Skip to main content

लेखक: space4knews

यु-१९ महिला राष्ट्रिय क्रिकेटको उपाधिका लागि मधेश र सुदूरपश्चिम प्रतिस्पर्धा गर्ने

१ असार, सुर्खेत । वीरेन्द्रनगरमा जारी १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेटको उपाधि भिडन्त मधेश र सुदूरपश्चिम प्रदेशबीच हुने भएको छ। समूह चरणको अन्तिम खेलमा मधेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले पुनः फाइनलमा मधेशसँगको भेट पक्का गरेको हो। आइतबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कर्णालीलाई हराउँदै फाइनल पुग्ने झिनो सम्भावना कायमै राखेको गण्डकी भने मधेशमाथि सुदूरपश्चिमले जित निकालेसँगै निराश बन्यो। अघिल्ला ६ खेलमा अपराजित रहँदै आएको मधेश प्रतियोगिताकै पहिलो हार व्यहोर्ने क्रममा सुदूरपश्चिमविरुद्धको खेलमा स्तब्ध भएपनि उपाधि दाबेदारका रुपमा फाइनल पुगेको छ।

कालुङचोक मैदानमा ११८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमका ओपनर सावित्री धामी र करुणा विष्टले ८ ओभरसम्म टिकेर ६८ रनको उत्कृष्ट साझेदारी गर्दै जितका लागि बलियो जग बसाले। २४ रनको व्यक्तिगत स्कोरमा सावित्री धामी सुष्मिताकुमारी यादवबाट बोल्ड भएको केहीबेरपछि नै करुणा रन आउट हुँदा मधेशतर्फ ढल्किएको खेललाई रश्मी सुनारले १५ र रविना धामीले १८ रन बटुल्दै आफ्नो पोल्टामा पारे। ३० बलको सामना गरेकी करुणाले १७० को स्ट्राइक रेटमा ९ चौकासहित ५१ रनको आक्रामक पारी खेलिन्। त्यसअघि पहिला ब्याटिङ गरेको मधेशका लागि सना प्रविन र प्रतिमा साहको समान २३–२३ रनको मद्दतमा ११७ को योगफल खडा गर्‍यो। मधेशका लागि आरती महतो र शिवानी साहले समान १०–१० रन जोडे।

आइतबारनै भएको अर्को खेलमा गण्डकीले घरेलु टोली कर्णालीमाथि ८ विकेटको फराकिलो जित निकाल्यो। घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले २० ओभरको खेलमा ४ विकेट गुमाउँदै जम्मा ९६ रन जोड्यो। कप्तान तिर्सना विश्वकर्मा एक रनले अर्धशतक बनाउनबाट चुकिन्। ओपनर सोविका शाही शून्यमै आउट भएपनि तिर्सनाले ६२ बलको सामना गर्दै एक छक्का र ६ चौकाको मद्दतमा नटआउट ४९ रन बनाइन्। दोस्रो क्रमकी शिखा दुवाडीले १७ रन जोडिन्। बलिङतर्फ गण्डकीकी निरु जीटीले दुई विकेट झार्दा यशोदा भुजेल र जेनिशा शर्माको नाममा एक–एक विकेट रह्यो। ९७ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकीका ओपनर श्रेया शाह तीन र ज्योत्सिनी मरासिनी १३ रनमा आउट भएपछि तेस्रो र चौथो क्रममा आएका ब्याटरले नटआउट रहँदै गण्डकीको इनिङ्स सम्हाले। चन्द्रमाया बरालले ५ चौकासहित ३७ बलमा ३९ र दीपिका सापकोटाले पनि ५ चौकासहित २९ बलमा ३२ रन जोड्दै गण्डकीलाई सहज जित दिलाए। समूह चरणको अन्तिम खेलमा लुम्बिनीले कोशीलाई जम्मा ४८ रनको लक्ष्य दिएको थियो। १६ रन अतिरिक्त पाएको लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् भने ४ ब्याटर शून्यमै फर्किए। फाइनल खेल आज बिहान ९ बजेपछि कालुङचोक मैदानमै हुनेछ।

युद्धविरामदेखि ३०० अर्ब डलर पुनर्निर्माण योजनासम्मको सम्झौता

१ असार, काठमाडौं । इरानको सरकारी सञ्चार माध्यमले अमेरिका र इरानबीच १४ बुँदामा आधारित सम्झौता (एमओयू) हुने दाबी गरेको छ। तथापि यस सम्झौताको बुँदाबारे कुनै पनि मुलुकले आधिकारिक पुष्टि भने गरेका छैनन्। इरानको अर्ध सरकारी समाचार एजेन्सी ‘मेहर न्युज’ का अनुसार प्रस्तावित बुँदामा लेबनानसहित सबै मोर्चाहरूमा स्थायी युद्धविरामको विषय उल्लेख गरिएको छ। यसका साथै अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता पनि सम्झौतामा समावेश गरिएको छ।

त्यस्तै, ३० दिन भित्र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने, इरानी क्षेत्रमा अमेरिकी सैनिक फिर्ता गर्ने, ‘इरानी व्यवस्था’ अनुसार ३० दिन भित्र स्ट्रेट अफ होर्मुज फेरि खुला गर्ने बुँदाहरू पनि सम्झौतामा उल्लेख छन्। अमेरिका र उसका सहयोगीहरूले इरानको पुनर्निर्माणका लागि कम्तीमा तीन सय अर्ब डलरको योजना ल्याउने, इरानी तेल र ऊर्जा उत्पादनमा लगाइएका प्रतिबन्धहरू फुकुव गर्ने, र परमाणु हतियार नबनाउने विषयमा इरानले आफ्नो प्रतिबद्धता दोहोर्याउने विषय पनि सम्झौतामा रहेको ‘मेहर न्युज’ ले जनाएको छ।

