सी क्लबका प्रतिनिधि चयन लगायतका कामहरू सम्पन्न हुँदैछन्।
गत बिहीबार मात्रै एन्फाले चैत्र १३ गते हुने निर्वाचनमा भाग लिन सबै जिल्ला, सङ्घ र क्लबलाई पत्राचार गरेको छ।
एन्फाले फिफा नियम र आफ्नो विधान अनुसार नै निर्वाचन गर्ने र त्यसका लागि राखेपको स्वीकृति आवश्यक नरहेको स्पष्ट पारेको छ।
एन्फा प्रवक्ता सुरेश शाह भन्छन्, “हामीले राखेपले स्वीकृत गरेको विधान अनुसार नै निर्वाचन गर्न लागेको हौँ। माघ २८ गते तोकिएको निर्वाचनमा पनि राखेपको स्वीकृति थियो। आगामी निर्वाचन त्यसकै निरन्तरता हो। प्राप्त पत्र हामीले फिफामा पनि सूचित गरिसकेका छौँ।”
उनले थपे, “एन्फा विधानमा कुनै पनि धारामा जिल्ला तहको निर्वाचन भएपश्चातै केन्द्रीय निर्वाचन गर्ने व्यवस्था छैन। जिल्ला र क्लबहरू स्वायत्त निकाय हुन् र उनीहरूले नियमित समयमा मतदान गर्ने गर्छन्। यसमा पुरानो-नयाँ मत छैन।”
यदि निर्वाचनमा तेस्रो पक्षको हस्तक्षेप भयो भने एन्फा निलम्बनमा पर्ने सूचना समेत जारी गरिएको छ।
नेपाली राष्ट्रिय खेल सङ्घको निर्वाचन राखेपको स्वीकृति पश्चात अन्तर्राष्ट्रिय प्रतिनिधि, नेपाल ओलम्पिक कमिटी र राखेपका प्रतिनिधि अगाडि भएर हुने गर्छ।
किन ‘अर्लि इलेक्सन’?
तस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन, एन्फा विवादले राष्ट्रिय फुटबलमा प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ
एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल आगामी २०८३ असार ४ गते सकिनुपर्ने भएपनि झन्डै पाँच महिना अगाडि निर्वाचन प्रक्रिया सुरु गरिएको छ।
किन निर्वाचन समयभन्दा पहिला गर्ने निर्णय गरिएको हो?
महासचिव किरण राई भन्छन्, “एन्फा नेतृत्वलाई विपक्षीहरूले काम गर्न दिएनन्, सानादेखि ठूला विषयहरूमा अवरोध गरिरहेका थिए। अविश्वासको प्रस्ताव, मुद्दा कचौरा। त्यसैले नयाँ कार्यकालका लागि छिटो निर्वाचन गर्न लागेको हो। विरोध गर्नेहरू पनि चुनावमा आउँछन्। जसले जित्छ उसले आगामी चार वर्ष आरामले काम गर्न पाउँछन्।”
तर विपक्षीहरू भन्छन्, एन्फाले पदमा रहन र जिल्ला क्लबका साथीहरूलाई फकाउन पर्याप्त समय भएकाले यसरी चाँडो निर्वाचन गर्न खोजेको हो।
उपाध्यक्ष समेत रहेका विराटजङ्ग शाहीले भने, “अहिले चुनाव भए, ती व्यक्ति जेठको अन्तिम साताबाट अमेरिका, क्यानडा र मेक्सिकोमा फिफा विश्वकपमा जान सक्छन्, जसले मतदातालाई प्रलोभन दिन सक्छ। तर जिल्लाको चुनाव भए नयाँ कार्यसमितिमा आफूले चाहेको व्यक्ति नजित्न सक्छ। त्यसैले अहिले चुनाव गर्न खोजिएको हो।”
केहीले नयाँ सरकारले अवरोध गर्न सक्छ भन्ने डरले माघ २८ गते नै निर्वाचन गर्न खोजिएको विश्लेषण गरेका छन्।
चैत्र १३ मा निर्वाचन हुने होला?
