Skip to main content

लेखक: space4knews

भारतले मेटालाई निर्देशन दियो – ह्वाट्सएपको युजरनेम फिचर सार्वजनिक नगर्नूहोस्

१८ असार, काठमाडौं । भारत सरकारले बुधबार मेटाको स्वामित्वमा रहेको ह्वाट्सएपलाई एक नोटिस जारी गर्दै प्रस्तावित ‘युजरनेम’ फिचरलाई सरकार स्पष्ट नहुन्जेलसम्म सार्वजनिक नगर्न निर्देशन दिएको छ। साथै, कम्पनीलाई ३ दिनभित्र सान्दर्भिक कागजातसहित यस फिचरको विस्तृत स्पष्टीकरण पेश गर्न पनि भनिएको छ। फोन नम्बर सेयर नगरीकनै कुराकानी गर्न मिल्ने यो प्रस्तावित फिचरले अरूको नाममा नक्कली आइडी बनाउने, स्पूफिङ, फिसिङ र आर्थिक ठगी जस्ता जोखिम बढाउन सक्ने भन्दै सरकारले यो कदम चालेको जनाएको छ।

सरकारले ह्वाट्सएपको योजनालाई नजिकबाट नियालिरहेको र यस फिचरका कानुनी प्रभावहरूको अध्ययन गरिरहेको सरकारी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले खबर लेखेका छन्। यदि यसले गम्भीर जोखिम निम्त्याउने देखिएमा फिचरलाई प्रतिबन्धित गर्ने वा रोक्ने कानुनी विकल्पहरू पनि अधिकारीहरूले खोजिरहेका छन्। अनलाइन ठगी बढ्नसक्ने सरकारको चिन्ता ह्वाट्सएप इन्डिया अपरेसनका प्रमुख अनुपालन अधिकारीलाई पठाइएको नोटिसमा सरकारले यो फिचरका कारण अनलाइन ठगी, फिसिङ, ‘डिजिटल अरेस्ट’ स्क्याम र नक्कली एकाउन्टको बिगबिगी हुने घटनाहरू उल्लेख्य रूपमा बढ्नसक्ने चिन्ता व्यक्त गरेको छ।

ह्वाट्सएपले प्रस्तावित फिचरको बचाउ गर्दै दुरुपयोग रोक्न बहु-स्तरीय सुरक्षा उपायहरू निर्माण गरेको बताएको छ। ह्वाट्सएपका एक प्रवक्ताले युजरनेम फिचर अझै निर्माणकै क्रममा रहेको र यस वर्षको अन्त्यतिर बिस्तारै लागू गरिने बताएका छन्। मेटाले भनेको छ – ह्वाट्सएप प्रयोग गर्न अझै पनि फोन नम्बर अनिवार्य छ। अरूले मेसेज पठाउन तपाईंको ठ्याक्कै युजरनेम थाहा पाउनुपर्नेछ।

विशेषगरी ग्रुप च्याट र नयाँ व्यक्तिहरूसँगको कुराकानीमा फोन नम्बर सेयर गर्न नपर्ने भएकाले प्रयोगकर्ताको गोपनीयता बढाउने उद्देश्यले यो फिचर ल्याउन लागिएको ह्वाट्सएपको भनाइ छ। यद्यपि, यो प्रस्तावले व्यापक चिन्ता उत्पन्न गरेको छ। साइबर सुरक्षा विशेषज्ञहरूले फोन नम्बरमा आधारित पहिचानबाट प्लेटफर्मद्वारा व्यवस्थित युजरनेममा जाँदा उत्तरदायित्वको महत्त्वपूर्ण तह कमजोर हुने र ठगी बढ्ने चेतावनी दिएका छन्।

नेपाल २०औं एसियन गेम्समा २३ खेलहरूमा सहभागि हुने

१८ असार, काठमाडौं । जापानमा आयोजना हुँदै गरेको २०औं एसियन गेम्समा नेपालले २३ खेलहरूमा सहभागिता जनाउने भएको छ । प्रतियोगितामा करिब १४० नेपाली खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले जानकारी दिएका छन् । विश्व खेलकुद पत्रकार दिवस २०२६ को अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार आयोजना गरेको ‘रोड टु आइची–नागोया २०२६’ कार्यक्रममा बोल्दै मेहताले केही प्राविधिक काम बाँकी रहेको भए पनि नेपालले करिब २३ खेलहरूमा सहभागिता जनाउने लगभग निश्चित भएको बताए।

उनले एसियन गेम्समा दोहोरो अंकमा पदक जित्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै खेलाडीहरूलाई वैदेशिक प्रशिक्षणमा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पनि ‘मिसन २६’ को अवधारणाअनुसार एसियन गेम्सको तयारी अघि बढाउनु सकारात्मक रहेको बताए। सदस्य–सचिव मेहताका अनुसार सरकारले एसियन गेम्स तयारीका लागि २ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने प्रतियोगितामा सहभागिताका लागि थप ११ करोड २० लाख रुपैयाँ छुट्याइएको छ।

नेपालले एसियन गेम्समा कराते, महिला कबड्डी, कुस्ती, उसु, पुरुष क्रिकेट, एथलेटिक्स, जुडो, महिला भलिबल, तेक्वान्दो, ब्याडमिन्टन, ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स, साइक्लिङ, ई–स्पोर्ट्स, गल्फ, राफ्टिङ एन्ड क्यानोइङ, पौडी, स्क्वास, सफ्ट टेनिस, स्केट तथा स्केटबोर्डिङ, टेबल टेनिस, आर्चरी, बक्सिङ र टेनिस गरी २३ खेलहरूमा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ।

दोहामा अमेरिका र इरानका वार्ताकारहरूबीच सकारात्मक छलफल सम्पन्न

१७ असार, काठमाडौं । कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूले बुधबार दोहामा अमेरिका र इरानका वार्ताकारहरूसँग छुट्टाछुट्टै बैठकहरू सम्पन्न गरेका छन्। यस परामर्शको क्रममा सकारात्मक प्रगति हासिल भएको कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद बिन मोहम्मद अल-अन्सारीले जानकारी दिएका छन्। प्रवक्ता अल-अन्सारीले आफ्नो सामाजिक सञ्जाल एक्स मार्फत ‘लेक लुसर्न शिखर सम्मेलन’ का निष्कर्षहरूका आधारमा कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूले बुधबार दोहामा अमेरिकी र इरानी वार्ताकारहरूसँग अलग-अलग बैठकहरू सफलतापूर्वक सम्पन्न गरेको बताएका छन्।

