६ जेठ, काठमाडौं । संविधान संशोधनको अवधारणाबारे जेनजी संगठनहरूले बहुपक्षीय छलफल सम्पन्न गरेका छन्। बुधबार जेनजी मुभमेन्ट अलायन्स र द रेड च्याप्टरले संयुक्त रूपमा “संविधान संशोधनको अवधारणा” विषयक बहुपक्षीय छलफल कार्यक्रम आयोजना गरेका हुन्। कार्यक्रममा राजनीतिक दलका नेता, नागरिक अगुवा र जेनजी अगुवाहरूले संविधान संशोधनका विभिन्न पक्षहरूमा गहन छलफल गरेका छन्।
छलफलमा गत मंसिरमा जेनजी आन्दोलनका प्रतिनिधि र सरकारबीच भएको सम्झौताअनुसार संविधानको आधारभूत मर्मलाई अक्षुण्ण राख्दै संविधान संशोधन गर्नुपर्ने जेनजी अभियन्ताहरूको जोड थियो। साथै, सामाजिक–आर्थिक रूपान्तरण, समतामूलक समृद्धि, दिगो शान्ति, दिगो विकास र अग्रगामी परिवर्तनका लागि संविधान संशोधन आवश्यक रहेको विषयमा छलफल केन्द्रित भएको आयोजकहरूले बताएका छन्। आयोजकका अनुसार छलफल चार मुख्य बुँदामा केन्द्रित थियो, जसमा संविधान संशोधनको आवश्यकता र उद्देश्य, संशोधनको दायरा र सीमा, संशोधनका विषयगत क्षेत्रहरू र संशोधनको विधिगत प्रक्रिया समावेश थिए।
भारतीय सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्तले युवाहरूलाई ‘कक्रोच’सँग तुलना गरेका थिए, जसले सामाजिक सञ्जालमा व्यापक विवाद र आलोचना निम्त्यायो। अभिजीत दिपकेले ‘कक्रोच जनता पार्टी’ नामक व्यङ्ग्यात्मक राजनीतिक आन्दोलन सुरु गरेका छन्, जसले तीन दिनमै ३० लाखभन्दा बढी फलोअर्स पाएको छ। पार्टीले बेरोजगार, अल्छी, निरन्तर अनलाइन रहने र आलोचना गर्न सक्ने युवाहरूलाई सदस्यता दिन आह्वान गरेको छ र मोदी सरकारमाथि तीखो व्यङ्ग्य गरेको छ। ६ जेठ, काठमाडौं। अभिजीत दिपकेले पछिल्लो ७२ घण्टामा मुस्किलले मात्र सुत्न पाएका छन्। एउटा सामान्य ठट्टाले अनपेक्षित मोड लिएपछि उनी सामाजिक सञ्जालमा आएका सन्देशहरूको ओइरोलाई सम्हाल्न व्यस्त छन्। संयुक्त राज्य अमेरिकाको बोस्टन विश्वविद्यालयबाट ‘पब्लिक रिलेसन’मा भर्खरै स्नातक गरेका ३० वर्षीय यी युवा आफैँ अचम्ममा छन्। उनी अहिले एउटा व्यापक व्यङ्ग्यात्मक राजनीतिक आन्दोलनको नेतृत्व गरिरहेका छन्, जसलाई ‘कक्रोच जनता पार्टी’ भनिन्छ। हरेक दिन हजारौँ मानिसहरू यसमा अनलाइनमार्फत जोडिने क्रम जारी छ।
शुक्रबार, भारतका सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्तले खुला अदालतमा सुनुवाइका क्रममा ‘परजीवीहरू’ले प्रणालीमाथि आक्रमण गरिरहेको बताएका थिए र युवाहरूलाई ‘रोजगारी नपाउने र कुनै पेसामा स्थान नभएका’ कक्रोचसँग तुलना गरेका थिए। उनले भनेका छन्, ‘केही युवाहरू कक्रोच जस्तै छन्, जसले न त रोजगारी पाउँछन् न त कुनै पेसामा नै स्थान पाउँछन्। उनीहरूमध्ये कोही मिडियाकर्मी, कोही सामाजिक सञ्जाल प्रयोगकर्ता, कोही सूचनाको हक सम्बन्धी अभियन्ता र अन्य अभियन्ता बन्छन्, र सबैमाथि आक्रमण गर्न थाल्छन्।’ न्यायाधीश कान्तले आफ्नो टिप्पणी स्पष्ट पारे कि उनको भनाइ कीर्ते डिग्री लिने केही व्यक्तिहरूसँग सम्बन्धित थियो। र, उनले सबै भारतका युवाहरूलाई लक्षित गरेका थिएनन्। बरु उनले युवाहरूलाई ‘विकसित भारतका आधारस्तम्भ’ भनेर सम्बोधन गरे। यद्यपि, प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दूवादी सरकारको १२ वर्षपछि व्यापक बेरोजगारी, महँगी र कटु धार्मिक विभाजनसँग जुदिरहेका जेनजेडका इन्टरनेट प्रयोगकर्ताहरूले उनको टिप्पणीको कडा आलोचना गरेका छन्।
सामाजिक सञ्जालमा आक्रोश बढ्दै गएपछि दिपकेले शनिबार एक्समा पोस्ट गरे, ‘यदि सबै कक्रोचहरू एकै ठाउँमा भेला भए भने के होला?’ उनले आफ्नो ठट्टा र त्यसको पछाडि रहेको हतास तथा निराश भावनालाई थप अघि बढाउँदै ‘कक्रोच जनता पार्टी’का लागि वेबसाइट र सामाजिक सञ्जाल अकाउन्टहरू खोले, जुन मोदीको भारतीय जनता पार्टीको नामसँग मिल्दोजुल्दा छ। ‘सत्तामा बसेकाहरू नागरिकलाई कक्रोच र परजीवी ठान्छन्,’ दिपकेले मंगलबार सिकागोबाट अलजजिरालाई भने, ‘उनीहरूले यो बुझ्नुपर्छ कि कक्रोचहरू सडेगलेको ठाउँमा जन्मिन्छन्। आजको भारत त्यस्तै भएको छ।’
प्रधानमन्त्री बालेन्द्र शाहले डीडीसीको चिज खाँदै गरेको तस्बिर सामाजिक सञ्जालमा राखेर सरकारी उत्पादनको प्रवर्द्धन गरेका छन्। यद्यपि, डीडीसीले गुणस्तरमा समस्या भोगिरहेको छ, किसानहरूको भुक्तानीमा ढिलाइ भइरहेको छ र आर्थिक घाटामा छ, जसले संस्थाको विश्वसनीयता कमजोर बनाएको छ। डीडीसीका महाप्रबन्धक डा. शरण पाण्डेले सुधारका योजना लागू गर्ने र गुणस्तरमा शून्य सहिष्णुता नीतिको प्रतिवद्धता जनाएको छन्। ६ जेठ, काठमाडौं।
देशको कार्यकारी प्रमुखले हातमा कुनै उत्पादन लिएर सामाजिक सञ्जालमा राख्नु आफैंमा ठूलो प्रभावशाली विज्ञापन हो। केही दिनअघि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले दुग्ध विकास संस्था (डीडीसी) को चिज खाँदै गरेको तस्बिर पोस्ट गर्दै सामाजिक सञ्जालमा लेखे – ‘से चिज, डीडीसीको चिज…डीडीसी नेपाल सरकारको हो ब्रो-सिसहरू।’ प्रधानमन्त्रीको यस ‘फ्रि ब्रान्डिङ’ पछि पूर्ण सरकारी स्वामित्व रहेको डीडीसी अचानक चर्चामा आयो। यसअघि सरकारी स्वामित्वको उदयपुर सिमेन्टको प्रचार गरेका शाहले अहिले डीडीसी रोजेपछि सरकारी उद्योगप्रति उहाँको मोहलाई धेरैले सकारात्मक रूपमा लिएर सामाजिक सञ्जालमा तारिफ गरिरहेका छन्।
तर राजनीतिक इतिहास हेर्ने हो भने नेपालमा मन्त्री र प्रधानमन्त्रीहरूले आफ्नै देशका सरकारी कम्पनी वा संस्थानहरूको प्रवर्द्धन गर्न खोज्दा तालीको साटो चर्को आलोचना भएको थियो। विगतमा कुनै मन्त्री वा प्रधानमन्त्रीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), उदयपुर सिमेन्ट, हेटौंडा कपडा उद्योग वा गोरखकाली रबर उद्योगजस्ता सरकारी कम्पनीलाई प्रवर्द्धन गर्ने प्रयास गर्दा सामाजिक सञ्जाल र जनस्तरमा ती व्यक्तिहरूको कडा आलोचना हुन्थ्यो। यसको मुख्य कारण थियो विश्वासको संकट। सर्वसाधारणको बुझाइमा यी सरकारी उद्योग धराशायी हुनुको प्रमुख कारण ती परम्परागत दल र नेताहरू नै थिए।
