Skip to main content

लेखक: space4knews

इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि स्ट्रेट अफ होर्मुजमा आक्रमण

News Summary

  • स्ट्रेट अफ होर्मुजमा बुधबार थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ जहाज भारतको गुजराततर्फ आउँदै गर्दा आक्रमणमा परेको छ।
  • भारतले आफ्नो ऊर्जा आपूर्तिका लागि होर्मुज स्ट्रेटमार्गबाट तेल र ग्यास आयात गर्ने गरेको छ, जसमा आक्रमणले गम्भीर असर परेको छ।
  • मध्यपूर्वको तनावका कारण इन्धन आपूर्ति प्रभावित हुँदा विश्वभर तेलको मूल्य बढेको छ ।

काठमाडौं । विश्वको सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये एउटा प्रमुख निसाना भारतको गुजराततर्फ आउँदै गरेको जहाज पनि बनेको छ । यस घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षामा गम्भीर चिन्ता पैदा गरेको छ ।

थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामक जहाज ओमानको समुद्री तटबाट करिब ११ नटिकल माइल उत्तरमा आक्रमणमा परेको हो ।

यो जहाज भारतको गुजरात राज्यको बन्दरगाहतर्फ आउँदै थियो । थाई नौसेनाका अनुसार यूएईको आबुधाबीस्थित खलिफा पोर्टबाट जहाज प्रस्थान गरेको केही घण्टामै जहाजमा आक्रमण भएको थियो । समाचार एजेन्सी एपीका अनुसार अज्ञात ‘प्रोजेक्टाइल’ ठोक्किएपछि जहाजमा भीषण आगलागी भएको थियो, जसका कारण जहाजको सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ ।

भारतको ऊर्जा सुरक्षामा असर

होर्मुज स्ट्रेटमा समुद्रको चौडाइ ३३ किलोमिटर मात्र छ । तर जहाज चल्नसक्ने बाटो ११ किलोमिटर मात्र छ । बाँकी हिस्सामा कम गहिराइ भएकाले ठूला जहाज चल्न सक्दैनन् । त्यसैले यो साँघुरो बाटो खतरनाक मानिन्छ ।

अन्य देशहरुले जस्तै भारतले पनि आफ्नो आवश्यकताको ठुलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास साउदी अरब, इराक, कुवेत र संयुक्त अरब इमिरेट्सबाट यही स्ट्रेट अफ होर्मुजको बाटो हुँदै आयात गर्दछ ।

अमेरिका र इजरायलले इरानमाथि गरेको हमलाको बदलामा इरानले पनि अमेरिकी सेनाका क्याम्प रहेका खाडी मुलुकलाई लक्षित गरी आक्रमण जारी राखेको छ । इरानले तेल आपूर्तिको बाटो बन्द गर्ने चेतावनी दिएपछि होर्मुज स्ट्रेटमा पनि आक्रमण तीव्र बनेको छ । यसबाट विश्वभर तेल र ग्यास आपूर्ति प्रभावित भएको छ ।

पछिल्लो ७२ घण्टामा होर्मुज स्ट्रेटको समुद्री बाटो हुँदै २ वटा अन्तर्राष्ट्रिय ट्यांकर मात्र पार हुन सकेका छन् । थप आक्रमणको त्रासका कारण ठुला सिपिङ कम्पनीहरूले होर्मुज स्ट्रेटको बाटो प्रयोग गर्न छाडेका हुन् ।

सीमित मात्र जहाज चलिरहेको र ती पनि आक्रमणको निशानामा परेपछि आपूर्ति थप प्रभावित भएको छ । गुजरात आउँदै गरेको जहाजमा आक्रमण भएपछि भारत सरकारले निन्दा गरेको छ ।

होर्मुज स्ट्रेटको विकल्पमा भारतीय बन्दरगाहका लागि आउने जहाजहरू अफ्रिकाको बाटो हुँदै घुमेर आउनुपर्ने र यो वैकल्पिक मार्ग प्रयोग गर्दा भारत यात्रा करिब २ हप्ता बढी समय लाग्ने बताइन्छ । यसले ढुवानी र बीमा शुल्क बढी लाग्ने भएकाले भारत आयात हुने सामानको मूल्य पनि बढ्ने छ ।

मध्यपूर्वको तनावका कारण इन्धन आपूर्ति प्रभावित हुँदा विश्वभर तेलको मूल्य बढेको छ । विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघिसकेकाले भारतमा पेट्रोल, डिजेल र ग्यासको मूल्यमा भारी वृद्धि हुने संकेत देखिएको छ ।

मध्यपूर्वको तनावका कारण विश्वभर देखिएको इन्धन आपूर्तिको अभाव कम गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारल तेल विश्व बजारमा उपलब्ध गराउने निर्णय गरेको छ । यसमा सबैभन्दा धेरै हिस्सा अमेरिकाको हुनेछ । अमेरिकाले कूल ४० करोडमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने जनाएको छ ।

आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा


२८ फागुन, काठमाडौं । काठमाडौंमा वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार हुनसकेको छैन । पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तहमै छ ।

रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६:१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १८५ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ सहरमध्ये  छैटौं स्थानमा रहेको छ । पहिलो स्थानमा उज्वेकिस्थान, दोस्रो स्थानमा भियतनाम, तेस्रो स्थानमा पाकिस्तानको लाहोर, चौथो स्थानमा भारतको दिल्ली र पाँचौ स्थानमा पनि भारतकै कोलकाता रहेका छन् ।