अमेरिकाको तर्फबाट क्षेत्रीय सैन्य उपस्थिति नबढाउने र नयाँ प्रतिबन्ध नलगाउने प्रतिबद्धता पनि १४ बुँदे सम्झौतामा समावेश रहेको बीबीसीको समाचारमा उल्लेख छ। ‘इरानको ‘फ्रिज’ गरिएको सम्पत्तिको आधा हिस्सा ‘रिलिज’ गर्ने, ‘इरानी तेलमा लगाइएको प्रतिबन्ध निलम्बन गर्ने र नौसैनिक नाकाबन्दी नहटाउने अवस्था नआउन्जेल अन्तिम वार्ता सुरु नहुने,’ मेहर न्युजलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।

नेदरल्याण्ड्ससँग जापानको रोमाञ्चक भिडन्तको तयारी

नेदरल्याण्ड्स र जापानबीच फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत मध्यराति अत्यन्तै रोमाञ्चक र प्रतिक्षित खेल हुँदैछ। नेपाली समय अनुसार भोलि बिहान १:४५ बजे (जुन १५) अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा यो खेल सुरु हुनेछ। समूहको शीर्ष स्थानका लागि यो भिडन्त दुवै टोलीका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ।

हेड टु हेड सिनियर अन्तर्राष्ट्रिय फुटबल इतिहासमा यी दुई टोलीबीच अहिलेसम्म केवल ३ पटक मात्रै भिडन्त भएको छ, जसमा जापानले नेदरल्याण्ड्सलाई अहिलेसम्म पराजित गर्न सकेको छैन। दुई खेल नेदरल्याण्ड्सले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ। सन् २०१० को विश्वकप समूह चरणमा नेदरल्याण्ड्सले वेस्ले स्नाइडरको निर्णायक गोलको मद्दतले जापानलाई १-० ले पराजित गरेको थियो।

पछिल्ला नतिजा युरोपेली छनोट प्रतियोगितामा अपराजित रहँदै विश्वकप यात्रा तय गरेको नेदरल्याण्ड्सले पछिल्ला ५ खेलहरूमा मिश्रित प्रदर्शन गरेको छ। टोलीले अभ्यास खेलमा अल्जेरियासँग पराजय भोगेको थियो भने उज्बेकिस्तानविरुद्ध कठिन जित निकाल्यो। रक्षात्मक रूपमा नेदरल्याण्ड्सले पछिल्ला ४ खेलमा लगातार १-१ गोल बेहोरेको छ।

जापानले ३ खेल अगाडि नै विश्वकपमा स्थान सुरक्षित गरेको छ र उच्च मनोबलमा छ। जापानले मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डलाई पहिलो पटक हराएर ऐतिहासिक नतिजा निकालेको थियो। जापानको बलियो पक्ष क्लिनसिट हो, जहाँ टोलीले पछिल्ला ५ जितहरूमा एक पनि गोल बेहोरेको छैन।

नेपालको मनसुन: गत वर्ष छिटो आएको मनसुन यस वर्ष किन ढिला भित्रिएको छ?

नेपालमा मनसुन औसतभन्दा दुई साता अगावै मे २९ मा भित्रिएको थियो, तर यस वर्ष सामान्यतया जुन १३ पार भइ सके पनि नेपालमा प्रवेश नगरेको मौसम विज्ञहरूले बताएका छन्। मनसुन भित्रन ‘अझै केही’ दिन लाग्न सक्ने सम्भावना रहेको र जल तथा मौसम विज्ञान विभागले आफैं निर्धारण गरेका केही मापदण्डहरूको विश्लेषण गरिरहेको उनीहरूले बताएका छन्। त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल यस वर्षको मनसुन ‘थोरै ढिला र केही कमजोर’ हुने प्रक्षेपण गर्छन्।

सहप्राध्यापक सिग्देलका अनुसार, “पश्चिमी वायु प्रणाली अहिलेसम्म सक्रिय छ। नत्र सामान्यतया मे महिनाको अन्त्यसम्ममा त्यस्तो प्रणाली कम भइसकेको हुने थियो।” उनले भनेका छन् कि पश्चिमी वायु प्रणालीले मनसुनी बहावलाई पूर्वी दिशाबाट पश्चिमतिर बढ्न दिइरहेको छैन। मनसुन कमजोर देखिएको र पश्चिम बंगाल वा असमसम्म पुगिसकेको मनसुनको कारण पश्चिमतर्फ विस्तार हुन सकिरहेको छैन।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनका अनुसार, “माथिल्लो वायुमण्डलमा सामान्यतया पश्चिमी वायु हुनु हुँदाहो, तर अहिले पूर्वबाट बहने मनसुनको वायुको उपस्थिति हुनुपर्ने र त्यहाँ उच्च चापीय प्रणाली विकास हुनु आवश्यक छ।” उनले थपिन् कि सौर्य विकिरण जमिनमा ठक्कर खाएपछि फर्कने ‘लङ वेभ’ विकिरणहरू प्रती वर्ग मिटर २०० वाटभन्दा कम हुनुपर्छ, जुन अहिले बढी देखिएका छन्।

भारतको मौसम विभागले भने विहारमा मनसुन भित्रिसकेको जनाएको छ। गत वर्ष २९ मेमा नेपालमा प्रवेश गरी अक्टोबर १० मा बाहिरिएको मनसुन नेपालमा रेकर्ड गरिएको सबैभन्दा लामो १३५ दिनको थियो। सहप्राध्यापक सिग्देलले यस्तो मौसमी क्रमलाई ‘केही अस्वाभाविक’ मान्छन्। उनले भनेका छन् कि मध्य जुनसम्म वायुमण्डलमा पश्चिमी वायु प्रणाली लामो समय सक्रिय देखिनुलाई यसको मुख्य कारण मान्न सकिन्छ।