उनका अनुसार ‘इस्लामावाद समझदारी पत्र’ (एमओयू) सँग सम्बन्धित विषयहरूमा केन्द्रित उक्त वार्तामा सकारात्मक प्रगति भएको छ। दुवै पक्ष आगामी अवधिमा छलफललाई निरन्तरता दिन सहमत भएका छन्। इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि प्रक्रियासमेत सकिएपछि सम्भव भएसम्म चाँडो अर्को बैठकको तालिका तय गरिने प्रवक्ता अल-अन्सारीले उल्लेख गरेका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पक्षबाट अमेरिकी टोलीसँग बैठकका लागि अनुरोध आएको बताएका थिए। यस परामर्शमा अमेरिकी पक्षको प्रतिनिधित्व राष्ट्रपतिका विशेष दूत स्टिभेन विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले गरिरहेका छन्। कतारका प्रवक्ता अल-अन्सारीले दोहामा अमेरिका र इरानबीच कुनै पनि प्रत्यक्ष वार्ताको योजना नबनाइएको कुरा यसअघि नै स्पष्ट पारेका थिए।

नेपाल विश्वविद्यालय क्यालेन्डर: नयाँ समयतालिकामा के छ विशेष?

नेपालभरिका विश्वविद्यालयहरूलाई स्रोत व्यवस्थापन गर्ने विश्वविद्यालय अनुदान आयोगले बिहीवार सबैलाई परिपत्र गर्दै नयाँ राष्ट्रिय शैक्षिक क्यालेन्डर लागू गर्न निर्देशन दिएको छ। सरकारले आफ्नो १०० दिने कार्यसूचीमा विश्वविद्यालयहरूबाट लिइने स्नातक र स्नातकोत्तर परीक्षाको नतिजा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको क्यालेन्डर अनुसार निकाल्ने भनेर राखेको लक्ष्यअनुसार उक्त क्यालेन्डर लागू भएको भोलिपल्ट आयोगले परिपत्र पठाएको हो।पहिले पनि क्यालेन्डर रहे पनि त्यसको पालना नभएकाले नयाँ क्यालेन्डर कडाइका साथ लागू गरिने आयोगका एक अधिकारीले बताएका छन्।

आयोगका उपनिर्देशक रमेशप्रसाद अधिकारीका अनुसार नयाँ शैक्षिक क्यालेन्डरमा स्नातक तथा स्नातकोत्तर तहमा यस वर्षदेखि नै भर्नादेखि नतिजा प्रकाशनसम्म समयतालिका तोकिएको छ। त्यसअनुसार सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीका दुवैका लागि विद्यार्थी भर्ना प्रक्रिया असारदेखि सुरु गर्नुपर्नेछ। बाँकी गतिविधिहरू यस प्रकार हुनेछन् – प्रवेश परीक्षा: साउन, पठनपाठन: भदौभित्र सुरु गर्नु पर्ने, सेमेस्टर प्रणालीमा दोस्रो सेमेस्टर फागुनभित्र सुरु गर्नु पर्ने, पठनपाठन अवधि: भदौदेखि वैशाखसम्म, आन्तरिक मूल्याङ्कन: निरन्तर, अन्तिम परीक्षा: जेठ, नतिजा प्रकाशन: ६० दिनभित्र। “यसपटकको ब्याचले आगामी साउन भित्र अन्तिम परीक्षाफल पाइसक्नुपर्ने छ,” रमेशप्रसाद अधिकारीले बताए।

देशभरका १५ राष्ट्रिय विश्वविद्यालय र ६ प्रादेशिक विश्वविद्यालयलाई यस सम्बन्धमा परिपत्र गरिएको उनले जानकारी गराए। भूतपूर्वमा खास गरी त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरूले परीक्षाको नतिजा आउन १८ महिनासम्म कुर्नुपरेको तथ्य सबैलाई ज्ञात छ। “मैले पढ्दा बीएलको नतिजा आउन १८ महिना कुर्नुपरेको थियो। अहिले केही वर्षदेखि केही सुधार भएको छ। आयोगले तीन वर्षअघि नै क्यालेन्डर ल्याएको थियो। यसपटक मन्त्रालयले ल्याएको छ। सबैले स्वीकार गर्नुपर्छ,” अधिकारीले भने।

देशको सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय भएकाले शैक्षिक क्यालेन्डर कायम राख्न सबैभन्दा बढी चुनौती पनि त्रिभुवन विश्वविद्यालयले सामना गरिरहेको देखिन्छ। लगभग पाँच लाख विद्यार्थी रहेको त्रिविमा क्यालेन्डर कायम गर्ने प्रयास सुरु भएको र अहिले तीन महिनाभित्र नतिजा आइसकेको अनुभव शिक्षाध्यक्षबाट राजीनामा दिएका प्राध्यापक खड्ग केसीले सुनाए। “हामीले क्यालेन्डर लागू गर्न खोज्दा विरोध भएको थियो। प्रहरीलाई पनि बोलाउनुपरेको घटना थियो,” उनले चुनौती सुनाउँदै भने। प्राध्यापक केसीले भने, “तर केही अन्य विश्वविद्यालयका कुल विद्यार्थी संख्या भन्दा हाम्रो एउटा क्याम्पसमै बढी विद्यार्थी हुन्छन्।”

इरानसँगको वार्ता सकारात्मक भइरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी

१८ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा देखिएको प्रगति ‘सकारात्मक’ रहेको बताएका छन्। हालै कतारमा भएका बैठकहरू पनि फलदायी रहेको उनले दाबी गरेका छन्। नर्थ डकोटा प्रस्थान गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रमलाई सीमित पार्ने प्रयासहरू उचित मार्गतर्फ अघि बढिरहेको जानकारी दिएका छन्।