जिन्सको बलियो कपडाबाट टिकाउ झोला र डोरम्याट निर्माण गर्न सकिन्छ जुन दैनिक प्रयोगका लागि उपयुक्त हुन्छ। हामीमध्ये धेरैका दराज तथा र्याकहरू पुराना कपडाले भरिएका हुन्छन्। लगाउन पनि मन नलाग्ने र फालिहाल्न पनि माया लाग्ने खालका कपडा हामीसँग धेरै हुन्छन्। नयाँ–नयाँ कपडा थपिँदै जाँदा राख्ने ठाउँकै समस्या भएपछि जति माया लागेपछि हामीले त्यस्ता कपडा फाल्नैपर्ने हुन्छ। यदि यस्ता कपडाको थुप्रोमा जिन्स कपडा छ भने हामीले त्यसलाई फालिहाल्नु पर्दैन। खुइलिएर फिका भएका र फेसन आउट भएर हामीलाई लगाउन मन नलाग्ने जिन्सबाट घर सजावटका सामग्रीदेखि झोलासमेत बनाउन सकिन्छ।
पुरानो जिन्सलाई कसरी पुन: प्रयोग गर्ने त? कुशन कभरहरू बनाउने पुरानो जिन्स धेरै बलियो हुन्छन्, त्यसैले तिनीहरूबाट आर्कषक कुशन कभरहरू निर्माण गर्न सकिन्छ। जिन्सका विभिन्न भागहरू काट्नुहोस् र प्याचवर्क डिजाइनहरू सिर्जना गर्नुहोस् र तिनीहरूलाई एकै ठाउँमा जोडेर सिलाउनुहोस्। यदि जिन्सको खल्ती राम्रो अवस्थामा छ भने, तिनीहरूलाई कुशनमा थप्दा नयाँ डिजाइन दिन सकिन्छ। ब्याग बनाउने पुरानो जिन्सबाट बच्चाहरूका खेलौना तथा विभिन्न सामग्री हालेर राख्न मिल्ने ब्याग बनाउन सकिन्छ। ल्यापटप कभर, किनमेल गर्नका लागि बजार लैजान मिल्ने झोला तथा अन्य निभिन्न खालका झोला पनि बनाउन सकिन्छ।
जिन्सको कपडा बलिय हुने भएकाले यसबाट बनाइएको झोला बलियो र टिकाउ समेत हुन्छ। यदि हाम्रो घर तथा कोठामा सानातिना सामग्रीहरू छरिएर रहेका छन् र तिनलाई राख्ने उचित ठाउँ मिलिरहेको छैन भने पुरानो जिन्स धेरै उपयोगी हुन सक्छ। जिन्सका खल्तीहरू काट्नुहोस् र तिनीहरूलाई कार्डबोर्ड वा बाक्लो कपडामा सिलाउनुहोस्। अनि यसलाई भित्तामा झुण्डाएर राख्नुहोस्। तपाईंले चाबीहरू, चार्जरहरू, कलम, ब्रशहरू, वा बच्चाका साना खेलौनाहरू भण्डारण गर्न सक्नुहुन्छ।
पुरानो जिन्स बाक्लो र टिकाउ हुन्छ, त्यसैले तिनीहरूलाई डोरम्याट बनाउन पनि प्रयोग गर्न सकिन्छ। जिन्सलाई लामो लामो आकारमा काट्नुहोस् र तिनीहरूलाई सिलाएर एकै ठाउँमा जोड्नुहोस्। त्यसपछि, डोरम्याट तयार हुन्छ। आवश्यकता अनुसार सिंगल र डबल कपडासहितको डोरम्यान बनाउन सक्नुहुन्छ। यदि तपाईं आफ्नो कोठा तथा बरण्डाहरूमा विरुवा रोप्न चाहनुहुन्छ भने त्यसमा जिन्स उपयोग हुन सक्छ। पुरानो जिन्सबाट झुण्ड्याउने खालका गमला बनाउन सकिन्छ। साना भाँडाहरूका लागि कभरहरू सिर्जना गर्न जिन्सको खल्ती वा तल्लो भाग प्रयोग गर्नुहोस्। तपाईको कोठा तथा घरलाई फरक र सुन्दर रुप दिन्छ।