नेपालमा आर्थिक विकासको सुनौलो चरण सुरु भएको छ

३१ जेठ, बेइजिङ। परराष्ट्रमन्त्री शिशिर खनालले पुराना र ठूलो दुष्प्रबंधनका काण्डहरूको छानबिन प्रक्रिया अगाडि बढाइएको बताएका छन्। चीन सरकारको औपचारिक भ्रमणका क्रममा आइतबार बेइजिङ पुगेका मन्त्री खनालले नेपाली दूतावासले आयोजना गरेको नेपाली डायस्पोरासँगको अन्तर्क्रिया तथा सम्मान कार्यक्रममा सरकारले भ्रष्टाचार निर्मूलकरणलाई प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले सुशासनको चुनावी प्रतिज्ञा अनुसार कार्य भइरहेकामा तत्परता देखाएका छन्।

‘हामीले पुराना र ठूला भ्रष्टाचारका काण्डहरूको छानबिन हुनुपर्छ भनी प्रतिबद्धता जनाएका थियौं। अहिले हाम्रो सरकार गठन भएपछि एउटा कार्यदल गठन भएको छ, जसले २०६३ पछिका भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा छानबिन प्रक्रिया अघि बढाइरहेको छ,’ मन्त्री खनालले जानकारी दिए। लामो समयदेखि शासन गर्नेहरूले देशलाई उचित प्रशासन नदिएको निष्कर्षसहित आफूहरू सरकारमा पुगेको बताउँदै उनले सार्वजनिक सेवा प्रवाहलाई झन्झट रहित बनाउन प्रविधिको प्रयोगमा जोड दिइएको पनि जानकारी गराए।

परराष्ट्रमन्त्री खनालले विदेशमा रहेका नेपालीहरूको गुनासो सुन्न र समस्याको छिटो समाधान गर्न परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ नामक एप सञ्चालनमा ल्याएको प्रवाह गराए। उनले भने, ‘विपन्नता वा अन्य समस्या विदेशमा परेमा उक्त एपमार्फत दर्ता गराउँदा दूतावासहरूसँग तुरुन्त समन्वय गरी समाधानको प्रकृया सुरु हुन्छ। हामी परिणाममुखी कार्यतर्फ उत्साहित छौँ र चाँडै नै जनताले सहज रूपमा अनुभूति गर्ने परिणाम दिनेछौँ।’

परराष्ट्रमन्त्री खनालले चुनावी प्रतिज्ञा र सुशासन संकल्पबारे पनि चर्चा गर्दै भने, ‘हामी सरकारमा आएपछि मुख्य दुई चुनावी प्रतिज्ञामा केन्द्रित छौँ। पहिलो- सुशासन। लामो समयदेखि शासन गर्नेहरूले देशलाई उचित शासन दिन सकेनन् भन्ने हाम्रो निष्कर्ष थियो। दोस्रो, सार्वजनिक सेवा प्रवाह। नेपाल सरकारले दिने सेवा नागरिकले सहज र झन्झटमुक्त पाउनुपर्छ। यसका लागि हामीले डिजिटाइजेसन र प्रविधिको प्रयोगलाई प्राथमिकता दिएका छौँ।’

अहमद डियालोको निर्णायक गोलमा आइभरी कोस्टको जित

अहमद डियालोको निर्णायक गोलका कारण आइभरी कोस्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को खेलमा इक्वेडरलाई १-० ले हराएको छ। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डियालोले विलफ्रेड सिंगोको पासमा ९०औं मिनेटमा गोल गरे। यो जितपछि समूह ‘इ’ मा आइभरी कोस्टले महत्वपूर्ण ३ अंक जोडेको छ भने जर्मनी गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ।

१ असार, काठमाडौं। अहमद डियालोको अन्तिम मिनेटमा गरेको गोलकै कारण आइभरी कोस्टले फिफा विश्वकप २०२६ मा इक्वेडरलाई १-० ले पराजित गरेको छ। फिलाडेल्फिया स्टेडियममा सोमबार बिहान भएको खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका डियालोले ९०औं मिनेटमा गोल गरेका थिए। उनले विलफ्रेड सिंगोको पासमा गोल गरेका हुन्।

त्यसअघि पनि दुवै टोलीले गोल गर्ने अवसरहरू पाएका थिए, तर सफल फिनिशिङ गर्न सकेनन्। अन्तिम समयमा गरेको गोलले आइभरी कोस्टले समूह ‘इ’ मा महत्वपूर्ण ३ अंक जोडेको छ। यसै समूहको पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७-१ ले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ। जर्मनी र आइभरी कोस्टको समान ३ अंक भए तापनि गोल अन्तरमा जर्मनी अग्रस्थानमा छ। इक्वेडर र कुरासाओ भने अहिलेसम्म अंकविहिन छन्। समूह ‘इ’ मा अब आइभरी कोस्टले जर्मनीसँग २० जुनमा खेल्नेछ।

अमेरिका र इरानबीच सहमतिपछि ‘होर्मुज जलमार्ग खुल्ने’ घोषणा

अमेरिका र इरानबीच जारी सैन्य द्वन्द्व अन्त्य गर्ने सहमति भएको घोषणा गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले शान्ति सम्झौता सम्पन्न भएको जानकारी दिएका छन्। उनका अनुसार लेबननसहित सबै मोर्चामा जारी सैन्य कारबाही समाप्त गर्ने सहमति भएको हो। इरानका उपविदेशमन्त्रीले पनि सम्झौताको प्रारूपमा सहमति भएको पुष्टि गरेका छन्। शहबाज शरिफका अनुसार उक्त सम्झौतामा आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक रूपमा हस्ताक्षर हुनेछ।

सम्झौतामा समावेश विषयवस्तुहरू अझै स्पष्ट हुन बाँकी छन्। यद्यपि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौतामा हस्ताक्षर गरेपछि “तेलको आपूर्ति पुनः सुरु हुने” बताएका छन्। उनले स्ट्रेट अफ होर्मुजको प्रयोग स्थायी रूपमा निःशुल्क हुने समेत जनाएका छन्। युद्ध अन्त्यको सहमति भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। इरानका उपविदेशमन्त्रीका अनुसार, सम्झौताका प्रारूपलाई अन्तिम रूप दिन कतारको प्रतिनिधिमण्डल आइतबार तेहरान पुगेको थियो।

