Skip to main content

लेखक: space4knews

पार्टीका संगठित सदस्यले नै दिएनन् भोट ! –

News Summary

  • एमालेले २०७९ को निर्वाचनमा समानुपातिकमा २८ लाख ४५ हजार ६४१ मत पाएकोमा २०७९ को तुलनामा २१ फागुन १४ लाख ५३ हजार १४० मत पाएको छ।
  • एमालेको संगठित सदस्य संख्या १२ लाख ६९ हजार १६१ रहेकोमा दुई तिहाई सदस्यले भोट नहालेको एमाले नेताहरूले बताएका छन्।
  • नेकपाले माओवादी केन्द्र र एकीकृत समाजवादीको संगठित सदस्य संख्या ९ लाख १९ हजार ३८२ हुँदा समानुपातिकमा ८ लाख ११ हजार ५७७ मत मात्र पाएको छ।

२८ फागुन, काठमाडौं । एमालेले २०७९ को निर्वाचनमा समानुपातिकमा सबैभन्दा बढी अर्थात् २८ लाख ४५ हजार ६४१ मत पाएको थियो । यसपाली २१ फागुनको मतदानमा भने एमालेको चिह्न सूर्यमा जम्मा १४ लाख ५३ हजार १४० मत पर्‍यो ।

अघिल्लो निर्वाचनको तुलनामा एमालेको लोकप्रिय मत आधाले घटेको हो । त्यो भन्दा पनि रोचक त के छ भने एमालेले संगठित सदस्य संख्याकै हाराहारीमा मात्र समानुपातिक मत पाएको देखिन्छ ।

जेनजी आन्दोलनको अघिल्लो दिन गत भदौ २२ मा सम्पन्न विधान महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेलले संगठित सदस्य संख्या १२ लाख ६९ हजार १६१ जना रहेको बताएका थिए । संगठन विभागको अभिलेख अनुसार संगठित सदस्य ६ लाख ६७ हजार ११४ जना छन् ।

संगठित सदस्यले नै भोट हालेनन्

कतिपय जिल्ला र क्षेत्रमा त एमालेका संगठित सदस्यले सूर्यमा मत नदिएको देखिन्छ । दुई तिहाई संगठित सदस्यले नै भोट नहालेको पाइएको एमाले नेताहरू बताउँछन् ।

त्यस्तै, मध्येको एउटा क्षेत्र हो, महोत्तरी–४ । जहाँ १४ हजार ६३७ जना संगठित सदस्य रहेको एमाले संगठन विभागको अभिलेख छ । त्यसक्षेत्रबाट एमालेले पाएको समानुपातिक मत भने जम्मा ४ हजार ९९५ छ ।

समग्र मधेश प्रदेशमा भने संगठित सदस्य भन्दा प्राप्त मत थोरै बढी छ । मधेशमा एमालेका १ लाख ५६ हजार १९५ सदस्य छन् । यो प्रदेशबाट उसले पाएको मत १ लाख ८७ हजार ९०१ छ ।

यो भन्दा विजोक अवस्था छ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को । चुनाव अघि नै २६ वटा विभिन्न घटक मिलेर बनेको यो पार्टीले साविक माओवादी केन्द्र र एकीकृत समाजवादीको संगठित सदस्य संख्या जति पनि समानुपातिक मत ल्याउन सकेन ।

नेकपामा एकीकरण हुनुअघिको माओवादी केन्द्रका ७ लाख ५२ हजार ९५६ र एकीकृत समाजवादीको सदस्य संख्या १ लाख ६६ हजार ४२६ थिए ।

नेकपाले समानुपातिकमा पाएको कुल मत भने ८ लाख ११ हजार ५७७ मत छ । जबकी माओवादी र एकीकृत समाजवादी संगठित सदस्य नै ९ लाख १९ हजार ३८२ पुग्छ ।

कोशी, मधेश र गण्डकी प्रदेशमा त झन नेकपाले माओवादी केन्द्रको मात्र संगठित सदस्य भन्दा पनि कम मत पाएको छ । माओवादी केन्द्रको सदस्य संख्या ९९ हजार ६०१ भएको कोशीमा नेकपाले ९७ हजार ६७९ मत प्राप्त गर्‍यो ।

त्यस्तै, मधेशमा सदस्य संख्या १ लाख १६ हजार ९७५ र नेकपाले पाएको मत १ लाख ७ हजार ६१२ छ । गण्डकीमा माओवादीको संगठित सदस्य ६६ हजार ६८७ रहेकोमा नेकपाले पाएको मत ५७ हजार ८७६ छ ।

माथिको हिसाबमा भीम रावलको मातृभूमि जागरण अभियान, रन्जिता श्रेष्ठको नागरिक उन्मुक्ति पार्टी (नाउपा), महिन्द्रराय यादवको नेपाल समाजवादी पार्टी, प्रेमबहादुर सिंहको नेकपा (साम्यवादी), सुवासराज काफ्लेको जनसमाजवादी पार्टी, चिरन पुनको नेपाल कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी समाजवादी) लगायतको सदस्य संख्या जोडिएको छैन ।

क्रियाशील सदस्य र कांग्रेसले पाएको भोट

समानुपातिकतर्फ कर्णाली बाहेक कुनै पनि प्रदेशमा कांग्रेस पहिलो हुन सकेन । कर्णालीमा पनि दोस्रो स्थानको राष्ट्रिय स्वतन्त्र पार्टीको भन्दा जम्मा साढे सात हजार मत बढी छ । यो प्रदेशमा कांग्रेसको क्रियाशील सदस्य नै ५५ हजार ५६६ जना छन् । २०७८ मै कांग्रेसका त्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ पुगेको थियो । त्यसमध्येका ४ लाख ४३ हजार ६७८ नयाँ थिए ।

निर्वाचन अघि विशेष महाधिवेशन गरेर ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भनेर निर्वाचनमा होमिएको कांग्रेसले समानुपातिकमा जम्मा १७ लाख ५९ हजार १७२ मत पायो । २०७९ को तुलनामा यो मत १० लाखले कम हो ।

एक जना क्रियाशील सदस्यले कति मत बढाउँछ ?