यसअघि अग्रस्थानमा रहेको बंगलादेशको ढाँका भने १० औं स्थानमा झरेको छ ।

प्रदूषण बढेपछि सरोकारवालाले सचेत रहन सबैलाई आग्रह गरेको छ । बाहिर निस्किंदा मास्क लगाएर मात्रै निस्किन आग्रह गरिएको छ ।

 

प्रतिनिधिसभामा सीमान्तकृत समुदायको कमजोर प्रतिनिधित्व

News Summary

  • प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी चौथो बनेका छन्।
  • प्रत्यक्षतर्फ १६५ मध्ये सीमान्तृकत समुदायका १४ जना (८.४८ प्रतिशत) मात्र निर्वाचित भएका छन् भने दलित समुदायको प्रतिनिधित्व झन् कमजोर देखिएको छ।
  • संविधान २०७२ को धारा ४० अनुसार दलितलाई समानुपातिक समावेशी हक छ तर व्यावहारिक कार्यान्वयन नहुँदा दलित अधिकारकर्मी पदम सुन्दासले संवैधानिक व्यवस्था आवश्यक भएको बताउनुभएको छ।

२८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ ।

यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ । आदिवासी जनजाति २६ (१५.७६ प्रतिशत), मधेसी २८ (१६.९७ प्रतिशत), थारू पाँच (३.३ प्रतिशत), मुस्लिम चार (२.४२ प्रतिशत) र दलित एक जना (०.६१ प्रतिशत) छन् ।

सीमान्तकृतभित्र पनि १३.४ प्रतिशत जनसङ्ख्या भएको दलित समुदायको प्रतिनिधित्व झन् कमजोर देखिन्छ । समानुपातिकमा दलहरूले पाएको मत हेर्दा दलित क्लष्टरमा रास्वपाबाट सात महिला, दुई पुरुष गरी नौ जना, कांग्रेसबाट दुई महिला, एक पुरुष, एमालेबाट एक दलित महिला, नेकपाबाट एक दलित महिला गरी १४ जना आउने देखिन्छ । यो भनेको बढीमा पाँच प्रतिशत हो ।

अन्तरिम व्यवस्थापिका–२०६३ मा भने १८ (५.४७) जना दलितको सहभागिता थियो । विसं २०६४ को संविधानसभामा यो सङ्ख्या बढेर ५० (८.३२) पुग्यो । त्यसैगरी, २०७२ सालको संविधानसभामा ४० (६.६५), प्रतिनिधिसभा २०७४ सालमा २० (७.२७) र प्रतिनिधिसभा २०७९ मा १६ (५.८१) जना दलितको सहभागिता थियो । यो तथ्य हेर्दा प्रतिनिधिसभामा दलित समुदायको प्रतिनिधित्व घट्ने पक्का छ ।

विसं २०७२ को नयाँ संविधानको प्रस्तावनामा नै भनिएको ‘समानुपातिक समावेशी र सहभागिता सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने’ विषयले पनि व्यावहारिक पूर्णता पाउन सकेन ।

यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको थियो ।एमाले डडेल्धुरामा चक्र स्नेहीलाई र बर्दिया–२ बाट बाट विमला विकलाई उम्मेदवार बनाएको थियो ।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले स्याङ्जा–२ बाट पदम विश्वकर्मा र कञ्चनपुर–३ बाट मानबहादुर सुनारलाई मात्रै टिकट दिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँके–३ बाट खगेन्द्र सुनारलाई टिकट दिएको थियो । उनीहरूमध्ये खगेन्द्र सुनार मात्रै विजयी भएका छन् ।

नेपालको संविधान २०७२ ले पहिलोपटक दलित समुदायको सहभागिताको कुरा गरेको छ । संविधानको धारा ४० ले ‘राज्यका सबै निकायमा दलितलाई समानुपातिक सामावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुने व्यवस्था गरेको छ । तर, यसको व्यावहारिक कार्यान्वन भएको देखिँदैन ।

दलित अधिकारकर्मी पदम सुन्दास भन्छन्, ‘दलित सुमदायको प्रतिनिधित्व सुनिश्चित गर्न महिलाको ३३ प्रतिशत जस्तै दलितका लागि यसको जनसङ्ख्याका आधारमा संवैधानिक र कानुनी व्यवस्था हुनुपर्छ ।’

-राससबाट

सवारी दुर्घटनामा एक जनाको मृत्यु


२७ फागुन, इनरुवा (सुनसरी) । सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय अमरलाल साह रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोसी ब्यारेजतर्फ जाँदै गरेको स१च ९२१ नम्बरको स्कोर्पियोले विपरीत दिशाबाट आउँदै गरेको मधेस प्र.०६–००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक साह र पछाडि सवार २६ वर्षीया पुष्पा साह गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते हुनुभएका अमरलालको उपचारका क्रममा मृत्यु भएको प्रनाउ खड्काले जानकारी दिनुभयो । गम्भीर घाइते हुनुभएका पुष्पालाई थप उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

स्कोर्पियो र चालक सप्तरी बोधेबर्साइ नगरपालिका–६ का २६ वर्षीय रञ्जित चौधरी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ । रासस