उक्त प्रतिनिधिमण्डलका अनुसार करिब १४ देखि १५ घण्टा लामो छलफलपछि इस्लामाबादमा तयार गरिएको प्रारूप टुङ्गोमा पुगेको थियो। अन्तिम सम्झौताका लागि ६० दिनभित्र वार्ता हुने तय गरिएको छ। इरानी सञ्चार माध्यमहरूले जनाएका छन् कि अमेरिका द्वारा इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी ३० दिनभित्र समाप्त गरिने सहमति भएको छ। ट्रम्पले बताएका छन् कि होर्मुज जलमार्गमा “कहिल्यै कुनै शुल्क नलाग्ने गरी” इरानसँग सम्झौता गरिनेछ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक आक्रमण सुरु गरेका थिए। जबाफमा इरानले अमेरिकालाई सहयोग गर्ने खाडी राष्ट्रहरूमा हमला गर्‍यो र विश्वका लागि महत्वपूर्ण तेल र प्राकृतिक ग्यास ढुवानी मार्ग होर्मुज जलमार्ग बन्द गर्‍यो। सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब ४ प्रतिशतले घटेको छ। अमेरिका र इरानबीच गत अप्रिलमा दुई साताका लागि युद्धविराम भएको थियो। दुवै पक्षले त्यसलाई निरन्तरता दिएको भए पनि पछिल्लो समयमा छिटपुट आक्रमण भइरहेका थिए।

संगीतले कसरी विश्वकपको दोस्रो भाषा बन्यो?

क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकपका लागि फिफाले १८ वटा गीत समेटिएको विशेष डबल एल्बम सार्वजनिक गरेको छ। सन् १९३० मा उरुग्वेमा आयोजित पहिलो विश्वकपमा होसे पेपिनो मिनिस्तेरीले गाएको उरुग्वाइओस काम्पिओनेसलाई विश्वकपको पहिलो गीत मानिन्छ। फिफाले सन् १९६२ को चिली विश्वकपदेखि एल् रक डेल मुन्डियल गीत प्रयोग गर्दै आधिकारिक रूपमा विश्वकप संगीतको यात्रा सुरु गरेको थियो। फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले एकपटक भनेका थिए, ‘संसारमा दुईवटा मात्र भाषाहरू छन्- फुटबल र संगीत।’ ब्लाटरको यो भनाइ फुटबल विश्वकपका समयमा अझ बढी सान्दर्भिक हुन्छ। हरेक विश्वकपको उत्सवमा संगीतले विभिन्न संस्कृति र देशका मानिसहरूलाई एउटै लयमा बाँध्छ। प्रतियोगिताले आफैलाई बढावा दिन, माहोल तताउन र एउटा वातावरण तयार पार्न संगीतलाई प्रयोग गर्छ। यसै कारण कतिपयले संगीतलाई विश्वकपको दोस्रो भाषा मान्ने गर्दछन्।

संगीतको यही प्रभावका कारण नै विश्वकपको उद्घाटन समारोहमा आधिकारिक भाषणहरू छोटो हुन्छन्। मुख्य आकर्षण नै ‘थिम सङ’को प्रस्तुति हुन्छ। यस आधारमा विश्वभर फुटबल संस्कृति र मानवीय मूल्यहरू फैलाउने एक प्रमुख माध्यम संगीत बनेको छ। अर्कोतिर, संगीत खेलको पूरक पनि हो। सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजित फिफा विश्वकपको आधिकारिक गीत ‘वाका वाका’ (दिस टाइम फर अफ्रिका) सम्झौं। रिलिज भएदेखि १६ वर्षमा कोलम्बियन पप स्टार शाकिराको यो गीत युट्युबमा मात्र ४ अर्ब ५० करोड पटकभन्दा बढी स्ट्रिम भइसकेको छ। क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा विश्वकप आयोजना गरेकाले यी तीन देशका संस्कृति र कलाकारहरूलाई बढी प्राथमिकता दिइएको छ।

विश्वकपको सांगीतिक संस्करण इतिहासकै सबैभन्दा ठूलो र विशेष छ। यस वर्ष फिफाले विभिन्न विधाका संगीतहरू मिसाएर १८ वटा गीतहरू भएको विशेष डबल एल्बम निकालेको छ। एल्बममा धेरै देशका चर्चित कलाकारहरू सामेल छन्। जस्तै: नाइजेरियाका बर्न बोयसँग मिलेर शाकिराले ‘दाइ दाइ’ गीत गाएकी छिन्। फिफा एन्थमका लागि शाकिराको यो दोस्रो सहकार्य हो। अमेरिकी जेली रोल र मेक्सिकोका कारिन लियोनको ‘लाइटर’, क्यानडाकी जेसी रेयेज र प्यालेस्टाइनी गायिका एलियानाको ‘इलुमिनेट’, अमेरिकी र्‍यापर फ्युचर र दक्षिण अफ्रिकी गायिका टायलाको ‘गेम टाइम’, विश्वव्यापी एन्थम रोबी विल्याम्स र निकोल शेर्जिङ्गरको ‘डिजायर’ आदि छन्।

फरक-फरक देश र शहरमा खेल हुनुका कारण पनि हुन सक्छ, यस वर्ष फिफाले संगीतमा विविधता ल्याएको छ। शुरुवात कालमा प्राय एकजना गायकले एकै भाषामा मात्र गीत गाउने गर्थे भने अहिले विभिन्न देश र संस्कृतिका फरक-फरक कलाकारहरू प्रस्तुत हुन्छन्।

अमेरिका–इरानबीच शान्ति सम्झौतामा सहमति, आगामी शुक्रवार स्विट्जरल्यान्डमा हस्ताक्षर हुने

