नेपालका रिता ठकुल्ला र रोहित चुनारो २०औं एसियन गेम्सअन्तर्गत उसुमा पहिलो चरणमै बाहिरिएका छन्। रिताले तुर्कमेनिस्तानकी जोरेयेभा मर्जेनसँग हार भोगिन् भने रोहितले चीनका जियामिङ ओउसँग पराजित भए।
पेसएक्सले ललितपुरको च्यासलमा भएको ५ ‘ए’ साइड महिला फुटसलको फाइनलमा स्टुडेन्ट एफसीलाई हराउँदै उपाधि जितेको छ। पेसएक्सले ५५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
नेपालका चार खेलाडी २०औं एसियन गेम्सको स्वीमिङमा हिट चरणबाट बाहिरिएका छन्। जिदेन श्रेष्ठ, आर्या महर्जन, डुवाला लामा र इर्भिन श्रेष्ठले प्रतिस्पर्धामा विभिन्न स्थानमा रहे।