एक प्रश्नको जवाफमा ट्रम्पले दुवै पक्षबीच निकै उपयोगी बैठकहरू भएको बताए पनि भविष्यप्रति सतर्क रहँदै ‘के हुन्छ त्यो हेर्न बाँकी नै छ’ भनी टिप्पणी गरेका छन्। उनले भने, अमेरिकाले इरानमाथि दबाब कडा बनाइरहेको भए पनि वार्ता प्रक्रिया निरन्तरता दिइराखेको स्पष्ट पारे। अर्कोतर्फ, इरानले भने आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण उद्देश्यका लागि सीमित रहेको दावी निरन्तर गर्दै आएको छ। हाल इरान र अमेरिकाबीच कतारको राजधानी दोहामा अप्रत्यक्ष प्राविधिक वार्ता जारी छ, जसमा कतार र पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका छन्।

१६ वर्षपछि नकआउट जितको खोजिमा स्पेन

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत बिहीबार लस एन्जलसमा हुने रोमाञ्चक खेलमा पूर्व विजेता स्पेन र अस्ट्रिया आमनेसामने हुँदैछन्। यस खेलमा स्पेन बलियो टोलीको रूपमा मैदान उत्रने भए तापनि अस्ट्रियालाई कम आँक्ने गल्ती उसले गर्ने छैन। सन् २०१० को विश्वकप विजेता स्पेनले पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरीको स्तब्धकारी नतिजा बेहोरे पनि उत्कृष्ट पुनरागमन गर्‍यो। साउदी अरेबिया विरुद्धको ४–० को शानदार जितमा सुपरस्टार लामिन यामालले १ गोल र १ असिस्ट गर्दै टोलीको लय फर्काए। त्यसपछि स्पेनले उरुग्वेलाई १–० को कठिन संघर्षमा पराजित गर्दै ७ अङ्कका साथ समूह ‘एच’ को विजेता बनेर नकआउटमा स्थान बनाएको हो।

अर्कोतर्फ, अस्ट्रियाको नकआउट सम्मको यात्रा उतारचढावले भरिएको छ। समूह ‘जे’ को पहिलो खेलमा जोर्डनलाई ३–१ ले हराएको अस्ट्रिया दोस्रो खेलमा लियोनेल मेसीको अर्जेन्टिनासँग २–० ले पराजित भयो। समूह चरणको अन्तिम खेलमा अल्जेरिया विरुद्ध इन्जुरी समयको अन्तिम मिनेटमा सासा कालाइजिचले गोल गर्दै ३–३ को बराबरीका साथ अस्ट्रियालाई नाटकीय रूपमा नकआउटमा पुर्‍याएका हुन्। यस खेलको विजेताले ६ जुलाईमा डलास स्टेडियममा हुने राउन्ड अफ १६ को खेलमा पोर्चुगल वा क्रोएसियाको सामना गर्नेछ।

ऐतिहासिक रूपमा, एक बलियो टोली भए तापनि स्पेनले विगत १६ वर्षदेखि विश्वकपको नकआउट चरणमा कुनै पनि खेल जित्न सकेको छैन। पछिल्ला दुवै संस्करणमा स्पेन अन्तिम १६ बाटै बाहिरिएको थियो। उसले नकआउट चरणमा दर्ता गरेको अन्तिम जित भनेकै सन् २०१० को फाइनलमा नेदरल्यान्ड्स विरुद्धको १–० को ऐतिहासिक जित हो। वर्तमान युरोपेली च्याम्पियन स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टे आफ्नो युवा स्टार लामिन यामाल पूर्ण रूपमा फिट भएर सुरुवाती ११ मा फर्कने आशामा छन्।

स्पेनका निको विलियम्स र येरेमी पिनो यस खेलका लागि उपलब्ध हुने छैनन्। दुवै चोटका कारण यस खेलबाट बाहिरिएका छन्। भिक्टर मुनोज पनि खेल्ने नखेल्ने द्विविधा छ। यता अस्ट्रियाको भने चोट र खेलाडी उपलब्ध नहुनेबारे हालसम्म भने केही जानकारी आएको छैन। अस्ट्रियाका कप्तान डेभिड अलाबाले भनेका छन्, ‘हामीलाई थाहा छ हामी कस्तो टोलीविरुद्ध खेलदैछौं। स्पेनसँग उच्च गुणस्तरका खेलाडीहरू छन् जसले एक्लै खेलको नतिजा बदल्न सक्छन्। तर हामी डराउने छैनौं। हामीलाई हाम्रो क्षमता थाहा छ र मैदानमा शतप्रतिशत दियौं भने हामी उनीहरूलाई हराउन सक्छौं।’

स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले अस्ट्रिया आक्रामक टोली भएको र हल्कामा नलिने बताएका छन्। ‘अस्ट्रिया अत्यन्तै आक्रामक, दृढ र बलियो हाइ-प्रेसिङ खेल्ने टोली हो। यो खेल मैदानका हरेक क्षेत्रमा वान-अन-वान भिडन्त जस्तो हुनेछ। हाम्रा खेलाडीहरूको प्रतिभाका साथ हामी बिस्तारै आफ्नो सर्वश्रेष्ठ फुटबल प्रदर्शन गर्नेछौं,’ उनले भने।

सम्भावित सुरुवाती ११
स्पेन: उनाई सिमोन (गोलकिपर); पेड्रो पोरो, पाउ कुबार्सी, अयाम्रिक लापोर्टे, मार्क कुकुरेला; रोड्री, पेड्री; लामिन यमाल, डानी ओल्मो, एलेक्स बाएना; मिकेल ओयार्जाबाल
अस्ट्रिया: अलेक्जेन्डर श्लागर (गोलकिपर); स्टेफान पोश, फिलिप लिनहार्ट, डेभिड अलाबा, कोनराड लाइमर; निकोलस साइवाल्ड, जाभर श्लागर; रोमानो श्मिड, मार्को अर्नाउटोभिच, माइकल साबिट्जर; सासा कालाइजिच

खेल: स्पेन भर्सेस् अस्ट्रिया, राउन्ड अफ ३२
मिति र समय: १९ असार, बिहान १२:४५
स्थान: लस एन्जलस स्टेडियम
प्रत्यक्ष प्रसारण: हिमालय स्पोर्ट्स