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने र नाकाबन्दी हटाउने शान्ति सम्झौतामा सहमति भएको छ, जसको हस्ताक्षर समारोह आगामी जुन १९ मा स्विट्जरल्यान्डमा हुनेछ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफको मध्यस्थतापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रिय सुरक्षा परिषद्ले सम्झौतामा सहमति जनाएका छन्। सम्झौतापछि लेबनानसहित सबै मोर्चामा जारी युद्ध अन्त्य हुने, नाकाबन्दी हट्ने र स्ट्रेट अफ होर्मुजबाट तेल ढुवानी सुरू हुनेछ।

अमेरिकी र इरानी अधिकारीहरूले आइतबार दुवै देशबीचको युद्ध अन्त्य गर्ने, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुन: खोल्ने उद्देश्यसहितको शान्ति ढाँचामा सहमति भएको बताएका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यो जानकारी दिएका छन्। उनले भने, “गहन तथा निरन्तर वार्तापछि हामी संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच शान्ति सम्झौता सम्पन्न भएको घोषणा गर्न पाउँदा खुसी छौं।”

सम्झौतामा हस्ताक्षर गर्ने औपचारिक समारोह आगामी जुन १९ तारिख शुक्रवार स्विट्जरल्यान्डमा आयोजना हुने बताइएको छ। शरीफले यस मध्यस्थता प्रयासमा सहयोग पुर्याई सम्झौता सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै कतार, साउदी अरब र टर्कीका नेतृत्वप्रति आभार व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि इरानसँग शान्ति सम्झौता टुंगोमा पुगेको जानकारी दिएका छन्।

सम्झौतापछि महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजबाट पुन: निर्वाध तेल ढुवानी सुरु हुने र इन्धनको मूल्य घट्ने अपेक्षा गरिएको छ। गत फेब्रुअरी अन्तिम साता अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपश्चिम क्षेत्र तनावग्रस्त भएको थियो।

नेदरल्याण्ड र जापानबीचको खेलका मुख्य खेलाडीहरूमा कस्ले ल्याउनेछ फरक?

समाचार सारांश: फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत नेदरल्याण्ड र जापानबीच अमेरिकाको डलास स्टेडियममा प्रतिस्पर्धा हुँदैछ। नियमित कप्तान वातारु एन्डो चोटका कारण बाहिरिएपछि डिफेन्डर को इताकुरालाई जापानको नयाँ कप्तान चयन गरिएको छ। नेदरल्याण्डका कप्तान भर्जिल भान डाइक र जापानी विङ्गर टाकेफुसा कुबो मैदानमा निर्णायक खेलाडी बन्न सक्छन्। ३१ जेठ, काठमाडौं। फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गतको अत्यन्त रोमाञ्चक र प्रतिक्षित खेलमा युरोपेली टोली नेदरल्याण्ड (ओरेन्ज) र एसियाली शक्तिशाली राष्ट्र जापान (सामुराई ब्लु) टेक्ससको डलास स्टेडियममा आमनेसामने हुँदैछन्। प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा रहेको डच टोली पहिलो पटक विश्वकप उपाधि जित्ने अभियानलाई बलियो सुरुवात दिलाउन इच्छुक छ। अर्कोतर्फ, कतार विश्वकप २०२२ मा जर्मनी र स्पेन जस्ता तागतवर राष्ट्रहरूलाई हराएर विश्वलाई चकित पारेको जापान यसपटक अझ ठूलो इतिहास रच्ने लक्ष्यमा छ। मैदानमा निर्णायक भूमिका खेल्न सक्ने दुवै टोलीका मुख्य खेलाडीहरूको बारेमा यहाँ चर्चा गरिएको छ।
नेदरल्याण्डका कप्तान भर्जिल भान डाइक (डिफेन्डर) इङ्लिस प्रिमियर लिगको प्रतिष्ठित क्लब लिभरपुल एफसीका प्रमुख डिफेन्डर हुन्। ३४ वर्षीया भान डाइक विश्व फुटबलका सबैभन्दा प्रभावशाली रक्षापङ्क्तिका खेलाडीमध्ये एक मानिन्छन्। उनले राष्ट्रिय टोलीका लागि महत्वपूर्ण प्रतियोगितामा डिफेन्सको कमान्ड सम्हाल्दै कप्तानी गरिसकेका छन्।
जापानी अनुशासित मिडफिल्डरहरूलाई सम्हाल्न उनका साथी फ्रेन्की डे योङ (मिडफिल्डर) स्पेनी क्लब बार्सिलोना बाट व्यावसायिक फुटबल खेल्छन्। २९ वर्षीय डे योङलाई विपक्षी दबाब कायम राख्दै बल नियन्त्रण गर्ने अद्भुत क्षमता छ।
जापानी फुटबलका सबैभन्दा सिर्जनशील युवा स्टार टाकेफुसा कुबो (विङ्गर) स्पेनी ला लिगा क्लब रियल सोसिदादका मुख्य खेलाडी हुन्। २५ वर्षीय कुबो राष्ट्रिय टोलीको आक्रमणको मुख्य मेरुदण्ड हुन्।
को इताकुरा (डिफेन्डर) २९ वर्षीय डिफेन्डरलाई आधिकारिक रूपमा जापानको नयाँ कप्तान बनाइएको छ। ३० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका इताकुराले मार्च २०२६ को किरिन च्यालेन्ज कपमा पनि कप्तानी गरिसकेका छन्।
अयासे उएडा (स्ट्राइकर) जापानी आक्रमणको मुख्य गोलकर्ता हुन् र उनी डच क्लब फेयेनर्डका खेलाडी हुन्। २७ वर्षीय उएडाले दुवै खुट्टाबाट शक्तिशाली प्रहार गर्न सक्छन्।