कुनै पार्टीको सदस्यता लिनु भनेको आफूले उक्त पार्टीलाई भोट दिने सुनिश्चिता मात्र होइन । सदस्यको दायित्व पार्टीको उद्धेश्य पुरा हुने गरी काम गर्नु पनि हो ।

संगठित सदस्य वा क्रियाशील सदस्यले औसतमा १५ मतदातालाई आफ्नो पार्टीतर्फ आकर्षित गर्न सक्ने विभिन्न अध्ययनहरूले देखाएका छन् ।

राजनीतिशास्त्रका प्राध्यापकद्वय डोनल्ड पी. ग्रीन र एलान एस. गार्वरले आफ्ना पुस्तक ‘गेट आउट दि भोटः हाउ टु इनक्रिज भोटर टर्न आउट’ मा पार्टीको संगठित सदस्यको भूमिकाबारे विश्लेषण गरेका छन् ।

सामान्य सक्रिय पार्टी सदस्यले ५ देखि २० र अत्यन्त सक्रिय तथा प्रभावशाली सदस्यले २० देखि ३० मतदातालाई प्रभावित पार्न सक्ने उनीहरूले उल्लेख गरेका छन् ।

विश्लेषक डा. बालकृष्ण माबुहाङ संगठित सदस्यले ४–५ मत तान्न सक्ने बताउँछन् । उनका अनुसार संगठित वा क्रियाशील सदस्यता लिनु भनेकै आफन्त, नातागोता बाहेकको पनि मत तान्ने प्रतिबद्धता पनि हो । उनी भन्छन्, ‘संगठित सदस्य बन्नु भनेको परिआउँदा पार्टीको पक्षमा लड्नभिड्न तयार हुनु पनि हो ।’

पार्टीको कुल संगठित सदस्य संख्या जति पनि मत नआउनु अध्ययनकै विषय भएको उनको निश्कर्ष छ । डा. माबुहाङ भन्छन्, ‘नेपाल जस्तो सामाजिक संरचना भएको देशमा श्रीमान्–श्रीमती वा परिवारका अन्य सदस्यले सामान्यतया सल्लाह गरेरै भोट हाल्छन् । पार्टीलाई भोटै नहाल्नेलाई त कसरी संगठित वा क्रियाशील सदस्य मान्न सकिएला र ?’

विश्लेषक डा. बालकृष्ण माबुहाङ

दुई तिहाइको भार –

News Summary

  • राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनादेश प्राप्त गरी संसदीय राजनीतिक शक्ति समीकरणमा ठूलो बदलाव ल्याएको छ।
  • रास्वपाले संसदीय अनुशासन कायम गरी कानुनी तथा नीतिगत सुधार गर्नुपर्ने चुनौती छ।
  • सरकारले विदेशी ऋण र सहायता लिँदा सर्तहरू मान्नुपर्ने र दुई तिहाइ बहुमतले यी चुनौतीहरू कसरी व्यवस्थापन गर्छ भन्ने महत्वपूर्ण हुनेछ।

२८ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनले नेपालका यसअघि भएका सबै चुनावी इतिहासको रेकर्ड ब्रेक गर्दै संसदीय राजनीतिक शक्ति समीकरणमा ठूलो बदलाव ल्याएको छ ।

साढे तीन वर्षअघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले साढे सात दशक लामो इतिहास बोकेका संसदीय राजनीतिको खाइखेलीमा अभ्यस्त कांग्रेस र कम्युनिस्ट दलहरुलाई करिब दुई तिहाइको जनादेशबाट एकैपटक किनारामा लगाएको छ ।

निर्वाचन आयोगले समानुपातिक मतअनुसार अन्तिम सिट बाँडफाँट गर्न बाँकी छ । त्यो बाँडफाँट सकिँदा रास्वपाको २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ८२ सिट हुनेछ । यो भनेको दुई तिहाइ सिट १८४ भन्दा दुई सिट मात्र कम हो ।

प्राविधिक रुपमा दुई सिट कम देखिए पनि जनताको मतादेशलाई हेर्ने हो भने राजनीतिक रुपमा रास्वपालाई ठीक १८४ सिट बराबरकै हैसियत प्राप्त छ ।

किनकी, स्वतन्त्र हैसियतमा जितेका महावीर पुनले रास्वपाकै समर्थनमा जितेका हुन् । त्यस्तै, धनुषा-१ मा अन्तिममा उम्मेदवारी खारेज भएका कारण त्यहाँ नेकपाका मातृका यादव प्राविधिक र कानुनी रुपमा विजयी भए । बिहीबार रास्वपाका उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएका कारण अब उनी नै उम्मेदवार कायम रहने अवस्था बनेको छ ।

यो तथ्यलाई हेर्ने हो भने रास्वपालाई राजनीतिक रुपमा ठीक दुई तिहाइको जनअनुमोदन छ ।

नेपालमा हालसम्म भएका नौ वटा संसदीय चुनावहरूमध्ये यो नै एउटा दलले पाएको सबैभन्दा ठूलो जनादेश हो । हुन त, २०१५ सालको पहिलो संसदीय चुनावमा कांग्रेसले पनि दुई तिहाइ सिट ल्याएको थियो । तर, त्यो बेला प्रतिस्पर्धामा उत्रिने दलहरू र मतदाताहरूको चेतना यो तहको थिएन । संसदीय राजनीतिको त्यो पहिलो अभ्यास मात्र थियो ।

२०४८ सालपछि नेपालमा खास संसदीय राजनीतिको अभ्यास भएको हो । त्यस यताका सबै निर्वाचनहरू भन्दा यो चुनाव भिन्न रह्यो । नागरिकहरूले एकैपटक पुराना दलहरुप्रतिको वितृष्णा र अव्यवस्थाविरुद्ध देशव्यापी रुपमा एउटै प्रकारको मत प्रकट गरे ।

‘रास्वपालाई अहिले जुन मत प्राप्त भएको छ यो जनताले दिएको जिम्मेवारीको भारी पनि हो’ नागरिक अगुवा समेत रहेका पूर्वमन्त्री विद्याधर मल्लिकले भने, ‘यो जिम्मेवारीको भारी बोक्दा अब पाइला पाइलामा ख्याल गरेर अघि बढ्नुपर्छ ।’

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन सबै प्रकारका अव्यवस्था र शासकीय अक्षमताविरुद्धको विद्रोह थियो । रास्वपा उक्त विद्रोहको मागलाई सम्बोधन गर्ने शक्तिको रुपमा चुनावी मोर्चामा उभिएपछि जनताले दुई तिहाइ नजिक मत दिएका हुन् ।

त्यसैले रास्वपाले प्राप्त गरेको जनसमर्थन केवल चुनावी विजय मात्र होइन, नेपाली जनताले पुरानो राजनीतिक संस्कृतिप्रति गरेको व्यापक असन्तोषको अभिव्यक्ति पनि हो । मतदाताले दिएको यो भरोसालई परिणाममा बदल्ने चुनौती अब रास्वपामा आएको पूर्वमन्त्री मल्लिकले बताए ।

दुई तिहाइले के गर्छ ?

करिब दुई तिहाइ बहुमत प्राप्त सरकारलाई नीति निर्माण र निर्णय कार्यान्वयनमा अपेक्षाकृत सहजता हुन्छ। तर, लामो समयदेखि जकडिएको प्रशासनिक संरचनालाई चलायमान गराएर नागरिकहरूलाई तत्कालै डेलिभरी दिन नयाँ सरकारले सक्छ कि सक्दैन त्यसबाट नयाँ शक्तिप्रतिको परीक्षा सुरू हुन्छ ।

यो कामका लागि अत्यधिक बुहमत प्राप्त भएको दलले संसद्मा खेल्ने भूमिका पनि महत्वपूर्ण हुन्छ । संसद्लाई खास नागरिकका प्रतिनिधिहरूको थलो बनाउने र कानुनी एवं नीतिगत सुधार गर्ने बाटोमा लैजानु पर्ने चुनौती छ ।

‘जनताले ठूलो मत दिएर पठाएका छन् । यो कुरा बुझेर सांसद्हरुले संसदीय अनुशासन कायम गर्नुपर्छ’ संसदीय मामिलाका जानकार संसद्का पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईले,’संसद्लाई बरालिन नदिन भूमिका खेल्नुपर्ने हुन्छ ।’