एन्फा कार्यसमितिको अध्यक्षमा पङ्कज विक्रम नेम्बाङ र दीर्घबहादुर केसीले उम्मेदवारी दिएका छन्। ४६ जना जिल्ला समिति, ३४ जना क्लब, ४ जना अन्य समिति र ४ जना राष्ट्रिय लिग खेल्ने मोफसलका क्लबका गरी ८८ मतदाता हुनेछन्।
चैत्र १३ गते झापामा हुने निर्वाचनमा सहभागी हुन सबै पक्षलाई एन्फाले पत्राचार गरिसकेको छ।
राखेपले निर्वाचन स्थगित गरी तीन दिनभित्र लिखित जानकारी दिने निर्देशन दिएको दिनमै (गत बिहीबार) एन्फाले निर्वाचनका लागि पत्र जारी गरेकोले उनीहरूको पछि हट्ने तयारी स्पष्ट देखिएको छैन।
निर्वाचन विरुद्ध दायर मुद्दाको अर्को सुनुवाइ चैत्र ११ गते तोकिएको छ, जसले निर्वाचनमा कस्तो प्रभाव पार्छ, हेर्न बाँकी छ।
साउथ एसिया ट्रायथलनमा पुरुषतर्फ भारतका याजात कन्दन्दा र महिलातर्फ डोली देवीदास पाटिलले पहिलो स्थान हासिल गरे।
७ चैत, काठमाडौं। नेपाल ट्रायथलन संघको आयोजना एवं व्यवस्थापनमा शनिबार पोखरामा सातौँ एसिया कप ट्रायथलन र १४औँ साउथ एसिया ट्रायथलन च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ।
संघका अनुसार यस प्रतियोगिताले अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा नेपालको प्रतिष्ठा अझ सशक्त बनाएको छ। प्रतियोगितामा विभिन्न देशका उत्कृष्ट खेलाडीहरूले भाग लिया।
नेपाल लगायत जापान, स्लोभाकिया, उज्बेकिस्तान, दक्षिण कोरिया, सिंगापुर, ओमान, इस्टोनिया र भारतबाट कुल ४१ खेलाडी प्रतिस्पर्धामा थिए।
एसिया कप ट्रायथलन पुरुषतर्फ जापानका हुकुतो ओवाराले ५४ मिनेट ३० सेकेण्डमा प्रथम स्थान हासिल गरे। दोस्रो स्थान जापानी खेलाडी मित्सुहो मुचीजुकीलाई प्राप्त भयो भने तेस्रो स्थान उज्बेकिस्तानका आलेक्जेन्डर कुरीशोभले पाए।
महिलातर्फ जापानकी सारिका नाकायामाले १ घण्टा १६ सेकेण्डमा स्वर्ण पदक जितिन्। उज्बेकिस्तानकी अलिना खाकीमोभा दोस्रो र जापानकी मिनोरी इकोना तेस्रो स्थानमा रहिन्।
शीर्ष पाँच स्थान प्राप्त खेलाडीहरूले क्रमशः ६३०, ५२५, ४२९, ३१५, र २१० अमेरिकी डलर नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्राप्त गरे।
साउथ एसिया ट्रायथलन च्याम्पियनसिप पुरुषतर्फ भारतका याजात कन्दन्दा पहिलो, खुन्द्राकपाम मेतेई दोस्रो र नेपालका मौलिक महर्जन तेस्रो स्थानमा रहे।
महिलातर्फ भारतकी डोली देवीदास पाटिल पहिलो, मान्सी मोहती दोस्रो, र नेपालकी युस्का महर्जन तेस्रो स्थानमा रहिन्।
संघले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै निकाय, प्रायोजक, स्वयंसेवक, सुरक्षा निकाय, सञ्चारकर्मी तथा दर्शकप्रति आभार व्यक्त गरेको छ।
गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, पोखरा महानगरपालिका तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको विशेष सहयोगप्रति धन्यवाद व्यक्त गरिएको छ।
संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले आगामी दिनहरूमा यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गरी नेपाललाई खेलकुद पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