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक

१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद दर १५१ रुपैयाँ ८८ पैसा र बिक्री दर १५२ रुपैयाँ ४८ पैसा रहेको छ। यस्तै, युरोपियन युरोको खरिद दर १७५ रुपैयाँ ७० पैसा र बिक्री दर १७६ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङको खरिद दर २०३ रुपैयाँ ६३ पैसा र बिक्री दर २०४ रुपैयाँ ४४ पैसा, स्वीस फ्र्याङ्कको खरिद दर १९० रुपैयाँ ५३ पैसा र बिक्री दर १९१ रुपैयाँ २८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलरको खरिद दर १०७ रुपैयाँ ०१ पैसा र बिक्री दर १०७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलरको खरिद दर १०८ रुपैयाँ ५७ पैसा र बिक्री दर १०९ रुपैयाँ, सिङ्गापुर डलरको खरिद दर ११८ रुपैयाँ २५ पैसा र बिक्री दर ११८ रुपैयाँ ७२ पैसा तोकिएको छ। जापानी येनको खरिद दर १० को लागि ९ रुपैयाँ ४८ पैसा र बिक्री दर ९ रुपैयाँ ५२ पैसा, चिनियाँ युआनको खरिद दर २२ रुपैयाँ ४६ पैसा र बिक्री दर २२ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियालको खरिद दर ४० रुपैयाँ ४७ पैसा र बिक्री दर ४० रुपैयाँ ६३ पैसा रहेको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाटको खरिद दर ४ रुपैयाँ ६४ पैसा र बिक्री दर ४ रुपैयाँ ६६ पैसा, युएई दिरामको खरिद दर ४१ रुपैयाँ ३५ पैसा र बिक्री दर ४१ रुपैयाँ ५१ पैसा, मलेसियन रिङ्गेटको खरिद दर ३७ रुपैयाँ ४३ पैसा र बिक्री दर ३७ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वनको खरिद दर १०० को लागि १० रुपैयाँ ०१ पैसा र बिक्री दर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनरको खरिद दर १६ रुपैयाँ ०७ पैसा र बिक्री दर १६ रुपैयाँ १४ पैसा र डेनिस क्रोनरको खरिद दर २३ रुपैयाँ ५१ पैसा र बिक्री दर २३ रुपैयाँ ६० पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलरको खरिद दर १९ रुपैयाँ ३८ पैसा र बिक्री दर १९ रुपैयाँ ४६ पैसा, कुवेती दिनारको खरिद दर ४९४ रुपैयाँ ३२ पैसा र बिक्री दर ४९६ रुपैयाँ २७ पैसा, बहराइन दिनारको खरिद दर ४०२ रुपैयाँ ८१ पैसा र बिक्री दर ४०४ रुपैयाँ ४० पैसा, ओमनी रियालको खरिद दर ३९४ रुपैयाँ ४७ पैसा र बिक्री दर ३९६ रुपैयाँ ०३ पैसा रहेको छ। भारतीय रुपैयाँको खरिद दर एक सयको लागि १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

आइभोरी कोस्ट र इक्वेडरबीचको बलिया डिफेन्सको भिडन्त

फिफा विश्वकप २०२६ अन्तर्गत आइभोरी कोस्ट र इक्वेडरबीचको खेल नेपाली समयअनुसार भोलि बिहान ४:४५ बजे फिलाडेल्फियामा सुरु हुँदैछ। यो खेल सिनियर अन्तर्राष्ट्रिय फुटबल इतिहासमा यी दुई टोलीबीचको पहिलो आधिकारिक भेट हो। आइभोरी कोस्टका डिफेन्डर एभान एनडिका चोटका कारण खेल्न सक्ने छैनन् भने इक्वेडरका केन्द्री पाइज टोलीमा फर्कने तयारीमा छन्।

फिफा विश्वकप २०२६ को समूह ‘इ’ अन्तर्गत आइभोरी कोस्ट र इक्वेडरबीचको भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। यो खेल समूहको दोस्रो स्थान हासिल गर्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउन दुवै टोलीका लागि निर्णायक मानिएको छ। यी दुई देशबीच कुनै पनि मैत्रीपूर्ण खेल वा आधिकारिक प्रतियोगितामा सामना भएको थिएन।

पछिल्लो लय र रक्षात्मक तथ्याङ्क हेर्दा, यो खेल विश्वकपकै सबैभन्दा बलियो डिफेन्स भएका दुई टोलीबीचको टक्कर हुने निश्चित छ। इक्वेडरले १८ खेलमा मात्र ५ गोल बेहोरेको छ, जबकि आइभोरी कोस्टले १० वटा विश्वकप छनोट खेलहरूमा एक गोल पनि नबेहोरी १० वटै क्लिन सिट राखेको रेकर्ड छ।

दुवै टोलीका आक्रमण पंक्तिहरू पनि निकै धारिलो छन्। इक्वेडरले ४-२-३-१ को फर्मेसनमा अनुभवी स्ट्राइकर एनेर भ्यालेन्सियालाई अगाडि बढाउनेछ भने आइभोरी कोस्टले ४-३-३ को आक्रामक ढाँचा प्रयोग गर्ने देखिन्छ।

परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण: बीआरआई तथा अन्य परियोजनामा गहन छलफल

समाचार सारांश परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा चीनको चार दिने भ्रमणका लागि आइतबार बेइजिङ पुगेका छन्। भ्रमणका क्रममा उहाँले बीआरआई लगायत द्विपक्षीय सम्झौता अन्तरगतका परियोजनाहरूमा केन्द्रित छलफल गर्नुभएको छ। नेपालको आर्थिक समृद्धिका लागि व्यापार, पर्यटन, पूर्वाधार, प्रविधि, ऊर्जा र कनेक्टिभिटी सरकारको प्रमुख प्राथमिकतामा रहेको उहाँले बताएका छन्। ३१ जेठ, बेइजिङ।