अबको प्रतिनिधिसभामा ८० प्रतिशत हाराहारीमा नयाँ सांसदहरू प्रवेश गर्दैछन् । त्यसमध्ये सबैभन्दा बढी नै रास्वपाका हुनेछन् । ‘रास्वपाकै सांसदहरुले बोल्ने बहस गर्ने संसदीय समय पनि बढी पाउनेछन् त्यसलाई जति सदुपयोग गरे त्यति राम्रो हुनसक्छ’ पूर्वमहासचिव भट्टराईले भने ।

जनताको दैनिक जीवनसँग जोडिने र कानुनी तथा नीतिगत सुधारका काम गर्नका लागि रास्वपालाई संसदीय गणितको कुनै समस्या रहनेछैन । उसले चाहे अनुसारको काम गर्न सक्छ ।

यो सुधारका काम छोडेर अन्य राजनीतिक मुद्दाहरूमा पहिले नै छिर्‍यो भने चाहिँ दुईतिहाइ निकटको शक्ति भएपनि समस्याहरू बढ्ने सक्ने भट्टराईको धारणा छ ।

‘अहिले जनताले मुख्य रुपमा खोजेको स-साना कामको सुधार हो । अहिले नै संविधान संशोधनलाई मूल एजेण्डा बनाएर हिँडियो भने जनताका खास चासोहरू छायामा पर्न सक्छन्’ उनले भने ।

रास्वपाले आफ्नो चुनावी वाचापत्रमा संविधान संशोधनको विषय पनि उल्लेख गरेको छ । उसले सरकार सम्हालेको तीन महिनाभित्र राष्ट्रिय सहमति कायम गर्ने हेतुले संविधान संशोधनका प्रस्तावहरूबारे ‘बहस पत्र’ तयार पार्ने प्रतिबद्धता जनाएको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रारम्भिक छलफलका लागि पेश हुने विषयमा निम्न अवधारणा न्यूनतम पर्नेछन्: प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद्, सांसद मन्त्री नहुने व्यवस्था, गैर दलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरूप’ वाचापत्रमा छ ।

यदी संविधान संशोधनका लागि अघि बढ्ने हो भने अहिले रास्वपाले ल्याएको करिब दुई तिहाइ मत मात्र पर्याप्त हुँदैन । किनकी संविधान संशोधनका लागि संघीय संसद्का दुवै संदनको दुई तिहाइ चाहिन्छ । राष्ट्रिय सभामा रास्वपाको उपस्थिति नै छैन । त्यसैले संविधान संशोधन लगायतका विषयमा अघि बढ्नुपरे रास्वपाले संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग पनि समन्वय गर्नुपर्नेछ ।

समन्वयका लागि संसद्बाट भूमिका खेल्न सक्ने पद भनेको सभामुख हो । सभामुख कस्तो व्यक्तिलाई रास्वपाले अघि सार्छ त्यसले पनि संसदीय शक्तिहरूबीचको सम्बन्ध निर्धारण गर्छ । संख्या थोरै भए पनि संसदभित्र प्रश्न उठाउन सक्नेगरी अन्य दलको उपस्थिति छ ।

विगतमा संसद्मा सभामुखहरूको भूमिका विवादित र असहिष्णु रहेको आरोप पनि लाग्ने गरेको थियो । २०७९ सालमा रास्वपाले नै संसद्मा आएपछि सभामुखको समन्वयकारी भूमिकामाथि प्रश्न उठाउने गरेको थियो ।

अब आफैं दुई तिहाइ नजिकको शक्तिको रुपमा सदनमा आउने रास्वपाले सभामुख चाहिँ कस्तो व्यक्तिलाई अघि सार्छ त्यसले पनि संसद् कति हार्दिकतापूर्वक चल्छ भन्ने निर्धारण हुन्छ ।

संविधान संशोधनदेखि अन्तर्राष्ट्रिय सन्धि सन्धी सम्झौताहरूको अनुमोदनसम्मका लागि दुवै सदनको भूमिका रहने भएकाले समवन्यकारी पात्र सभामुख बनाउनुपर्ने भट्टराईको राय छ । त्यसका लागि रास्वपाले अन्तर पार्टी समन्वयको भूमिका खेल्नसक्ने पात्र उभ्याउन सक्नुपर्ने छ ।

रास्वपाले प्राप्त गरेको जनादेश सत्तामा पुग्ने अवसरको रूपमा नभई राज्य संरचना सुधार गर्ने ऐतिहासिक अवसरको पनि हो ।

रास्वपाको उदय नै भ्रष्टाचारविरुद्ध र पारदर्शी शासनको वाचासँग जोडिएको छ । त्यसैले सार्वजनिक निकायमा पारदर्शिता बढाउने, सरकारी खर्च र खरिद प्रक्रियालाई व्यवस्थित बनाउने तथा २०४८ साल यताका भ्रष्टाचारका घटनामा छानबिन गर्ने लगायतका विषय पनि रास्वपाले आफ्नो वाचापत्रमा राखेको छ ।

जसरी राजनीतिक दलहरू पुराना भए त्यसरी नै नेपालको प्रशासनिक संरचना पनि पुरातन शैलीको छ । प्रशासन चुस्त र सेवामुखी नभएको भनेर आलोचना गरिँदै आएको छ। नयाँ सरकार सार्वजनिक सेवा प्रणालीलाई छरितो, प्रविधिमैत्री र उत्तरदायी बनाउने काममा कति छिटो प्रवेश गर्छ त्यसले पनि नयाँ जनमतको परीक्षण हुन्छ ।

‘अहिले गल्फवारले गर्दा अहिले हाम्रो भान्सा महँगो हुन थालिसकेको छ, तेलको राजनीतिले गर्दा अब यात्रा महंगो हुन्छ’ अन्तर्राष्ट्रिय मामिलाका जानकार समेत रहेका नेपाल र दक्षिण एसियाली अनुसन्धान केन्द्रका प्रमुख डा. मृगेन्द्रकुमार कार्की भन्छन्,’अन्तर्राष्ट्रिय मामिलाहरूले पनि हामीलाई छुन्छ ।’

पछिल्लो समय नेपालमा रोजगारीको अभाव, उत्पादन क्षेत्रमा कमजोरी र युवाहरूको ठूलो संख्यामा विदेश पलायन जस्ता समस्या देखिएका छन् ।

यीनै समस्याहरू देखाएर रास्वापले आफ्नै नेतृत्वमा सुधार हुने वाचा गरेको छ । यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन दिने, लगानीमैत्री वातावरण बनाउने तथा रोजगारी सिर्जना गर्ने नीतिहरू लागू गर्न सकेमात्र आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन सम्भव हुनसक्छ ।

‘हामी आफ्नो राजस्वको भरमा चल्न सक्ने अवस्था छैन । त्यसैले विदेशी ऋण र सहायताहरू लिनैपर्छ । यस्तो सहायता लिँदा उनीहरूका सर्तहरू मान्नै पर्छ,’ कार्कीले भने,’ यसलाई दुई तिहाइको पार्टीले कसरी डिल गर्छ त्यो महत्वपूर्ण हुनेछ ।’