इरानका खेलकुदमन्त्रीले भने- हालको परिस्थितिमा विश्वकप सहभागिता सम्भव छैन

News Summary

  • इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले देशको अस्थिर अवस्थाका कारण फिफा विश्वकप २०२६ मा सहभागी हुन नसक्ने बताएका छन्।
  • इरानले अमेरिकी र इजरायली सैन्य आधारमा मिसाइल प्रहार गरेको र खेलाडीहरू सुरक्षित नभएको कारण विश्वकप सहभागिता सम्भव नरहेको डोन्यामालीले बताए।
  • फिफा नियमअनुसार टोली बाहिरिएमा प्रतिस्थापन गर्ने व्यवस्था छ भने इरान फुटबल महासंघका अध्यक्षले पनि टोली पठाउन कठिन भएको बताएका छन्।

२७ फागुन, काठमाडौं । इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले देशको वर्तमान अवस्थाका कारण फिफा विश्वकप २०२६ मा सहभागी हुन सक्ने अवस्था नरहेको बताएका छन्।

अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएपछि देशको अवस्था अस्थिर बनेको भन्दै उनले यस्तो अवस्थामा विश्वकप सहभागिता सम्भव नहुने बताएका हुन् ।

अमेरिकी हमलापछि जवाफमा इरानले इजरायल र अमेरिकी सैन्य आधार रहेका देशतर्फ मिसाइल र ड्रोन प्रहार गरेको थियो। यस्तो परिस्थितिमा टोलीलाई विश्वकप खेलाउन सुरक्षित वातावरण नरहेको उनले बताएका छन्।

डोन्यामालीले आईआरआईबी स्पोर्ट्स नेटवर्कसँगको अन्तर्वार्तामा भने, ‘हाम्रो नेताको हत्या गरिएको अवस्थामा विश्वकपमा सहभागी हुने उपयुक्त परिस्थिति छैन। खेलाडीहरू सुरक्षित छैनन्, त्यसैले सहभागिताको अवस्था बनेको छैन।’

विश्वकप २०२६ अमेरिका, क्यानडा र मेक्सिकोमा जुन ११ देखि सुरु हुँदैछ। इरानले समूह चरणमा न्युजिल्यान्डसँग जुन १५, बेल्जियमसँग जुन २१ (दुवै खेल लस एन्जलसमा) र इजिप्टसँग जुन २६ मा सियाटलमा खेल्ने तालिका रहेको छ।

यसअघि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई प्रतियोगितामा सहभागी हुन स्वागत गरेको बताएका थिए।

यता इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले पनि वर्तमान परिस्थितिमा विश्वकपमा टोली पठाउने विषय कठिन भएको बताएका छन्।

फिफाको नियमअनुसार कुनै टोली प्रतियोगिताबाट बाहिरिए वा हटाइएमा त्यसको निर्णय फिफाले गर्नेछ र आवश्यक परे अर्को टोलीलाई प्रतिस्थापनका रूपमा सहभागी गराउन सकिने व्यवस्था छ।

-बीबीसीबाट

इनिसा हत्या प्रकरणको पोस्टमार्टम रिपोर्टमा के छ ?


२७ फागुन, सुर्खेत । वीरेन्द्रनगर–१ मा बस्दै आएकी सुर्खेतकी १६ वर्षीय बालिका इनिसा विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पोस्टमार्टम रिर्पोट र पीडकको बयानपछि प्रहरी उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेको हो ।

गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा मृत फेला परेकी थिइन् ।

मृतकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

थापाका अनुसार, सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

फागुन २३ गते पक्राउ परेका १६ वर्षीय युवक र इनिसा विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीको दाबी छ । २३ गते विहान शहीद पार्क घुम्न जाने पूर्व सल्लाह अनुसार उनीहरू पार्क नजिकैको जङ्गलमा गएको देखिएको प्रहरीको भनाइ छ ।

त्यहाँ जबरजस्ती करणीपछि मृतकको पाठेघर च्यातिएको र अत्यधिक रक्तस्रावपछि मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

कर्णाली प्रदेश अस्पताल, कालागाउँका तीन जना चिकित्सक सहित भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले तयार पारेको पोस्टमार्टम रिपोर्ट बुधबार आएको छ ।

जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको डा. शाक्यले जानकारी दिए ।

‘पोस्टमार्टम रिर्पोटमा संवेदनशील अंग च्यातिएपछि अत्याधिक रक्तस्राव भएपछि मृत्यु भएको देखिन्छ,’ उनले भने ।

पाठेघरसम्म घाउको धब्बा देखिएको डा. शाक्यले बताए । ‘पीडितको संवेदनशील अंग पुरै च्यातिएर पाठेघरसम्म घाउको कालो धब्बा देखिएको छ’ डा. शाक्यले भने ।

देशभरबाट समर्थनको स्वार 

उक्त घटनाको निष्पक्ष छानबिन गर्न र हत्यामा संलग्नलाई कडा कारबाहीको माग गर्दै देशैभर उनको पक्षमा चर्को आवाज उठेको छ । बुधबार दिनभर पीडित परिवार, आफन्त र अधिकारकर्मीहरूले प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।

उनीहरूले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराए । जिल्लाका अधिकारवादी संसंस्थाले यस घटनामा चासो देखाएका छन् । उनीहरूले गम्भीर अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयलगायत निकायमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

संघीय राजधानी काठमाडौंको माइतीघरमा पनि बुधवार दिउँसो दलित समुदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै अधिकारकर्मी तथा युवाहरूले खबरदारीसहित प्रदर्शन गरेका छन् । देशभर दलितमाथि हिंसा, बलात्कार र हत्या बढ्दै गएको भन्दै पीडितहरूको न्यायका लागि उनीहरूले खबरदारीसहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरूले ‘महिला हिंसा अन्त्य गर, बलात्कारीलाई कडा कारबाही गर, सरकार बदलियो, समाज बदलिएन, महिला शोषणविरुद्ध एक हौं,’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले निर्वाचनपछि दलित समुदायका व्यक्तिहरू संसदमा पुगेकाले अब दलितहरूको मुद्दालाई अघि बढाउनुपर्नेमा जोड समेत दिएका छन् ।

उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । राजनीतिक दल, अधिकारकर्मीदेखि कलाकारहरूले समेत चासोका साथ न्यायका लागि आवाज उठाइरहेका छन् । उक्त घटनालाई अत्यन्त दु:खद, अमानवीय र निन्दनीय भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पनि इनिसाको घरमै पुगेर परिवारसँग भेटघाट गरेका छन् । परिवारसँग भेटपछि कँडेलले घटनालाई स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गर्न सुरक्षा निकायलाई निर्देशन दिएको बताएका थिए । ‘पीडित परिवारलाई न्याय दिलाउने कुरामा प्रदेश सरकार प्रतिबद्ध छ,’ मुख्यमन्त्री कँडेलले भने, ‘सरकारको तर्फबाट यस घटनाको सत्य तथ्य बाहिर ल्याउने र कानुन अनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अगाडि बढ्छ ।’

एसपीए कैलाली प्राइड लिगको तयारी पूरा, विजेतालाई तीन लाख पुरस्कार

News Summary

  • कैलालीको धनगढीमा हुने अन्तरपालिका स्तरीय एसपीए कैलाली प्राइड लिगको तयारी पूरा भएको जिल्ला क्रिकेट संघ कैलालीले बुधबार पत्रकार सम्मेलनमा जनाएको छ।
  • टी-२० फर्म्याटमा हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहका टोली सहभागी हुँदैछन् र फागुन २८ गते उद्घाटन हुनेछ।
  • प्रतियोगिताको विजेताले नगद ३ लाख र ट्रफी पाउनेछन् भने उपविजेताले नगद १ लाख प्राप्त गर्नेछन् र कुल खर्च २६ लाख २५ हजार अनुमान गरिएको छ।

२७ फागुन, काठमाडौ । कैलालीको धनगढीमा हुने अन्तरपालिका स्तरीय एसपीए कैलाली प्राइड लिगको चौथो संस्करणको तयारी पूरा भएको छ ।

आयोजक संस्था जिल्ला क्रिकेट संघ कैलालीले बुधबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । टी-२० फर्म्याटमा खेलाइने प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहका टोली सहभागी हुँदैछन ।

जसअन्तर्गत समूह ए मा धनगढी उपमहानरपालिका,आलिताल गाउँपालिका र बरदगोरिया गाउँपालिका रहेका छन । समूह बी मा घोडाघोडी नगरपालिका, भीमदत्त नगरपालिक र पूनर्वास नगरपालिका ए रहेका छन् ।

समूह सी मा गोदावरी नगरपालिका, बुढीगंगा नगरपालिका र परशुराम नगरपालिका रहेका छन भने समूह डी मा लम्कीचुहा नगरपालिका, टिकापुर नगरपालिका र पुनर्वास नगरपालिका बी रहेका छन् ।

प्रतियोगिताको विजेता टोलीले नगद ३ लाख र आकर्षक ट्रफी प्राप्त गर्ने जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष विक्रम बिष्टले जानकारी दिए । त्यस्तै उपविजेता टोलीले नगद १ लाख प्राप्त गर्नेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु २० हजार ट्रफी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटरलाई जनही १५/ १५ हजार र ट्रफी, उदीयमान खेलाडीलाई नगद रु १० हजार र ट्रफी प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद रु २ हजार प्राप्त गर्नेछ ।

धनगढीको फाप्ला अन्तराष्ट्रिय खेल मैदानमा आयोजना हुने प्रतियोगीताको २८ फागुन विहान ९ बजे नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

५ चैतसम्म सञ्चालन हुने यस प्रतियोगिताको मुख्य प्रायोजक धनगढीको एसपीए कलेज रहेको छ भने उक्त प्रतियोगिता सम्पन्न गर्न अनुमानित कुल २६ लाख २५ हजार खर्च लाग्ने जिल्ला क्रिकेट संघ कैलालीका कोषाध्यक्ष विनोद लामाले बताए ।

यूएईमा हुने अफगानिस्तान र श्रीलंकाबीचको सिरिज स्थगित

News Summary

  • मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अफगानिस्तान र श्रीलंकाबीच यूएईमा हुने तय भएको क्रिकेट सिरिज स्थगित गरिएको छ।
  • अफगानिस्तान क्रिकेट बोर्डले मार्च १३ देखि सुरु हुने सिरिज २०२६ को अन्तिम त्रैमासमा सारिएको जानकारी दिएको छ।
  • यूएईमा हवाई मार्गमा समस्या र सुरक्षा घटनाका कारण क्रिकेट सिरिज स्थगित गरिएको हो।

२७ फागुन, काठमाडौं । मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अफगानिस्तान र श्रीलंकाबीच यूएईमा हुने तय भएको एकदिवसीय र टी-२०आई सिरिज स्थगित गरिएको छ।

अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले मार्च १३ देखि सुरु हुने तय भएको द्विपक्षीय सिरिज २०२६ को अन्तिम त्रैमासमा सारिएको जानकारी दिएको छ। एसीबीका अनुसार क्षेत्रीय अवस्थाका कारण उडान व्यवस्थामा समस्या उत्पन्न भएकाले सिरिज स्थगित गरिएको हो।

