झापा । २०८३ असारको अन्तिम दिन । भारतको कोलकातास्थित नेपाल महावाणिज्यदूतावासमा एउटा औपचारिक पत्र तयार हुँदै थियो। त्यो पत्र कुनै व्यापार सम्झौता वा कूटनीतिक निर्णयका लागि थिएन। त्यो पत्रले चार नेपाली बालबालिकाको जीवनमा नयाँ अध्याय सुरु हुने शुभ समाचार बोकेको थियो। पत्रमा चार नाम थिए – मीना विश्वकर्मा (१६ वर्ष), सीमा मुर्मु (१३ वर्ष), सुरज जोगी (१४ वर्ष) र माया तामाङ (१७ वर्ष) । (बालबालिकाको गोपनीयता सुनिश्चित गर्न नाम परिवर्तन गरिएको छ)। मीना र सीमा एउटै जिल्लाका भए पनि सुरज र माया फरक-फरक जिल्लाका हुन्। कागजमा लेखिएका ती नामहरू सामान्य देखिए पनि प्रत्येक नामभित्र एउटा छुट्टै कथा थियो– बिछोडको पीडा, अनिश्चित भविष्य र आफ्नै परिवारसँग फेरि भेट हुने गहिरो आकांक्षा।
यी बालबालिका भारतको पश्चिम बंगालस्थित शैशली माटीगढा चिल्ड्रेन्स होम फर गर्ल्स र हसान्ना कोभेनेन्ट च्यारिटेबल ट्रस्ट, कालिम्पोङको संरक्षणमा थिए। बालगृह उनीहरूका लागि सुरक्षित आश्रयस्थल बनेको थियो। त्यहीँ उनीहरू विद्यालय जान्थे, पढ्थे, नयाँ साथी बनाउँथे र भविष्यका सपना बुन्थे। तर साँझ पर्दा उनीहरूको मन सदैव आफ्नै घरको आँगनतिरै पुग्थ्यो। झ्यालबाहिरको आकाश हेर्दै उनीहरूले सोच्थे, ‘मेरो घर अहिले कस्तो होला? बाबुआमा मलाई कत्तिको सम्झिरहनुभएको होला? हजुरआमाले अझै मेरा बाटा हेरीरहनुभएको होला?’
भारतको पश्चिम बंगाल सरकार, कोलकातास्थित नेपाल महावाणिज्यदूतावास र नव अभियान नेपालको निरन्तर समन्वय तथा सहकार्यपछि उनीहरूलाई सुरक्षित रूपमा नेपाल फर्काइयो। र आफ्ना परिवारसँग पुनर्मिलन गराउन सम्भव भयो। सबै कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी बालबालिकाहरूलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको नव अभियान नेपालका क्षेत्रीय संयोजक इन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनीहरूका आँखामा अनेकौं भावना झल्किन्छन् – थोरै डर, धेरै उत्सुकता र अझ धेरै आशा। वर्षौंपछि उनीहरू आफ्नै देश, आफ्नै माटो र आफ्नै परिवारको न्यानो अँगालोमा फर्किन सफल भएका थिए।
त्यो दिन कुनै ठूलो समारोह थिएन। न त धेरै प्रचार भयो, न ठूलो भीड जम्मा भयो। तर ती चार परिवारका लागि त्यो दिन जीवनकै सबैभन्दा ठूलो उत्सव थियो। बिछोडको अँध्यारोपछि आशाको उज्यालो फर्किएको दिन थियो। कहिलेकाहीँ एउटा सरकारी पत्र मात्र प्रशासनिक कागजात नभई टुटेका सम्बन्धहरू जोड्ने पुल बन्न सक्छ। हराएका मुस्कानहरू फर्काउने माध्यम बन्न सक्छ। र एउटा बालबालिकालाई आफ्नै घरको आँगनसम्म सुरक्षित पुर्याउने आशाको यात्रा बन्न सक्छ।
२४ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यन्वयनको क्रममा तीन अर्थमन्त्रीहरूले अवसर पाएका छन्। तत्कालीन अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेट भदौ २०८२ पछि अर्थविद् रामेश्वर खनालले आफ्नो कार्यकालमा लागू गरे। चैत २०८२ देखि अर्थविद् डा. स्वर्णिम वाग्लेले त्यही बजेट कार्यन्वयन गर्दै आएका छन्। दुई विज्ञ अर्थमन्त्रीहरूले असार महिनामा केन्द्रित हुने खर्चको प्रवृत्ति हटाउन नीतिगत र व्यावहारिक पहलहरू गरेका हुँदाहुँदै पनि असारे खर्च फेरि पनि बढ्ने अवस्था देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको लागि निर्धारण गरेको बजेट खर्च जेठ मसान्तसम्म १३ खर्ब ४६ अर्ब रुपैयाँ मात्र थियो, तर २३ असारसम्म पुग्दा १५ खर्ब १४ अर्ब रुपैयाँ नाघिसकेको छ। यसको अर्थ यस अवधिमा मात्रै १ खर्ब ६८ अर्ब २२ करोड रुपैयाँ खर्च भइसकेको छ। कार्यालयका अनुसार आर्थिक वर्ष सकिनु कम्तीमा सात दिनअघि भुक्तानी दिई निकासा र खर्च अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने प्रावधान रहेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार यस वर्ष बिहीबार राति १२ बजेदेखि निकासा बन्द गरिनेछ। यसैले अहिले अन्तिम केही घण्टामा सरकारी प्रणालीमा भुक्तानीको चर्को दबाव छ। महालेखाका अनुसार पछिल्लो दुई दिन (सोमबार र मंगलबार) मात्र सरकारले ४० अर्ब ३२ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ। यसले देखाउँछ कि यस वर्ष पनि सरकारले असारे शैलीमा भुक्तानी गर्ने परिपाटी कायम नै राखेको छ।
नेपालमा असारे खर्च र तीव्र विकास काम यथावत् रहेको प्रवृत्ति नयाँ कुरा होइन। महालेखाले भनेका छन् कि आर्थिक वर्ष २०८१/८२ मा मात्र असार महिनामा कुल पूँजीगत बजेट खर्चको ३१.१८ प्रतिशत खर्च गरिएको थियो र त्यसमध्ये ५४ प्रतिशत चौथो त्रैमासमा खर्च भएको थियो। त्यस्तै सो वर्षको पहिलो त्रैमासमा १३ प्रतिशत, दोस्रोमा १२ प्रतिशत र तेस्रो त्रैमासमा २१ प्रतिशत मात्र पूँजीगत खर्च गरिएको थियो। चालु आवमा पनि यस्तै प्रवृत्ति दोहोरिएको छ। महालेखा अनुसार मंगलबारसम्म कुल विनियोजनको ३८.३५ प्रतिशत पूँजीगत बजेट खर्च भइसकेको छ। आइतबारसम्म १ खर्ब ४९ अर्ब २९ करोड रहेको पूँजीगत खर्च तीन दिनमा ७ अर्ब १३ करोडले मात्र बढेर १ खर्ब ५६ अर्ब पुगेको छ।
महालेखा परीक्षकको ६३ औं वार्षिक प्रतिवेदनले स्रोत उपलब्धता र खर्च क्षमता हेरेर बजेट तर्जुमा यथार्थपरक नबनाउँदा सरकारले समयमै बजेट खर्च गर्न नसकेको उल्लेख गरेको छ। आर्थिक वर्षको बीचमा गरिने सुधारले समेत असर नगरेको पाइएको छ। नीतिगत सुधारको प्रभाव व्यवहारमा न्यून रहेको बताउँदै सरकारले विकास निर्माणमा वर्षान्तमा हुने भुक्तानीलाई गति दिन र मन्त्रालयहरूबीच प्रक्रिया घटाएर बजेट खर्च बढाउन यस वर्ष आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीमा संशोधन गरेको थियो। यसले पूँजीगत बजेट रकमान्तरको लागि अर्थ मन्त्रालयलाई धाउँदै नबस्नुपर्ने र सम्बन्धित निकायका लेखा उत्तरदायी अधिकृत (मन्त्रालय सचिव वा निकाय प्रमुख) लाई अधिकार दिने व्यवस्था गरेको थियो। यसले गर्दा रकमान्तरका फाइल अर्थ मन्त्रालयमा थुप्रिनबाट रोकिएर भुक्तानीमा गति आउने अपेक्षा गरिएको थियो तर तथ्यांकले त्यो प्रभाव देखाएको छैन।
