Skip to main content

लेखक: space4knews

विश्वकपमा डेविस क्यानडाका कप्तान, तर उनको कथा क्यानडाबाट सुरु भएन

काठमाडौं । अल्फोन्सो डेविस.. रंगशालामा हजारौं समर्थकहरूले उनको नाम लिएर चिच्याइरहेका हुन्छन् । राष्ट्रिय गान बजिरहेको बेला उनी टोलीमा सबैभन्दा अगाडि उभिएका हुन्छन् । विश्व फुटबलका उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा गरिरहेका छन् । आज उनको जित क्यानडाको जित हो । उनको सफलता क्यानडाको गर्व हो । तर, उनको कथा क्यानडाबाट सुरु हुँदैन । किनभने उनी क्यानडाका कप्तान हुन्, तर उनी क्यानडा आएर जन्मेका होइनन् । आजभन्दा २५ वर्षअघि उनको न कुनै राष्ट्र थियो न घर थियो । केवल युद्धबाट बचेको जीवन थियो । लाइबेरियाको गृहयुद्धले उनीहरूको सबैथोक खोसेको थियो । उनी शरणार्थी थिए, जो अहिले शक्तिशाली देश क्यानडाको कप्तान बनेर उभिएका छन् । कप्तान अल्फोन्सो डेविसको जीवनकथा कुनै चलचित्रभन्दा कम छैन । र उनको जीवन यात्रा कुनै हिरोको भन्दा फरक छैन ।

युद्धले बदलिदिएको जीवन सन् १९८९ मा सुरु भएको गृहयुद्धले त्यहाँका लाखौं परिवारको अस्तित्व र जीवनको दिशा नै परिवर्तन गरिदियो । युद्धले केवल देशलाई टुक्र्याएन, हजारौं परिवारको जीवन तहसनहस बनायो । गाउँहरू उजाड भए, मानिसहरू मरे । लाखौं नागरिक विस्थापित भए । डेविसका आमाबुबाले पनि अन्ततः कठोर निर्णय गर्नुपर्‍यो । उनीहरूले आफ्नो घर छोडे, आफ्नो देशसँगै सपना छोडे र आफ्ना सम्झनाहरू पनि । ज्यान जोगाउनकै लागि । उनीहरू घाना पुगे । त्यहाँ उनीहरूले बुडुबुराम शरणार्थी शिविरमा आश्रय पाए । त्यही शिविरमा २००० नोभेम्बर २ मा अल्फोन्सो डेविस जन्मिए । उनी जन्मिएको भू–भाग आफ्नै देशको थिएन । उनी सुविधासम्पन्न अस्पतालमा थिएनन् । त्यो यस्तो ठाउँ थियो जहाँ मानिसहरू भविष्य बनाउन होइन, भविष्य बचाउन संघर्ष गरिरहेका थिए । जसको प्रत्येक बिहान नयाँ अनिश्चिततासँग सुरु हुन्थ्यो र भोलि के हुन्छ भनेर कसैले अनुमान गर्न सक्दैनथ्यो ।

डेविसले आफ्नो जीवनको पहिलो अध्याय सुरू गरे । उनी बाल्यकालका ती दिनहरू धेरै सम्झँदैनन् । तर उनका आमाबुबाले भोगेको संघर्षले उनको सम्पूर्ण जीवनलाई आकार दिएको छ । उनीहरू चाहन्थे आफ्ना छोराछोरीहरुले आफुले भोगेको जीवन नपुर्न् । त्यसका लागि उनीहरूले जुनसुकै कठिनाइ सामना गर्न तयार थिए र त्यसैले पुगे, क्यानडा । नयाँ देश, नयाँ सुरुवात डेविस पाँच वर्षको हुँदा परिवारको जीवनमा ठूलो मोड आयो । क्यानडाले उनीहरूलाई शरणार्थीका रूपमा पुनर्वास गरेको थियो । सन् २००६ तिर उनीहरू क्यानडामा पुगेपछि एडमण्टन, अल्बर्टामा नयाँ जीवन शुरू भयो । त्यहाँ पुगेपछि परिवारको जीवन रातारात बदलिएको थिएन । उनीहरू युद्धबाट टाढा भए तर आर्थिक संघर्ष अझै त्यहाँ थियो । नयाँ संघर्ष शुरू हुन बाँकी थियो ।

होर्मुजमा अलपत्र परेका नाविकहरूको उद्धार गर्न संयुक्त राष्ट्रसंघको तयारी

अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको युद्धका कारण खाडी क्षेत्रमा अलपत्र परेका ११,००० भन्दा बढी नाविकहरूको संयुक्त राष्ट्रसंघीय निकायले उद्धार गर्ने तयारी गरेको छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आईएमओ) का महासचिवले इरान, ओमान, अमेरिका लगायतका अन्य तटीय राष्ट्र र समुद्री उद्योगहरूसँगको सहकार्यमा ठूलो स्तरको उद्धार कार्य सञ्चालन गरिने बताउनुभएको छ। उहाँले यसका लागि आवश्यक सुरक्षा सुनिश्चितता कायम गरिएको जानकारी दिनुभयो।

गत साता अमेरिका र इरानबीच समझदारीपत्रमा हस्ताक्षर भएसँगै मध्यपूर्वको युद्ध रोकिएको छ। तर, अन्तरिम सम्झौताका विवरणबारे दुई पक्षबीच अझै मतभेद जारी छ। इरानको परमाणु अस्त्र कार्यक्रम अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को निगरानीमा राखिने सुनिश्चितता समझदारीपत्रमा समावेश भएको अमेरिकी दाबी रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार सामाजिक सञ्जालमा पोष्ट गर्दै “इरानले पूर्णतरुपमा र दीर्घकालीन रूपमा उच्चस्तरीय आणविक निरीक्षण स्वीकार गरेको” उल्लेख गर्नुभएको छ।