यो सिरिज अन्तर्गत शारजाहमा मार्च १३, १५ र १७ मा तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलाइने तालिका थियो। त्यसपछि दुबईमा मार्च २०, २२ र २५ मा तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने योजना थियो।

यसैबीच यस महिनाको सुरुआतमा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि मध्यपूर्व क्षेत्रमा यात्रा प्रभावित भएको छ। यूएईले एक सातापछि हवाई मार्ग पुनः खुला गरे पनि बुधबार दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुई ड्रोन खस्दा चार जना घाइते भएका थिए।

भारतमा सम्पन्न पुरुष टी–२० विश्वकपबाट बाहिरिएपछि दक्षिण अफ्रिका, वेस्ट इन्डिजका टोलीहरू भारतमे रोकिएको अवस्थामा आईसीसीले खेलाडीहरू प्रस्थान गर्न थालिसकेको जानकारी दिएको छ ।

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा कीर्तिपुर र सोलो विजयी

News Summary

  • कीर्तिपुरले रोएल्सलाई ८१-६१ ले हराउँदै हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ मा महत्वपूर्ण जित हासिल गर्‍यो।
  • सोलो बास्केटबलले प्लेबक्स एरेनालाई ६८-६५ ले हराउँदै प्रतिस्पर्धात्मक खेलमा सफलता पायो।
  • कीर्तिपुरका प्रशान्त महर्जन र सोलोका प्रगुन महर्जनलाई क्रमशः एमभिपी घोषित गरियो।

२७ फागुन, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बुधबार आईआईएमएस कीर्तिपुर र सोलो बास्केटबल विजयी भएका छन् ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको लिगमा कीर्तिपुरले रोएल्सलाई ८१-६१ ले हरायो । कीर्तिपुरले २०-१५, २०-१३, १८-१९, २३-१४ को प्रदर्शन गरेको थियो ।

कीर्तिपुरका प्रशान्त महर्जनले १३ अंक स्कोर गरे । उनी एमभिपी घोषित भए ।

यस्तै बुधबारको दोस्रो खेलमा सोलो बास्केटबलले प्लेबक्स एरेनालाई प्रतिस्पर्धात्मक खेलमा ६८-६५ ले हरायो । तीन क्वाटरमा पछि परेपनि सोलोले तेस्रो क्वाटरमा बनाएको २६-१४ को अग्रता नै जितमा निर्णायक बन्यो ।

प्लेबक्सले पहिलो, दोस्रो र चाैथो क्वाटर क्रमश: १५-११, २०-१९ र १६-१२ आफ्नो पक्षमा पारेपनि जितलाई पर्याप्त भएन ।

सोलोका प्रगुन महर्जनले ३० अंक स्कोर गरे । उनी एमभिपी घोषित भए ।

राष्ट्रिय लिग फुटबलमा जावलाखेल र सातदोबाटोको बराबरी

News Summary

  • राष्ट्रिय लिग फुटबलमा जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबले १-१ गोल गर्दै अंक बाँडेका छन्।
  • खेलको २२औं मिनेटमा बोबाकर सिसोकोले गोल गरेपछि जगजित श्रेष्ठले इन्जुरी समयमा बराबरी गोल गरे।
  • बराबरीपछि जावलाखेल ९ खेलमा १० अंकसहित नवौं स्थानमा र सातदोबाटो ७ अंकसहित १४औं स्थानमा छ।

२७ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा दुवै टोलीले १-१ गोल गर्दै अंक बाँडेका हुन् । राष्ट्रिय लिग खेल्न अस्ट्रेलियाबाट नेपाल आएका जगजित श्रेष्ठले इन्जुरी समयमा गोल गर्दै सातदोबाटोलाई हारबाट जोगाएका थिए ।

खेलको २२औं मिनेटमा बोबाकर सिसोकोले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । खेल सकिन लाग्दा इन्जुरी समयमा जगजितले सातदोबाटोका लागि बराबरी गोल गरे ।

बराबरीपछि ९ खेलबाट १० अंक जोडेको जावलाखेल नवौं स्थानमा उक्लिएको छ भने सातदोबाटो ९ खेलमा ७ अंक जोडेर १४औं स्थानमा छ ।

आजै भएको पहिलो खेलमा एनआरटी र लालिगुराँस एसोसिएसनले पनि १-१ को बराबरी खेलेका थिए ।

असई बन्ने सपना देखेका थिए, सांसद बने

News Summary

  • रविन महतो राष्ट्रिय स्वतन्त्र पार्टीबाट सर्लाही–२ क्षेत्रबाट ४२ हजार ५१२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
  • महतोले नेपाली कम्युनिस्ट पार्टीका महेन्द्र राय यादव र राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोलाई पछि पार्दै पहिलो पटक संसदीय यात्रा सुरु गरेका छन्।
  • निर्वाचनपछि महतोले विकास र सुशासनलाई प्राथमिकता दिने र सर्लाहीलाई सजेको र बलेको बनाउने लक्ष्य लिएको बताएका छन्।

२७ फागुन, सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन महतो भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । स्थापित दलका प्रभावशाली नेताहरूलाई पछि पार्दै उनले पहिलो पटक संसदीय यात्रा सुरु गरेका हुन् ।

महतोले ४२ हजार ५१२ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका महेन्द्र राय यादवले ८ हजार ५२३ मत पाए भने राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो ५ हजार ९९२ मतमा सीमित भए । सर्लाही–२ मा लामो समयदेखि प्रभाव जमाउँदै आएका दुई ‘हेभिवेट’ नेतामाथि महतोले स्पष्ट जित निकाले ।

