इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले आर्सनललाई २–१ ले पराजित गर्दै अंकदूरी घटाएको छ। सिटीका लागि रियान चेर्की र एर्लिङ हालान्डले गोल गरे भने आर्सनलका लागि काई हाभर्ट्जले गोल फर्काए।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेट भएको छ। भेटमा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यका विषयमा छलफल भएको छ।
पन्जाब किङ्सले आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्समाथि ५४ रनको जित निकाल्दै आफ्नो अपराजित यात्रा जारी राखेको छ। पन्जाब ६ खेलमा ११ अंकसहित शीर्ष स्थानमा छ भने लखनउ ४ अंकसहित आठौं स्थानमा छ।
नेकपा एमालेका सांसद ऐन महरले विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने सरकारको प्रयास सफल नहुने बताएका छन्। उनले आवश्यक परे सांसदको चिन्ह फुकालेर सडकमा आउन तयार रहेको बताएका छन्।
बुटवल उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण हटाउने क्रममा व्यवसायीमाथि बल प्रयोग, हातपात र सामान जफत गरेको आरोप लागेको छ। चार व्यावसायिक संस्थाले उपमहानगरको बल प्रयोग र विना अभिलेख सामान जफत गर्ने कार्यको…
संघीय संसद् अन्तर्गतका सबै विषयगत समितिहरू पूर्णता पाएर सभापति चयन गरी शपथ लिएका छन्। सरकारले आगामी अधिवेशनमा ४० देखि ४५ विधेयक पारित गर्ने योजना बनाएको छ।
सरकारले स्थानीय तहहरूको संख्या र सीमाना हेरफेरको प्रक्रिया अघि बढाउन मापदण्डको मस्यौदा तयार गरी सुझाव मागेको छ। मापदण्डमा जनसंख्या, भूगोल, प्रशासनिक सुगमता, पूर्वाधार विकास, आर्थिक सक्षमता, प्राकृतिक…