६ जेठ, काठमाडौं । एअर गनसहित काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ पाटिटारबाट एक जना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्ति काभ्रेको पाँचखाल नगरपालिका–४ का २६ वर्षीय सोक्सोम दोर्जे लामा हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीसँग कालो रंगको इनामेलले लिपेटिएको एक थान एअर गन बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
चिनियाँ प्रधानमन्त्री ली कियाङले राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा रुससँग मिलेर काम गर्न तयार रहेको बताएका छन्। उनले राजनीतिक पारस्परिक विश्वासलाई गहिरो बनाउन र व्यापार, लगानी, ऊर्जा, कृषि, कनेक्टिभिटीमा सहकार्य बढाउन जोड दिएका छन्। ६ जेठ, काठमाडौं।
चिनियाँ सरकारी प्रशारण संस्था सीसीटीभीका अनुसार, बुधबार दिउँसो ‘ग्रेट हल अफ द पिपुल’मा राष्ट्रपति पुटिनसँगको बैठकमा प्रधानमन्त्री लीले दुबै राष्ट्रप्रमुखहरूको रणनीतिक मार्गदर्शनलाई पछ्याउन, राजनीतिक पारस्परिक विश्वास अझ गहिरो बनाउन, आपसी समर्थन बढाउन र बदलिँदो परिस्थितिमा पनि स्थिर रहन रुससँग काम गर्न चीन तयार रहेको व्यक्त गरेका छन्।
उनीले उच्च स्तरको पारस्परिक लाभका लागि र दुवै पक्षलाई जित सुनिश्चित गर्न व्यापार तथा लगानी, ऊर्जा, कृषि, कनेक्टिभिटी र जनस्तरको सम्बन्धमा थप सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्। लीले दुबै पक्षले बहुपक्षीय मञ्चहरूमा समन्वयलाई बलियो बनाउनुपर्ने, विश्वव्यापी शासन पहलहरूलाई सक्रिय रूपमा कार्यान्वयन गर्नुपर्ने र अन्तर्राष्ट्रिय निष्पक्षता तथा न्यायको संयुक्त रक्षा गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा ३ स्थान माथि उक्लेर २५औं स्थानमा पुगेका छन्। दीपेन्द्रको रेटिङ अंक १५९ पुगेको छ र उनले ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँगको शृंखलामा महत्वपूर्ण प्रदर्शन गरेका छन्। टी-२० आई अलराउन्डर वरियतामा दीपेन्द्र चौथो स्थानमै छन् भने सन्दीप लामिछाने ६८औं, ललित राजवंशी ७६औं र गुलशन झा ८७औं स्थानमा उक्लिएका छन्।
६ जेठ, काठमाडौं — नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा फेरि ३ स्थान माथि उक्लिएका छन्। आईसीसीले मंगलबारसम्मको ताजा अपडेटअनुसार बुधबार जारी गरेको नयाँ वरियतामा दीपेन्द्र ३ स्थान सुधार गर्दै २५औं स्थानमा पुगेका हुन्। उनका रेटिङ अंक १५९ पुगेका छन्।
गत साता दीपेन्द्र ३१औं स्थानबाट २८औं स्थानमा उक्लिएका थिए । त्यसबेला उनको रेटिङ अंक १५३ थियो र अहिलेसम्म ६ अंकले वृद्धि भएको छ। घरेलु मैदानमा भएको लिग २ शृंखलामा गरेको प्रदर्शनले उनको वरियतामा सुधार ल्याएको हो।