कविलासी नगरपालिका–१० सलेमपुर निवासी ३८ वर्षीय महतो यस क्षेत्रमा नयाँ अनुहार भए पनि जेनजी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । उम्मेदवारी गर्दासँगै उनी स्थानीय राजनीतिमा एकाएक चर्चामा आएका थिए ।

पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा उदाएको नयाँ राजनीतिक धार र वरिष्ठ नेता बानेन्द्र शाहको लोकप्रियताले पनि उनको जितमा प्रभाव पारेको स्थानीय मतदाताहरू बताउँछन् ।

सामान्य परिवारमा जन्मिएका महतो बुवा रामपुकार महतो र आमा ललिया देवीका जेठा छोरा हुन् । स्थानीय परिवेशमै हुर्के–बढेका उनले संघर्षपूर्ण जीवन पार गर्दै संसद्सम्मको यात्रा तय गरेका हुन् ।

उनले महोत्तरीको लोहारपट्टीस्थित श्री भेरुखी माध्यमिक विद्यालयबाट २०६२ सालमा एसएलसी उत्तीर्ण गरे । त्यसपछि उच्च शिक्षाका लागि जनकपुरस्थित राजर्षि जनक क्याम्पसमा प्लस टु अध्ययन सुरु गरेका थिए । आर्थिक अवस्था कमजोर भएका कारण पढाइसँगै उनले ट्युसन पढाउने काम पनि गरेका थिए ।

मान्छेले सडेको सर्लाही र गलेको मलंगवा भन्थे । म सजेको सर्लाही र बलेको मलंगवा बनाउने लक्ष्य लिएर आएको छु- रविन महतो

प्लस टु उत्तीर्ण गरेपछि केही समय विभिन्न अवसरको खोजीमा लागेका महतोले नेपाल प्रहरीको असई (सहायक निरीक्षक) पदका लागि पनि परीक्षा दिएका थिए । तर सफल हुन नसकेपछि पढाइलाई निरन्तरता दिने निर्णय गरे र काठमाडौं पुगे ।

काठमाडौंस्थित त्रिचन्द्र मल्टिपल क्याम्पसबाट २०६९ सालमा बीएससी उत्तीर्ण गरे । अध्ययनकै क्रममा जीविकोपार्जनका लागि उनले विभिन्न काम गरे । कहिले कपडामा बुट्टा बुन्ने, कहिले विद्यार्थीलाई कलेजमा भर्ना गराउने जस्ता काम गर्दै उनले आफ्नो पढाइ अघि बढाएका थिए ।

राजनीतिमा प्रवेश गर्ने निर्णयबारे महतो भन्छन्, ‘यस क्षेत्रका जनताले परिवर्तन चाहेका बेला म उम्मेदवार बनेर आएको हुँ ।’ उनले मतदाताले आफूलाई दिएको विश्वासलाई कहिल्यै गुम्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महतोका अनुसार मतदाताले बालेनको काम र शैलीबाट प्रभावित भएर नयाँ विकल्पलाई समर्थन गरेका हुन् । ‘जनताले बालेनलाई विश्वास गरे जस्तै मलाई पनि विश्वास गर्नुभयो,’ उनले भने, ‘त्यो विश्वासलाई म कहिल्यै गुम्न दिन्नँ ।’

निर्वाचन परिणामसँगै सर्लाही–२ मा लामो समयदेखि प्रभाव जमाएका नेताहरूलाई पछाडि पार्दै नयाँ पुस्ताको प्रतिनिधित्व संसद्मा पुगेको विश्लेषण गरिएको छ । यस क्षेत्रबाट पटक–पटक सांसद र मन्त्री बनेका महेन्द्र राय यादव तथा पूर्वसांसद राजेन्द्र महतोलाई पराजित गर्नु महतोका लागि ठूलो राजनीतिक उपलब्धि मानिएको छ ।

निर्वाचनपछि महतोले विकास र सुशासनलाई प्राथमिकतामा राख्ने बताएका छन् । ‘मान्छेले सडेको सर्लाही र गलेको मलंगवा भन्थे,’ उनले भने, ‘म सजेको सर्लाही र बलेको मलंगवा बनाउने लक्ष्य लिएर आएको छु ।’

‘ए’ डिभिजन हैसियतअनुसार मताधिकारको मागसहित थ्रीस्टारले बुझायो ज्ञापनपत्र

News Summary

  • थ्रीस्टार क्लबले आफ्नो ‘ए’ डिभिजन हैसियतअनुसार मताधिकार पाउनुपर्ने मागसहित अखिल नेपाल फुटबल संघलाई ज्ञापनपत्र बुझाएको छ।
  • उच्च अदालत पाटनले थ्रीस्टार क्लबलाई ‘ए’ डिभिजन लिगमै रहने फैसला २०८२ फागुन १३ गते गरेको थियो।
  • एन्फाका महासचिव किरण राईले थ्रीस्टार क्लबको मागप्रति एन्फा सकारात्मक रहेको जानकारी गराएका छन्।

२७ फागुन, काठमाडौं । थ्रीस्टार क्लबले आफ्नो ‘ए’ डिभिजन हैसियतअनुसार मताधिकार पाउनुपर्ने मागसहित अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ज्ञापनपत्र बुझाएको छ।