चौथो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा त्रिभुवन आर्मी क्लबका विनोद रोकाया र पूर्णलक्ष्मी न्यौपानेले उपाधि जितेका छन्।
पुरुष म्याराथनमा विनोदले २ घन्टा १७ मिनेट ५५ सेकेन्डमा दौड पूरा गरी पहिलो स्थान हासिल गरे भने महिला हाफ म्याराथनमा पूर्णलक्ष्मीले १ घन्टा १७ मिनेट १० सेकेन्डमा दूरी पूरा गरिन्।
प्रतियोगिता नेपाल ओलम्पिक कमिटीको आयोजनामा र चिनियाँ राजदूतावासको सहयोगमा लुम्बिनीमा सम्पन्न भएको थियो।
७ चैत, काठमाडौं । चौथो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन २०२६ मा त्रिभुवन आर्मी क्लबका विनोद रोकाया र पूर्णलक्ष्मी न्यौपाने विजेता बनेका छन् । पुरुष म्याराथनतर्फ विनोद र महिला हाफ म्याराथनमा पूर्णलक्ष्मीले उपाधि जितेका हुन् ।
पवित्र बौद्ध तीर्थस्थल लुम्बिनीमा सम्पन्न प्रतियोगितामा आर्मीको वर्चस्व देखियो। पुरुष म्याराथनमा शीर्ष तीन स्थान आर्मीकै खेलाडीले कब्जा गरे। विनोदले २ घन्टा १७ मिनेट ५५ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जिते भने सुशील कुमार शाही (२:१८:१६) दोस्रो र नरेन्द्र सिंह राउत (२:१९:५८) तेस्रो भए।
त्यसैगरी चिनका वाङ ची चौथो, केन्याका जुलियस वाकोमे पाँचौं, दलबहादुर कुँवर छैटौं, इशाह नुन्गु सातौं, कुलबहादुर बस्नेत आठौं, हरि रिमाल नवौं र कर्णबहादुर रोका मगर दशौं स्थानमा रहे।
पुरुष म्याराथनका विजेता विनोदले तीन लाख पचास हजार, दोस्रो हुने सुशीलले दुई लाख पचास हजार र तेस्रो हुने नरेन्द्रले एक लाख पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरे भने अन्य शीर्ष दस धावकहरुलाई पनि क्रमशः नगद पुरस्कार प्रदान गरियो।
महिला हाफ म्याराथनमा पूर्णलक्ष्मीले १ घन्टा १७ मिनेट १० सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जितिन् भने अघिल्लो संस्करणकी विजेता सन्तोषी श्रेष्ठ (१:१८:४०) दोस्रो भइन्। पूर्णलक्ष्मी अघिल्लो संस्करणमा सन्तोषीपछि दोस्रो भएकी थिइन्।
आर्मीकै निशा सार्की (१:१९:१९) तेस्रो र सुनसरी रोकाया (१:२१:४६) चौथो भइन्। त्यसैगरी रुवान सिइङ पाँचौं, कल्पना बुढा छैटौं, राज्यलक्ष्मी रावल सातौं, सन्दीभा बुढा आठौं, आश्मा विक नवौं र रसिला तामाङ दसौं स्थानमा रहे।
महिला हाफ म्याराथनकी विजेता पूर्णलक्ष्मीले एक लाख पचास हजार, उपविजेता सन्तोषीले एक लाख र तेस्रो हुने निशाले अस्सी हजार रुपैयाँ पुरस्कार प्राप्त गरे भने अन्य खेलाडीलाई पनि नगदसहित पुरस्कृत गरियो।
यसैगरी भेट्रान्स ५ किमी दौडमा धर्म महर्जन पहिलो, रामचन्द्र श्रेष्ठ दोस्रो र रेवतबहादुर दाहाल तेस्रो भए। पुरुष ५ किमी खुल्ला दौडमा नेपाल पुलिस क्लबका नागेश्वर अहिर पहिलो, आर्मीका रुपेश कार्की दोस्रो र भारतका प्रिन्स निसाद तेस्रो भए।
५ किमी गर्ल्सतर्फ दिपशिखा शाही पहिलो, स्वस्तिका शाही दोस्रो र अन्तमा बुढा तेस्रो भइन् भने ब्वाइजतर्फ युवराज बुढा पहिलो, रमेश बुढा दोस्रो र अरविन्द कुमार यादव तेस्रो भए।
म्याराथनकै अवसरमा ३ किमी वाकाथन पनि आयोजना गरिएको थियो। प्रतियोगिता नेपाल ओलम्पिक कमिटीको आयोजनामा तथा चिनियाँ राजदूतावासको सहयोगमा सम्पन्न भएको हो।