यसअघि ओमान र यूएईसँग भएको चार खेलको शृंखलामा भने उनले २ अर्धशतक र १ शतक प्रहार गर्दै महत्वपूर्ण भूमिका निभाएका थिए। उनले ४ विकेट पनि लिए। हाल जारी नेपाल, अमेरिका र स्कटल्यान्डबीचको शृंखला खेलमा पनि उनले राम्रो प्रदर्शन गरिरहेका छन्। स्कटल्यान्डसँगको पहिलो खेलमा उनले ५५ रन बनाएका थिए।
अमेरिकासँगको खेलमा ४ विकेट लिए पनि ब्याटिङमा उनको पालो आएन। त्यसपछि सोमबार स्कटल्यान्डसँगको खेलमा ब्याटिङमा २ रन मात्र बनाउँदा बलिङमा १ विकेट लिए।
टी-२० आई अलराउन्डर वरियतामा दीपेन्द्र चौथो स्थानमै रहेका छन्। अलराउन्डरको सूचीमा सन्दीप लामिछाने ३ स्थान उक्लेर ६८औं स्थानमा पुगेका छन्। ललित राजवंशी १२ स्थानले उक्लिएर ७६औं स्थानमा छन् भने गुलशन झा १५ स्थान माथि उक्लेर ८७औं स्थानमा रहेका छन्। करण केसी भने ५ स्थान तल झरेर ८९औं स्थानमा पुग्नु भएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन ब्युरोमा १७ जना सदस्यहरू मनोनित गरेका छन्। उपसभापति पुष्ठ भुसालको संयोजकत्वमा प्रदेश तथा स्थानीय तहको निर्वाचन केन्द्रित गरी निर्वाचन ब्युरो गठन गरिएको थियो। ब्युरोका सदस्यहरूलाई देशव्यापी निर्वाचन डाटाबेस निर्माण तथा विस्तृत निर्वाचन योजना तयार गर्ने जिम्मेवारी दिइएको छ। ६ जेठ, काठमाडौं।
सभापति थापाले मनोनित सदस्यहरूलाई कार्यादेशसमेत दिएका छन्। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टीको देशव्यापी निर्वाचन डाटाबेस निर्माण गर्ने, ७५३ स्थानीय तह, ६,७४३ वडा र ७ प्रदेश तहमा विस्तारित निर्वाचन योजना तयार गर्ने, मतदाता र वस्तुस्थिति विश्लेषण गरी उम्मेदवार छनोट प्रणालीलाई वैज्ञानिक र तथ्यपरक बनाउने जिम्मेवारी उनीहरूलाई दिइएको छ।
मनोनित सदस्यहरूको सूची यसप्रकार छ:
१. जीवन परियार — कास्की
२. अब्दुल सत्तार — गोरखा
३. नानु बास्तोला — काठमाडौं
४. सन्दीप राना — पाल्पा
५. वंशलाल तामाङ — सिन्धुपाल्चोक
६. प्रकाश तिवारी — स्याङ्जा
७. महेश ढुङ्गेल — काठमाडौं
८. दीपक महतो — सर्लाही
९. हरि पोखरेल — झापा
१०. सुदर्शन आचार्य — सिन्धुपाल्चोक
११. रोहित पौडेल — काठमाडौं
१२. डा. भुमीराज चापागाईं — नवलपुर
१३. सिद्धार्थ थापा — धनकुटा
१४. नवराज त्रिपाठी — बारा
१५. तेज बिनोद पौडेल — स्याङ्जा/हालः अमेरिका
१६. जगनाथ लामिछाने — काठमाडौं
१७. मिलनराज वर्तौला — काठमाडौं
गौशाला पिंगलास्थानमा ६० वर्षीय विष्णु न्यौपानेलाई कुटपिट गरी ५० हजार रुपैयाँ फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका–७ का ३३ वर्षीय योगेन्द्र पौडेल र धनुषाको मिथिला नगरपालिका–८ का ४३ वर्षीय रवीन कोइराला छन्। प्रहरीले पक्राउ परेकाहरुको साथबाट विभिन्न सुरक्षा, सहकारी र वैदेशिक रोजगारसम्बन्धी कार्ड, चेक र मोबाइल बरामद गरेको जनाएको छ।