उनका अनुसार भारत र चीन जस्ता देशहरूका परस्परविरोधी महत्वाकांक्षाहरू छन् । छिमेकीहरूका त्यस्ता महत्वकांक्षाहरूलाई पनि सन्तुलनमा राखेर चल्नुपर्ने उनको सुझाव छ ।

अब बाहिरबाट प्रश्न गर्ने भन्दा पनि प्रश्नहरूको कार्यान्वयन गर्ने ठाउँमा जनताले पुर्‍याएकाले सुरुदेखि नै यो चुनौतीहरू बुझेर काम गर्नुपर्ने उनको सुझाव छ ।

संघीय प्रणालीको प्रभावकारी कार्यान्वयन पनि अर्को महत्वपूर्ण पक्ष हो । संघीयता लागू भएको एक दशक हुन लाग्दा पनि केन्द्र, प्रदेश र स्थानीय तहबीच अधिकार र स्रोतको स्पष्ट व्यवस्थापनमा समस्या छ

नयाँ सरकारले यी तहबीच समन्वय बढाउने, अधिकारको स्पष्टता ल्याउने र स्थानीय सरकारलाई सक्षम बनाउने एजेण्डा बाँकी छ ।

प्रधानमन्त्रीको रुपमा प्रस्तावित बालेन्द्र शाहले चुनावी भाषणका क्रममा जनकपुरबाट अब प्रदेशलाई स्वायत्त अधिकारहरू दिलाउने प्रतिबद्ता गरेका थिए ।

रास्वपाको वाचा पत्रहरूमा पनि यी कुरा उल्लेख छन् । यसलाई आगामी दिनमा खास कार्यान्वयनमा लैजानुपर्ने जिम्मेवारी पनि रास्वपाको काँधमा छ ।

नयाँ पार्टी भएकाले राज्य सञ्चालन, नीति निर्माण र प्रशासनिक व्यवस्थापनमा आवश्यक अनुभव र दक्षता विकास गर्न समय लाग्न सक्छ । यदी निर्णय प्रक्रियामा स्पष्टता र स्थिरता कायम गर्न सकेन भने सरकारको प्रभावकारिता कमजोर पनि हुन सक्छ ।

जनमत जसरी आएको छ, जनताको अपेक्षा पनि अत्यन्त उच्च छ । परिवर्तनको आशामा जनताले दिएको जनादेशलाई यदि सरकारले छिटो र प्रभावकारी रूपमा परिणाममा रूपान्तरण गर्न सकेन भने निराशा बढ्ने सम्भावना हुन्छ। ‘त्यसैले सरकारका कामहरू स्पष्ट, पारदर्शी र परिणाममुखी हुन आवश्यक हुन्छ’ पूर्वमन्त्री मल्लिक भन्छन् ।

नेपालमा विगत तीन दशकको संसदीय इतिहास अस्थिरताले भरिएको छ। ३० वर्षमा ३४ वटा सरकार बनेर ढले। सत्ता परिवर्तन भइरह्यो, तर शासन शैलीमा अपेक्षित परिवर्तन हुन सकेन। केही सीमित नेताहरू पटक–पटक मन्त्री बन्ने ‘म्युजिकल चेयर’ जस्तो राजनीति चलिरह्यो।

यो परिस्थितिबाट जनतामा गहिरो निराशा जन्मिएको थियो। परिणामस्वरूप, यसपटकको चुनाव केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र रहेन । यो पुरानो राजनीतिक शैलीविरुद्ध जनमत एकीकृत भयो । मतदाताहरुले परम्परागत राजनीतिक समीकरण बदलिदिए ।

संसदीय व्यवस्थामा दुई तिहाइ बहुमत अत्यन्त शक्तिशाली मानिन्छ। यसले संविधान संशोधनदेखि ठूला नीतिगत परिवर्तनसम्म गर्न सक्ने क्षमता दिन्छ । तर,विगतमा यस्तो शक्ति प्राप्त गरेका दलहरू विवाद र अस्थिरता रुमल्लिए । नेपालमा विगतमा प्राप्त भएका बहुमतहरू प्रायः दलीय किचलो, आन्तरिक विवाद र सत्ता संघर्षका कारण टिक्न सकेनन् ।

यदि यो बहुमतलाई आफ्नो शक्ति प्रदर्शन वा राजनीतिक प्रतिशोधका लागि प्रयोग गरियो भने जनतामा फेरि निराशा पैदा हुन सक्छ। संसद्मा पनि विपक्षी आवाज चर्किन सक्छ ।

रास्वपा नयाँ पार्टी हो । यसको संरचनामा विभिन्न पृष्ठभूमिका व्यक्तिहरू जोडिएका छन् ।

चुनावअघि नै पार्टीमा फरक–फरक मनोविज्ञान, विचार र समूह देखिन थालेका थिए । छोटो समयमै व्यापक समर्थन पाएपनि दलभित्र जोडिएका विभिन्न मनोविज्ञानहरूको व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण छ । अकांक्षाहरूको व्यवस्थापन भएन भने पार्टीभित्र आन्तरिक खिचातानीको जोखिम पनि रहन्छ । नेपालको राजनीतिक इतिहासमा विगतका सरकारहरू प्रायः बाह्य विपक्षभन्दा बढी आन्तरिक विवादका कारण कमजोर भएका उदाहरण छन् ।

त्यसैले रास्वपाले पनि आफ्नै पार्टीभित्र एकता कायम राख्न कति सक्छ त्यो परीक्षाको विषय हुनेछ । यदि पार्टीभित्र सत्ता संघर्ष सुरु भयो भने जनताले दिएको ऐतिहासिक अवसर गुम्न सक्छ।

यस चुनावले जनता अन्तिम निर्णायक शक्ति हुन् भन्ने महत्त्वपूर्ण सन्देश दिएको छ । स्थापित दलहरू, शक्तिशाली नेताहरू, आर्थिक प्रभाव वा संगठन भन्दा माथि जनताको मनोविज्ञान हुन्छ भन्ने पनि देखिएको छ । रास्वपाले पाएको करिब दुई तिहाइ संसद्को अंकगणित मात्र होइन, ५२ लाख मतदाताको आशा, अपेक्षा र विश्वास हो ।

अब यी आशा र अपेक्षाहरू समेटिएको करिब दुई तिहाइ जनमतको भार रास्वपाले कसरी उठाउँछ ? सरकार गठन भए लगत्तै परीक्षा सुरु हुनेछ ।

मध्यपूर्वमा युद्ध चर्किंदा चीन कसरी गरिरहेको ऊर्जा सुरक्षा ?