तर, ट्रम्पले उक्त पोष्ट गर्नुभन्दा केही समयअघि इरानले संयुक्त राष्ट्रसंघीय निकायले गत वर्ष अमेरिका र इजरायलले बमबारी गरेका परमाणु स्थलहरूको निरीक्षण गर्न नसक्ने बताएको थियो। यसको जवाफमा एक अमेरिकी अधिकारीले इरानले आईएईएको निगरानी स्वीकारेको र इरानी अधिकारीहरूको भनाइ आन्तरिक खपतका लागि मात्रै हुन सक्ने बताएका छन्। इरानका राष्ट्रपति मसुद पेजेस्कियानले मङ्गलवार पाकिस्तान भ्रमणका क्रममा इरानले “आफ्नो प्रतिरक्षा क्षमताबारे कुनै पनि परिस्थितिमा र कसैसँग पनि वार्ता नगर्ने” स्पष्ट पार्नुभयो।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पेजेस्कियानसँग संयुक्त पत्रकार सम्मेलन गरेका थिए। त्यहाँ शरीफले बलिस्टिक क्षेप्यास्त्र विषयमा अमेरिका र इरानबीच कुनै छलफल नभएको र त्यो विषय “एजेन्डामा नरहेको” जानकारी दिनुभयो। वार्ताको मध्यस्थता गरेका शरीफका अनुसार समझदारीपत्रमा यसबारे केही उल्लेख छैन। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले संयुक्त अरब एमिरेट्सबाट खाडी क्षेत्रको भ्रमण सुरु गरेका छन्। मङ्गलवारदेखि सुरु भएको भ्रमण क्रममा उनी कुवेत र बाहरेन पनि भ्रमण गर्ने योजना बनाएका छन्। यी देशहरूमा अमेरिकी सैन्य अड्डाहरू छन्। रुबियोले यो भ्रमणका क्रममा तेहरानसँगको सम्झौताबारे छलफल गर्ने अपेक्षा गरिएको छ।

इरानले होर्मुज जलमार्गमा जहाजहरूबाट शुल्क उठाउने प्रयास गरिरहेको अवस्थामा रुबियोले कुनै देशले उक्त जलक्षेत्रमा शुल्क लगाउन नपाउने चेतावनी दिएका छन्। “यो अन्तर्राष्ट्रिय जलमार्ग हो। यहाँ कुनै देशले शुल्क लगाउन पाउँदैन। यो अन्तर्राष्ट्रिय कानुन हो,” यूएई पुगेर उनले भन्नुभयो। “यस विषयमा हामीले कसैलाई फकाउनु पर्ने छैन। यो क्षेत्रका सबै राष्ट्रहरू हाम्रो कुरामा सहमत हुने विश्वास छ।” अलपत्र परेका नाविकहरूको उद्धार कार्य समेत होर्मुज जलमार्ग खुल्ने विषयमा निर्भर छ। आईएमओका महासचिवले यो अभियानलाई “समुद्री सुरक्षा पुनः स्थापना गर्ने र गैरसैनिक जहाजमाथि भइरहेका स्वीकार्य नभएका आक्रमण अन्त्य गर्ने दिशामा महत्वपूर्ण कदम” बताउनुभएको छ। आईएमओको उद्धार योजनाअनुसार होर्मुज जलमार्गका दुई वटा अस्थायी मार्ग प्रयोग गर्न सकिने छन्। जहाजहरूलाई थप निर्देशन आवश्यक परे सबैमा सूचना दिइने व्यवस्था छ। फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु भएपछि होर्मुज जलमार्ग बन्द भएपछि धेरै नाविकहरू अलपत्र परेका थिए।

इरानले सैन्य रणनीति परिवर्तन गर्दै ‘रक्षात्मक होइन, आक्रमणमुखी रणनीति’ अवलम्बन गर्यो

१० असार, काठमाडौं । इरानले आफ्नो सैन्य नीतिमा महत्वपूर्ण परिवर्तन गरेको जनाएको छ। इरानले परम्परागत रक्षात्मक रणनीतिबाट हटेर ‘अफेन्सिभ डक्ट्रिन’ अर्थात् आक्रमक सैन्य नीति अपनाएको छ। इरानी सेनाका वरिष्ठ कमाण्डर अहमद रेजा पुरदस्तानले फार्स न्यूजल एजेंसीसँग कुरा गर्दै यो जानकारी दिएका थिए, जसलाई विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन्।

पुरदस्तानका अनुसार, इरान अब केवल प्रतिरक्षात्मक कदममा सीमित छैन, आवश्यक परे पहिले नै आक्रमण गर्न सक्षम हुनेछ। ‘राष्ट्रिय हित आवश्यक परे, इरानले त्यस किसिमका मोर्चामा पनि आक्रमण गर्न सक्छ जहाँ शत्रुले अनुमान समेत लगाउने सपना पनि देखेको हुँदैन,’ उनले बताए। अमेरिका र इजरायलको संयुक्त आक्रमणले इरानको सैन्य क्षमता कमजोर हुँदै गएको दाबी गरिँदै आएको समयमा पुरदस्तानको यस्तो भनाइ सार्वजनिक भएको हो।