चीनको चार दिने भ्रमणका क्रममा आइतबार बेइजिङ पुग्नु भएका परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ समकक्षी वाङ यीसँग बीआरआई र अन्य द्विपक्षीय समझौता अन्तर्गतका परियोजनाहरूमा गहन छलफल गर्ने योजना बनाएका छन्। चीनका परराष्ट्रमन्त्री वाङको निमन्त्रणामा आएका उहाँले नेपाली समुदायले आयोजना गरेको स्वागत कार्यक्रममा समेत सहभागिता जनाउनुभयो र बीआरआई लगायतका विषयमा आफ्नो प्राथमिकता व्यक्त गर्नुभयो।

उहाँले कुनै पनि परियोजना अघि बढाउँदा नेपालको लाभ कति हुन्छ र त्यसको वित्तीय संरचना कस्तो हुन्छ भनी विशेष ख्याल गर्नुपर्ने कुरा औँल्याउनुभयो। ‘हामीले २०१७ मा बीआरआईसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थियौं र २०२४ मा फ्रेमवर्क एग्रिमेन्ट भएका छन्। बीआरआईभित्र विभिन्न परियोजनाहरू पहिचान भइसकेका छन्। अहिले हाम्रो चासो बीआरआई वा द्विपक्षीय सम्झौताहरू अन्तर्गतका परियोजनाहरू नेपालका लागि आवश्यक छन् भन्ने विषयमा कुनै शङ्का छैन,’ उहाँले बताउनुभयो।

‘तर यी परियोजनाहरूलाई अघि बढाउँदा विचार गर्नुपर्ने विषयहरू छन्, जुन भोलि मेरो समकक्षीसँगको भेटघाटमा पनि उठ्नेछ।’ उहाँले मुख्य तीन प्रश्नहरूमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो: नेपाललाई आवश्यक के आवश्यकताहरू हुन्? दुवै पक्ष सहमत हुनसक्ने वित्तीय मोडालिटी कस्तो हुनेछ? परियोजनाबाट नेपाललाई कस्तो आर्थिक लाभ प्राप्त हुनेछ? ‘‘पारस्परिक सहमति भएका परियोजनाहरूलाई कसरी अगाडि बढाउने भन्ने विषयमा अब परियोजना केन्द्रित छलफलहरू हुनसक्छन्,’ मन्त्री खनालले जनाउनुभयो।

‘यो द्विपक्षीय सम्बन्धको एक आधारभूत पक्ष हो।’ उहाँले नेपालले आवश्यक ठानेका कनेक्टिभिटी, पूर्वाधार, व्यापार, पर्यटन र प्रविधि क्षेत्रका विषयहरूमा चीनसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘यी सबै विषयहरू अहिले नेपालको सरकारको प्रमुख प्राथमिकता हुन् र हामी यसमा सहकार्य गर्न इच्छुक छौँ। म यो सन्देश यहाँ मात्र नभई भोलि हुने औपचारिक भेटघाटमा पनि व्यक्त गर्नेछु,’ मन्त्री खनालले बताउनुभयो।

उहाँले भ्रमणका दौरान दुई विषयलाई मुख्य प्राथमिकता दिएको जानकारी दिनुभयो। भ्रमण प्राथमिकताको व्याख्या गर्दै उहाँले भन्नुभयो: पहिलो, छिमेकी र मित्र राष्ट्रसँग सम्बन्धलाई अझ सुदृढ बनाउन उच्च स्तरका भ्रमण अत्यन्त महत्वपूर्ण हुन्छन्। दुईपक्षीय उच्चस्तरका भ्रमण निरन्तर जारी रहुन् र दुवै पक्षबाट यस्ता भ्रमणहरू सञ्चालन भइरहुन भन्ने मेरो चाहना छ। यसले सम्बन्धमा थप गहिराइ ल्याउने विश्वास म गरेको छु। यो मेरो पहिलो प्राथमिकता हो।

दोस्रो, नेपालको विशेष राजनीतिक परिस्थिति अन्तर्गत निर्वाचनबाट बलियो सरकार बनेको छ जसले ठूलो जनादेश प्राप्त गरेको छ। हामी सुशासन र आर्थिक समृद्धिको चाहना बोकेका छौँ। त्यसका लागि दुई देशबीच सहकार्य अघि बढाउनु हाम्रो प्राथमिकता हो। म यो सन्देश लिएर नेपाल सरकारको प्रतिनिधित्व गर्दै यहाँ आएको हुँ। मन्त्री खनालले सरकारको प्राथमिकताअनुसार आर्थिक समृद्धिका लागि व्यापार, पर्यटन, पूर्वाधार, प्रविधि, ऊर्जा र कनेक्टिभिटी क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिएका छन्।

कुराकाओले जर्मनीलाई ‘अपसेट’ बनाउन सक्छ कि?

जर्मनीले आइतबार कुराकाओविरुद्ध खेल्दै विश्वकप २०२६ को अभियान सुरु गर्न लागेको छ। पहिलो पटक विश्वकप खेल्न लागेको कुराकाओले डिक एड्भोकाटको नेतृत्वमा छनोट चरणमा एक खेल पनि हारेको थिएन्। काल्फ इन्जुरीबाट पीडित ४० वर्षीय अनुभवी गोलकिपर म्यानुअल नोयर पहिलो खेलमा मैदानमा ओर्लन सक्ने सम्भावना बलियो छ।

३१ जेठ, काठमाडौं। आइतबार कुराकाओविरुद्ध पहिलो विश्वकप खेल्दै विश्वकप अभियान आरम्भ गर्न लागेको जर्मनीको एक मात्र उद्देश्य विश्वकप इतिहासकै ठूलो ‘अपसेट’ बाट बच्नु हुनेछ। विश्वकप २०२६ का फेवरेटहरू मध्ये जर्मनीको नाम प्रायः समावेश हुँदैन। किनभने टोलीले पछिल्ला दुई संस्करणमा समूह चरणबाटै बाहिरिनु परेको थियो। त्यसैले टोलीले कुराकाओविरुद्ध मानसिक दबाब महसुस गर्नेछ। तर पनि जर्मनी बलियो लयका साथ अमेरिका पुगेको छ। पछिल्ला ९ खेलमा जर्मनीले लगातार विपक्षीहरूलाई हराएको छ। यस वर्षका चार मैत्रीपूर्ण खेलहरूमा जर्मनीले स्विट्जरल्यान्ड, घाना, फिनल्यान्ड र सह–आयोजक अमेरिकालाई हराएको छ।