विजेताहरूलाई एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तथा संयोजक अशोक वज्राचार्यलगायतले पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरे।
७ चैत, वीरगञ्ज । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगञ्जस्थित नारायणी रंगशालामा जारी कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल वर्षाका कारण बीचमै रोकिएको छ।
लुम्बिनी प्रदेशले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो । वर्षा सुरु हुनुअघि कर्णालीले ७ ओभरमा २० रन बनाएको अवस्थामा खेल रोकिएको हो। कर्णालीका ओपनर रवीन्द्र शाही ९ रन र सुनिल धमला ७ रन बनाएर क्रिजमा थिए।
लुम्बिनीका बलर सन्देश थापाले ४ ओभरमा १२ रन खर्चिए भने राजेन्द्र बमले ३ ओभरमा एक मेडनसहित ८ रन मात्र दिए।
यस संस्करणको प्रधानमन्त्री कप मधेश प्रदेशका दुई र काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ। प्रतियोगिताका १९ खेल वीरगञ्जमा, १७ खेल जनकपुरमा र १० खेल मुलपानीमा हुने तालिका रहेको नेपाल क्रिकेट संघ (क्यान) मधेश प्रदेशका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिए।
आईसीसी विश्वकप लिग–२ को तयारीका कारण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यसपटक कुनै खेल राखिएको छैन। त्यहाँका सबै खेल मुलपानीमा सारिएको क्यानले जनाएको छ।
करिब एक महिना चल्ने प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। साविक विजेता नेपाल पुलिस क्लब हो।
आइतबार सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँ घटेर २ लाख ८२ हजार रुपैयाँ पुगेको छ।
सुनको भाउ एक सातामा २७ हजार ४ सय रुपैयाँ घटेको छ।
चाँदीको भाउ पनि आइतबार प्रतितोला ३५५ रुपैयाँ घटेर ४ हजार ५४० रुपैयाँमा कारोबार भएको छ।
८ चैत, काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ राखेको छ ।
अघिल्लो दिन सुनको भाउ २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । एक हप्ताभित्रै सुनको भाउ २७ हजार ४ सय रुपैयाँले घटेको छ ।
गत आइतबार सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
तेलको मूल्य वृद्धि भएपछि विभिन्न देशहरूले खरिदका लागि आवश्यक अमेरिकी डलर पनि बढाउनु परेको छ, जसले डलरको माग बढाउँदा सुनको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भएपछि विश्वव्यापी रूपमा ब्याजदर बढाउन दबाब बढेको छ, जुन सुनचाँदीको मूल्यमा दबाव बनेको छ ।
आइतबार चाँदीको मूल्य पनि तोलामा ३५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ४ हजार ५४० रुपैयाँमा झरेको छ ।
एक साता भित्र चाँदीको मूल्य ७३० रुपैयाँले घटेको छ । गत आइतबार चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । माघ १५ गते चाँदीको मूल्य हालसम्मकै उच्च ७ हजार ५०५ रुपैयाँमा पुगेको थियो ।
भिडिओ क्याप्शन सुरु हुँदैछ, सर्कसवालाले किन्ने प्रयास गर्यो तर बुवाले नबेचे, अहिले डाक्टर बने
सर्कसले किन्ने प्रयास गर्यो तर बुवाले नबेचे, अहिले डाक्टर बने