युद्धमा प्रयोग भएका ड्रोनका तारले बनेको चराको गुँड

सामान्यतया युद्ध भन्नाले विनाशलाई बुझिन्छ। धुवाँले आकाश ढाकिएको, बमले जमिन चिरिएको, बस्ती उजाडिएको र भविष्य अनिश्चित बनेको अवस्था। जहाँ युद्ध हुन्छ, त्यहाँ जीवनको सम्भावना क्रमशः कम हुँदै जान्छ। तर, यो धारणा एउटा सानो जीवले गलत साबित गरिदिएको छ। युक्रेनको डोनबास क्षेत्रमा केही दिनअघि फेला परेको एउटा चराको गुँड अहिले विश्वभर चर्चाको विषय बनेको छ। पहिलो नजरमा यो साधारण गुँड जस्तो देखिन्छ। तर नजिकबाट हेर्दा थाहा हुन्छ, यसको भित्री संरचनामा हरियो घाँस र सुकेका पातसँगै चम्किला, पातला फाइबर–अप्टिक तारहरू पनि बुनिएका छन्। ती तार कुनै सञ्चार कम्पनीका होइनन्, कुनै घरका बिजुली लाइनका पनि होइनन्। ती युद्धमा प्रयोग भएका फाइबर–अप्टिक एफपीभी ड्रोनका तार हुन्। अर्थात्, मानिसले एकअर्कालाई मार्न बनाएको प्रविधिको अवशेष प्रयोग गरेर चराले आफ्नो सन्तान हुर्काउने गुँड बनाएको थियो। यो एउटा गुँड मात्र होइन। यो युद्ध र जीवनबीचको सबैभन्दा गहिरो संवाद हो।

एक तस्वीर, जसले संसार रोक्यो जुन २३, २०२६। युक्रेनी भ्रष्टाचारविरोधी अभियन्ता ओलेना ट्रेगुबले सामाजिक सञ्जालमा एउटा तस्वीर सार्वजनिक गरिन्। तस्वीरमा एउटा चराको गुँड थियो। सुरुमा धेरैले यो सामान्य तस्वीर ठाने। तर ध्यान दिएर हेर्दा सबैको नजर एउटै कुरामा अडियो, गुँडभित्र घाँससँग मिसिएका फाइबर–अप्टिक तारहरू। यो कुनै कलात्मक सजावट थिएन। यी तार युद्धमा प्रयोग भएका ड्रोनबाट छरिएका केबल थिए। ट्रेगुबले लेखेकी थिइन्, ‘युद्धले सबै कुरा नष्ट गर्न खोज्छ, तर जीवनले त्यही विनाशबाट पनि नयाँ सुरुवात गर्छ।’ इजरायलको द जेरुसालेम पोस्ट अनुसार, उनको पोस्ट केही घण्टामै हजारौँ पटक शेयर भयो। धेरैले त्यसलाई ‘लाइफ फाउन्ड द वे’ अर्थात् ‘जीवनले बाटो खोज्छ’ भन्ने सन्देशसँग जोडेर हेरे। यो वाक्यांश हलिउड चलचित्र जुरासिक पार्कबाट लोकप्रिय बनेको हो, जसको मूल अर्थ हो, परिस्थिति जति कठिन भए पनि जीवनले बाँच्ने उपाय खोज्छ। डोनबासको त्यो सानो गुँडले यही वाक्यलाई वास्तविकतामा उतारेको देख्न सकिन्छ।

यो गुँड बनाउने चरा कुन प्रजातिको हो भन्ने आधिकारिक रूपमा पुष्टि भएको छैन। तर गुँडको बनावट हेर्दा पन्छीविद्हरूले यो सम्भवतः युरेसियन च्याफिन्च वा त्यससँग मिल्दोजुल्दो सानो गीत गाउने चराको हुन सक्ने अनुमान गरेका छन्। युद्धको भग्नावशेषमा भेटिएका घर यो गुँड भेट्टाउने व्यक्ति थिए युक्रेनी अनुसन्धानकर्ता तथा सैनिक, ओलेह मालचेंको। उनी डोनबासको अग्रिम मोर्चामा खटिएका थिए। केही समयअघि भएको रूसी ग्लाइड बम आक्रमणपछि एउटा ठूलो रूख भुइँमा ढलेको थियो। विस्फोटपछिको क्षेत्र निरीक्षण गर्ने क्रममा मालचेंकोको नजर रूखको हाँगामा अडिएको एउटा सानो गुँडमा पर्‍यो। पहिलो नजरमा त्यो साधारण गुँड नै लाग्यो। तर नजिकबाट हेर्दा उनी आफैं अचम्ममा परे। घाँस, सुकेका पात, काठका रेशा र तिनको बीचमा चम्किरहेका फाइबर–अप्टिक केबल। मानिसले युद्धका लागि बनाएका तारलाई चराले जीवनका लागि प्रयोग गरेको थियो। मालचेंकोले गुँडलाई सावधानीपूर्वक क्यामेरामा कैद गरे। पछि उनले भने, ‘हामी यहाँ हरेक दिन मृत्यु देखिरहेका छौं। तर यही ठाउँमा एउटा चराले प्रकृति अझै बाँचिरहेको छ भनेर उदाहरण दिइरहेको छ।’

रुस-युक्रेन युद्ध: किएभमा ठूलो क्षेप्यास्त्र र ड्रोन हमलापछि कम्तीमा १३ जनाको मृत्यु

रुसी सेनाले गत रात युक्रेनी राजधानी किएभमा गरेको ठूलो स्तरको ड्रोन तथा क्षेप्यास्त्र हमलाका कारण कम्तीमा १३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ठूलो हमलाको तयारी गरिरहेको भनेर केही घण्टाअघि सावधान गराएपछि सहरभरिका भवनहरूमा हमलाको थर्रर फैलियो र कतिपय बस्तीहरू खाली गराइयो।

किएभको सैन्य प्रशासनका प्रमुख तैमुर त्काचेन्कोले हताहतमा धेरै बालबालिका रहेको जानकारी दिए। “शत्रुले जानाजानी आवासीय क्षेत्रहरूलाई निसाना बनाउँदै गैरसैनिकहरूको ज्यान लिइरहेका छन्,” उनले बिहीवार बिहान भने। रुसको रक्षा मन्त्रालयले युक्रेनी हमला प्रति जवाफस्वरूप उर्जा उत्पादन केन्द्रहरूलाई निसाना बनाएको दाबी गरेको छ। युक्रेनको वायुसेनाले बताइए अनुसार रुसले ७४ वटा क्षेप्यास्त्र र ४९६ वटा ड्रोनको प्रयोग गरेर राति राजधानी किएभलाई निशाना बनाएको थियो।