जर्मनीले कुराकाओपछि आइभरी कोस्ट र इक्वेडरसँग खेल्नेछ। यदि यो पटक पनि जर्मनी समूह चरणबाट बाहिरियो भने फुटबल सरोकारवालाहरूका लागि यो निकै आश्चर्यजनक हुनेछ। किनभने यसपटक तेस्रो स्थानमा रहने टोली पनि उत्कृष्ट ‘थर्ड रनर्स–अप’ को आधारमा नकआउट चरणमा पुग्न सक्नेछ। कुराकाओसँग जर्मनीलाई जितबाहेक अन्य विकल्प छैन्। बराबरीको परिणामले पनि टोलीलाई आलोचनाको घेरामा पार्नेछ।

समूह ‘इ’को प्रतिस्पर्धामा पहिलो विश्वकप अनुभव गर्दै गरेको कुराकाओ ऐतिहासिक नतिजा राख्ने लक्ष्यमा हुनेछ। कुराकाओलाई दबाब नहुँदा तिनीहरू खुल्ला मनोबलका साथ मैदानमा उत्रनेछन्। गत नोभेम्बरमा कुराकाओले कन्काकाफ छनोट प्रतियोगिताका पहिलो र दोस्रो चरणमा शीर्ष स्थान हासिल गरी पहिलो पटक विश्वकपमा स्थान बनाएको थियो। डिक एड्भोकाटको नेतृत्वमा रहेको कुराकाओले उक्त यात्रामा कुनै पनि खेल हारेको छैन। त्यसैले कुराकाओ जर्मनीसँग डराउनु पर्ने टोली होइन।

विश्वकपअघि वार्म अप (मैत्रीपूर्ण) खेलहरूमा कुराकाओले स्कटल्यान्डसँग ४–१ ले हार्यो, तर अन्तिम मैत्रीपूर्ण खेलमा टोलीले अरुबालाई ४–० ले हरायो। फिफा वरीयतामा ८२औं स्थानमा रहेका कुराकाओका लागि जर्मनीविरुद्ध अंक लिनु पनि जित जस्तै हुनेछ।

जर्मनीका सबै खेलाडीहरू फिट छन्। तर, पछिल्लो समयमा भेट्रान गोलकिपर म्यानुअल नोयर काल्फ इन्जुरीबाट पीडित छन्। त्यस बावजुद ४० वर्षीय नोयर पहिलो रोजाइमा खेल्ने सम्भावना बलियो छ। जर्मनीलाई उपाधि दाबेदारको रुपमा नहेर्दा योसुवा किमिच, जोनाथन ताह, लेरोई साने, जमाल मुसियाला र फ्लोरियन विर्ट्ज जस्ता स्टार खेलाडीहरूले टोलीको स्क्वाड गहिराई बलियो बनाएका छन्। च्याम्पियन्स लिग फाइनलमा गोल गरेका आर्सनलका फरवार्ड काइ ह्याबर्ट्जले जर्मनको अग्रपङ्क्ति सम्हाल्नेछन्। २७ वर्षीय ह्याबर्ट्जले राष्ट्रिय टोलीका लागि करिब २२ गोल गरिसकेका छन्।

कुराकाओलाई पनि कुनै इन्जुरीको समस्य छैन। एस्टन भिल्लाका पूर्व मिडफिल्डर लियान्ड्रो बाकुनाले टोलीको कप्तानी सम्हालेका छन्। ३४ वर्षीय लियान्ड्रोका भाइ जुनिन्हो बाकुनाले मिडफिल्डमा साथ दिनेछन्।

हिरा र बहुमूल्य पत्थरमा भ्याट हटाउन संघको माग

नेपाल रत्न तथा आभूषण संघले हिरा र बहुमूल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन सरकारसँग माग गरेको छ। संघका अध्यक्ष सुमनमान ताम्राकारका अनुसार, भ्याटको कारण हिरा भारतभन्दा १२ प्रतिशत महँगो भएकोले नेपाली व्यवसाय संकटमा परेको छ। उनले भने, “भ्याटका कारण भारतको तुलनामा नेपालमा हिरा र बहुमूल्य पत्थर १२ प्रतिशत महँगो भयो, जसले गर्दा नेपाली ग्राहक ती वस्तु किन्न भारतीय बजार जान थाले।”

संघले चालू आर्थिक वर्षको बजेटमार्फत् भ्याट लाग्न थालेपछि यी वस्तुहरूको व्यवसाय ठप्प भएको बताएको छ। ताम्राकारले अनधिकृत तरीकाले भारतबाट हिरा र बहुमूल्य पत्थर ल्याउँदा ठूला फाइदाहरू भइरहेको र तस्करी बढेको अवस्था रहेको पनि बताए। उनले भने, “भ्याट लगाएपछि सरकारलाई राजस्व त बढी प्राप्त भए पनि हजारौं व्यवसायी र लाखौं मजदुरको रोजीरोटीमा खतरा आएको छ।”

सुनको मूल्य तोलामा तीन लाख रुपैयाँ वरिपरि रहेको समयमा क्यूआर कोडबाट दैनिक भुक्तानी सीमा तीन लाख मात्र हुनु अपर्याप्त रहेको ताम्राकारले बताए। उनले सुन आयातमा कोटा प्रणाली खारेज गरी निजी क्षेत्रलाई स्वतन्त्र बनाउनुपर्ने पनि जोड दिए। संघले आर्जित विदेशी मुद्रा जम्मा गर्न आभूषण व्यवसायीलाई बैंकमा विदेशी मुद्राको खाता खोल्न अनुमति दिनुपर्ने माग पनि गरेको छ।