शारीरिक उचाइका कारण आएका चुनौतीहरू पार गर्दै डाक्टर बन्न सफल भारतको गुजरात राज्य स्थित भावनगरका गणेश बारिया अहिले एक सरकारी अस्पतालमा मेडिकल अफिसरको रूपमा कार्यरत छन्।
उनले प्राथमिक विद्यालयमा पढ्दा सर्कस चलाउने व्यक्तिहरूले उनका बुवासँग पाँच लाख रुपैयाँ प्रस्ताव दिँदै उनलाई किन्न खोजेका थिए।
तर उनका बुवाले पैसाको लागि उनलाई बेच्न मानेनन् र शिक्षा दिलाए। यसले उनलाई अध्ययनमा अग्रसर भएर सफल व्यक्ति बन्न प्रेरित गऱ्यो।
यहाँ एउटा भिडिओ हेर्नुहोस्।
हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न र प्रकाशित भिडिओहरू हेर्नयहाँक्लिक गर्नुहोस्। तपाईंले हाम्रो सामग्रीहरू फेसबुक, इन्स्टाग्राम र ट्विटर मा पनि हेर्न सक्नुहुन्छ। साथै, बीबीसी नेपाली सेवा को कार्यक्रम सोमबारदेखि शुक्रबार बेलुकी पौने नौ बजेदेखि रेडियोमा सुन्न सकिन्छ।
बाँके जिल्लामा दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब आठ करोड ७५ लाख रुपैयाँ बराबरको काँचो इँटामा क्षति पुर्याएको छ।
इँटा उद्योग व्यवसायी सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष दीपक अधिकारीले जिल्लाका ७० वटा इँटा उद्योगमा तीन करोड ५० लाख काँचो इँटा नष्ट भएको जानकारी दिनुभयो।
इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष देवबहादुर केसीले सरकारले काँचो इँटाको बिमा नगर्ने र क्षतिपूर्ति नदिने हुँदा व्यवसायीलाई ठूलो समस्या परेको बताए।
८ चैत, नेपालगञ्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड रुपैयाँ बराबरको काँचो इँटामा ठूलो क्षति पुर्याएको छ।
इँटा व्यवसायीका अनुसार पोल्न तयार गरिएको ठूलो परिमाणको काँचो इँटा वर्षाले नष्ट भएपछि व्यवसायीहरूले करिब ८ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेको जानकारी इँटा उद्योग व्यवसायी सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा बाँकेस्थित पिबिसी इँटा उद्योगका सञ्चालक दीपक अधिकारीले दिनुभयो। उहाँले बेमौसमी वर्षाले एउटै उद्योगमा मात्र करिब पाँच लाख रुपैयाँ बराबर काँचो इँटा नष्ट भएको पनि बताउनुभयो।
उहाँका अनुसार जिल्लाभरिका ७० वटा इँटा उद्योगमा कुल तीन करोड ५० लाख रुपैयाँ बराबर काँचो इँटा नष्ट भएको छ, जसले गर्दा कुल ८ करोड ७५ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको हो।
एक काँचो इँटाको मूल्य २.५० रुपैयाँ पर्नेछ, अधिकारीले जानकारी दिनुभयो।
व्यवसायीहरूको अनुसार खुला ठाउँमा भर्खरै तयार पारेर सुकाउन राखिएका धेरै इँटा वर्षाको पानीले भिजेर माटोमा परिणत भएका छन्। साथै, कर्णालीमा परेको हिमपातपछि बाँकेमा परेको वर्षाले यहाँका व्यवसायीहरूलाई ठूलो आर्थिक क्षति पुर्याएको छ।
इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष देवबहादुर केसीले प्रत्येक वर्ष बेमौसमी वर्षाका कारण जिल्लाका उद्योगीहरूलाई ठूलो आर्थिक चोट लाग्ने गरेको जानकारी दिनुभएको छ।
उहाँले सरकारले काँचो इँटाको बीमा नगर्ने र क्षतिपूर्ति नदिने भएकाले व्यवसायीहरू ठूलो समस्यामा परेका विषय उठाउनुभयो। रासस
८ चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालबालिकासम्बन्धी ३५० उल्लंघनका घटना दर्ता भएका छन्, जसमा धेरैजसो घटना निर्वाचनअघि प्रचारप्रसार तथा राजनीतिक गतिविधिसँग सम्बन्धित रहेका छन्।
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार निर्वाचनअघि २८६ र निर्वाचनपश्चात् १९ घटना दर्ता भएका छन्। स्थलगत अवलोकन, प्रादेशिक सञ्जाल, सञ्चारमाध्यम र डिजिटल प्लेटफर्मको निगरानीमार्फत प्रतिवेदन तयार गरिएको हो।
अध्ययनले चुनावी प्रचारको क्रममा बालबालिकालाई झण्डा बोकी जुलुसमा सहभागी गराउने, नाराबाजी गराउने, प्रचार सामग्री वितरण गराउने तथा गीत–नृत्यमा प्रयोग गर्ने जस्ता गतिविधिहरू व्यापक रहेको देखाएको छ। सामाजिक सञ्जालमार्फत बालबालिकाद्वारा प्रचार सामग्री निर्माण गराई मत माग गर्ने प्रवृत्ति पनि देखिएको छ।
रौतहटमा प्रचारका क्रममा सवारी दुर्घटनामा ४ वर्षीया बालिकाको मृत्यु हुने र धनुषामा विस्फोटबाट दुई बालबालिका घाइते हुने घटनाहरू प्रतिवेदनमा समावेश छन्।
त्यसैगरी, विद्यालय क्षेत्रमा चुनावी गतिविधि सञ्चालन, विद्यार्थीलाई पोशाकमै जुलुसमा सहभागी गराउने र सुरक्षा निकायहरूले हतियारसहित विद्यालय प्रवेश गर्ने घटनाले विद्यालयको तटस्थता चुनौतीमा परेको उल्लेख छ।
अभियानका अध्यक्ष तिलोत्तम पौडेलले यस्ता गतिविधिहरू निर्वाचन आचारसंहिताको प्रत्यक्ष उल्लंघन भएको बताएका छन्। राष्ट्रिय बाल अधिकार परिषद्का श्रीराम अधिकारीले बालबालिकाको दुरुपयोग रोक्न कडा कानुनी व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
निर्वाचन आयोगले केही घटनामा कारबाही गर्दै श्रम संस्कृति पार्टी र उम्मेदवार शक्तिबहादुर बस्नेतलाई प्रति जनाले २५ हजार रुपैयाँ जरिवाना लगाएको जनाएको छ।
प्रतिवेदनले राजनीतिक दल, राज्य निकाय, परिवार र समुदायलाई जिम्मेवार बन्न आग्रह गर्दै चुनावी अभियान र डिजिटल सामग्रीमा बालबालिकाको प्रयोग नगर्न, आचारसंहिताको कडाइका साथ अनुगमन गर्न र बालअधिकारमैत्री अभ्यास अपनाउन सिफारिस गरेको छ।
सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन भुवन नगरकोटीले ३–अन्डर १३५ स्कोरका साथ शीर्ष स्थान कायम राखेका छन्।
शुक्र बहादुर राई २–अन्डर १३६ स्कोरसहित दोस्रो तथा जयराम श्रेष्ठ तेस्रो स्थानमा छन्।
प्रतियोगितामा २६ पेशेवर र १६ शौकिन खेलाडी सहभागी छन्, विजेताले १ लाख ७० हजार नगद पुरस्कार पाउनेछन्।
५ चैत, पोखरा । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत पाँचौं प्रतियोगिता र २६औं संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन, भुवन नगरकोटीले एक स्ट्रोकको अग्रतासहित शीर्ष स्थानमा रहेका छन्।
आज ३–अन्डर ६६ खेल्दै उनले समग्रमा ३–अन्डर १३५ स्कोर बनाएर शुक्र बहादुर राईलाई एक स्ट्रोकले पछि पारेका छन्। शुक्रले २–अन्डर ६७ खेल्दै कुल २–अन्डर १३६ सहित दोस्रो स्थानमा छन्।
जयराम श्रेष्ठले १–ओभर ७० को स्कोर बनाएर कुल १–ओभर १३९ सहित तेस्रो स्थानमा रहेका छन्। जबकि सञ्जय लामाले २–ओभर १४० को कुल स्कोरसहित चौथो स्थान लिएका छन्।