यी मध्ये धेरैलाई देशको हवाई प्रतिरक्षा प्रणालीले रोक्यो, तर २५ वटा बलिस्टिक क्षेप्यास्त्र र १२ वटा ड्रोनले ३३ विभिन्न स्थानहरूमा हमला गर्न सफल भए। रातभर विस्फोटका आवाजहरू सुनेको थियो। स्थानीय समय अनुसार बिहान ३:३० बजेसम्म १० वटा उल्लेखनीय हमला गन्ती गरिएको थियो। यस क्रममा सहरको मध्य भागमा ठूलो आगलागी भयो भने अन्य स्थानहरूमा पनि आगो लागेको देखियो।

बिहीवार बिहान सूर्योदयपछि विस्फोटका कारण बनेका ठूला खाडलहरू सहरभर देखिन्थे। सहरमा जलिरहेका कार, भवन र अन्य संरचनाहरू बमध्वंसको अवशेषसँगै देखा परेका थिए। देशको आपत्कालीन सेवाले कम्तीमा १३ जनाको मृत्यु भएको र ३० जनाभन्दा बढी घाइते भएको जानकारी दिएको छ। युक्रेनका विदेशमन्त्री आन्द्रेइ सिबियाले आफ्नो देशका साझेदारहरूलाई सम्बोधन गर्दै थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेका छन्।

अर्जेन्टिनी ज्यर्सी लगाइएको ‘मेसी’ नामको बाख्रा चर्चामा

१८ असार, काठमाडौं । लियोनेल मेसीले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी (गोट) को रूपमा आफ्नो दाबी अझ सशक्त बनाइरहँदा, कन्सास सिटीमा अर्को ‘मेसी’ नाम दिइएको बाख्रा मिसौरी नदीको किनारमा झारपात चरिरहेको छ र प्रशंसकहरूको मन जित्न व्यस्त छ। विश्वकप प्रतियोगिता सुरु हुनु ठीक अगाडिदेखि जन्मिएको यस बाख्रालाई अर्जेन्टिनाको ज्यर्सी लगाइएको छ। विश्वप्रसिद्ध खेलाडी मेसीले दुई खेलमा पाँच गोल गर्दा यो बाख्राले समेत उत्तिकै चर्चा पाइसकेको छ। कन्सास सिटीमा भएको खेलमा अल्जेरियाविरुद्ध ३-० को जितमा मेसीले ह्याट्रिक गरेका थिए भने अस्ट्रियाविरुद्ध २-० को जितमा दुई गोल थपेका थिए। यी उत्कृष्ट प्रदर्शनहरूले खेलकुदको संक्षिप्त रूप ‘गोट’ अर्थात् इतिहासकै सर्वोत्कृष्ट खेलाडी को हो भन्ने पुरानो बहस फेरि जीवित पारेका छन्, जहाँ मेसीको नाम प्रायः पेले र डिएगो म्याराडोना जस्ता महान फुटबल खेलाडीहरूसँगै अग्रपङ्क्तिमा राखिन्छ।
यसैबीच, अर्जेन्टिनी टोली बर्कले रिभरफ्रन्ट नजिकै कन्सास सिटीलाई मुख्य आधार शिविर बनाएर बसेको छ। त्यहीं नजिकै, अर्बौं डलरको पुनर्निर्माण योजना तय गरिएको ५५ एकडको औद्योगिक क्षेत्रमा झारपात सफा गर्न खटाइएको एउटा बथानमा सिङ भएको त्यो सानो ‘मेसी’ नामक बाख्रा समेत व्यस्त छ। ‘पोर्ट केसी’ को नेतृत्वमा सञ्चालित यस परियोजनाले सार्वजनिक सरसफाइ कोष र निजी विकासलाई जोडिरहेको छ। यस सम्पूर्ण विकास परियोजनाको मुख्य केन्द्रमा ‘सीपीकेसी’ रंगशाला रहेको छ, जुन नेसनल विमेन्स सकर लिगको टोली ‘कन्सास सिटी करेन्ट’ को घरेलु मैदान समेत हो।
‘हामीले यहाँ बाख्राहरू ल्याउँदा यो सानो मेसी जन्मिएको हो,’ करिब ४० वटा बाख्राहरू राखिएको ‘गोट्स गन ग्रिन’ का सञ्चालक काइल एल्विसले बताए, ‘विश्वकपको रौनक बढिरहेको छ, त्यस अवसरमा शहरमा एउटा मेसी पनि यताउता घुमिरहेको हुनुपर्छ भन्ने हामीलाई लागेको थियो।’ नदी किनारको पैदल मार्गमा दौडिरहेका मानिसहरूले बाख्रा बथान चरिरहेको देखेर फोटो खिच्न रोक्ने गर्दछन्। एल्विसका अनुसार ‘पोर्ट केसी’ सँग उनको साझेदारी दोस्रो वर्ष हो। ‘उनीहरूले यहाँ कुनै प्रकारको झार हटाउन विषादी (हर्बिसाइड) छर्कन चाहँदैनन्। नजिकै मिसौरी नदी भएकाले विषादी पानीमा मिसिएर ठूलो चिन्ता निम्तिन सक्थ्यो। त्यस्तै, बर्कले रिभरफ्रन्ट मार्ग हिँडिरहेका मानिसहरूले कङ्क्रिट र भवन मात्र नभई यो प्राकृतिक दृश्यको पनि थोरै आनन्द लिन पाउँछन्,’ उनले थपे।
विश्वकपअघि फुटबलमा आफूलाई थोरै मात्र जानकारी रहेको स्वीकार्दै एल्विसले भने, यो खेलले प्रतियोगिता आयोजना गरिरहेको अमेरिकाको सबैभन्दा सानो शहर कन्सास सिटीका मानिसहरूलाई एकआपसमा जोड्ने कार्य गरेको छ। दुई ‘मेसी’ बीच भेटघाटको कुरा गर्दा, निमन्त्रण अझै खुला रहेको छ। अर्जेन्टिनी स्टार मेसीको यहाँ भ्रमणबारे कुरा गर्दै एल्विसले भने, ‘मलाई थाहा भए अनुसार उनी अहिलेसम्म आएका छैनन्। यदि उनी यहाँ आएर यो सानो मेसीलाई भेट्न चाहन्छन् भने, हामी सबैले स्वागत गर्न खुसी हुनेछौं।’