उनले भने, इरानको ठूलो सैन्य क्षमता अझै पूर्ण रूपमा प्रयोगमा आएको छैन र लेबनानको सुरक्षा सुनिश्चित गर्न समेत इरान तयार रहेको छ। अलजजिरा अनलाइनका अनुसार, पूर्व सर्वोच्च नेता अली खामेनीको कार्यकालमा इरानी सेनाले ‘रणनीतिक धैर्य’ नामक नीति अपनाएको थियो। विशेषज्ञहरूले यसलाई ‘सावधानीपूर्वक र योजनाबद्ध संयम’ को नीति भनी व्याख्या गर्छन्, जसले परोक्ष टकरावभन्दा प्रतिरोधमा जोड दिने थियो। तर, अमेरिका र इजरायलसँगको संघारिक द्वन्द्वपछि इरानले ‘सक्रिय र अभूतपूर्व प्रतिरोध’ नीति अवलम्बन गरेको छ, जसअन्तर्गत कुवेत, यूएई, बहराइन लगायत इजरायलमाथि पनि आक्रमण गरेको बताइन्छ। २०७९ फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको भनिएको छ। हाल उनका छोरालाई सर्वोच्च नेता घोषणा गरिएको भए पनि उनी सार्वजनिक रूपमा देखिएका छैनन्।

क्रोएसियाले पानामासँगको खेलमा अग्रता बनायो

१० असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत पानामासँग भइरहेको खेलमा क्रोएसियाले पहिलो पटक अग्रता लिएको छ । क्यानडाको टोरन्टो स्टेडियममा जारी खेलमा क्रोएसियाका एन्टे बुडिमिरले दोस्रो हाफमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन् । उनले ५३औं मिनेटमा जोसिफ स्टानिसिकको पासमा गोल गरेका थिए । पहिलो खेलमा इंग्ल्यान्डसँग ४-२ ले पराजित भएको क्रोएसियाले यस खेलमा पहिलो जितको आकांक्षा राखेको छ । त्यस्तै, पानामाले आफ्नो पहिलो खेलमा घानासँग १-० ले पराजित भएको थियो ।

रेबिज खोपको अभाव: अस्पतालहरूले ‘पैँचो र सिधा खरिद गरेर’ समस्या समाधान गर्दै

पछिल्ला केही दिनदेखि रेबिज बिरुद्धको खोप अभाव भइरहेका विवरणका बाबजुद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ताले त्यसको भण्डारणमा “पूरै रित्तिएको अवस्था नरहेको” दाबी गरेका छन्। तर अधिकारीहरूले पछिल्लो मौजुदा खोपको विवरण भने सार्वजनिक गरेका छैनन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले गत साता बुधबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको उत्तर दिने क्रममा तत्कालीन अवस्थाको जानकारी दिएकी थिइन्। त्यसबेला उनले देशभर १४ हजार ४७४ भाइल रेबिज खोप मौजूद रहेको उल्लेख गरेकी थिइन्। मङ्गलवार बीबीसीसँग कुरा गर्दै मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारी भण्डारणमा “केही मात्रामा खोपहरू रहेको र ती प्रयोग भइरहेको” बताए।

“खोप खरिदका बोलपत्र आह्वानका क्रममा अघिल्ला दुई पटक आवेदन नपरेपछि तेस्रोपटक प्रक्रिया अघि बढेको छ। यो अन्तिम चरणमा पुगेको छ र त्यसपछि सम्भवत: चाँडै आउँछ,” सहप्रवक्ता अधिकारीले भने। नेपालमा रेबिजका कारण काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पछिल्ला दुई वर्षमा २६ जनाको मृत्यु भएको बताएको छ। नेपालमा वार्षिक करिब १०० जनासम्म रेबिजका कारण मृत्यु हुने सरकारी विवरणमा उल्लेख छ। सबै रेबिजका घटना तथ्याङ्कमा नपर्न सक्ने समेत बताइन्छ। नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट फैलने रेबिज रोग उन्मूलन गर्ने लक्ष्य राखेको छ।

सङ्क्रमित कुकुर वा अन्य जनावरले टोकिसक्दा समेत समयमै खोप लगाएर बच्न सकिने रोग भएता पनि त्यसकारण मानिसहरूमा मृत्यु हुने अवस्थालाई चिकित्सकहरूले “निकै दुर्भाग्यपूर्ण” भन्दै चिन्ता व्यक्त गर्छन्। बुधबार प्रतिनिधिसभामा बोल्दै स्वास्थ्यमन्त्री मेहताले तत्कालको अभाव पूर्ति गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) मार्फत् झण्डै ४,५०० भाइल रेबिज खोप सहायता स्वरूप प्राप्त हुने प्रक्रियाको अन्तिम चरणमा पुगेको जानकारी दिएकी थिइन्।

सहप्रवक्ता अधिकारी बताउँछन्: “हाल विश्व बजारमा मूल्य वृद्धिका कारण हमीले तोकेको दररेटमा खोप ल्याउन व्यवसायीहरूले नसकेको हुँदा सम्भवत: त्योभन्दा धेरै दरमा आवेदन दिइएकोले खोप समयमा नआएको हो।” तर आकस्मिक अवस्था टार्नका लागि अस्पतालहरूले सिधै खरिद गर्न सक्ने गरी बजेटको व्यवस्था गरिएको डा अधिकारीले बताए। “उच्च लागत र ठूलो परिमाणको खरिद गर्न सार्वजनिक खरिद ऐन अन्तर्गत व्यवस्था गर्नुपर्ने भएकाले समस्या देखिएको हो,” उनले थपे। “अभाव हुँदा छिमेकी अस्पतालहरूले पैँचो लिएर व्यवस्थापन गर्ने प्रबन्ध पनि छ।”