सार्वजनिक खर्चमा गति नआउनुको अर्थ विश्लेषण गर्दा चालु आवको बजेट अर्धवार्षिक समीक्षा अनुसार अर्थ मन्त्रालयले सार्वजनिक खर्च अपेक्षित खबर नआएकाले पहिचान गर्न प्रयास गरेको थियो। मन्त्रालयका अनुसार वार्षिक बजेट तयारी गर्दा पुराना आयोजनामा कम बजेट राखी नयाँ योजनालाई प्राथमिकता दिइँदा वर्ष अन्त्यमा आफैँ रुचिमा रकमान्तरको सम्भावना बढ्छ। अर्को तर्फ आयोजना स्थलको जग्गा प्राप्ति, मुआब्जा निर्धारण, वन क्षेत्र प्रयोग, क्षतिपूर्ति लगायत प्रक्रिया पूरा नभएका आयोजनामा पनि पर्याप्त बजेट राखिएको पाइन्छ। चालु आव २३ र २४ भदौ आन्दोलनका कारण १ हजार ६ सय ९३ सरकारी कार्यालयका २ हजार १ सय ३४ भवनमा क्षति पुगेको थियो जसले विकास निर्माण र भुक्तानी प्रक्रियामा प्रतिकूल असर पारेको छ। अभिलेखमा समेत क्षति पुगेको थियो। यसले गर्दा विकास आयोजना प्रतिवेदन, आयोजना बनाउने तरिका, लागत र परियोजनाको आर्थिक, सामाजिक, वित्तीय तथा प्राविधिक विश्लेषण र मूल्यांकन गरी बजेट प्रस्ताव गर्न नसक्दा बजेट कार्यान्वयन योजना पालनामा प्रभाव परेको अर्थ मन्त्रालयको विश्लेषण छ।
स्रोत सहमति भएका परियोजनामा कम बजेट प्रस्ताव गरेर र प्राप्त बजेट सीमा बिना नयाँ आयोजना थप्दा भुक्तानीमा समस्या देखिएका छन्। यसले अधुरा आयोजना संख्या बढाउने र खर्च व्यवस्थापनमा समेत कठिनाइ ल्याएको छ। चालु आवको बजेटमा १६ जेठदेखि नै आयोजना कार्यान्वयन सक्ने प्रावधान राखिएको थियो तर त्यसदेखि नै प्राथमिकता अनुसार काम नभएको छ। नयाँ आयोजना तथा कार्यक्रमका लागि अबन्डामा राखिएको रकम समयमै बाँडफाँट नभएकाले पनि कार्यान्वयनमा ढिलाइ भएको छ।
आगामी वर्षको तयारी कस्तो छ? अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्ष पूँजीगत खर्च लक्ष्यअनुसार हुने, बजेट आकार संशोधन नगर्ने र सार्वजनिक खर्चमा हुने बेथिति हटाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सुधारका केही सूत्रहरू पनि प्रस्तुत गरेका छन्। अर्थमन्त्री वाग्लेको भनाइ अनुसार खरिद प्रक्रियामा सुधार योजना बनाइएको छ। रकमान्तर सहित स्रोत व्यवस्थापनमा लचकता नीति आगामी आवमा पनि कायम रहनेछ। वैकल्पिक वित्त परिचालन गर्दै आयोजना प्रमुखको स्थिरता सुनिश्चित गरी तोकिएको लागत र समयमा आयोजना सम्पन्न गर्न सरकारले मिसन मोडमा काम गराउने योजना बनाएको छ। चालु आवभित्र विकास आयोजनाको सनसेट कानुन संसदमा पेश गरिने घोषणा गरिएको छ। मोबिलाइजेसन पेश्की रकम आयोजमा मात्र खर्च हुन दिन ट्र्याकिङ व्यवस्था गर्ने र हाइब्रिड एनयूटी मोडेलमा पूर्वाधार आयोजना गर्न सकिने प्रारम्भिक पाइपलाइन तीन महिनाभित्र बनाउने योजना रहेको छ।
पश्चिम एसियाको द्वन्द्वका कारण इन्धन, बिटुमिन लगायत निर्माण सामग्रीको मूल्यवृद्धिले निर्माण व्यवसायीहरूलाई परेको कठिनाइ समाधान गर्ने घोषणाले बजेटमा स्थान पाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ३ असारमा बसेको सचिव बैठकले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि लागत अनुमान र बोलपत्र आह्वानका काम असार मसान्तभित्रै पूरा गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री वलेन्द्र शाह ‘बालेन’का राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठित संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलबाट चार विपक्षी पार्टीका प्रतिनिधिहरूले एकै पटक अलग्गिने घोषणा गरे पनि, आफूहरूसँग उपलब्ध दस्तावेजहरू सहितको प्रतिवेदन असार मसान्तमै बुझाउने तयारीमा रहेको कार्यदलका एक सदस्यले बताएका छन्। “हामी अन्तिम चरणमा पुगेका थियौँ। जम्मा १२४ वटा बुँदामा सीमित भएर जुनसुकै कुरामा सहमति भए तिनमा संशोधनको प्रक्रिया अघि बढाउने अनि सबैको सहमति नहुँदा विषयवस्तुहरू बहसमा राख्ने गरी प्रतिवेदन बनाएर अगाडि बढाउने तयारीमा थियौँ। तर अब उपलब्ध तथ्यहरू, हाम्रा बुँदाहरू र प्राप्त सुझावहरूलाई समेटेर प्रतिवेदन बनाउनेछौँ,” राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा कार्यदल सदस्य मोहनलाल आचार्यले जनाए।
अन्तिम समयमा प्रश्न उठाउँदै कार्यदलबाट अलग्गिएका विपक्षी प्रतिनिधिहरूका नियतप्रति नै शङ्का लागेको उनले बताए। असार २२ गते एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीका देव गुरुङ, जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्र झा, राष्ट्रिय जनमोर्चा (राजमो) का मनोज भट्ट तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का लक्ष्मणलाल कर्णले कार्यदलको ‘उद्देश्य तथा प्रक्रिया’ माथि प्रश्न उठाउँदै अलग्गिएको जानकारी दिएका थिए। कार्यदल प्रारम्भमा नौ पार्टीका प्रतिनिधिहरू राखेर गठन गरिएको थियो, जसमा नेपाली कांग्रेस सुरुबाटै सहभागी भएन भने नेकपा एमालेका प्रतिनिधिहरू पनि केही समयपछि अलग्गिएका थिए।
विज्ञप्ति जारी गरेका चार दलका अलावा श्रम संस्कृति पार्टीका प्रतिनिधिले पनि अब बैठकमा बोल्न नदिन भनिएको विवरण प्राप्त भएको छ। यसपछि कार्यदलमा सरकार पक्षको रास्वपा र एउटा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि मात्र बाँकी रहेका छन्। संशय र त्रासगत वर्ष फागुन २१ गतेको चुनावपश्चात रास्वपाको एकल बहुमत सरकारले आफ्नो चुनावी घोषणापत्रमा उल्लिखित संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले सुरुमा दुई महिना र पछि थपेर एक महिना गरी कुल तीन महिनाको कार्यकाल पाएको थियो, जुन म्याद असार मसान्तमा सकिँदै छ। तर ८३ दिनपछि विपक्षी दलका प्रतिनिधिहरूले कार्यदल छाडेपछि समग्र प्रक्रिया नै अनिश्चिततामा परेको देखिन्छ।