स्पेन र अस्ट्रियाबीचको महाभिडन्त : खेलाडीहरूलाई ध्यान दिनु अनिवार्य

१८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट (राउन्ड अफ ३२) चरणमा आज राति स्पेन र अस्ट्रियाबीचको महत्त्वपूर्ण खेल हुँदैछ। समूह ‘एच’ मा स्पेनले आफ्नो पारंपरिक ‘टिकी-टाका’ पासिङ खेल तथा युवा विङ्गरहरूको तीव्र गतिमा अस्ट्रियाको रक्षापङ्क्ति भत्काउने प्रयास गर्नेछ। अर्कोतर्फ, अस्ट्रियाले समूह ‘जे’ को अन्तिम खेलमा अल्जेरियाविरुद्ध ऐतिहासिक पुनरागमन गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ र उनीहरूको सङ्गठित डिफेन्स र उच्च दबाव दिने रणनीति प्रख्यात छ।

दुवै टोलीका केही प्रमुख खेलाडीको प्रदर्शन आजको खेलमा निर्णायक भूमिका निर्वाह गर्न सक्छ। स्पेनका लागि १८ वर्षीय लामिन यमालले साउदी अरेबियाविरुद्ध उत्कृष्ट गोल र असिस्ट गर्दै आफ्नो उत्कृष्ट लय प्रमाणित गरिसकेका छन्। निको विलियम्सको अनुपस्थितिमा यमाल स्पेनको आक्रमणको मुख्य हतियार हुनेछ। मिकेल ओयारजबाल र डानी ओल्मो पनि स्पेनको आक्रमक टोलीलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।

अस्ट्रियाका लागि अनुभवी मिडफिल्डर मार्सेल साबिट्जर र कप्तान डेभिड अलाबा स्पेनको आक्रमण रोक्न प्रमुख जिम्मेवारीमा हुनेछन्। सासा कालाजिकले अल्जेरियाविरुद्ध इन्जुरी समयमा गरेको गोलले अस्ट्रियालाई नकआउट चरणमा पुर्याएको थियो। आजको खेलमा दुवै टोलीका रणनीतिहरू निर्णायक हुनेछन्।

‘श्रीमती’ले दारी काटेको देखेपछि रहस्य खुलेपछि विवाद बढ्दै हत्या भयो

आजकाल अधिकांश प्रेम सम्बन्धहरू सामाजिक सञ्जालबाट सुरु हुन्छन्। यसरी सुरु भएको सम्बन्ध कतिपयलाई राम्ररी अगाडि बढ्छ भने कतिपयको बीचमा टुट्छ। केही सम्बन्धमा रोचक कथाहरू देखिन्छन् भने केही धोकाधडी र अपराधमा परिणत हुन्छन्। भारतमा यस्तै एक घटनाले अहिले चर्चा बटुलेको छ। एक युवक र ‘युवती’ बीच सामाजिक सञ्जालबाट प्रेम सम्बन्ध बस्छ। युवकले ती व्यक्तिलाई सिन्दूर लगाएर पत्नी पनि बनाउँछन्। केही समय सँगै बिताएपछि ती व्यक्ति वास्तवमा केटा भएको पत्ता लाग्छ। विवाद बढेपछि सम्बन्ध हत्या घटनामा परिणत हुन्छ।

शव भेटिएपछि रहस्य खुलेको थियो। जुन २५ मा गुजरातको राजकोटस्थित मस्कट गेट रेल्वेको बलतिर महिलाको लुगा लगाएको एक शव फेला परेको थियो। शव कुहिएको अवस्थामा थियो। प्रारम्भिक अनुसन्धानले यो कुनै दुर्घटनाले मृत्यु भएको ठानेको थियो। पोस्टमार्टम गर्दा मृतकको टाउकोमा गम्भीर चोट लागेको प्रमाण प्राप्त भयो। प्रहरीले निष्कर्ष निकाले कि यो मृत्यु दुर्घटना नभई हत्या हो। फरेन्सिक रिपोर्ट, सीसीटिभी फुटेज, स्थानीयका बयान आदि अध्ययन गरी अनुसन्धान अघि बढाइयो।

अनुसन्धानपछि राजकोटकै एक कारखानामा काम गर्ने २० वर्षीय पियुष कुमार खरवारलाई पक्राउ गरियो। प्रहरीले सोधपुछ गर्दा पियुष कुमारले दोष स्वीकारे। प्रेमदेखि हत्यासम्म पियुष कुमारको बयान अनुसार हत्या गरिएका व्यक्तिसँग उनको तीन वर्षदेखि सम्बन्ध थियो। उत्तर प्रदेशका पियुष कुमार कामका लागि हैदरावादमा हुँदा सामाजिक सञ्जालमा केटीको रुपमा भेट भएको थियो। फेसबुकमा ‘निशा’ र इन्स्टाग्राममा ‘पूनम’ नाम राखेका ती व्यक्तिसँग पियुष कुमारको कुराकानी सुरु भयो। तर ती व्यक्तिको वास्तविक नाम चन्दन कुमार थियो। उनी पियुष कुमारसामु केटी बनेर प्रस्तुत भएका थिए।

यसरी सम्बन्ध अगाडि बढ्यो। थोरै समयमा उनीहरू सँगै बस्न थाले। पियुषले चन्दनलाई सिन्दूर लगाएर पत्नी जस्तो स्वीकार गरेका थिए। पियुषको शारीरिक सम्बन्धको आग्रहलाई चन्दनले धार्मिक प्रतिज्ञा भन्दै टारिरहेका थिए। उनले निश्चित समयसम्म शारीरिक सम्बन्ध नराख्ने बताए र त्यो प्रतिज्ञा सकिएपछि सम्बन्ध सुरु गर्ने बताएका थिए। एक दिन पियुषले चन्दनलाई दाह्री काटेको देखेपछि उनको वास्तविकता बुझ्यो। आफूले सिन्दूर लगाएर पत्नी बनाएको व्यक्ति समलिंगी पुरुष रहेछ भन्ने थाहा पाएपछि पियुष टाढिन खोजे। पियुष चन्दनलाई छोडेर उत्तर प्रदेश भागे, तर चन्दनले पछि गरे। त्यहाँबाट पनि भागेर राजस्थान हुँदै राजकोटसम्म पुगे पनि चन्दनले साथ छोडेन।