लगातार दोस्रो दिन १–ओभर ७० को कार्ड बनाउने क्रममा, पहिलो दिनका संयुक्त लिडर भुबहादुर गुरुङले आज ५–ओभर ७४ को खेल खेल्दै कुल ५–ओभर १४३ स्कोरसहित पाँचौ स्थानमा झरेका छन्।
रमेश अधिकारीले कुल ६–ओभर १४४ स्कोर बनाएर दोस्रो दिन ४–ओभर ७३ मा खेल सम्पन्न गरेका छन् र छैटौं स्थानमा छन्। सुरेश तामाङ र भुवन कुमार रोक्काले कुल ७–ओभर १४५ स्कोरसहित सातौं स्थान बाँडेका छन्।
आज सुरेशले २–ओभर ७१ र भुवनले ४–ओभर ७३ खेले। रवि खड्का ४–ओभर ७३ को प्रदर्शनसँगै कुल ८–ओभर १४६ मा नवौं स्थानमा छन्। नेपालका नम्बर एक गल्फर निरज तामाङ कुल ९–ओभर १४७ स्कोरसहित दशौं स्थानमा छन्। निरजले आज ४–ओभर ७३ प्रदर्शन गरे।
भुवनले शीर्ष स्थान सुनिश्चित गर्ने क्रममा फ्रन्ट नाइन २–अन्डर ३२ र ब्याक नाइन १–अन्डर ३४ मा खेल समेटेका छन्। उनले तेस्रो, चौथो, पाँचौं र नवौं होलमा बर्डी बनाएका थिए भने छैटौं होलमा डबल बोगी खेपेका थिए।
शुक्रले फ्रन्ट नाइन १–ओभर ३५ मा गर्दै १०औं, १५औं र १७औं होलमा बर्डी सफल बनाएको थियो। जयरामले तेस्रो होलको बर्डीका विरुद्ध दोस्रो र चौथो होलमा बोगी खेप्दै फ्रन्ट नाइन १–ओभर ३५ र ब्याक नाइन इभन–पार ३५ खेलेर आफ्नो खेल पूरा गरे।
एमेच्योरतर्फ राहुल विश्वकर्माले ८ स्ट्रोकको अग्रतासहित शीर्ष स्थान कायम राखेका छन्। आज उनले ३–ओभर ७२ खेल्दै कुल ३–ओभर १४१ को स्कोर निकाले। तर समग्रमा पाँचौं स्थानमा झरेका छन्।
किशन परियारले पनि दोस्रो दिनको खेल ३–ओभर ७२ मा समाप्त गर्दै कुल ११–ओभर १४९ स्कोर जोडेका छन्। यी दुईमात्रै एमेच्योर खेलाडीले कट क्राइटेरिया पुरा गरेका छन्।
कतारामा १२–ओभर १५० को कट इन गर्दा १८ प्रो र २ एमेच्योर गरी २० जना अन्तिम दिनको लागि छनोट भएका छन्। टोरन विक्रम शाही, रामे मगर, वसन्त राज गुरुङ, प्रदीप कुमार लामा, सुमन परियार, शिव कुमार माझी, दिनेश प्रजापति र दिपक मगर लगायतले पनि कट बनाएका छन्।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल र १६ एमेच्योर खेलाडीको सहभागिता रहेको छ।
सूर्य नेपाल प्रालिद्वारा प्रायोजित यो प्रतियोगितामा कुल पुरस्कार रकम वृद्धि गरिएको छ। कुल पुरस्कार रकम १० लाख ५० हजार रहेको छ, जसमा विजेताले १ लाख ७० हजार नगद पुरस्कार पाउने छन्। दोस्रो र तेस्रो हुनेले क्रमश: १ लाख २५ हजार र १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्। शीर्ष १८ स्थानमा पर्ने अन्य प्रो खेलाडीहरूले पनि नगद पुरस्कार पाउनेछन्।
७ चैत, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस सधैं इरानको वफादार र भरोसायोग्य साथी रहेको बताएका छन् । शनिबार इरानी नेतालाई ‘नवरोज’ (इरानी नयाँ वर्ष) को अवसरमा शुभकामना दिँदै पुटिनले यस्तो उल्लेख गरेका हुन् ।
‘मस्को (रूसी राजधानी) सधैं तेहरान (इरानी राजधानी) को वफादार र भरोसायोग्य साथी रहन्छ,’ क्रेमलिन (रूसी राष्ट्रपति भवन) द्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ, ‘राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका सर्वोच्च नेता मोजतबा खामेनी र राष्ट्रपति मसुद पैजेस्कियानलाई नयाँ वर्षको शुभकामना दिए र विश्वास व्यक्त गरे- इरानी जनता कठिन चुनौतीहरूलाई सम्मानसाथ पार गर्नेछन् ।’