चिन्ताटेकु अस्पताल, अर्थात शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नेपालकै प्रमुख सरुवा रोगसम्बन्धी उपचार केन्द्र हो। अस्पतालका निर्देशक डा अनुप बास्तोलाले दैनिकजसो औसत ६०० देखि ७०० जना मानिसहरू रेबिज खोप लगाउन आउने गरेको र केही महिनाहरूमा २० हजारभन्दा बढी खोप लगाइएको बताउँछन्। स्वास्थ्यकर्मीहरूका अनुसार नेपालमा ९९ प्रतिशत रेबिज घटना परपालुवा जनावर कुकुरको टोकाइबाट हुन्छ। अन्य घटना स्याल र फ्याउरो जस्ता जनावरबाट टोकाइका कारण हुने पाइएको छ।

डा बास्तोलाका अनुसार, “जब रेबिजको लक्षण लिएर बिरामी आउँछन्, तब उनीहरूको मृत्यु हुने सम्भावना धेरै हुन्छ। धेरै हालतमा मानिसले सुरुदेखि नै हेलचेक्र्याइँ गर्ने भएकाले मृत्यु भइरहेका छन्।” चिकित्सकहरूले कुकुरले टोकेपछि घाउलाई सकेसम्म चाँडो सफा पानीले धेरै मिनेटसम्म धोउन सुझाव दिन्छन्। रेबिज भाइरसले केन्द्रीय स्नायु प्रणालीमा सङ्क्रमण गर्छ। त्यसैले मानिसमा एकपटक सङ्क्रमण भइसकेपछि बिरामीलाई बचाउन असंभव हुने चिकित्सकहरूको भनाइ छ। रेबिज भाइरस शरीरभित्र प्रवेश गरेपछि फैलने र लक्षण देखिने अवधि सामान्यतया छ महिनासम्म हुन्छ।

यसले इन्क्युबेशन समयमै भाइरस नष्ट गर्ने र रेबिज लाग्ने सम्भावना कम गर्ने व्याख्या डा बास्तोलाले गरेका छन्। उनले भने, “यसै हप्ता टेकु अस्पतालमा मृत्यु भएका ४८ वर्षीय पुरुषलाई तीन महिनाअघि भारतमा वयस्क कुकुरले र त्यसपछि नेपालमा छाउराले टोकेको विवरण प्राप्त भएको छ। यहाँको कुकुर जीवित भएकाले भारतमा भएको टोकाइबाट रेबिज सर्न सक्ने शक्यता छ। लक्षण देखिएपछि उपचारका प्रयासहरू भए पनि ज्यान जोगाउन सकिएन।

ट्रम्पको चेतावनीः इरानले परमाणु स्थल निरीक्षण नगरे वार्ता रद्द गरिने

१० असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका परमाणु स्थलहरूको निरीक्षण गर्न नदिए वार्ता रद्ध गरिने चेतावनी दिएका छन्। उनले भनेका छन् कि इरानले यसअघि नै अन्तर्राष्ट्रिय निरीक्षणको शर्त स्वीकारिसकेको छ र त्यसैले इरानका परमाणु स्थलहरूमा निरीक्षण गरिनुपर्छ। पेन्सिलभेनियामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘यदि उनीहरूले यी विषयहरूबाट पछि हटे भने म तुरुन्तै वार्ता रद्द गर्ने छु।’

हालै स्वीटजरल्याण्डमा भएको अमेरिका र इरानबीचको वार्तामा अमेरिकी पक्षले इरानी तेल बिक्रीमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा ६० दिनका लागि हटाउने र १२ अर्ब डलर बराबरको कोष फुकुवा गर्ने सहमति गरेका थिए। साथै, इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई पुनः आफ्नो मुलुकमा प्रवेश गर्न दिने सहमति जनाएको छ। यसैबीच दीर्घकालीन युद्धविराम स्थापना गर्न थप वार्ताहरू गर्ने सहमति पनि भएको थियो।

ट्रम्पका अनुसार संयुक्त राष्ट्रसंघीय परमाणु निकाय आईएईएको टोली सही समयमा इरान पुगेर त्यहाँको परमाणु कार्यक्रमको निगरानी गर्नेछ। तर, उनले निरीक्षण कहिले सुरु हुन्छ भन्ने स्पष्ट जानकारी भने सार्वजनिक गरेका छैनन्।

क्रोएसियाको राहतदायी विजय

१० असार, काठमाडौं । एन्टे बुडिमिरको एक मात्र गोलमा क्रोएसियाले फिफा विश्वकप २०२६ मा पानामालाई १-० ले पराजित गरेको छ । समूह एलमा रहेको सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाको यो पहिलो जित हो र यस जितले टोलीलाई ठूलो राहत दिएको छ । क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा क्रोएसियाका बुडिमिरले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए । उनले ५३औं मिनेटमा जोसिफ स्टानिसिकको पासमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्ने प्रयास गरेपनि गोल गर्न सकेनन् ।

पहिलो खेलमा इंग्ल्यान्डसँग ४-२ ले पराजित भएको क्रोएसियाले पहिलो जितपछि ३ अंक जोड्न सफल भएको छ र समूह एलमा तेस्रो स्थानमा पुगेको छ । अब क्रोएसियाले अन्तिम खेलमा घानासँग प्रतिस्पर्धा गर्नेछ र उक्त खेल समूह चरण पार गर्ने दृष्टिले निर्णायक हुनेछ । यदि घानालाई पराजित गरेमा क्रोएसिया समूह एलको शीर्ष दुई स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्नेछ ।

पानामा भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिने निश्चित भएको छ । पानामाले आफ्नो पहिलो खेलमा पनि घानासँग १-० ले हार बेहोरेको थियो । पानामाले अब अन्तिम खेल इंग्ल्यान्डसँग खेल्नेछ । यसै खेलमा क्रोएसियाका अनुभवी कप्तान लुका मोडरिचले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो २००औं खेल पूरा गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा २०० खेलको यो उपलब्धि हासिल गर्ने उनी चौथो खेलाडी हुन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले २३०, कुवेतका बाडेर अल-मुटुवाले २०२ र अर्जेन्टिनाका लियोनल मेसीले २०१ खेल खेलेका छन् । मेसीले यसै विश्वकपमा अल्जेरियासँगको पहिलो खेलमा यो कीर्तिमान कायम गरेका थिए ।

विश्वकप २०२६: मेस्सी, म्बाप्पे, हालान र केन गोल्डन बूटको प्रतिस्पर्धामा, को विजेता हुने?