राजकोटको पडवाला क्षेत्रमा पियुषले कारखानामा काम गर्थे। जून २१ मा त्यही कारखानामा झगडा भयो। झगडापछि पियुषले चन्दनलाई फकाएर रेलवे ट्रयाक नजिकै एकान्त ठाउँमा लगे र डुङ्गाले टाउकोमा प्रहार गर्दै हत्या गर्यो। हत्यापछि शवलाई ढुंगाको मुनी लुकाएर आफू काममा फर्किए। राजकोट ग्रामीण प्रहरी अधीक्षक विजय सिंह गुर्जरले भने, फरेन्सिक प्रमाण, सीसीटीभी फुटेज तथा साक्षी बयानका आधारमा आरोपी पक्राउ गरिएको छ। उनी थप्दै छन्, आरोपीविरुद्ध भारतीय दण्ड संहिता (हत्या) को धारा १०३(१) अन्तर्गत मुद्दा दर्ता भइसकेको छ र अनुसन्धान जारी छ।

रुस र युक्रेनबीच अर्को चरणको युद्धबन्दी साटासाट गर्ने तयारी

१८ असार, काठमाडौं । रुस र युक्रेनबीच अर्को चरणको युद्धबन्दी साटासाट गर्ने तयारी भइरहेको छ। दुवै पक्षका बन्दीहरूको नामावली प्रमाणीकरण गर्ने प्रक्रिया जारी रहेको रुसकी मानव अधिकार ओम्बुड्सवुमन याना लान्त्रातोभाले जानकारी दिएकी छन्। रुसको दैनिक पत्रिका ‘इज्वेस्तिया’ लाई दिएको अन्तर्वार्तामा लान्त्रातोभाले युद्धबन्दी साटासाटको प्रक्रिया निरन्तर अगाडि बढिरहेको र चाँडै नयाँ चरणको आदानप्रदान हुनेमा आफू आशावादी रहेको बताएकी छन्।

सुरक्षा संवेदनशीलता र अन्तिम नतिजामा असर पर्ने सम्भावनाका कारण साटासाटको निश्चित मिति र विस्तृत विवरणहरू सार्वजनिक गर्न नसकिने उनले स्पष्ट पारिन्। यद्यपि, दुवै देशका अधिकारीहरू बीच नियमित सम्पर्क भइरहेको, नामावलीहरूमा काम भइरहेको र चाँडै यसको सकारात्मक परिणाम आउने विश्वास लान्त्रातोभाले व्यक्त गरेकी छन्। यसअघि, जुन २६ मा रुसी रक्षा मन्त्रालयले युक्रेनको नियन्त्रणमा रहेका १६० जना रुसी सैनिकलाई रिहा गराई स्वदेश फर्काएको थियो। त्यसको बदलामा १६० जना युक्रेनी सैनिकलाई युद्धबन्दीको रूपमा युक्रेनलाई हस्तान्तरण गरिएको रिपोर्ट सार्वजनिक गरिएको थियो।

ट्रुम्यानको पेन्सनदेखि ट्रम्पका अर्बौँ रुपैयाँसम्म – कुनै राष्ट्रपतिले नदेखेको आम्दानी

ह्यारी ट्रुम्यानले राष्ट्रपति पद सकिएपछि ह्वाइट हाउस छाड्दा उनीसँग मात्र सैनिक सेवा निवृत्तिपछि मासिक ११३ डलरको पेन्सन थियो। अमेरिकाका ३३औँ राष्ट्रपतिले पछि लेखेका थिए – “राष्ट्रपतिको पदको प्रतिष्ठा वाणिज्यीकरण गर्नु गलत हो।” जर्ज डब्लु बुशले आफ्नो व्यक्तिगत लगानी ‘ब्लाइन्ड ट्रस्ट’ मा राखेका थिए, राष्ट्रपति पद सम्हाल्नु अगाडि नै। उनले सन् २००८ को आर्थिक संकटले आफ्नो सम्पत्तिमा कस्तो प्रभाव पारेको थाहा नपाएको बताएका थिए।

तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष करिब १.४ अर्ब डलर (लगभग २ खर्ब रुपैयाँ) क्रिप्टोकरेन्सी कारोबारबाट कमाएको वित्तीय विवरणमा उल्लेख छ। “यसको कुनै उदाहरण छैन,” युनिभर्सिटी अफ भर्जिनियाको मिलर सेन्टरका राष्ट्रपत्य इतिहासविद् बार्बरा पेरीले भनिन्। “यसअघि कहिले देखिएको थिएन।” ९२७ पृष्ठको त्यस विवरणमा उनले सेलेब्रेसन कोइन्सबाट ६३ करोड ५० लाख डलर रोयल्टी पाएको उल्लेख छ।

ह्वाइट हाउसले ट्रम्पले ‘राष्ट्रपतिको पदबाट नाफा कमाएको छैन’ दाबी गरेको छ। ट्रम्पले भनेका छन्, ‘सबैजना स्टक बजारको वृद्धिबाट नाफा कमाइरहेका छन्’ र आफ्नो निजी कारोबारमा संलग्न नरहेको बताएका छन्। उक्त वित्तीय विवरण अनुसार क्रिप्टो कारोबारबाट कुल कमाइ १ अर्ब ४३० करोड डलरभन्दा बढी छ, जुन करिब २ खर्ब १७ अर्ब रुपैयाँ हुन्छ।