बुधवार थ्रीस्टार क्लबले एन्फाका महासचिव किरण राईलाई ज्ञापनपत्र बुझाउँदै क्लब ‘ए’ डिभिजनमै रहेको भन्दै सोहीअनुसार मताधिकार दिन माग गरेको हो।

विसं २०८२ साल फागुन १३ गते उच्च अदालत पाटनले थ्रीस्टार क्लब ‘ए’ डिभिजन लिगमै रहने फैसला गरेको थियो। उक्त फैसलाको पूर्णपाठ प्राप्त भएपछि क्लबले एन्फामा आफ्नो हैसियत कायम गरिनुपर्ने र सोहीअनुसार मताधिकार दिनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको क्लबले जनाएको छ।

थ्रीस्टारका अनुसार महासचिव राईले क्लबको मागप्रति एन्फा सकारात्मक रहेको जानकारी गराएका छन्।

कुलमानको कुल मतः बागमतीको भर, कर्णालीमा कमजोर

News Summary

  • राष्ट्रिय परिवर्तन पार्टीले समानुपातिकतर्फ १ लाख ७२ हजार २४३ मत प्राप्त गरे पनि न्यूनतम ३ लाख २४ हजार १४१ मत कटाउन सकेन।
  • उज्यालो नेपाल पार्टीले बागमती प्रदेशमा सबैभन्दा बढी १ लाख १६ हजार ५५२ मत प्राप्त गरेको छ भने कर्णाली प्रदेशबाट मात्र २३२ मत आएको छ।
  • प्रत्यक्षतर्फ १०५ क्षेत्रमा उम्मेदवारी दिए पनि उज्यालो नेपालका कुनै पनि उम्मेदवार विजयी हुन सकेनन् र पार्टी मुख्यतया बागमतीमा बलियो देखियो।

२७ फागुन, काठमाडौं । २१ फागुनमा सम्पन्न मतदानमा कुलमान घिसिङले समानुपातिक तर्फ मत मागेको राष्ट्रिय परिवर्तन पार्टी (रापपा)ले देशभरबाट कुल १ लाख ७२ हजार २४३ मत प्राप्त गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ऐनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मत परिणामअनुसार यसपटक समानुपातिक सिट पाउन दलले कटाउनुपर्ने न्यूनतम सवा ३ लाख मत प्राप्त गर्न सकेन ।

घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) चुनाव नजिकै एकता र विभाजनबाट गुज्रियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग गरेको एकता एक साता पनि टिक्न नसकेपछि अन्तिम समयमा निकै दबाबमा देखिएको उनेपाले समानुपातिकतर्फ आफ्नै पार्टीको चुनाव चिह्न लिनसक्ने अवस्था पनि थिएन । समस्याको प्राविधिक समाधान खोज्दै उनेपाले समानुपातिकतर्फ रापपाको चुनाव चिह्न बाँसुरीमा मत मागेको थियो ।

रापपाले प्राप्त मतलाई प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रगत रूपमा हेर्दा यसको जनाधार निकै असन्तुलित र निश्चित भूगोलमा मात्रै केन्द्रित रहेको देखिन्छ ।

एकातिर पार्टीले केही पहाडी जिल्लाहरूमा पुराना दलहरूलाई नै झस्काउने गरी मत ल्याएको छ भने अर्कोतिर देशको पश्चिमी भूभागमा पार्टीको उपस्थिति शून्यप्रायः देखिएको छ ।

कुलमानलाई २ निर्वाचन क्षेत्रको सरप्राइज

कुनै–कुनै निर्वाचन क्षेत्रमा पार्टीले एक्लै हजारौं मतको आँकडा पार गरेको छ। देशभरको एकल निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मत मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट १५ हजार ७० आएको छ ।

काभ्रेपलाञ्चोकको निर्वाचन क्षेत्र नम्बर १ बाट १३ हजार ६९९ मत खसेको छ । त्यस्तै, मकवानपुरकै निर्वाचन क्षेत्र नम्बर २ बाट ९ हजार ६७९ मत प्राप्त भएको छ ।

काभ्रेपलाञ्चोकको निर्वाचन क्षेत्र नम्बर २ बाट ७ हजार २७६ मत आएको छ भने घिसिङ नेतृत्वको पार्टीका लागि मधेशमा सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट ५ हजार २३१ मत खसेको छ ।

काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ३ बाट सबैभन्दा बढी ४ हजार ७८८ मत प्राप्त भएको छ जहाँबाट घिसिङ आफैं प्रत्यक्षतर्फ उम्मेदवार थिए ।

समानुपातिक र प्रत्यक्ष तर्फ प्राप्त मत विश्लेषण गर्दा उज्यालो नेपाल पार्टी हाललाई बागमती प्रदेश र त्यसमा पनि काठमाडौँ उपत्यकाको वरिपरिका पहाडी जिल्लाहरूको पार्टी मात्रै बन्न सकेको छ।

मकवानपुर र काभ्रे ‘गढ’ मुगुमा शून्य

जिल्लागत तथ्यांक हेर्दा उनेपा केही निश्चित जिल्लाहरूमा मात्रै बलियो देखिएको छ। देशभरमै सबैभन्दा बढी मत मकवानपुर जिल्लाबाट २४ हजार ७४९ आएको छ । दोस्रो धेरै मत काभ्रेपलाञ्चोकबाट २० हजार ९७५ प्राप्त हुँदा सिन्धुपाल्चोकबाट ११ हजार ७८३ मत आएको छ ।