६ जेठ, काठमाडौं। गौशाला पिंगलास्थानमा ज्यान मार्ने धम्की दिँदै फिरौती लिने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा धनकुटाको महालक्ष्मी नगरपालिका–७ घर भएका ३३ वर्षीय योगेन्द्र पौडेल र धनुषाको मिथिला नगरपालिका–८ घर भएका ४३ वर्षीय रवीन कोइराला छन्। उनीहरुलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो।
उनीहरुले ४ जेठको साँझ साढे ६ बजे पिंगलास्थानमा डिजिटल स्टुडियो सञ्चालन गर्दै आएका ६० वर्षीय विष्णु न्यौपानेलाई कुटपिट गर्दै रकम असुलेको आरोप छ। स्टुडियोमा रहेको २ लाख नगद समेत लिई बागमती करिडोरस्थित निलोपुलमा लगेर ५० हजार फिरौती माग गरिएको थियो। उक्त रकम नदिए ज्यान मार्ने धम्की समेत दिएको प्रहरीले बताएको छ।
फिरौती वापत ५० हजार रकम लिई यो दुई जनाको समूह त्यहाँबाट फरार भएको थियो। योगेन्द्र पौडेलको नाममा जारी गरिएको ३ लाख रुपैयाँको चेक, वैदेशिक रोजगार सुरक्षा समितिलाई लेखिएको जनक कुमार बस्नेतको नामको निवेदन, नगद ११ हजार रुपैयाँ र मोबाइल बरामद भएको छ। रवीन कोइरालाको साथबाट धर्मकर्म उपभोक्ता सहकारीको लोन अफिसको कार्ड, २ लाख रुपैयाँको चेक, पासवर्डको फोटोकपी, ब्लुबुक र मोबाइल बरामद भएको छ।
६ जेठ, काठमाडौं। मन्दारिन चिनियाँ भाषामा लेखिएको उपन्यास ‘ताइवान ट्राभलग’ ले यस वर्षको बुकर पुरस्कार जितेको छ। मूल रूपमा मन्दारिन भाषामा लेखिएको यो पुस्तक विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जित्ने पहिलो पुस्तक बन्यो। मङ्गलबार साँझ लन्डनको टेट मोडर्नमा आयोजित विशेष समारोहमा ताइवानी लेखिका याङ सुआङ जी र ताइवानी-अमेरिकी अनुवादक लिन किङलाई विजेता घोषणा गरिएको हो। उनीहरूले झन्डै ८५ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार राशि प्राप्त गरेका छन्, जुन लेखक र अनुवादकबीच समान रूपमा बाँडिनेछ। यो पुरस्कार जित्ने उनीहरू पहिलो ताइवानी र ताइवानी-अमेरिकी नागरिक हुन्।
सन् १९३८ को जापानी शासन अन्तर्गत रहेको ताइवानको पृष्ठभूमिमा आधारित यस उपन्यासमा एक जापानी लेखिकाको कथा छ। ती लेखिका ताइवानको पाककलाको यात्रामा निस्किन्छिन् र त्यही क्रममा आफ्नी दोभाषीसँग प्रेममा पर्छिन्। यो उपन्यासलाई एउटा पुरानो यात्रा संस्मरणको अनुवाद जस्तो गरी प्रस्तुत गरिएको छ। यसमा पुस्तकका पात्रहरूको काल्पनिक फुटनोट र अनुवादक किङका ‘वास्तविक’ फुटनोटहरू पनि समावेश छन्। जुरी प्यानलकी अध्यक्ष तथा उपन्यासकार नतासा ब्राउनले यो लेखन शैलीको प्रशंसा गर्दै भन्नुभएको छ, ‘यो पुस्तकले रोमान्स र औपनिवेशिक उत्तरार्धको तीखो उपन्यासको रूपमा दोहोरो सफलता हासिल गरेको छ।’