२४ असार, काठमाडौं । प्रशान्त क्षेत्रका राष्ट्रहरूले चीनले हालै प्रशान्त महासागरमा गरेको रणनीतिक क्षेप्यास्त्र परीक्षणको विरोधमा कडा संयुक्त वक्तव्य जारी गर्ने तयारी गरिरहेका छन्। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले क्षेत्रीय सहमतिका लागि उक्त वक्तव्यको मस्यौदा प्रशान्त टापु फोरमका सदस्य राष्ट्रबीच छलफलमा रहेको जानकारी दिए। ब्रिस्बेनमा पपुवा न्यू गिनी, टोङ्गा र सामोआका नेतासँग सुरक्षा वार्ताअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री अल्बानिजले प्रशान्त क्षेत्रका देशहरूले एउटै स्वरमा बलियो सन्देश दिन आवश्यक रहेको बताए। उनका अनुसार तयार पारिएको संयुक्त वक्तव्य निकै कडा प्रकृतिको छ।
चीनले सोमबार प्रशान्त महासागरमा नक्कली वारहेड बोकेको रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। अस्ट्रेलिया, न्यूजिल्यान्ड, जापान र संयुक्त राज्य अमेरिकालगायतका देशहरूले त्यसको आलोचना गरेका छन्। निगरानीकर्ताहरूका अनुसार क्षेप्यास्त्र सोलोमन टापु, नाउरू र तुभालुबीचको समुद्री क्षेत्रमा खसेको देखिएको थियो। चिनियाँ सहायता र पूर्वाधार ऋणमा निर्भर धेरै प्रशान्त राष्ट्रहरूले बेइजिङको सार्वजनिक आलोचना गर्न हिच्किचाएका छन्। तर सोलोमन टापुले पनि मंगलबार उक्त क्षेप्यास्त्र परीक्षणप्रति असन्तुष्टि व्यक्त गरेको छ।
प्रधानमन्त्री अल्बानिजले टोंगा प्रधानमन्त्री लर्ड फकाफानुआ, पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापे र सामोआका प्रधानमन्त्री ला’ओलियालिमालिएटोआ ल्युएटा श्मिटसँग क्षेत्रीय सुरक्षा तथा सहकार्यबारे छलफल गरिरहेका छन्। उनले प्रशान्त क्षेत्रको सुरक्षाका लागि क्षेत्रीय राष्ट्रहरूले स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिए। अस्ट्रेलियाले चीनको बढ्दो प्रभावलाई सन्तुलनमा राख्ने रणनीतिको अंशस्वरूप प्रशान्त क्षेत्रका देशहरूसँग सुरक्षा सहकार्यको साथै रग्बी लिग र रग्बी युनियन कार्यक्रममार्फत पनि सम्बन्ध विस्तार गरिरहेको छ।
चीनको क्षेप्यास्त्र परीक्षण अस्ट्रेलिया र फिजीबीच नयाँ रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर भएकै दिन भएको थियो। क्यानबेराले पछिल्ला वर्षहरूमा दक्षिण प्रशान्तका विभिन्न देशहरूसँग सुरक्षा सहकार्य विस्तार गर्दै आएको छ। फिजीका रक्षामन्त्री पियो टिकोडुआडुआले चिनियाँ दूतावासलाई परीक्षण नगर्न पूर्वचेतावनी दिएको बताएका छन्। उनका अनुसार यस्तो क्षेप्यास्त्र परीक्षणले क्षेत्रीय विश्वास र पारस्परिक सम्मान कमजोर बनाएको छ। साथै, परीक्षण भएको समयमा चीनको क्षेप्यास्त्र निगरानी जहाज युआन वाङ–५ फिजीको बन्दरगाहमा रहेको घटना उहाँले असामान्य संयोगको रूपमा व्याख्या गरेका छन्।
२४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले सरकारले जनताका सामान्य समस्यामा गम्भीर ध्यान दिनुपर्ने माग गरेकी छिन्। प्रतिनिधि सभा अधिवेशनको शून्य समयमा बोल्दै उनले हालको सरकारले १०० दिन पूरा गरेको स्मरण गराइन्। उनले भनिन्, ‘सरकार गठन भएको सय दिन पूरा भइसक्यो। सरकारले सुशासन र प्रभावकारी सार्वजनिक सेवामा केन्द्रित भएको सन्देश दिन सफल भएको छ। त्यसका लागि म सरकारलाई धन्यवाद दिन चाहन्छु।’ तर यद्यपि कतिपय जनताको समस्या यथावत रहेको उनले प्रकाश पारिन्।
‘विशेषगरी रुपन्देही क्षेत्र नम्बर १ का धेरै महिला दिदीबहिनीहरूले फोन गरेर सम्पर्क गर्नुहुन्छ। बजारमा बढ्दो महँगाई छ। घर र भान्सा सामग्रीको मूल्य वृद्धिले जीवनयापनमा समस्या भइरहेको गुनासो आएको छ,’ सांसद क्षेत्रीले संसदमा सुनाइन्। उनले असार महिनामा किसानहरूले दिनभर खेतबारीमा काम गरी घर फर्किदा विद्युत समस्याले धेरै पटक असुविधा भएको गुनासो आएको पनि बताइन्। ‘बत्ती जाने क्रममा साँझ छोराछोरी सुताउन समेत समस्या हुन्छ,’ उनले भनिन्। ‘किसानहरूको दैनिकी गुजारामा समस्या आइरहेको छ,’ सांसद क्षेत्रीले थपिन्।
एकातिर सेवा प्राप्तिका लागि पैसो तिर्नुपरे पनि सहज सेवा नपाइएको, अर्कोतिर अप्रत्याशित महँगाईले प्रत्येक नागरिकको दैनिक जीवनयापनमा ठूलो कठिनाइ परेको उनले सरकारको ध्यानाकर्षण गराइन्। ‘म सरकारलाई अनुरोध गर्न चाहन्छु – सुशासन र समृद्धिको संरचना तयार पार्दै गर्दा तत्काल नागरिकहरूको दैनिकी बुझ्ने सामान्य समस्या–सहितको विषयमा पनि सरकारले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता छ।’
दुई देशबीच आक्रमण–प्रत्याक्रमणपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका–इरान युद्धविराम “समाप्त” भएको घोषणा गरेका छन्। उनले भने, “म अब उनीहरूसँग ‘डील’ गर्न चाहन्न, उनीहरू नराम्रो मानिस हुन्। उनीहरू रोगी छन्। उनीहरूलाई रोगीहरूले नेतृत्व गरिरहेका छन्। उनीहरू हानिकारक र हिंस्रक व्यक्ति हुन्। उनीहरूसँग परमाणु हतियार भएको भए प्रयोग गर्थे। मेरो विचारमा, अब यो अन्त भयो।” ट्रम्पले भनेका छन् कि इरानसँगको वार्ता जारी राख्नु समयको फजुल खर्च हो।
पृष्ठभूमिमा, मङ्गलबार स्ट्रेट अफ होर्मुजमा तेल बोकेका तीन ट्यांकरमाथि आक्रमण भएपछि अमेरिकाले ८० भन्दा बढी इरानी निशानाहरूमा हमला गरेको थियो। तेल ट्यांकरमाथि भएको आक्रमणको जिम्मा इरानले लिएको छैन। यद्यपि, अमेरिकाको आक्रमणपछि इरानले बाहरेन र कुवेतमा रहेका अमेरिकी सैन्य पूर्वाधारमाथि हमला गर्ने चेतावनी पनि दिएको थियो। गत महिना तेहरान र वाशिङ्टनबीच “सबै मोर्चामा” युद्धविराम विस्तार गर्ने लक्ष्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
यसैबीच नेटो प्रमुख मार्क रुटले इरानले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकी आक्रमणलाई “पूर्णतः आवश्यक” रहेको बताएका छन्। अर्कोतर्फ, इरानी संसदका सभामुख मोहम्मद बोर गालिबाफले अमेरिकाले युद्धविराम सम्झौता उल्लङ्घन गरेको दाबी गरेका छन्।