यसपटक विश्वकप इतिहासमा दशकौँपछि ‘गोल्डन बूट’को प्रतिस्पर्धा अत्यन्त रोमाञ्चक भइरहेको छ। जम्मा दुई खेलबाट लियोनेल मेस्सीले पाँच गोल गरिसकेका छन्। किलिअन म्बाप्पे र आर्लिङ हालानले दुवैले चार-चार गोल गरेका छन्। यो विश्वकपको इतिहासमा दोस्रो पटक हो जहाँ तीन खेलाडीहरूले दुई खेलपछि चार वा बढी गोल गरेका छन्। समान कीर्तिमान सन् १९५४ मा कायम भएको थियो।

विश्वका उत्कृष्ट अग्रपङ्क्तिका खेलाडीहरूले यस वर्षको विश्वकपको सुरुवाती चरणदेखि नै अभूतपूर्व गोलहरू हानिरहेका छन्। अस्ट्रियाविरुद्धको खेलमा मेस्सीले दुई गोल गरी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको रेकर्ड बनाएका छन्। फ्लाइट समस्याका कारण ढिला भएको फ्रान्स र इराकको खेलमा म्बाप्पेले दुई गोल गरे। त्यो उनको सयौँ अन्तर्राष्ट्रिय खेल थियो। त्यसपछि गोल प्रहार गर्ने पालो नर्वेका हालानको थियो, जसले पहिलो पटक विश्वकपमा खेल्दै दुई गोल प्रहार गरे र नर्वेले सेनेगललाई पराजित गरी अन्तिम ३२ मा छनौट भयो।

हालको खेल स्थिति यस्तो छ कि एक जनाले जे गरिरहेका छन्, अर्कोले त्यो भन्दा अझ उत्कृष्ट गर्न सक्छ। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा हामी लगातार नयाँ कीर्तिमानहरू तोडिने क्षणहरूका साक्षी हुँदैछौं। फ्रान्सका फुटबल विशेषज्ञ जुलिअन लाउरेन्सले बीबीसीसँग भने, “ठूला खेलाडीहरू सधैं बल आफूसँग राख्न चाहन्छन्। मेरो अनुमानमा उनीहरूले गोल्डन बूटका लागि मात्र होइन, दीर्घकालीन कीर्तिमानहरू तोड्न प्रतिस्पर्धा गरिरहेका छन्।”

एनओसी अवार्डमा जुडोका विजय र कराँतेकी एरिका सर्वोत्कृष्ट खेलाडी घोषित

९ असार, काठमाडौं । जुडोका विजय सिंजाली र कराँतेकी एरिका गुरुङलाई मंगलबार एनओसी अवार्ड २०२६ मा सर्वश्रेष्ठ खेलाडीको रूपमा सम्मानित गरिएको छ। पुरुषतर्फ विजय र महिलातर्फ एरिकाले एनओसी अवार्ड जितेको जानकारी गराइएको छ। यसैगरी कराँतेका कुशल श्रेष्ठलाई एनओसी उत्कृष्ट पुरुष प्रशिक्षक र कबड्डीकी हरिना थापालाई एनओसी उत्कृष्ट महिला प्रशिक्षक घोषित गरियो।

एनओसी उत्कृष्ट युवा खेलाडी २०२६ मा बक्सिङका नुर्बु थेन्डुप शेर्पा र टेनिसकी शिवाली गुरुङलाई सम्मानित गरियो। बक्सर नुर्बुलाई एनओसी सर्वश्रेष्ठ युवा पुरुष खेलाडी र शिवालीलाई एनओसी उत्कृष्ट महिला युवा खेलाडी घोषणा गरिएको छ। एनओसी उत्कृष्ट खेल पत्रकार प्रिन्टको अवार्ड खेलाडी डटकमका सम्पादक अजय फुयालले प्राप्त गरेका छन् भने वरिष्ठ खेल संवाददाता सरिता श्रेष्ठले एनओसी उत्कृष्ट अनलाइन खेल पत्रकार अवार्ड हासिल गरिन्।

एनओसी सर्वश्रेष्ठ क्यामरापर्सनको सम्मान सुदर्शन रञ्जितलाई दिइयो। नेपाल कराँते महासंघलाई उत्कृष्ट संघको रूपमा घोषित गरिएको छ। हरेक विधाका विजेता खेलाडीहरूले ५० हजार रुपैयाँ र ट्रफीसहित कार्पेट पुरस्कार स्वरूप प्राप्त गरेका छन्। न्यु होराइन कार्पेट प्रा.लिले विजेताहरूलाई कार्पेट प्रायोजन गरेको छ।