News Summary

  • चीनले मध्यपूर्वको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढेपछि परिष्कृत तेल उत्पादनको निर्यातमा कडाइ गरेको छ।
  • चीनले गत वर्ष करिब पाँच करोड ८० लाख टन रिफाइन्ड तेल उत्पादन निर्यात गरेको थियो तर अहिले निर्यात कार्गोहरू रद्द गर्न थालेको छ।
  • चीनसँग करिब एक अर्ब २० करोड ब्यारेल कच्चा तेल भण्डार छ जुन करिब ११५ दिनका लागि पर्याप्त छ र विदेश मन्त्रालयले ऊर्जा सुरक्षा रक्षा गर्न सबै कदम चाल्ने बताएको छ।

२८ फागुन, काठमाडौं । मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला चीनले आफ्नो ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै परिष्कृत तेल उत्पादनको निर्यातमा कडाइ गरेको समाचार सार्वजनिक भएको छ । ब्लुमबर्ग न्युजका अनुसार, बेइजिङले पेट्रोल, डिजेल र जेट इन्धनजस्ता रिफाइन्ड तेल उत्पादनको विदेश पठाउने प्रक्रिया सीमित बनाउन थालेको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिने चीन कच्चा तेलको सबैभन्दा ठूलो आयातकर्तामध्ये एक हो । चीनका विशाल रिफाइनरी उद्योगले मुख्यतया घरेलु बजारलाई आपूर्ति गर्ने भए पनि उसले पेट्रोल, डिजेल र जेट इन्धनजस्ता परिष्कृत तेल उत्पादन विदेश पनि पठाउँदै आएको छ ।

आधिकारिक भन्सार तथ्याङ्कअनुसार, गत वर्ष चीनले करिब पाँच करोड ८० लाख टन रिफाइन्ड तेल उत्पादन निर्यात गरेको थियो ।

तर मध्यपूर्वमा बढ्दो युद्ध तनावका कारण अहिले चिनियाँ तेल रिफाइनरीहरूले पहिले नै सहमति भएका केही निर्यात कार्गोहरू रद्द गर्न थालेका छन् । ब्लुमबर्ग न्युजले यस विषयमा जानकारी राख्ने तर पहिचान नखुलाइएका स्रोतहरूलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।

रिपोर्टअनुसार पछिल्लो निर्देशन अघिल्लो हप्ता दिइएको मार्गनिर्देशनभन्दा अझ कडा मानिएको छ । त्यसबेला ढुवानी अस्थायी रूपमा रोक्ने सल्लाह दिइएको भए पनि त्यसलाई अनिवार्य निर्देशनको रूपमा बुझिएको थिएन ।

बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा यस विषयमा सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले आफू यस रिपोर्टबारे जानकार नभएको बताए ।

इरानमा अमेरिका र इजरायलबीच सुरु भएको युद्धपछि विश्व ऊर्जा बजार निकै अस्थिर बनेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बिहीबार प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ । खाडी क्षेत्रका केही राज्यमा तेहरानले गरेको आक्रमणका कारण ऊर्जा आपूर्ति अवरुद्ध हुने चिन्ता बढेको छ ।

यस अवस्थालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले रणनीतिक भण्डारबाट कच्चा तेल ठूलो परिमाणमा बजारमा ल्याउने घोषणा गरेको थियो । तर चीन उक्त एजेन्सीको पूर्ण सदस्य नभएकाले संयुक्त रूपमा गरिएको त्यस्तो निर्णयमा सहभागी हुन बाध्य छैन ।

त्यसैबीच मध्यपूर्वबाट ऊर्जा आपूर्ति प्रभावित हुने चिन्ता अझै कम भएको छैन । विश्व कच्चा तेल आपूर्तिको झण्डै पाँचौँ भाग ओहोरदोहोर गर्ने होर्मुज जलडमरूमध्य अहिले प्रभावकारी रूपमा बन्दजस्तै अवस्थामा पुगेको छ ।

विश्लेषण फर्म क्लेपरका अनुसार गत वर्ष चीनले समुद्री मार्गबाट आयात गरेको कुल कच्चा तेलमध्ये आधाभन्दा बढी हिस्सा मध्यपूर्वबाट आएको थियो ।

यद्यपि विश्लेषकहरूका अनुसार चीनले वर्षौंदेखि रणनीतिक रूपमा ठूलो तेल भण्डार तयार पार्दै आएकाले छोटो अवधिमा सम्भावित आपूर्ति अवरोध सामना गर्न सक्ने स्थिति छ ।

क्लेपरको अनुमानअनुसार चीनसँग करिब एक अर्ब २० करोड ब्यारेल बराबरको स्थलमा रहेको कच्चा तेल भण्डार छ । यो परिमाण समुद्री मार्गबाट हुने आयातका आधारमा करिब ११५ दिनका लागि पर्याप्त मानिन्छ ।

यसअघि कारखाना स्तरमा बढ्दो मुद्रास्फीति देखिएपछि बेइजिङले सन् २०२१ मा आफ्नो रणनीतिक तेल भण्डारबाट केही मात्रा बजारमा ल्याउन अनुमति दिएको थियो । त्यो निर्णय राष्ट्रिय खाद्य तथा रणनीतिक भण्डार प्रशासनले घोषणा गरेको थियो ।

तर हालको विश्व ऊर्जा बजारको उथलपुथलबीच उक्त निकायले अहिलेसम्म यस्तै नयाँ कदम घोषणा गरेको छैन ।

विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले यसै साता चीनले आफ्नो ऊर्जा सुरक्षाको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने बताए । एएफपी

कांग्रेस-एमालेलाई बागमतीमा प्रत्यक्षमा भन्दा समानुपातिकमा कम मत, रास्वपालाई धेरै

News Summary

  • राष्ट्रिय स्वतन्त्र पार्टीले बागमती प्रदेशमा समानुपातिकतर्फ ११ लाख १९ हजार २७० मत पाएको छ, जुन प्रत्यक्षतर्फ पाएको भन्दा बढी हो।
  • रास्वपाका उम्मेदवारले बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमध्ये ३१ क्षेत्रमा चुनाव जितेका छन्।
  • नेपाली कांग्रेस र नेकपा एमालेले बागमती प्रदेशमा प्रत्यक्षतर्फ समानुपातिकभन्दा बढी मत पाएका छन्।

२८ फागुन, काठमाडौं । बागमती प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फका उम्मेदवारले पाएको भन्दा समानुपातिक तर्फ धेरै मत पाएको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार रास्वपाले बागमती प्रदेशबाट समानुपातिकतर्फ ११ लाख १९ हजार २७० मत पाएको छ । यो प्रदेशमा ३३ वटा निर्वाचन क्षेत्र रहेका छन् । ३३ वटै क्षेत्रमा रास्वपाले उम्मेदवार उठाएको थियो । त्यसमध्ये ३१ क्षेत्रमा रास्वपाका उम्मेदवारले चुनाव जिते । दुई क्षेत्रमा पराजित हुन पुगे । रास्वपाबाट उम्मेदवार रहेका सबैले पाएको मत जोड्दा ९ लाख ६० हजार ३११ हुन्छ । यो समानुपातिक तर्फको मत भन्दा कम हो ।

बागमती प्रदेशमा रास्वपाले समानुपातिकतर्फ भन्दा प्रत्यक्षमा कम मत पाउँदा नेपाली कांग्रेस र नेकपा एमालेको अवस्था ठीक उल्टो छ ।

बागमती प्रदेश

कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवारहरूले पाएको कुल मत ३ लाख ६७ हजार ४९१ छ । यो प्रदेशबाट कांग्रेसले समानुपातिकतर्फ पाएको मत भने ३ लाख २१ हजार १०६ छ ।