ट्रम्पको युद्धविराम समाप्त भएको घोषणासँगै अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य तुरुन्त वृद्धि भएको छ। उनको भनाई सार्वजनिक हुनु अघि वेस्ट टेक्सास इण्टरमिडिएट (WTI) तेलको मूल्य ७६ अमेरिकी डलरभन्दा थोरै कम थियो, तर तुरुन्तै मूल्य बढेर ७८ डलर पुगेको छ। तेलको मूल्य अझै बढ्ने अनुमान गरिएको छ।
२४ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको शान्ति सम्बन्धी समझदारीपत्र (एमओयू) अब समाप्त भइसकेको विश्वास व्यक्त गरेका छन्। बुधबार नाटो शिखर सम्मेलनमा बोल्दै उनले भने, ‘उनीहरूसँग वार्ता गर्नु समयको बर्बादी हो।’ यसअघि, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकाले इरानमाथि गरेको आक्रमणको जवाफमा बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको थियो। ट्रम्पको यो प्रतिक्रिया त्यसलगत्तै आएको हो।
टर्कीमा आयोजित नाटो शिखर सम्मेलनमा बोल्दै ट्रम्पले इरानमाथि स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजहरूलाई निशाना बनाएर युद्धविराम उल्लंघन गरेको आरोप लगाए। उनले इरानलाई ‘धोकेबाज खेलाडी’ भन्दै कडा आलोचना गरे। ट्रम्पले अमेरिका अब इरानसँग कूटनीतिक वार्तामा अल्झिनुभन्दा आफ्ना प्राथमिक काममा केन्द्रित हुन चाहेको बताए। उनले इरानलाई ‘दुष्ट र विकृत सोच भएका मानिसहरूको शासन’ भन्दै आलोचना गरे।
ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई वासिङ्टन र तेहरानबीचको सम्बन्ध थप तनावपूर्ण हुँदै गएको संकेतका रूपमा हेरिएको छ। इरानसँगको सम्भावित कूटनीतिक सहमति अहिले लगभग विफल भएको आकलन गरिएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन्। उनले एक वक्तव्यमा अमेरिकाले गरेका आक्रमण, इरानी तेल विक्रीमा लगाइएको प्रतिबन्ध, र लेबनानमा हिजबुल्लाहसँग जारी इजरायलको तनाव जस्ता विषयहरूले सम्झौताका आधारभूत हिस्सालाई निष्प्रभावी पारेको दाबी गरेका छन्।
अराघचीले भने, ‘इरान आफ्नो क्षेत्रीय अखण्डता, राष्ट्रिय सम्प्रभुता र राष्ट्रिय सुरक्षाको रक्षाका लागि जुनसुकै कदम उठाउन हिचकिचाउने छैन।’ उनले अमेरिकी सैनिक अड्डा रहेको खाडी देशहरूलाई पनि चेतावनी दिएका छन्। उनले भने, ‘यदि त्यहाँबाट इरानमाथि कुनै आक्रमण भए, तिनको स्रोत र सुरु हुने स्थानलाई नै निशाना बनाउनेछौं।’ यसअघि अमेरिकी सेन्टकमले अमेरिकी सेनाले इरानका ८० भन्दा बढी ठिकानाहरूमा आक्रमण गरेको दाबी गरेको थियो। त्यसको जवाफमा इरानले बहराइनमा रहेका अमेरिकी सैन्य अड्डालाई निशाना बनाएर केही आक्रमण गरेको बताइएको छ।
२४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी भएर विश्वभरको मन जितेको अफ्रिकी टापु राष्ट्र केप भर्डेको सफल यात्रामा चीनको पनि महत्वपूर्ण भूमिका रहेको खुलेको छ । केवल पाँच लाखभन्दा केही बढी जनसंख्या रहेको केप भर्डेले विश्वकपमा डेब्यू गर्दै नकआउट चरणसम्मको यात्रा तय गर्यो । राउन्ड अफ ३२ मा विश्व च्याम्पियन अर्जेन्टिनासँग अतिरिक्त समयमा ३–२ को कठोर हार भोगे पनि, आफ्नो प्रदर्शनबाट विश्व फुटबल समर्थकको मन जित्न सफल भयो ।
विशेषगरी कप्तान तथा गोलकिपर जसिमार इभोरा डियास (भोजिन्हा) ले गरेका उत्कृष्ट बचाउहरूले उनलाई विश्वभर चर्चामा ल्यायो । विश्वकपमा भोजिन्हाले लगाएको फुटबल बुट भने चिनियाँ कम्पनीले बनाएको रहेको खुलेको छ । दक्षिणपूर्वी चीनको फुजियान प्रान्तस्थित छुफेङ स्पोर्ट्सले उत्पादन गरेको जुत्ता उनले विश्वकपभर प्रयोग गरेका थिए । प्रतियोगिताबाट अघि कम्पनीले २०० भन्दा बढी जोडी फुटबल बुट उत्पादन गरिसकेको थियो भने विश्वकपका लागि थप २० जोडी तयार गरेको जनाएको छ । भोजिन्हाको उत्कृष्ट प्रदर्शन सामाजिक सञ्जालमा भाइरल भएपछि मात्र कम्पनीले यो कुरा थाहा पाएको बताइएको छ । त्यसपछि उक्त ब्रान्डका जुत्ता खरिद गर्न चाहने समर्थकहरूको फोनको भीड लागेको छ, कम्पनीले जनाएको छ ।
केप भर्डेको विश्वकप यात्रा चीनसँग अर्को कारणले पनि जोडिएको छ । टोलीले विश्वकप छनोटअघिका प्रशिक्षण र ऐतिहासिक छनोट खेलहरू राजधानी प्रेयामा रहेको चिनियाँ सहयोगमा निर्माण गरिएको राष्ट्रिय रंगशालामा खेलेको थियो । सन् २०१४ मा निर्माण भएको १५ हजार दर्शक क्षमताको उक्त रंगशाला चीनको आर्थिक सहयोगमा बनेको हो । चीनका लागि केप भर्डेका राजदूत अर्लिन्डो डो रोसारियोले चीनले देशको खेलकुद विकासमा महत्वपूर्ण योगदान दिएको बताए । उनले आगामी दिनमा नवीकरणीय ऊर्जा, डिजिटल अर्थतन्त्र, पर्यटन र प्रविधि क्षेत्रमा पनि चीनसँग सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गरेका छन् ।
विश्वकपबाट बाहिरिएपछि केप भर्डे टोलीले चिनियाँ समर्थकलाई समेत विशेष धन्यवाद दिएको थियो। ‘हामीलाई समर्थन गर्ने सबै चिनियाँ नागरिकप्रति आभारी छौं। तपाईंहरूले देखाउनुभएको माया र साथका लागि धन्यवाद,’ भन्दै टोलीले एक सन्देश जारी गरेको थियो।
सन् १९७६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता चीनले केप भर्डेमा विभिन्न पूर्वाधार निर्माणमा लगानी गर्दै आएको छ। राष्ट्रिय रंगशालासँगै बाँध, विश्वविद्यालय परिसर र सरकारी भवनहरूको निर्माणमा पनि चीनको सहयोग छ। यस्तै, चीनमा बसोबास गर्ने व्यवसायी लिन जीले भोजिन्हाकी आमालाई छोरा विश्वकप खेल्न अमेरिकामा पुगेका बेला अमेरिकी भिसा प्राप्त गर्न आर्थिक तथा प्रशासनिक सहयोग गरेको घटना चीनमा निकै चर्चित बनेको थियो। भोजिन्हाको विश्वकप प्रदर्शन र यी घटनापछि चीनमा केप भर्डेबारे चासो उल्लेखनीय रूपमा बढेको बताइन्छ। स्थानीय सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनासँगको खेलपछि २४ घण्टाभित्र केप भर्डेसम्बन्धी अनलाइन खोज २०० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो।