संघीय राजधानी काठमाडौं जिल्ला १४ हजार ९३६ मतसहित तेस्रो स्थानमा छ । मधेश प्रदेशमा सर्लाही जिल्लाले ९ हजार ०३७ मतसहित पार्टीलाई ठूलो राहत दिएको छ ।

मुगुले एक मत पनि उनेपाको पक्षमा पठाएको छैन । कमजोर देखिएकोमध्ये रुकुम पूर्वले केवल ८ मत पठाएको छ । प्युठान र दैलेख दुवै जिल्लाबाट समान ९–९ मत मात्र प्राप्त भएको छ ।

बागमतीको भर, कर्णालीमा कमजोर

उनेपाको समग्र राष्ट्रिय मतको ठूलो हिस्सा एउटै प्रदेशले बोकेको छ। पार्टीले सबैभन्दा बढी मत बागमती प्रदेशबाट १ लाख १६ हजार ५५२ प्राप्त गरेको छ ।

त्यस्तै, दोस्रो धेरै मत मधेश प्रदेशबाट २४ हजार ५२४ आएको छ । कोशी प्रदेशबाट २२ हजार ७८६ मत प्राप्त हुँदा गण्डकी प्रदेशबाट ३ हजार २२६ मत मात्र आएको छ ।

उनेपाले लुम्बिनी प्रदेशबाट २ हजार ६३७ मत र सुदूरपश्चिम प्रदेशबाट २ हजार ३१३ मत प्राप्त गरेको छ ।

कर्णाली प्रदेशमा उनेपाको अवस्था सबैभन्दा कमजोर देखिएको, जहाँबाट जम्मा २३२ मत मात्र खसेको छ ।

प्रत्यक्षमा पनि बागमतीमै बलियो

प्रत्यक्षतर्फ १०५ क्षेत्रमा उम्मेदवारी दिएको पनि उनेपाका कुनै पनि उम्मेदवार विजयी हुन सकेनन् । यो पार्टी प्रत्यक्ष तर्फ पनि बागमतीमै सबैभन्दा बलियो देखियो ।

काठमाडौं–३ बाट उम्मेदवारी दिएका कुलमानले ११ हजार १७१ मत प्राप्त गरे । यो नै प्रत्यक्ष उनेपाले पाएको सर्वाधिक मत हो ।

कुलमानको गृह जिल्ला रामेछापबाट उठेका दिपबहादुर योञ्जनले ७ हजार २०१ मत पाए । मकवानपुर–१ बाट उठेका सुरेन्द्र लामाले १० हजार २०५ मत प्राप्त गरे ।

काभ्रे–१ मा योगेन्द्र लामाले ७ हजार ४०३, मकवानपुर–२ मा प्रविनकुमार स्याङतानले ६ हजार २३७, ललितपुर–२ का राजाराम तण्डुकारले ५ हजार ५४७ र काभ्रे–२ मा ज्योत्सना सैंजुले ३ हजार ७४९ मत ल्याए ।

बागमती बाहिर बर्दिया–२ मा धर्मबहादुर चौधरीले ४ हजार ४७२ मत प्राप्त गरे ।

मधेशको सर्लाही र बारामा देखिएको उभार बाहेक देशको पश्चिम भेग गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नागरिकले यो पार्टीलाई पत्याइसकेका देखिंदैनन्।

नेपाल निर्वाचन २०८२: समानुपातिक उम्मेदवार अब कहिले र कसरी निर्वाचित हुन्छन्?

मतपेटिका ढुवानी गरिँदै

तस्बिर स्रोत, RSS

निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको मतगणना सकिएसँगै दलहरूले पाएको मतका आधारमा सीट बाँडफाँट गरिने बताएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले देशका १६५ निर्वाचन क्षेत्रमै समानुपातिक प्रणालीतर्फ दलहरूले पाउने मतको गणना सकिएको बीबीसी न्यूज नेपालीलाई बताए।

“समानुपातिक मतगणना सम्पन्न भएको भन्ने जानकारी आएको छ,” उनले भने। “सम्बन्धित निर्वाचन क्षेत्रमा मतगणना सकिए पनि तथ्याङ्क सूची इन्ट्री गर्न बाँकी भएजस्तो देखिन्छ। केही हजार मतहरू थपिँदै गएको छ र अझै अन्तिम भइसकेको छैन।”

उनका अनुसार यस प्रणालीतर्फ गणना भएका सबै मत आयोगको प्रणालीमा पेस गर्ने काम मतगणना सकिएका भएका निर्वाचन क्षेत्रबाट भइरहेको छ।

कहिले टुङ्गो लाग्छ सीट?

निर्वाचन आयोगले समानुपातिकतर्फ तीन प्रतिशतको न्यूनतम सीमा अर्थात् ‘ थ्रेश्होल्ड’ कटाउने दलहरूलाई बिहीवारसम्म सीट बाँडफाँट गरिसक्ने योजना रहेको बताएको छ।

पुसको तुलनामा माघमा बढ्यो मूल्यवृद्धि

२७ फागुन, काठमाडौं । पुसको तुलनामा माघमा मूल्यवृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको वित्तीय विवरणअनुसार माघमा उपभोक्ता मूल्यवृद्धि ३.२५ प्रतिशत रहेको छ । पुसमा २.४२ प्रतिशत मात्रै थियो । अघिल्लो वर्षको माघको तुलनामा भने यो माघको मूल्यवृद्धि न्यून हो । अघिल्लो वर्षको माघमा उपभोक्ता मूल्यवृद्धि ४.१६ प्रतिशत थियो । यो…