बुकर पुरस्कारको वेबसाइटलाई दिएको अन्तर्वार्तामा लेखिका याङले उपन्यासको प्रेरणाबारे बताउँदै भन्नुभयो, ‘कोरिया र ताइवान दुवै एक समयमा जापानी साम्राज्यका उपनिवेश थिए। तर, कोरियालीहरूले उक्त इतिहासप्रति समान रूपमा असन्तुष्टि व्यक्त गर्छन् भने ताइवानीहरूले यसलाई घृणा र नोस्टाल्जियाको मिश्रित र द्वन्द्वात्मक दृष्टिकोणले हेर्छन्। म समकालीन ताइवानी दृष्टिकोणबाट यही जटिल परिस्थितिलाई केलाउन चाहन्थेँ।’ याङ उपन्यासका साथै निबन्ध, मङ्गा र भिडियो गेमका स्क्रिप्टहरू पनि लेख्नुहुन्छ। नब्बेको दशकमा ताइवानी रोमान्स उपन्यासहरूको बढ्दो लोकप्रियताबाट प्रभावित भएर उनले लेख्न सुरु गर्नुभएको थियो। त्यसैगरी, अनुवादक किङ पनि मौलिक आख्यान लेख्छिन् र उनको पहिलो उपन्यास ‘वीब’ छिट्टै प्रकाशित हुँदैछ।
सरकारले बस्ने ठाउँबाट सुकुम्बासी बस्ती हटाएर कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखेकी हरिमाया जिम्बाले सरकारले घोषणा गरेको राहत प्याकेज नलिन्ने बताइन्। सरकारले मंगलबार उपत्यकाका नदी किनारबाट हटाइएका सुकुम्बासीका लागि राहत घोषणा गर्दै एकमुष्ट २५ हजार रुपैयाँ र आगामी तीन महिनासम्म प्रत्येक महिना १५ हजार रुपैयाँ दिने भनिएको थियो। होल्डिङ सेन्टरबाट कोठा भाडामा बस्न र त्यहाँबाट स्थायी आवासको व्यवस्था गर्ने उद्धेश्यले उक्त रकम दिने निर्णय गरिएको अधिकारीहरूले जानकारी दिएका छन्।
तर सुकुम्बासीहरूले भने उक्त व्यवस्था स्वीकार नहुने, प्रत्येक परिवारमा कम्तीमा एकजनाले रोजगारी पाउनुपर्ने, र काठमाडौंमा स्थायी बसोबासको व्यवस्था सरकारले सुनिश्चित गरेपछि मात्रै होल्डिङ सेन्टर छोड्ने बताएका छन्। उपत्यकाका नदी किनारबाट हटाइएका २६ सय ८० परिवारले अहिलेसम्म नाम टिपाइसकेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले सुरक्षित आवासको व्यवस्था नगरी सुकुम्बासीहरूको घर टहरा हटाएको भन्दै संसदमा पनि विपक्षी दलहरूले विरोध जनाइरहेका छन्।
सरकारले होल्डिङ सेन्टरबाट अन्यत्र व्यवस्थित हुन सुकुम्बासीका लागि राहतको प्याकेज घोषणा गरे तापनि आफू र छिमेकमा रहेका कोही पनि त्यसलाई लिन जाने छैनन् भनी हरिमाया जिम्बाले बताइन्। उनले थापाथलीमा बसेका वरपरका १३६ घरका सुकुम्बासीहरू सबै एक छाँटकाँटमा छन् र सरकारको राहत अस्वीकार गर्ने तरतमा छन्। “हामीले पैसा नलिने निर्णय गरिसकेका छौँ। कम्तीमा ३५ दिनको सूचना दिएर सामान राम्ररी निकाल्न पाइन्थ्यो भने हामीलाई यति कष्ट पुग्दैनथ्यो,” उनले भनिन्।
सरकारले अहिले कीर्तिपुर, नयाँ बसपार्क र माछापोखरी क्षेत्रमा होटल तथा भक्तपुरस्थित दुई सरकारी तालिम केन्द्रमा होल्डिङ सेन्टर बनाएर सुकुम्बासीलाई बस्ने र खानपिनको व्यवस्था गरेको छ। राहत प्याकेज अनुसार पाँच सदस्यीय परिवारलाई मासिक १५ हजार रुपैयाँ र पाँचभन्दा बढी सदस्य भएका परिवारका लागि अतिरिक्त प्रति व्यक्तिलाई दुई हजार रुपैयाँ दिने व्यवस्था छ। तर पूर्व सूचना नदिई बास हटाएपछि आएको राहत प्याकेज सुकुम्बासीहरूको मन नपराएको र उनीहरूको संवाद गर्ने मोर्चाले जनाएको छ।