एमालेको अवस्था पनि कांग्रेसको जस्तै छ । एमालेका उम्मेदवारहरूले पाएको मत जोड्दा ४ लाख ८८ हजार ८६३ पुग्छ । तर, एमालेले यो प्रदेशबाट समानुपातिक तर्फ भने २ लाख ६१ हजार ८९७ मत पाएको छ ।

बागमती प्रदेशबाट नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ १ लाख ८८ हजार १८२ मत पाएको छ भने राप्रपाले समानुपातिकतर्फ ७६ हजार ५२१ र श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ३१ हजार ४९३ मत पाएका छन् ।

 

सुनिल थापालाई ट्रिब्युट दिँदै ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक

News Summary

  • फिल्म ‘राम नाम सत्य’ को टिजर युट्युबमा सार्वजनिक भएको छ जसले दिवंगत अभिनेता सुनिल थापालाई ट्रिब्युट गरेको छ।
  • अभिनेता थापाको निधनपछि फिल्म क्लाइमेक्स दृश्य छायांकन भइरहेको थियो र यो फिल्म उनलाई समर्पित छ।
  • फिल्म २७ चैतदेखि प्रदर्शनमा आउने तयारीमा छ र यसमा विराज भट्टको एक्सन अवतार देख्न सकिन्छ।

काठमाडौं । दिवंगत अभिनेता सुनिल थापालाई ‘ट्रिब्युट’ दिँदै फिल्म ‘राम नाम सत्य’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । एक्सन, सस्पेन्स, प्रेम र थ्रीलर तत्व समेटिएको यो फिल्मले दर्शकलाई उत्सुक तुल्याउन सक्छ ।

यस फिल्मको क्लाइमेक्स दृश्य छायांकन गर्दागर्दै अभिनेता थापाको हालै निधन भएको थियो । जसले गर्दा, यो फिल्म वरिष्ठ अभिनेता थापाप्रति पूर्णतः समर्पित देख्न सकिन्छ ।

सार्वजनिक टिजरमा अभिनेता विराज भट्टको यसअघि नदेखिएको एक्सन अवतार देख्न सकिन्छ । माइकल चन्दको निर्देशनमा तयार भएको यो फिल्मको टिजरमा भट्टलाई पुरै एक्सनमा देख्न सकिन्छ ।

फिल्ममा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारको अभिनय छ ।

माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको फिल्मका क्रियटिभ निर्माता मोती कार्की हुन् ।

राजेन्द्र आचार्य लाइन प्रोड्युसर रहेको फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको संगीत छ । अभिमन्यू निरवी र समय थपलिया फिल्मका स्क्रिप्ट सल्लाहाकार हुन् ।

माइकल चन्दकै कथा र पटकथा रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, काला चरणको पाश्र्वध्वनि छ । साहिल खानले टिजर र ट्रेलर तयार पारेका हुन् ।

यो फिल्ममा समावेश ‘धागोले बाटेको’ बोलको गीत सुपरहिट भइसकेको छ । ‘राम नाम सत्य’ २७ चैतदेखि प्रदर्शन तयारीमा छ ।

आरेनको उदय

२९ वर्षीय राईले आफू जन्मिनुअघि नै राजनीतिमा स्थापित उम्मेदवारलाई पछारेनन् मात्र, पुरानो दलको अस्तित्वलाई चुनौती दिए ।

काठमाडौंमा २५.४ डिग्री सेल्सियस, नेपालगन्जमा ३२


२८ फागुन, काठमाडौं । देशभरका सहरमा तीन दिनयता अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्दा तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम क्रमश: बढ्दै गएको छ ।

राजधानी काठमाडौंमा फागुन २६ गते अधिकतम तापक्रम २०-२२ डिग्री सेल्सियस रहेकोमा शनिबार बढेर २४ डिग्री पुगेको थियो । बिहीबार(आज) मध्यान्हसम्म भने २५.४ डिग्री सेल्सियस पुगेको छ । आजै राति न्यूनतम तापक्रम भने १५–१७ डिग्रीकै हाराहारीमा रहने अनुमान गरिएको छ ।

यसैगरी मध्यान्हसम्म सबैभन्दा बढी सिराहा र बाँकेको अधिकतम तापक्रम ३१ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । सो समयमा मनाङ हुम्दे विमानस्थलको अधिकतम तापक्रम भने ३.२ डिग्री सेल्सियस रहेको छ । आज विराटनगरमा ३१–३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । त्यस्तै नेपालगञ्जमा भने ३०–३२ डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको छ ।

गण्डकी प्रदेशको पोखरामा आज २६–२८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । हिमाली क्षेत्रतर्फ जुम्लामा २३–२५ डिग्री सेल्सियससम्म पुग्ने देखिएको छ, भने जोमसोममा पनि १७–१९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

समग्रमा आगामी तीन दिनमा देशका अधिकांश सहरमा दिउँसोको तापक्रम क्रमश: बढ्ने तथा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज देशका अधिकांश स्थानमा मौसम सफा रहेको छ । ‘हावाको आर्द्रता बढेसँगै तापक्रममा पनि वृद्धि भएको छ । आगामी दिनहरूमा देशभर क्रमश: तापक्रम बढ्दै जाने सम्भावना रहेको छ,’ उनले भने । –रासस

निर्वाचन लगत्तै निजी क्षेत्र र अर्थमन्त्रीबीच भेट, के भयो कुराकानी ?

News Summary

  • अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरूबीच आर्थिक सुधार र लगानी वातावरणबारे छलफल भएको छ।
  • खनालले २३ र २४ भदौको आन्दोलनले बिग्रिएको व्यावसायिक वातावरण सुधारिएको र आगामी अर्थमन्त्रीलाई बाँकी काम हस्तान्तरण गर्ने जानकारी दिए।
  • निजी क्षेत्रले मूल्य अभिवृद्धि कर बहुदरमा जानुपर्ने, कर दर घटाउनुपर्ने र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने माग राखेको छ।

२८ फागुन, काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरूबीच छलफल भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष  चन्द्रप्रसाद ढकाल,  नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल उद्योग व्यापार महासंघ अध्यक्ष खेमराज भण्डारी छलफलमा सहभागी थिए ।

अर्थमन्त्री खनालले आफूलाई अर्थमन्त्रीका रूपमा रहँदा निजी क्षेत्रले पुर्‍याएको सहयोग तथा पृष्ठपोषणप्रति आभार व्यक्त गरे ।

आफ्नो कार्यकालका प्रारम्भिक दिनमा २३ र २४ भदौको आन्दोलनका कारण बिग्रिएको व्यावसायिक वातावरण र खस्किएको निजी क्षेत्रको मनोबल उठाउने प्रमुख चुनौती रहेकोमा सबैको साझा प्रयासबाट ती समस्या समाधान भई हाल व्यावसायिक वातावरणमा सुधार आएको उनले बताए ।

अर्थमन्त्रीले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न, घरेलु उद्योग संरक्षण गर्दै निर्यात प्रवर्द्धन गर्न, पूँजीबजार पारदर्शी र लगानीमैत्री बनाउन र आर्थिक सुशासन कायम गर्न विभिन्न क्षेत्रबाट आएका सुझाव अनुसार केही विषय सम्बोधन भएको समेत बताए ।