यसैगरी, एनओसी प्रेसिडेन्सियल अवार्डबाट अशोकरत्न वज्राचार्य, गीता राणा, चतुरानन्द राजवैद्य, नेपाल भूतपूर्व खेलाडी मञ्च, शरदचन्द्र शाह मेमोरियल फाउन्डेसन, थन्डरबोल्ट स्पोर्ट्स एकेडेमी (जेम्स स्कुल), सुर्यलाल भण्डारी र लक्ष्मी श्रेष्ठलाई सम्मानित गरिएको छ। एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले विजेताहरूलाई बधाई दिँदै प्रत्येक वर्ष जुन २३ को दिन ओलम्पिक दिवस मनाउने क्रममा एनओसीले अवार्ड कार्यक्रम गर्दै आएको जानकारी दिए। यसैगरी एनओसी महासचिव राजीव श्रेष्ठले धन्यवाद ज्ञापन गरे भने अवार्ड कार्यक्रमका संयोजक तथा एनओसी उपाध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले स्वागत मन्तव्य राखेका थिए।

इंग्ल्यान्ड र घानाबीच गोलरहित बराबरी, अंक बराबर

बराबरीपछि इंग्ल्यान्ड र घानाले दुवैले ४-४ अंक प्राप्त गरेका छन्। गोलअन्तरको आधारमा इंग्ल्यान्ड अगाडि रहेको छ। १० असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको खेलमा इंग्ल्यान्ड र घानाबीच गोलरहित बराबरी भयो। अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान छिटो सम्पन्न खेलमा इंग्ल्यान्डले गोल गर्ने अवसरहरू सदुपयोग गर्न असफल भएर घानासँग बराबरीमा सन्तुष्ट हुन बाध्य भयो।

पछिल्ला पाँच विश्वकपमध्ये इंग्ल्यान्डले आफ्नो दोस्रो खेलमा बराबरी खेलेको यो तेस्रो पटक हो। यस विश्वकपमा गोलरहित बराबरीमा समाप्त भएको यो तेस्रो खेल हो। यसअघि स्पेन र केप भर्डे लगायत बेल्जियम र इरानबीचको खेल पनि गोलरहित बराबरीमा समाप्त भएका थिए।

कप्तान ह्यारी केनसहित बुकायो साका, एबेरेची एज, मार्कस राशफोर्ड जस्ता फरवार्डहरूको टोली इंग्ल्यान्डको फिनिसिङ भने चुस्त हुन सकेन। केनले पहिलो खेलमा क्रोएसियाविरुद्ध दुई गोल गरे तापनि आज गोल गर्न सकेनन्। ७९ प्रतिशत बल नियन्त्रण गरेको इंग्ल्यान्डले विपक्षी टोलीलाई पूर्ण नियन्त्रणमा राख्यो र कुल १९ प्रहार गर्यो। बराबरीपछि इंग्ल्यान्ड र घानाले दुवैले ४-४ अंक हासिल गरेका छन्। गोलअन्तरको आधारमा इंग्ल्यान्ड अघि छ। दुवै टिमसँग नकआउट चरणमा पुग्ने सम्भावना बलियो छ।

यस बराबरीले पहिलो खेलमा पराजित क्रोएसिया र प्यानामालाई पनि केही अवसर दिएको छ। क्रोएसिया र प्यानामा बुधबार बिहान पौने ४ बजे प्रतिस्पर्धा गर्नेछन्। इंग्ल्यान्डले समूहको अन्तिम खेलमा प्यानामासँग प्रतिस्पर्धा गर्नेछ भने घानाले क्रोएसियाको सामना गर्नेछ।

क्रिस्टियानो रोनाल्डो ६ लगातार विश्वकपमा गोल गर्ने पहिलो फुटबलर बने

क्रिस्टियानो रोनाल्डो लगातार ६ पटक फिफा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। ९ असार, काठमाडौं। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले लगातार ६ फिफा विश्वकपमा गोल गर्ने कीर्तिमान स्थापित गरेका छन्। फिफा विश्वकप २०२६ को समूह के अन्तर्गत उज्बेकिस्तानविरुद्धको खेलमा गोल गरेपछि रोनाल्डोले यो महत्वपूर्ण उपलब्धि हासिल गरेका हुन्।

रोनाल्डोले सन् २००६ देखि २०२६ सम्म लगातार ६ विश्वकप प्रतियोगितामा खेलेर सबैमा गोल गर्न सफल भएका छन्। यसअघि समूहको पहिलो खेलमा डिएर कंगोविरुद्ध गोल गर्न नसकेका रोनाल्डोले उज्बेकिस्तानविरुद्ध खेलको छैटौं मिनेटमै गोल गर्दै पोर्चुगललाई अघि बढाएका छन्। सन् २००६ को डेब्यु विश्वकपमा रोनाल्डोले १ गोल गरेका थिए भने २०१० र २०१४ मा समान रूपमा १-१ गोल गरेका थिए।

त्यसैगरी सन् २०१८ को विश्वकपमा स्पेनविरुद्ध उनले ह्याट्रिक गर्दै ४ गोल गरेका थिए। २०२२ मा पनि उनले १ गोल गरेका थिए भने हाल उत्तर अमेरिकी महादेशमा भइरहेको विश्वकपमा पनि १ गोल गरिसकेका छन्। रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा वृद्ध खेलाडी पनि बनेका छन्। उनी ४१ वर्ष १३८ दिनको उमेरमा उज्बेकिस्तानविरुद्ध गोल गरेका हुन्। यसअघि क्यामरुनका रोजर मिल्लाले ४२ वर्ष ३९ दिनको उमेरमा सन् १९९४ को विश्वकपमा रसियाविरुद्ध गोल गरेको रेकर्ड राखेका थिए।