नेपाली खेलाडी प्रेम लिम्बू र आयशा शाक्यले मंगोलियाको उलानबातारमा सम्पन्न नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा ४० वर्षमुनि मिक्स पुम्से समूहमा रजत पदक प्राप्त गरेका छन्। त्यस्तै, प्रेम लिम्बूले ४० वर्षमुनि पुरुष एकल पुम्से वर्गमा कांस्य पदक पनि जितेका छन्। ६ जेठ, काठमाडौं। नेपाली खेलाडी प्रेम लिम्बू र आयशा शाक्यले नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक प्राप्त गरेका छन्। मंगोलियाको उलानबातारमा आयोजना गरिएको सो प्रतियोगितामा प्रेम र आयशाले ४० वर्षमुनि मिक्स पुम्से वर्गमा रजत पदक जितेका हुन्। अघिल्लो दिन सोही उमेर समूहको पुरुष एकल पुम्सेमा प्रेमले कांस्य पदक हात पारिसकेका थिए।
भोड्का सँगै पिउने, बुलेट रेलमा सयर गर्ने, तालको किनारमा चिया सँगै खाने र चिनियाँ ‘डमप्लिङ’ पकाउने जस्ता अनौपचारिक गतिविधिहरूले उनीहरूबीचको व्यक्तिगत विश्वास अझ गहिरो बनाएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्न अनुरोध गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित भइसकेको अवस्थालाई मध्यनजर गर्दै कक्षा ११ को पठनपाठन सुरु गर्न भनिएको हो। ६ जेठ, काठमाडौं। कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गरिने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यस पठनपाठन असार १ गतेबाट सुरु गराउन आग्रह गरेको हो। केन्द्रले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सुरु गर्न निर्देशन दिएको छ। बुधबार सूचना जारी गर्दै देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई यस सम्बन्धमा आवश्यक पत्राचार र समन्वय गर्न भनेको छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूस र चीनले ‘पावर अफ साइबेरिया २’ परियोजनाका मुख्य मापदण्ड र मार्गमा सहमति पुर्याएको जानकारी दिनुभयो। यस परियोजनाले रूसको आर्कटिक र साइबेरियन क्षेत्रबाट मंगोलिया हुँदै चीनमा वार्षिक ५० अर्ब घनमिटर ग्याँस आपूर्ति गर्ने सम्भावना राख्छ। पेस्कोभले भने, ‘केही साना विवरणहरू मिलाउन बाँकी छ’ र परियोजनाको क्षमता ‘नर्ड स्ट्रीम २’ पाइपलाइनसँग तुलना गर्न सकिने उल्लेख गर्नुभयो। ६ जेठ, काठमाडौं।
पेस्कोभले आरटीलाई जानकारी दिएअनुसार, रूस र चीनले ‘पावर अफ साइबेरिया २’ परियोजनाका मुख्य मापदण्ड, मार्ग र निर्माण दुवै विषयमा सहमति जुटाएका छन्। ‘केही साना विवरणहरू मिलाउन अझै बाँकी छ,’ उहाँले बताए। करिब दुई दशकदेखि छलफलमा रहेको यो प्रस्तावित परियोजनाले रूसको आर्कटिक र साइबेरियन क्षेत्रबाट मंगोलिया हुँदै चीनमा वार्षिक थप ५० अर्ब घनमिटर ग्याँस आपूर्ति गर्न सक्छ। यसको क्षमता क्षतिग्रस्त ‘नर्ड स्ट्रीम २’ पाइपलाइनको वार्षिक ५५ अर्ब घनमिटर क्षमतासँग तुलना गर्न सकिन्छ।