वर्तमान परिस्थिति र नीतिगत जटिलताका कारण आफ्नो कार्यकालमा अर्थ मन्त्रालयबाट सम्पादन हुन बाँकी कामको जानकारी आगामी अर्थमन्त्रीलाई हस्तान्तरण गर्ने उनले बताए ।

निजी क्षेत्रका नेतृत्वले निजी क्षेत्रबाट उठेका मुद्दा र विषयमा देखाएको चासो र माग सम्बोधनप्रति धन्यवाद दिए । मुलुकको समग्र विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको र त्यसका लागि हालै सम्पन्न निर्वाचनले दिएको नतिजाप्रति निजी क्षेत्र आशावादी रहेको समेत बताए ।

वर्तमान सरकारले निर्वाचनका लागि भयरहित वातावरण निर्माण गरी निर्वाचनलाई निष्पक्ष सम्पन्न गराएकोमा निजी क्षेत्रका तर्फबाट प्रतिनिधिमण्डलले वर्तमान सरकारलाई धन्यवाद ज्ञापन गरे ।

उक्त अवसरमा निजी क्षेत्रबाट मूल्य अभिवृद्धि करतर्फ बहुदरमा जानुपर्ने, कच्चापदार्थ आयातमा लाग्ने कर  र तयारी वस्तु आयातमा लाग्ने करको कम्तीमा दुई तह न्यून हुनुपर्ने, सरकारले वेटलेस र बाउन्ड्रीलेस उत्पादन तथा निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने विषय उठान गरिएको छ ।

यसैगरी  नियमनकारी निकायका प्रभावकारिता परीक्षण गरिनुपर्ने, अन्त:शुल्कतर्फका उच्च दरबन्दी घटाइनुपर्ने जस्ता विषय सम्बोधन हुन बाँकी रहेको विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराइएका थियो ।

कोशीमा एमाले चौथो दल, दोस्रोमा श्रम संस्कृति

News Summary

  • कोशी प्रदेशमा २१ फागुनको निर्वाचनमा नेकपा एमाले समानुपातिक मतमा चौथो दल बनेको छ।
  • रास्वपा समानुपातिकतर्फ ८ लाख ५३ हजार १८३ मत ल्याएर पहिलो स्थानमा छ।
  • एमालेले चार क्षेत्रमा प्रत्यक्ष चुनाव जितेर ३ लाख २१ हजार ७१७ मत पाएको छ, जुन समानुपातिक मतभन्दा बढी हो।

२८ फागुन, काठमाडौं । कोशी प्रदेशमा नेकपा एमाले चौथो दलको रुपमा रहेको छ । २१ फागुनको निर्वाचनमा पाएको समानुपातिक तर्फको मतमा एमाले चौथो स्थानमा रहेको छ ।

पहिलोमा रास्वपा छ । समानुपातिकतर्फ ८ लाख ५३ हजार १८३ मत ल्याएर रास्वपा पहिलो दल बन्दा दोस्रोमा श्रम संस्कृति पार्टी छ । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ २ लाख ९२ हजार ४९ मत पाउँदा तेस्रोमा रहेको कांग्रेसले २ लाख ९० हजार ५६२ मत पाएको छ ।

चौथोमा रहेको एमालेले यो प्रदेशमा २ लाख ८८ हजार १८६ मत पाएको छ । एमालेले समानुपातिक तर्फ पाएको भन्दा बढी मत प्रत्यक्षतर्फ उम्मेदवारहरूले ल्याएको मत बढी छ ।

कोशी प्रदेशमा २८ वटा क्षेत्र छन् । यसमध्ये एमालेले चार क्षेत्रमा चुनाव जितेको छ । बाँकी आठ÷आठ क्षेत्रमा दोस्रा र तेस्रो भएको छ । ६ क्षेत्रमा चौथो र दुई ठाउँमा पाचौं भएको छ ।

यी सबै क्षेत्रमा प्रत्यक्षतर्फ एमालेका उम्मेदवारहरूले ल्याएको मत जोड्दला ३ लाख २१ हजार ७१७ पुग्छ । यो समानुपातिकतर्फ एमालेले पाएको मत भन्दा बढी हो ।

कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

News Summary

  • कञ्चनपुरको बेदकोट नगरपालिका–७ लालपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेहरू मोटरसाइकल चालक र पछाडि सवार व्यक्ति रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका डीएसपी टेकबहादुर जोराले बताए।
  • दुवैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ र परिचय खुल्न बाँकी छ।

२८ फागुन, धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७ को लालपुरमा से १ च १४०५ को जिप र म २ प ३५०६ को मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको घटनास्थलमै मृत्युु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले बताए ।

उनका अनुसार दुवैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

दुवै जनाको परिचय खुल्न बाँकी छ ।

‘लालिमा’ को एड्भान्स टिकट बिक्री खुल्यो

News Summary

  • फिल्म ‘लालिमा’ को एड्भान्स टिकट बिक्री खुला भएको छ र देशब्यापी ७८ शोज पाएको छ।
  • प्रतिनिधिसभा चुनावपछि रिलिज हुन लागेको यो पहिलो फिल्म हो जसले दर्शकलाई हलमा फर्काउनुपर्ने चुनौती छ।
  • फिल्ममा रोश्नी कार्कीले लालिमाको भूमिका निभाएकी छिन् र मिराज रोशनले निर्देशन गरेका छन्।

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘लालिमा’ को एड्भान्स टिकट बिक्री खुला भएको छ । विहिबार दिउँसोसम्मको विवरण हेर्दा फिल्मले देशब्यापी ७८ शोज पाएको छ ।

प्रतिनिधिसभा चुनावपछि रिलिज हुन लागेको यो पहिलो फिल्म हो । चुनावको माहोलमा हल सुनसान भैरहेको बेलामा, दर्शकलाई फर्काउनुपर्ने चुनौती यो फिल्मसँग छ ।

वास्तविक यौनकर्मीको समस्या, पीडा र मानसिकताको घटनामा बनेको बताइएको यस फिल्ममा रोश्नी कार्कीले शीर्ष भूमिका लालिमाको पात्र निर्वाह गरेकी छन् । जीवन भट्टराई, उषा रजक, शिशिर वाङदेल, सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेलको पनि अभिनय छ ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले फिल्म वितरणको जिम्मेवारी लिएको छ । मिराज रोशनले निर्देशन गरेका हुन् ।

‘न यता न उता’ पछि रोशनको यो दोस्रो निर्देशकीय प्रोजेक्ट हो । अघिल्लो फिल्ममा उनले ‘मिड–लाइफ क्राइसिस’ को विषयवस्तु उठाएका थिए ।

गगन थापालाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिको आग्रह

News Summary

  • ललितपुरका स्थानीय तहका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले सभापति गगनकुमार थापाको पक्षमा ऐक्यबद्धता जनाएका छन्।
  • जनप्रतिनिधिहरूले थापाको राजीनामा नदिन आग्रह गर्दै वर्तमान राजनीतिक अवस्थामा उनको नेतृत्व अपरिहार्य भएको बताएका छन्।
  • विज्ञप्तिमा कांग्रेसको गरिमामय इतिहास र समसामयिक चुनौतीमा थापालाई एक मात्र योग्य नेतृत्व भएको दाबी गरिएको छ।