गत वर्ष ट्रम्पको कुल आम्दानी २.२ अर्ब डलर (३ खर्ब ३४ अर्ब रुपैयाँ)भन्दा बढी पुगेको छ, जबकि अघिल्लो वर्ष त्यो केवल ६० करोड डलर (९१ अर्ब रुपैयाँ) थियो। उनका व्यापारिक कारोबार छोराहरूलाई समर्पित ट्रस्टमार्फत् सञ्चालन भइरहेको ह्वाइट हाउसले अनि भन्छ कि यसमा स्वार्थको द्वन्द्व छैन। ह्वाइट हाउसकी डिप्युटी प्रेस सेक्रेटरी एना केलीले राष्ट्रपतिले अमेरिकालाई गौरवका साथ “विश्वको क्रिप्टो राजधानी” बनाएको बताइन्।

इरानले आयतुल्लाह अली खामेनीको हत्याको प्रतिशोध लिन घोषणा गर्यो

१८ असार, काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले आयतुल्लाह अली खामेनीको हत्याको बदला लिने घोषणा गरेको छ । सुरक्षा परिषद्का सचिव मोहम्मद बाकर जोलकदद्वारा जारी गरिएको सन्देशमा खामेनीको हत्याको बदला लिने कुरा उल्लेख गरिएको छ । इरानी मिडियाले मोहम्मद बाकरद्वारा हस्ताक्षरित उक्त सन्देश प्रकाशित गरेका छन्।

बीबीसीका अनुसार, सन्देशमा खामेनीको हत्याको बदला हत्यारूबाट अवश्य पनि लिइने उल्लेख गरिएको छ । मोहम्मद बाकरको सो सन्देश सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत जारी गरिएको हो । इरानका सर्वोच्च नेता खामेनीको २८ फेब्रुअरी २०२६ मा अमेरिकी आक्रमणमा परी मृत्यु भएको थियो । उक्त आक्रमण इरानमाथि अमेरिकी र इजरायलको पहिलो आक्रमण थियो।

त्यस आक्रमणमा धेरै अन्य महत्वपूर्ण इरानी अधिकारीहरूका साथै उनका परिवारका केही सदस्यहरू पनि मारिएका थिए । खामेनीको अन्तिम संस्कार समारोह ४ देखि ८ जुलाईसम्म तेहरान, कोम र मशहदमा गरिने छ, बीबीसीले जनाएको छ। ‘शोक सभा इराकका सहरहरू बगदाद, काजमिन, कर्बला र नजफमा पनि आयोजना गरिनेछन्,’ समाचारमा भनिएको छ।

इतिहास र वर्तमानमा नर्वेको भाइकिङ रो

आइभरी कोष्टसँगको खेलअघि काठमाडौंमा रहेको नर्वेजियन दूतावासले पनि भाइकिङ रो गर्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेको थियो। विश्वकपमा २८ वर्षपछि फर्किएको नर्वेको टोलीलाई समर्थन गर्न समर्थकहरूले ‘भाइकिङ रो’ नामक विशेष सांस्कृतिक अभियान सञ्चालन गरिरहेका छन्। नर्वेका सांसदहरूले समेत संसद बैठकमा भाइकिङ रो प्रदर्शन गरेर आफ्ना खेलाडीहरूको उत्साहवर्द्धन गर्ने क्रममा राष्ट्रिय गौरवको यी अभियानमा सक्रिय सहभागिता जनाएका छन्। प्राथमिक विद्यालयका शिक्षक ओले फ्रोयस्तादले परिकल्पना गरेको यस अभियान फुटबल मैदानबाट सुरु भएर अमेरिका र युरोपका जनजीवनसम्म फैलिएको छ। न्यूयोर्कको टाइम्स स्क्वायर्समा मान्छेहरूको निकै उपस्थिति छ। यो भीड सधैंझैँ अस्तव्यस्त छैन। रातो ज्यर्सी लगाएका थुप्रै मानिसहरू सिँढीहरूमा बसेका छन्। त्यसै बीच ठूलो हर्न बज्छ। भाइकिङ शैलीको सिंहको आकृतिको टोपी लगाएका एक व्यक्तिले ड्रममा ताल झिक्छन्। त्यसपछि देखिएको दृश्य धेरैका लागि रोमाञ्चक बन्दैछ – सबै जना एकै समयमा भुइँमा बसेर काल्पनिक रूपमा डुङ्गा चलाएको अनुभव गर्दै एउटै लयमा चिच्याउँछन् – रो! रो!! रो!!! यो कुनै फिल्मको सुटिङ थिएन, न त धार्मिक अनुष्ठान थियो। यो २८ वर्षपछि विश्वकप मञ्चमा फर्किएको नर्वे टोलीको उत्साहमा जोडिन समर्थकहरूले गरेको ‘भाइकिङ रो’ थियो। अहिले नर्वेको टोलीले जितेको हरेक खेलपछि भाइकिङ रो गर्दै आएका छन्। अब यो भाइकिङ रो मैदानभित्र मात्र नभई मैदान बाहिर पनि देखिन थालेको छ। नर्वेका फ्यानहरू एक स्थानमा जम्मा हुँदा वा कुनै कार्यक्रममा भाइकिङ रो सुरु हुने गरेको छ। यत्तिकै होइन, ८ असारमा नर्वेको संसद्मा समेत सांसदहरूले भाइकिङ रो गरेर राष्ट्रिय उत्साह व्यक्त गरेका थिए। सांसदहरूले नियमित बैठक रोकेर भाइरल भएको भाइकिङ रो प्रदर्शन गरे। सदनका अध्यक्ष मासुद घाराखानीले यसको नेतृत्व गरेका थिए। उनीहरूले देश विश्वकप पुगेसँगै टोलीलाई उत्साह दिनका लागि यस्ता कदम चालेका थिए। त्यस्तै, ‘राउन्ड अफ ३२’ मा आइभरी कोष्टसँगको खेलअघि काठमाडौँस्थित नर्वेजियन दूतावासले पनि भाइकिङ रो गरेको भिडियो सामाजिक सञ्जालमा साझा गरेको थियो। विश्वकप सुरु हुनुअघि नर्वेले यसलाई ‘भाइकिङ अभियान’ नामक सांस्कृतिक कार्यक्रमको रूपमा घोषणा गरिसकेको थियो। अहिले यो अभियान अमेरिका, मेक्सिको, र क्यानडाका रंगशालामा मात्र नभई सामाजिक सञ्जाल र सडकहरूमा समेत सांस्कृतिक हुरी जस्तै फैलिरहेको छ।