यसअघि पुटिनले अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेर पुरै पश्चिम एसियामा विनाश ल्याएको टिप्पणी गरेका थिए । ‘अमेरिका र इजरायलले एक ठूलो वैश्विक ऊर्जा संकट निम्त्याएका छन्,’ पुटिनले बताएका थिए ।
७ चैत, काठमाडौं। इरानी विदेश मन्त्री अब्बास अरागचीले इरानी भुभागको तीन हजार वर्ष पुरानो सभ्यतालाई सम्झँदै त्यसमा नयाँ अध्याय थपिँदै छ भनेका छन्। अमेरिका–इजरायलबीच जारी युद्धका बीच विदेश मन्त्री अरागचीले एक्समार्फत आफ्ना मानिसहरू युद्धभूमिबाहिर परे पनि युद्धमा लागेको बताएका छन् र यो कथामा नयाँ अध्याय थपिएको बताएका छन्।
‘हाम्रा मानिसहरू अप्रत्याशित आक्रमणहरूको सामना गरिरहेका बेला म सबैलाई इद उल फित्र र नवरोज (इरानी नयाँ वर्ष) को शुभकामना दिन चाहन्छु,’ उनले लेखेका छन्, ‘हाम्रो प्राचीन सभ्यताले तीन हजार वर्षको इतिहास बोकेको छ, जसले इरानीहरूलाई यस क्षेत्रमा रहेका बाह्य खतराबाट जोगाएको छ। अहिले हामी त्यस कथामा नयाँ अध्याय थप्दैछौं।’
राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्थाहरूको आर्थिक अवस्था र रोजगारी सम्बन्धमा सर्वेक्षण गर्ने तयारी गरेको छ।
सर्वेक्षण आगामी वैशाखदेखि असार मसान्तसम्म सञ्चालन हुनेछ र २५५१ अस्पतालमा तथ्याङ्क सङ्कलन गरिनेछ।
सन् २०१३ मा गरिएको सर्वेक्षणअनुसार निजी स्वास्थ्य संस्थाहरूले मुलुकको कुल घरेलु उत्पादनमा एक प्रतिशतभन्दा कम योगदान पुर्याएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले बताए।
८ चैत, काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरिका निजी स्वास्थ्य संस्था (अस्पताल)हरूको सर्वेक्षणका लागि तयारी सुरु गरेको जनाएको छ।
देशभरका निजी स्वास्थ्य संस्थाहरूले मुलुकको कुल घरेलु उत्पादनमा कति योगदान पुर्याएका छन् भन्ने अध्ययनका लागि यस सर्वेक्षण आयोजना गरिएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले बताए।
उनका अनुसार देशभरका निजी सामुदायिक अस्पतालहरूमा गणकद्वारा सर्वेक्षण गरिनेछ। आगामी वैशाखदेखि असार मसान्तसम्म तथ्याङ्क सङ्कलन गरिने तयारी छ।
‘हाल कर्मचारी करारमा छनोट गर्ने प्रक्रिया भइरहेको छ। ती कर्मचारीलाई तालिम दिइनेछ,’ उनले भने, ‘र त्यसपछि उनीहरूलाई तथ्याङ्क सङ्कलनका लागि अस्पतालहरूमा पठाउने योजना छ।’
सर्वेक्षणमार्फत अस्पतालहरूको आर्थिक अवस्था र त्यहाँ प्रदान गरिने रोजगारीको तथ्याङ्क सङ्कलन गरिनेछ।
कार्यालयले प्रत्येक १० वर्षमा निजी स्वास्थ्य संस्थाको सर्वेक्षण गर्ने नीति भए पनि केही वर्ष ढिलाइ भएको जानकारी छ।
सन् २०१३ मा गरिएको सर्वेक्षणमा निजी स्वास्थ्य संस्थाहरूको मुलुकको कुल घरेलु उत्पादनमा योगदान एक प्रतिशतभन्दा कम रहेको तथ्याङ्क कार्यालयका निर्देशक बरालले जानकारी दिए।
त्यतिबेला करिब एक सय अस्पतालमा मात्र सर्वेक्षण गरिएको थियो भने यसपटक २५५१ अस्पतालमा सर्वेक्षण गरिने तयारी गरिएको छ।