२८ फागुन, काठमाडौं । ललितपुरका स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापाको पक्षमा ऐक्यबद्धता जनाएका छन् ।

बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ललितपुरका महानगर र नगरका मेयर, उपमेयर तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूले राजीनामा नदिन आग्रह गरेका हुन् ।

वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको उनीहरूको भनाइ छ ।

विज्ञप्तिमा नेपाली कांग्रेसको गरिमामय इतिहास, वर्तमान राजनीतिक चुनौती, राष्ट्रियता र लोकतन्त्रको संरक्षणका साथै समसामयिक राजनीतिमा खेल्नुपर्ने प्रभावकारी भूमिकाका लागि गगन थापा नै एक मात्र योग्य व्यक्तित्व भएको दाबी गरिएको छ ।

जनप्रतिनिधिहरूले पछिल्लो समय चर्चामा आएको सभापतिको राजीनामाको विषयलाई पूर्णत: नकार्दै पार्टीको सुदृढीकरणका लागि नेतृत्वको निरन्तरताको खाँचो औंल्याएका छन् ।

ऐक्यबद्धता जनाउनेहरूमा ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महाङ्काल गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन रहेका छन् ।

त्यस्तै, महाङ्कालका अध्यक्ष गणेशबहादुर केसी, गोदावरीकी उपप्रमुख मुना अधिकारी, महालक्ष्मीकी उपप्रमुख लक्ष्मी महर्जन र कोन्ज्योसोमका उपाध्यक्ष राजन घिमिरेले पनि सामूहिक रूपमा सभापति थापालाई अभिभावकत्व ग्रहण गर्न आग्रह गरेका छन् ।

अमेरिकाले भारत-चीनसहित १६ देशमा थाल्यो नयाँ व्यापारिक अनुसन्धान


२८ फागुन, काठमाडौं । अमेरिकाले भारत र चीनसहित आफ्ना केही प्रमुख व्यापारिक साझेदार देशविरुद्ध नयाँ व्यापार अनुसन्धान सुरु गरेको जनाएको छ ।

गत महिना सुप्रिम कोर्ट अफ द युनाइटेड स्टेट्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित विभिन्न देशमाथि लगाएका केही ट्यारिफ (आयात कर)लाई खारेज गरिदिएको थियो । त्यसपछि अमेरिकाले नयाँ कदमका रूपमा यो अनुसन्धान अघि बढाएको हो ।

बुधबार अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले ‘सेक्सन ३०१’ अन्तर्गत युरोपेली युनियन, चीन, भारत, जापान, दक्षिण कोरिया र मेक्सिको जस्ता देशका विरुद्ध ‘अनफेयर ट्रेड प्राक्टिस’ (अनुचित व्यापारिक अभ्यास) को अनुसन्धान गरिने जानकारी दिएका हुन् ।

यो अनुसन्धानमा कुनै देश दोषी ठहरिएमा त्यस देशबाट आयात हुने वस्तुमा अमेरिकाले आयात कर अर्थात् ट्यारिफ लगाउने अधिकार पाउने उनको भनाइ छ ।

क्यानडा र नेपाल छैनन् अनुसन्धानको सूचीमा

ग्रियरका अनुसार यो अनुसन्धान जुलाईअघि नै पूरा गर्ने लक्ष्य राखिएको छ । ट्रम्पले ती देशमाथि लगाएका अस्थायी ट्यारिफ पनि जुलाईमै सकिने तय भएको छ ।

अनुसन्धानको दायरामा भियतनाम, थाइल्यान्ड, मलेसिया, कम्बोडिया, सिंगापुर, इन्डोनेसिया, बंगलादेश, स्विट्जरल्यान्ड र नर्वे पनि परेका छन् । तर अमेरिकाको दोस्रो ठूलो व्यापारिक साझेदार क्यानडा भने यस अनुसन्धानमा समावेश गरिएको छैन । अनुसन्धान दायरामा परेका देशहरुको सूचीमा नेपाल पनि छैन ।

केही साताअघि सुप्रिम कोर्ट अफ द युनाइटेड स्टेट्सले गत वर्ष अप्रिलमा राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशमाथि लगाएका ट्यारिफलाई गैरकानुनी ठहर गरेको थियो ।

त्यस निर्णयपछि ट्रम्पले तुरुन्तै १० प्रतिशतको नयाँ ‘ग्लोबल ट्यारिफ’ घोषणा गरेका थिए । उनले अदालतको निर्णयलाई ‘धेरै खराब’ भन्दै निर्णय दिने न्यायाधीशहरूलाई ‘मूर्ख’सम्म भनेका थिए ।

निर्णयको भोलिपल्ट उनले यो शुल्क १५ प्रतिशत हुने बताएका थिए, तर पछि १० प्रतिशतकै दरमा लागू गरिएको थियो । त्यसपछि ट्रम्प प्रशासनका अधिकारीहरूले यो शुल्क बढाएर १५ प्रतिशतसम्म पुर्‍याउने योजना रहेको बताएका छन् ।

अमेरिकी र चिनियाँ अधिकारीबीच भेटवार्ताको तयारी

नयाँ अनुसन्धानले ट्रम्प प्रशासनलाई आफ्ना व्यापारिक साझेदार देशमाथि ट्यारिफ लगाउने आधार बलियो बनाउन सहयोग गर्न सक्ने बीबीसीले जनाएको छ ।

यसैबीच यही साता अन्त्यमा फ्रान्सको राजधानी पेरिसमा अमेरिकी उच्च अधिकारीहरूले चिनियाँ समकक्षीसँग भेट गर्ने तयारी गरेका छन् ।

यो भेटवार्ता महिनाको अन्त्यतिर चीनको राजधानी बेइजिङमा राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच सम्भावित भेटको तयारीका लागि हुने बताइएको छ ।

गगनले के गर्लान् ?

कांग्रेसका लागि ‘लज्जास्पद’ नतिजा आएसँगै सभापति गगन थापाले नैतिकताको आधारमा पद छोड्नुपर्ने विचार आइरहेको बेला उनी राजीनामा गर्ने ‘मूड’मा रहेको उनलाई भेट्ने नेताहरुले बताएका छन् ।

कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ

News Summary

  • कञ्चनपुरमा १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई पुरुषलाई बुधबार पक्राउ गरिएको छ।
  • पक्राउ परेका दुवै पुरुष भीमदत्त नगरपालिका–१० का ४७ र ४० वर्षका हुन्।
  • प्रहरीले बैजनाथ सामुदायिक वनको जंगलभित्र बालिकामाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा अनुसन्धान गरिरहेको जनाएको छ।

२८ फागुन, धनगढी । कञ्चनपुरमा १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय र ४० वर्षीय दुई जना पुरुषलाई बुधबार पक्राउ गरिएको हो ।

उनीहरूले भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनको जंगलभित्र लगेर बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।