गृहमन्त्री सुधन गुरुङले नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरे। पदमुक्त भएका दानबहादुर कार्की सर्वोच्च अदालत जाने तयारीमा छन्।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका समितिहरूलाई विधेयकको छलफल तीव्रता दिन आग्रह गरेका छन्। उनले प्रभावकारी कामकारबाहीका लागि गहन छलफलको आवश्यकता औंल्याए।
भारतीय विदेश सचिव विक्रम मिस्रीले काठमाडौंमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेका छन्। यो भेट नेपाल–भारतबीचको सम्बन्धलाई सुदृढ गर्ने उद्देश्यले भएको हो।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूबारे फैलाइएका भ्रम र अफवाहको खण्डन गर्नुपर्ने बताइन्। एमाले महासचिव शंकर पोखरेलले पार्टीको पराजयको गम्भीर समीक्षा गर्दै पुनर्गठनको आवश्यकता औंल्याए।
नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बोलाएको छ। राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्।
काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा खटाउँदै नेपाल प्रहरीको नेतृत्वमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई बढुवा…