पोर्चुगलले उज्बेकिस्तानविरुद्ध १७ मिनेटमै दुई गोलको अग्रता बनायो

पोर्चुगलले आफ्नो दोस्रो खेलमा उज्बेकिस्तानविरुद्ध १७ मिनेट भित्रै दुई गोल गरेका छन्। ९ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह के को दोस्रो खेलमा पोर्चुगलले उज्बेकिस्तानविरुद्ध १७ मिनेटभित्र दुई गोल गर्दै सुरुवाती अग्रता लिएको हो। कप्तान क्रिस्टियानो रोनाल्डोले लगातार ६ फिफा विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन्।

पहिलो खेलमा डिआर कंगोविरुद्ध गोल गर्न असफल भएका रोनाल्डोले ह्युस्टन स्टेडियममा उज्बेकिस्तानविरुद्ध छैटौं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन्। त्यसपछि नुनो मेन्डेसले १७ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै अग्रता दोब्बर पारे। रोनाल्डोले सन् २००६ देखि २०२६ सम्म लगातार ६ विश्वकप खेल्दै हरेक विश्वकपमा गोल गरेका छन्। रोनाल्डोले सन् २००६ मा डेब्यु विश्वकपमा १ गोल गरेका थिए भने २०१० र २०१४ मा पनि १-१ गोल गरेका थिए। सन् २०१८ मा स्पेनविरुद्ध ह्याट्रिकसहित ४ गोल गरेका थिए। सन् २०२२ मा १ गोल गरेका थिए भने हालको उत्तर अमेरिकी विश्वकपमा पनि १ गोल गरिसकेका छन्।

रोनाल्डोको कीर्तिमानी गोलले पोर्चुगललाई भव्य जित दिलायो

९ असार, काठमाडौं। क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेपछि पोर्चुगलले फिफा विश्वकप २०२६ मा पहिलो जित हात पार्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। समूह के अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा रोनाल्डोको दुई गोल मदतमा पोर्चुगलले पहिलो पटक विश्वकप खेलिरहेको उज्बेकिस्तानलाई ५-० ले बिस्तारा जित हासिल गरेको हो। पोर्चुगलका नुनो मेन्डेज र राफेल लिआओले पनि १-१ गोल गरे भने विरोधी टिमबाट एक आत्मघाती गोल उपहार स्वरूप पाइयो। समूह के मा पहिलो जितपछि पोर्चुगल २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ र नकआउट चरणमा पुग्ने सम्भावना थप बलियो बनाएको छ।

पहिलो खेलमा पोर्चुगलले डिआर कंगोसँग १-१ को बराबरी खेलेको थियो। लगातार दोस्रो हारपछि उज्बेकिस्तान भने समूह चरणबाटै बाहिरिने अवस्थामा पुगेको छ। अर्को खेलमा डिआर कंगोले कोलम्बियालाई पराजित गरेमा उज्बेकिस्तान अन्तिम खेल खेल्नुअघि नै समूह चरणबाट बाहिरिने निश्चित हुनेछ। पोर्चुगलले अब समूहको अन्तिम खेल कोलम्बियासँग २७ जुनमा खेल्नेछ। रोनाल्डोले खेलको छैटौं मिनेटमै गोल गर्दै लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउँदै पोर्चुगललाई सुरुमै अग्रता दिलाएका थिए।

रोनाल्डोले सन् २००६ देखि २०२६ सम्म लगातार ६ विश्वकप खेल्दा सबैमा गोल गरेका छन्। रोनाल्डोको गोलपछि पोर्चुगलले सुरुवातदेखि नै उज्बेकिस्तानलाई दबावमा राख्यो। फलस्वरुप नुनो मेन्डेजले १७औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए। रोनाल्डोले पहिलो हाफमा दोस्रो गोल गर्ने क्रममा ३९औं मिनेटमा गोल थपे। यो गोलले पहिलो हाफमा पोर्चुगलले ३-० को अग्रता बनायो। रोनाल्डोले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि तोडे।

उनी ४१ वर्ष १३८ दिनको उमेरमा उज्बेकिस्तान विरुद्ध गोल गरेका छन्। यसअघि क्यामरुनका रोजर मिल्लाले ४२ वर्ष ३९ दिनको उमेरमा सन् १९९४ को विश्वकपमा रसिया विरुद्ध गोल गरेका थिए। पहिलो हाफमा तीन गोलको अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा आत्मघाती गोल उपहार पाएको थियो। म्यानचेस्टर सिटीबाट खेल्ने उज्बेकिस्तानका अब्दुभोहिद नेमातोभले ६०औं मिनेटमा बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गरेपछि पोर्चुगलले ४-० को अग्रता बनायो। पोर्चुगल यतिमै रोकिएन। विकल्पी खेलाडीका रूपमा मैदान प्रवेश गरेका लिआओले ८७औं मिनेटमा गोल गरे।

रोनाल्डोले पहिलो हाफमै दुई गोल गर्दै पोर्चुगललाई ३-० को अग्रता दिलाए

क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमै दुई गोल गर्दै पोर्चुगललाई ३-० को शानदार अग्रता दिलाएका छन्। ९ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत उज्बेकिस्तानविरुद्ध भइरहेको खेलमा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै दुई गोल गरेका छन्। समूह के अन्तर्गत अमेरिका, ह्युस्टनमा भइरहेको खेलमा उनले पोर्चुगललाई ३-० को अग्रता दिलाएका छन्।

खेलको छैटौं मिनेटमा रोनाल्डोले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। यस गोलसँगै उनले लगातार ६ संस्करणको विश्वकपमा गोल गर्ने विश्व कीर्तिमान कायम गरेका छन्। यसअघि समूहको पहिलो खेलमा डिआर कंगोसँग गोल गर्न असफल भएका रोनाल्डोले यस खेलमा सुरुमै ऐतिहासिक गोल गरे। सन् २००६ देखि २०२६ सम्म ६ वटा विश्वकपमा गोल गर्दै उनले विश्व फुटबलमा आफ्नो नाम चम्काएका छन्।