गत वर्ष चीन र केप भर्डेबीच करिब ११६ मिलियन अमेरिकी डलर बराबरको द्विपक्षीय व्यापार भएको थियो, जसमा अधिकांश हिस्सा चीनबाट हुने निर्यातको रहेको छ।
काठमाडौं । नेपालमा पशु कल्याणलाई व्यवस्थित गर्ने छुट्टै राष्ट्रिय ऐन अहिलेसम्म बनेको छैन। पशु स्वास्थ्य, पशु सेवा र पशुजन्य उत्पादनसँग सम्बन्धित विभिन्न कानुन भएता पनि पशुपन्छीमाथि हुने क्रूर व्यवहार रोक्ने छुट्टै कानुनी व्यवस्थाको अभाव छ। यही अभावलाई सम्बोधन गर्ने प्रयासस्वरूप बझाङको थलारा गाउँपालिकाले ‘पशुपन्छी व्यवस्थापन तथा कल्याण ऐन, २०८३’ जारी गरेको छ। २२ पृष्ठ लामो यस ऐनले पशुपन्छीको संरक्षण, दर्ता, स्वास्थ्य, आश्रय, ढुवानी, श्रममा प्रयोग, संक्रामक रोग नियन्त्रण, पशुमाथि हुने क्रूर व्यवहार रोकथामदेखि बेवारिसे तथा घाइते पशुको व्यवस्थापनसम्मका विषयलाई समेटेको छ।
पशु कल्याणलाई केवल नैतिक विषयका रूपमा नभई स्थानीय सरकारको जिम्मेवारीका रूपमा स्थापित गर्ने प्रयास ऐनमा गरिएको छ। पाँच स्वतन्त्रतालाई कानुनी मान्यता दिँदै यस ऐनले पशुपन्छीका लागि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त ‘फाइभ फ्रिडम्स’ अर्थात् पाँच आधारभूत स्वतन्त्रतालाई कानुनी रूपमा समावेश गरेको छ। यसअनुसार पशुपन्छीले भोक र तिर्खाबाट मुक्त हुने, डर तथा पीडाबाट मुक्त हुने, शारीरिक असहजताबाट मुक्त हुने, रोग र चोटबाट सुरक्षित रहने साथै आफ्नो प्राकृतिक व्यवहार गर्न पाउने अधिकार प्राप्त गर्नेछन्।
प्रत्येक पशुपन्छीको अभिलेख राख्ने व्यवस्था ऐनले घरपालुवा पशुपन्छीको निःशुल्क दर्ता गर्ने प्रावधान गरेको छ। दर्ता भएका पशुपन्छीको प्रजाति, उमेर, लिङ्ग लगायत विवरण वडा कार्यालयले राख्नेछ। बेवारिसे पशु तथा सार्वजनिक स्थानमा बस्ने बाँदरको समेत गणना र अभिलेखीकरण गर्ने व्यवस्था गरिएको छ। यसले स्थानीय तहलाई वास्तविक तथ्यांकमा आधारित योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पशुमाथि हुने क्रूर व्यवहारलाई निषेध गर्दै ऐनले पशुलाई कुटपिट गर्ने, धारिलो वा विद्युतीय उपकरण प्रयोग गरी यातना दिनेलगायतका कार्यहरूलाई पशुप्रति निर्दयी व्यवहार मानिएको छ। साथै कुनै पनि जीवलाई जिउँदै उमालेर वा पकाएर खान नपाइने स्पष्ट व्यवस्था गरिएको छ।
ट्राफिक नियम उल्लङ्घनमा एक लाखसम्म जरिवाना प्रस्ताव गरिएको विधेयकमाथि बहस भइरहेका बेला सोमबार मात्र ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट २२ लाख रुपैयाँभन्दा बढी जरिवाना सङ्कलन गरेको जनाएको छ। मंगलबार ट्राफिक प्रहरीले सिंहदरबारभित्रै अव्यवस्थित रुपमा पार्किङ गरिएका सवारी साधनमा ‘ह्विल लक’ गरेर चालकलाई कारबाही गरेको फोटो सार्वजनिक गरेको थियो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो १० दिनमा मात्र उपत्यकाबाट ट्राफिक नियम उल्लङ्घनमा कुल एक करोड ४७ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ। गत चैतको अन्तिम साता उपत्यकाले बढीमा १३ लाखसम्म मात्र जरिवाना असुल गरेका थिए भने, वैशाखदेखि हरेक महिना करिब एक करोड रुपैयाँ हाराहारी जरिवाना सङ्कलन गर्दै आएको विवरणले देखाउँछ।
कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि अभियानको रूपमा कदम चालेपछि कारबाही र जरिवाना बढेको हुन सक्ने बताएका छन्। “पछिल्लो समय गृहमन्त्री र प्रहरी महानिरीक्षकले सचेतना कार्यक्रम समुदाय, नागरिक र घरघरसम्म पुर्याउन निर्देशन दिइसकेपछि असार १ गतेपछि व्यापक रूपमा सचेतनाका अभियान पनि सञ्चालन गरिरहेका छौँ,” सुवेदीले बताए। “सचेतनासँगै उल्लङ्घन गर्नेहरूलाई कारबाही पनि भएको छ।”
चार वर्षअघि गठन गरिएको सार्वजनिक यातायात सुधार कार्यदलका पूर्वसचिव शरदचन्द्र पौडेलले प्रहरीले जरिवानामा केन्द्रित हुँदा सर्वसाधारणमा असन्तुष्टि र आक्रोश बढ्न सक्ने तर्फ राज्यका निकायले ध्यान दिनुपर्ने बताएका छन्। “जरिवाना बढी देखाएर सरकारका मान्छेहरूलाई प्रभावित गर्ने प्रयास नेतृत्वले पटकपटक गरेको देखिन्छ। कतिपयले प्रोत्साहन गर्छन्, कतिपय निरुत्साहित,” पौडेलले भने। उपत्यका ट्राफिक प्रहरी प्रमुख समेत रहेर काम गरिसकेका नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक उमेशराज जोशीले राजस्व उठाउने उद्देश्यले प्रहरी नचलेको बताए। “त्यस्तो छैन, यो गलत बुझाइ हो र त्यसो गर्नु हुँदैन। कानुनले नै यसलाई बलियो बनाउनुपर्छ,” उनले बताए।
धेरै देशहरूमा ट्राफिक नियम उल्लङ्घनलाई अपराध नमानिने जानकारहरूले उल्लेख गरेका छन्। यातायात व्यवस्था विभागका पूर्व महानिर्देशक पौडेलले प्रहरीलाई ठूलै रकम जरिवाना गर्ने अधिकार नदिनुपर्ने बताएका छन्। “प्रहरीलाई दण्ड जरिवाना गर्ने अधिकार धेरै देशमा हुँदैन। अदालत वा अन्य अधिकारीकहाँ लैजानुपर्छ,” उनले भने। “ऊ त बन्दुक बोकेको मान्छे हो। उसको अगाडि नागरिक बोल्न सक्दैनन्। आफूलाई परेको झैं छ भन्न सक्दैन। काट्यो भने काट्यो।” नेपालमा ट्राफिक प्रहरीले हतियार नबोकेको भए तापनि राति ‘सुरक्षाका लागि’ अन्य प्रहरीले संयुक्त रुपमा चेकजाँच गर्ने प्रवक्ता सुवेदीले जानकारी दिए।
ट्राफिक प्रहरीमाथि जरिवाना असुल गर्ने विषयमा नेपालमा पहिले पनि बहस भएको र ठूलो जरिवाना लिने अधिकार नदिइएको सुवेदीले बताए। विद्यमान कानूनले ठूलो रकमको जरिवाना यातायात कार्यालयलाई मात्र दिन्छ। “उनीहरूले बढी अधिकार मागे पनि दण्ड जरिवाना न्यायाधीश वा अधिकारीलाई मात्र हुन्छ,” उनले स्पष्ट पारे। “प्रहरीलाई कानुनले दिने हो भने कसरी दिने, कसरी सुपरिवेक्षण गर्ने र अनुशासनमा कस्ले ल्याउने भन्ने कुरा पनि मिलाउनुपर्छ।” करिब दशकअघिदेखि ट्राफिक प्रहरीले जरिवाना सङ्कलनबाट पाउने १५ प्रतिशत ‘कमिसन’ हटाइएको थियो। त्यो बेलाका ‘सामान्य गल्ती’ गर्ने चालकमाथि पनि धेरै कारबाही भयो भन्ने गुनासोपछि यस्तो प्रचलन बन्द गरिएको थियो।