१७औं मिनेटमा नुनो मेन्डेजले गोल गर्दै पोर्चुगलको अग्रतालाई दोब्बर पारेका थिए। ३९औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे। यससँगै उनको विश्वकप करियरमा कुल गोल संख्या १० पुगेको छ। यो दोस्रो पटक हो जब उनले एउटै विश्वकप संस्करणमा एकभन्दा बढी गोल गरेका छन्। सन् २००६ को डेब्यु विश्वकपमा १ गोल गरेका रोनाल्डोले २०१० र २०१४ का संस्करणमा क्रमशः १-१ गोल गरे। २०१८ मा स्पेनविरुद्ध ४ गोल गर्दै ह्याट्रिक पनि पूरा गरेका थिए। सन् २०२२ मा पनि १ गोल गरेका उनी अहिले जारी विश्वकपमा पनि १ गोल गरिसकेका छन्।

समूह चरणमा बराबरी अंक हुँदा के हुन्छ? टिमहरूले नकआउट चरणमा कसरी प्रवेश गर्छन्?

यस पटक टिमको संख्या र खेलको संख्यामा वृद्धि हुँदै फर्म्याटमा केही परिवर्तनले विश्वकपको उत्साह र जिज्ञासा थपिएको छ। ९ असार, काठमाडौं। उत्तर अमेरिकाका तीन राष्ट्रहरूमा संयुक्त रूपमा भइरहेको फिफा विश्वकप २०२६ को समूह चरणको खेलहरू अब अन्तिम चरणतर्फ अगाडि बढिरहेका छन्। मंगलबार रातिदेखि बुधबार बिहानसम्म सहभागी सबै टिमहरूले कम्तीमा दुई खेल सकाइसकेका हुनेछन्। टिम संख्या र खेल संख्या दुवै बढ्नुका साथै प्रतियोगिताको फर्म्याटमा केही विशेष परिवर्तनहरू भएका कारण विश्वकपमा उत्साह र चासो झन् बढेको छ। समूह चरणका दुई खेलहरूपछि केही टिमले समूह विजेता बन्ने र केही टिम समूह चरणबाटै बाहिरिने निर्णय लगभग सुनिश्चित हुने अवस्थामा पुगेका छन्।

अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा विश्वकपमा ४८ टिमको सहभागिता छ। टिम संख्या ३२ बाट ४८ पुगेपछि प्रतियोगिताको फर्म्याटमा पनि महत्त्वपूर्ण परिवर्तन भएको छ। यसले गर्दा समूह चरणमा बराबरी अंक हुँदा को टिम अघि बढ्ने भन्ने नियमहरूमा नयाँ परिमार्जन गरिएको छ। टिम संख्या बढेसँगै समूहहरूको संख्या पनि बढेको छ र खेलहरूको संख्या पनि थपिएको छ। टिमहरू बढेसँगै नयाँ नकआउट चरण ‘राउण्ड अफ ३२’ पनि थपिएको छ। विश्वकपमा सहभागी ४८ मध्येबाट ३२ टिम नकआउट चरणमा प्रवेश गर्ने छन् भने १६ टिम समूह चरणमै बाहिरिने निश्चित छ। अहिले समूहमा शीर्ष दुई स्थान नपाउने टिमहरूका लागि पनि नकआउट चरणमा प्रवेश गर्ने अवसर कायम छ।

समूह चरणपछि १२ समूह विजेता र १२ उपविजेता गरी कुल २४ टोली सीधे नकआउट चरणमा प्रवेश गर्नेछन्। साथै, समूहमा तेस्रो स्थानमा रहने १२ मध्ये ८ उत्कृष्ट टिमले पनि नकआउट चरणमा स्थान बनाउनेछन्। पछिल्लो पटक सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा पनि तेस्रो स्थानका टिमहरूको लागि नकआउट चरणमा प्रवेशको व्यवस्था थियो। ३२ वर्षपछि फेरि अमेरिकामा विश्वकप हुँदा तेस्रो स्थान प्राप्त टिमलाई पनि नकआउट चरणमा अघि बढ्ने अवसर मिलेको छ। गोल अन्तरको सट्टा हेड टु हेड नियम लागू हुने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस पटक विश्वकपमा दुई वा बढी टिमको अंक बराबरी हुँदा हेड टु हेड नतिजालाई प्राथमिकता दिने निर्णय गरेको छ।

पहिले समूहमा दुई टिम बराबरी हुँदा गोल अन्तर हेर्ने नियम लागु हुन्थ्यो, तर यसपटक पहिलो प्राथमिकता हेड टु हेड नतिजाले लिनेछ। यसले गर्दा समूह चरणमा लगातार दुई खेल जित्ने टिम समूह विजेता बन्ने अवस्था तयार भएको छ। सहआयोजक मेक्सिको र अमेरिका दुवैले दुई-दुई खेल जित्दै आ-आफ्नो समूहको विजेता हुँदै नकआउट चरणमा प्रवेश गरिसकेका छन्। त्यस्तै जर्मनी र पूर्व विजेता अर्जेन्टिनाले पनि दुई खेल जितेर अन्य खेलहरूको नतिजा आफ्ना पक्षमा आएपछि समूह विजेता बन्न सफल भएका छन्। नयाँ नियमका कारण लगातार दुई खेल हारेका हाइटी, टर्की, जोर्डन, ट्युनिसिया जस्ता टिमहरू समूह चरणबाट पक्कै बाहिरिने निश्चित भएको छ।