गतसाता राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले चालकलाई कारबाही गर्ने राज्यले सडक खाल्डोका कारण क्षतिपूर्ति दिनुपर्ने बताएका थिए। “नागरिकलाई जरिवाना तिर्न लगाइयो भने राज्यले अपराध गर्यो भने कसले जरिवाना तिर्नुपर्छ?” उनले प्रश्न उठाएका थिए। सडकको कमजोर अवस्थाका कारण दुर्घटना भएमा राज्य जिम्मेवार नबन्ने कुरामा शाहीले प्रश्न गरेका थिए। पूर्व अतिरिक्त महानिरीक्षक जोशीका अनुसार ‘जरिवाना नगरेसम्म अड्चन हुँदैन’, प्रहरीले राजस्व उठाउन नचले पनि चालकहरू जरिवाना नगरेसम्म अड्चन दिन्छन्। “ट्राफिकको काम राजस्व उठाउनु होइन। गल्ती गर्नेलाई जरिवाना लिनाले मात्र हुँदैन। जरिवानाले मात्र होइन, जनचेतना पनि बढाउनुपर्छ,” जोशीले भने। “राज्यमा यस्तो छ कि प्रहरीले नभए पनि रातो बत्तीमा मान्छे रोकिँदैन। पहिले ट्राफिक प्रहरी खोजिन्छ अनि बत्ती हेरिन्छ, यो हाम्रो वास्तविकता हो।” तर मानिसहरूको ट्राफिक नियमप्रति चेतना विगतको तुलनामा बढेको उनले बताए। उपत्यका ट्राफिक प्रहरीका अनुसार, रातो बत्तीमा सवारी नरोकेका कारण दैनिक १०० जना हाराहारी चालकहरू कारबाहीमा परिरहेका छन्। फुटपाथमा गैरकानुनी पार्किङ गरेमा पनि त्यत्तिकै समस्या हुने बताइएको छ।
प्रवक्ता सुवेदीका अनुसार तीव्र गतिमा सवारी चलाउने, मोबाइल फोन प्रयोग गर्ने र क्षमता भन्दा बढी सामान बोकेका चालकहरूलाई समेत कारबाही गरिन्छ। सार्वजनिक स्थलमा धूमपान गर्नेहरूलाई जरिवाना लगाएपछि मान्छेहरूले जथाभावी चुरोट सेवन कम गरेको उदाहरण दिँदै पूर्व एआईजी जोशीले जरिवाना सन्देशमूलक हुनुपर्ने बताए। “गल्ती गर्नेविरुद्ध कडा हुन जरूरी छ तर त्यो अन्तिम अपराधजस्तो गरिनु हुँदैन,” उनले भने।
ट्राफिक प्रहरीले सडकमा ‘स्टन्ट देखाउँदै’ सवारी चलाउनेहरूलाई खोजेर कारबाही गर्ने भिडियो सामाजिक सञ्जालमा राख्दै आएको छ। उक्त शैलीको प्रशंसा धेरैले गरेका छन्। सामाजिक सञ्जाल मार्फत उजुरी मागेर कारबाही विवरणसहित नियम उल्लङ्घन गर्नेहरूले गल्ती स्वीकार गरेको भिडिओ राखिएपछि दैनिक १५ देखि २० उजुरी आइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सुवेदीले बताए। “नागरिक र प्रहरीले सँगसँगै खोजी गरेर कारबाही गर्न थालेपछि प्रहरीले नभएको ठाउँमा पनि निगरानी हुन्छ भन्ने भावना जगाएको छ,” उनले भने। अहिले धेरै ठाउँमा सीसीटीभीबाट प्रहरीले निगरानी गर्दै नियम उल्लङ्घन गर्नेहरूलाई कारबाही गरिरहेको छ। मानिसहरूले ट्राफिक प्रहरीले ‘बाटो ढुकेर’ कारबाही गरेको गुनासो गरेपछि सूचना बोर्ड राखेर मात्र जाँच गर्ने अभ्यास थप व्यवस्थित गरिएको उनले बताए। पूर्व एआईजी जोशीले नियम-शिस्तसँगै पूर्वाधारमा पनि ध्यान दिनुपर्ने बताउँदै भने, “सडक सुविधामा ट्राफिकलाई नै प्राथमिकता दिनुपर्छ।”
विश्व च्याम्पियन अर्जेन्टिनाले अन्तिम २० मिनेट बाँकी रहँदा इजिप्टसँग २–० ले पछि परेको अवस्थामा विश्वकपबाट बाहिरिने खतरा सामना गरिरहेको थियो। २४ असार, काठमाडौं। लियोनेल मेसीका आँखा रसाइरहेका थिए। एटलान्टा स्टेडियमको बीच मैदानमा उनी आफ्ना टोलीका खेलाडीहरूको काँधमा टाउको राखेर भक्कानिएका थिए। केही मिनेटअघिसम्म ती आँसु विश्वकपबाट दर्दनाक बिदाइका हुन सक्थे। तर खेल सकिँदासम्म तिनै आँसु राहत, गर्व र अर्को ऐतिहासिक पुनरागमनको खुसीमा बदलिएका थिए।
विश्व च्याम्पियन अर्जेन्टिनाले अन्तिम २० मिनेट बाँकी रहँदा इजिप्टसँग २–० ले पछि परेको अवस्थामा विश्वकपबाट बाहिरिने खतरा सामना गरिरहेको थियो। स्टेडियमको विशाल स्क्रिनमा निराश मुद्रामा माथितिर हेरिरहेका ३९ वर्षीय मेसीको दृश्यले लाखौं समर्थकको मन भारी बनाएको थियो। त्यही क्षणमा कतिपयले यो विश्वकपमा उनको अन्तिम खेल हुन सक्ने अनुमान गरिरहेका थिए। तर अर्जेन्टिनाले हार मानेन। अन्तिम १४ मिनेटमा तीन गोल गर्दै अर्जेन्टिनाले खेललाई ३–२ मा पल्टायो र विश्वकप इतिहासकै सबैभन्दा रोमाञ्चक पुनरागमनमध्ये एक रच्यो।
निराशाबाट सुरु भएको रात अन्त्यमा उत्सवमा बदलियो। अझै उस्तै जादुगर उमेर ३९ पुगिसकेको छ। मेसी पहिलेझैं लगातार दौडिँदैनन्। धेरै समय उनी हिँडेरै खेलको गति नियाल्छन्। तर उनी कहिले दौडिने, कहिले पास दिने र कहिले प्रहार गर्ने भन्ने निर्णय गर्ने उनको फुटबल मस्तिष्क भने अझै संसारकै तीक्ष्णमध्ये एक छ। इजिप्टका गोलकिपर मोस्तफा शोबेरले सुरुदेखि नै अद्भुत प्रदर्शन गरेका थिए। पहिलो हाफमा मेसीको पेनाल्टी बचाउँदै उनले अर्जेन्टिनालाई थप दबाबमा पारे।
विश्वकप इतिहासमा मेसीले गुमाएको यो आठौं पेनाल्टी थियो भने एउटै विश्वकपमा (शुटआउट बाहेक) दुई पेनाल्टी गुमाउने पहिलो खेलाडी पनि बने। यासेर इब्राहिम र मोस्तफा जिकोका गोलले इजिप्ट २–० ले अघि बढ्दा विश्व च्याम्पियनको यात्रा लगभग समाप्त भएको देखिन्थ्यो। तर त्यसपछि मैदानमा फेरि मेसीको जादु बोल्न थाल्यो। ७९औं मिनेटमा उनले दिएको उत्कृष्ट क्रसलाई क्रिस्टियन रोमेरोले हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए। त्यसको चार मिनेट १८ सेकेन्डपछि मेसी आफैंले बायाँ खुट्टाले शक्तिशाली प्रहार गर्दै बललाई क्रसबारमा ठोक्काएर जाली चुमाए र खेल २–२ मा पुर्याए। इजिप्टले अन्तिमसम्म संघर्ष गरे पनि इन्जुरी समयमा एन्जो फर्नान्डेजको निर्णायक हेडरले अर्जेन्टिनालाई ३–२ को अविश्वसनीय जित दिलायो।
आँसु, उत्सव र अमर दृश्य अन्तिम सिठी बज्नेबित्तिकै केही मिनेटअघि निराश देखिएका मेसीलाई उनका सहकर्मीहरूले काँधमा उठाएर हावामा उछाले। अर्जेन्टिनी समर्थकहरूले लामो समयसम्म स्टेडियम नछोडी गीत गाउँदै जितको उत्सव मनाए। मेसीका आँसु अब हारका थिएनन्। ती विश्वकपमा फेरि एकपटक चमत्कार रचेको सन्तुष्टिका आँसु थिए। विश्वकप इतिहासमा अर्को कीर्तिमान यो खेलसँगै मेसीले विश्वकपमा नयाँ इतिहास पनि रचे। उनी विश्वकपको नकआउट चरणमा लगातार छ खेलमा गोल गर्ने पहिलो खेलाडी बने। जारी विश्वकपमा उनको गोल संख्या आठ पुगेको छ, जुन सन् १९७० मा जर्मनीका गर्ड मुलरले पहिलो पाँच खेलमा गरेको १० गोलयताकै उत्कृष्ट प्रदर्शन हो।
पछिल्ला नौ विश्वकप खेलमा मेसीले १६ गोलमा प्रत्यक्ष योगदान दिएका छन्- १३ गोल र तीन असिस्ट। अर्जेन्टिनाको यो जितले प्रतियोगिताको नकआउट समिकरण पनि बदलिदिएको छ। यदि अर्जेन्टिना पराजित भएको भए इंग्ल्यान्डको सम्भावित बाटो निकै सहज देखिन्थ्यो। तर अब इंग्ल्यान्डले क्वार्टरफाइनलमा नर्वेलाई हराए पनि फाइनल पुग्ने यात्रामा मेसी नेतृत्वको अर्जेन्टिनासँग भेट हुन सक्छ। पूर्व इंग्लिस गोलकिपर पाउल रोबिन्सनले भनेका छन्, ‘यो अविश्वसनीय थियो। अर्जेन्टिना लगभग प्रतियोगिताबाट बाहिरिसकेको थियो। तर त्यसपछि मेसी आए र खेलको सम्पूर्ण कथा बदलिदिए।’
अर्जेन्टिना केवल मेसीमा निर्भर टोली होइन। यो टोलीमा प्रतिभा, अनुभव र हार नमान्ने मानसिकता प्रशस्त छ। तर जब सबैभन्दा कठिन क्षण आउँछ, त्यही बेला मेसीले आफू किन सर्वकालीन महान खेलाडीमध्ये एक हुन् भन्ने फेरि प्रमाणित गर्छन्। तथ्यांकअनुसार रोमेरोले पहिलो गोल गर्दा अर्जेन्टिनाको जित्ने सम्भावना मात्र ०.६ प्रतिशत थियो। तर विश्व च्याम्पियनहरूले असम्भवलाई सम्भव बनाए। विश्वकपका थुप्रै नाटकीय खेलहरूमध्ये यो खेल पनि इतिहासमा लामो समय सम्झिइनेछ। र यसको केन्द्रमा फेरि एकपटक थिए- लियोनेल मेसी। आँसुबाट सुरु भएको रात अन्त्यमा अर्को अमर विश्वकप कथामा बदलियो।
सरकारले गत वैशाखमा काठमाडौंका सुकुमवासी बस्तीहरू डोजर लगाएर खाली गराएको थियो। ती बस्तीमा बसोबास गरिरहेका मानिसहरूलाई होल्डिङ सेन्टरमा सारियो। सरकारले २५ हजार रुपैयाँ र तीन महिनासम्म कोठाभाडा दिने व्यवस्था गराए पनि लगातार ती मानिसहरूलाई हटाउने काम भइरहेको छ। सरकारले पूर्व तयारी नगरी यस्तो गरेको भन्दै सुकुमवासीहरूले गुनासो गरेका छन्।
होल्डिङ सेन्टरमा बस्दा उठेका समस्या र समस्या समाधानका विषयमा संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङसँग सन्त गाहा मगरले गरेको संवादमा उनले भने, “म अहिले ६९ वर्षको भएको छु। जन्म काठमाडौंमै, भीमसेनगोलाको वरिपरि भएको हो। म २०३० सालदेखि शङ्खमूलमा बस्दै आएको हुँ।” उनले थपे, “सरकारले गत वैशाखमा काठमाडौंका नदी किनारका बस्तीहरू हटाउनुअघि मेरो घर त्यहाँ थियो।”
गुरुङले भने, “संविधान पढ्न त जान्दिनँ, तर सबैलाई बासको अधिकार रहेको संविधानमा लेखिएको छ। २०७६ सालमा भूमि ऐन संशोधनले पनि १० वर्षअघि बस्दै आएका वासिन्दालाई जग्गा दिने व्यवस्था थियो।” उनले भने, “तर १८ गते डोजर आएर निकै छिटो घर भत्काइयो।” उनले सरकारको निर्णयप्रति गुनासो गर्दै भने, “हाम्रो बसेको क्षेत्र बाढीले कहिल्यै छोएन।”
गुरुङले होल्डिङ सेन्टरमा बस्नका लागि सरकारले व्यवस्था गर्नुपर्ने बताउँदै भने, “हामीलाई आफ्नै वडा वा छिमेकी वडा, काठमाडौं जिल्लाभित्र वा उपत्यकाभरि बस्न मिलोस् भन्ने छ।” उनले सरकारसँग आग्रह गरे, “दीर्घकालीन समाधानका लागि छलफल गरियोस्।”
सामाजिक सञ्जालमा विदेश जाने एक व्यक्तिको तस्वीर भाइरल भईरहेको छ। कम उमेरमै रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता समेटिएको भावुक पोस्टहरू व्यापक रूपमा फैलिएका छन्। एउटा वृद्धले करिब १३–१४ वर्ष जस्तो देखिने युवकलाई माला लगाइरहेका छन्। पृष्ठभूमिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखिएकोले उनी विदेश जाँदै हुनुको स्पष्ट छ। सो तस्वीर सामाजिक सञ्जालमा निकै फैलिएको छ। घरको बाध्यता कारण नागरिकतामा उमेर वृद्धि गरेर विदेश गएको अनुमान गर्ने मानिसहरू छन् भने केहीले यसलाई एआईबाट सिर्जित फोटो भनी शंका जनाएका छन्। धेरैले यो वास्तविक ठान्दै भावुक प्रतिक्रिया दिएका छन्। तर सत्य के हो? भिजुअल अनुसन्धानबाट उक्त फोटो र यसको वास्तविकता उजागर गरिएको छ। उनी विदेश नै गएका हुन् र भाइरल फोटो पनि वास्तविक नै हो। तर पोस्टमा गरिएको केही दाबीहरू गलत छन्।
“००० हाम्रो लहान राम्रो लहान” नामक फेसबुक पेजबाट १८ असार साँझ ७:५० बजे तस्वीर अपलोड गरिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि उभिएर घाँटीमा नेपालको झण्डा बाँधेको ती युवालाई एक वृद्धले कलेजी रङको खादा ओडाइरहेका छन्। परोपकारी पेजमा पारिवारिक बाध्यता कारण सानै उमेरमा मलेसिया जान बाध्य भएको उल्लेख गरिएको छ। पोस्टमा लेखिएको छ, ‘मलेसिया जाने बाध्यताका कारण यति कम उमेरमै जिम्मेवारीको ठूलो पहाड चढ्नुपरेको।’ सो पेजले उनको उमेर १३ देखि १६ वर्ष मात्र भएको दाबी गरेको छ। खेलकुद र पढाइको उमेरमा परिवारको पेट पाल्न मलेसिया जान बाध्य भएको भनिएको छ।
फेसबुक पेजबाट पोस्ट गरिएको उनको फोटो विभिन्न पटक गुणस्तर सुधार गरेर पुनः पोस्ट गरिएको जस्तो देखिन्छ। यी फोटोहरू नियमित जस्तो छैनन्। यद्यपि ती व्यक्ति साँच्चै कम उमेरका र सजिला देखिन्छन्। यस आधारमा प्रयोग गरिएको एआई जाँच उपकरणहरूले उक्त फोटो एआई निर्मित नभएको निष्कर्ष निकालेका छन्। अन्य सामाजिक सञ्जालहरूमा पनि सो फोटो प्रयोग गरी भावुक पोस्टहरू देखिन थालेका छन्।
थप खोजीमा केही फेसबुक पेज र प्रयोगकर्ताहरूले ती युवाको नाम सुनिल कुमार यादव रहेको र उनी २३ वर्षका भएको जानकारी दिएका थिए। निर्वाचनमा उनी म्यादी प्रहरीको रूपमा कार्यरत र कक्षा १२ सम्म अध्ययन गरेका पाइयो। तलका खोजीमा (सुनिल कुमार, सुनिल यादव, सुनिल कुमार यादव) लगायतका किवर्डहरू राखेर गुगल र सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम, टिकटक) मा खोज्दा @sunildiljale321 युजरनेम भएको टिकटक खाता भेटिएको छ। फेसबुक अकाउन्ट पनि फेला पर्यो, जसमा राखिएका फोटोहरू टिकटकमा भएका फोटोहरूसँग मिल्दोजुल्दो छन्। फेसबुक अकाउन्ट सक्रिय नभए पनि टिकटकमा सन् २०२२ सेप्टेम्बर ९ देखि सयौं पोस्ट गरिएका छन्। हालैका भिडियोहरूमा आफू मलेसिया गएको र त्यहाँ काम गरिरहेको देखाइएका छन्। सन् २०२६ जनवरी २९ मा अपलोड गरिएको भिडियोमा उनले आफ्नो नाम सुनिल कुमार यादव हो भन्दै आफू निर्वाचन प्रहरीमा चयन भएको देखाएका छन्।
उनको उमेर र ठेगाना पत्ता लगाउनु पनि आवश्यक थियो। टिकटकमा कमेन्ट गर्ने प्रोफाइलहरूको जाँच गर्दा @rabin.kr.sharma नामक टिकटक अकाउन्टबाट एउटा भिडियो भेटियो, जहाँ भिडियोमा देखिने व्यक्तिले सुनिल आफ्नो भाइ हो र उनी सहजौलि भन्ने ठाउँका हुन् भनी मैथिली भाषामा बताए। सहजौलि बाराबाट करैयामाई गाउँपालिका–१ भित्र पर्ने कुरा पुष्टि भयो। त्यहाँका स्थानीय जनप्रतिनिधि दिपक प्रसाद पासवानसँग सम्पर्क गर्दा उनले सुनिलको छिमेकी रहेको र तथ्याङ्क पुष्टि गरे। सुनिलका पिता गगनदेव यादव हुन् भने उनी २३ वर्ष नजिकको उमेरका छन्भने बताए। सुनिल असार १७ गते मलेसिया प्रस्थान गरेको जानकारी दिपक पासवानले दिए।
त्यस्तै सो क्षेत्रको श्री जन सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबाबु प्रसाद यादवसँग सम्पर्क गर्दा उनले सुनिल सहजौलिको भएको र विदेश गएको पुष्टि गरे। सुनिलले गत वर्ष कक्षा १२ उत्तीर्ण गरेको पनि प्रधानाध्यापक यादवले जानकारी गराए। उनका अनुसार सुनिल दुई दाजुभाइ र एक बहिनी गरी तीन छोरा छन्। दाइ पनि विदेशमा छन्। सुनिलकी आमा सानैमा बितिसक्नु भएको छ। अहिले घरमा बुबा र बहिनी मात्र छन्। बहिनी १२ कक्षामा पढ्दैछिन् र बाबु खेतीपाती गर्नुहुन्छ।
विदेश जानका लागि कति उमेर चाहिन्छ? नेपालको कानुन अनुसार १६ वर्ष उमेर पूरा भएपछि नागरिकता प्रमाणपत्र लिन सकिन्छ। त्यसपछि आफ्नै नाममा साधारण (वयस्क) पासपोर्ट बनाउन पाइन्छ। वैदेशिक रोजगार ऐन, २०६४ अनुसार १८ वर्ष पुग्नु नपुगेका नेपालीहरूलाई वैदेशिक रोजगारको लागि पठाउन सकिंदैन। विदेश जान १८ वर्ष वा सोभन्दा माथि उमेर मात्रै आवश्यक छ। त्यसैले सुनिल १८ वर्षभन्दा माथिका छन्। सामाजिक सञ्जालमा भाइरल दाबी जसले उनलाई कम उमेरको देखाउँछ, गलत छ। हालका दिनहरूमा उनका नाममा नक्कली टिकटक अकाउन्टहरू बनाउने क्रम बढेको छ। यी अकाउन्टहरूले उनका भिडियो डाउनलोड गरी पुनः अपलोड वा तस्वीरहरू पोस्ट गरिरहेका छन्।
२४ असार, काठमाडौं । मध्य चीनको हुबेई प्रान्तमा सोमबार राति आएको भीषण आँधीबेहरी र चक्रवातका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३३१ जना घाइते भएका छन्। यस प्राकृतिक विपत्तिमा परी एक जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।
स्थानीय प्रशासनका अनुसार सोमबार राति ७ देखि ११ बजेको समयमा हुबेईको पूर्वी क्षेत्र-विशेषगरी हुआङ्सी, हुआङ्गाङ, एजोउ र सियानिङलगायतका सहरहरूमा मेघगर्जनसहितको शक्तिशाली हावाहुरी चलेको थियो। केही स्थानमा हावाको गति ‘लेभल १३’ सम्म पुगेको र चक्रवात समेत आएको जनाइएको छ। यस भीषण हावाहुरीले भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ।
अधिकारीहरूका अनुसार आँधीका कारण २२ वटा भवन पूर्ण रूपमा भत्किएका छन् भने ४ हजार ८ सय ५५ वटा अन्य घर तथा संरचनाहरूमा क्षति पुगेको छ। घटनालगत्तै प्रान्तीय सरकारले प्रभावित क्षेत्रमा व्यापक रूपमा खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ। घाइतेहरूको उपचारका साथै सम्भावित थप जोखिम न्यूनीकरण र विपद व्यवस्थापन तथा राहत वितरणको कामलाई तीव्र पारिएको प्रान्तीय अधिकारीहरूले जानकारी दिएका छन्।
२४ असार, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकी सोसल मिडिया इन्फ्लुएन्सर आइशोस्पीड र एक जना अर्जेन्टिनी समर्थकबीच भएको भनिएको जातीय भेदभावजन्य दुर्व्यवहारको आरोपबारे अनुसन्धान सुरु गरेको छ। शुक्रबार अर्जेन्टिनाले केप भर्डमाथि ३-२ को जित निकालेको खेलका क्रममा उक्त घटना भएको बताइएको छ। फिफाले मियामीको हार्ड रक स्टेडियममा जुलाई ३ मा भएको अन्तिम ३२ को खेलका दौरान भएको यस घटनाबारे आफू जानकार रहेको र तुरुन्तै अनुसन्धान सुरु गरेको जनाएको छ।
युट्युबमा ५ करोड ७० लाख सब्सक्राइबर र टिकटकमा ५ करोड ३० लाख फलोअर्स भएका आइशोस्पीडले प्रतियोगिताका क्रममा खेलहरूको लाइभ स्ट्रिम गर्दै आएका छन्। उनका केही स्ट्रिमहरूमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो र बार्सिलोना तथा एसी मिलानका पूर्वफरवार्ड ज्लाटान इब्राहिमोविचसमेत देखिएका छन्। उनको युट्युब च्यानलको भिडियो फुटेजमा केप भर्डको जर्सी लगाएका २१ वर्षीय स्पीड प्यारापिटमा एक जना अर्जेन्टिनाका समर्थकसँग विवादमा परेको देख्न सकिन्छ।
यस विषयमा फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फिफा विश्वकप एकता, विविधता र सम्मानको उत्सव हो। यसले विश्वभरिका मानिस, संस्कृति र समुदायहरूलाई एकसाथ ल्याउँछ। जसले यी मूल्यमान्यताहरूलाई कमजोर पार्ने काम गर्छ, उसलाई हाम्रो खेलमा स्वागत छैन।’ आइशोस्पीडमाथि लाग्दै गरेको यो दुर्व्यवहारको घटना फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेले एक पराग्वेली सिनेटरमाथि उनको उत्पत्ति र शिक्षाको खिल्ली उडाउँदै गरिएको जातीय टिप्पणीको आलोचना गरेपछि केही दिनमा सार्वजनिक भएको हो। एम्बाप्पेले उक्त टिप्पणीलाई ‘घृणित र आफ्नो पदका लागि अयोग्य’ भनी समेत बताए। पराग्वेको लिबरल र्याडिकल पार्टीकी सेलेस्टे अमरिलाले विश्वकपको अन्तिम १६ मा आफ्नो देश फ्रान्ससँग पराजित भएपछि सामाजिक सञ्जालमा आफ्ना टिप्पणीहरू पोस्ट गरेकी थिइन्। फ्रान्सेली फुटबल महासङ्घले अमरिलाको टिप्पणीलाई ‘पूर्ण रूपमा घृणास्पद र अक्षम्य’ भन्दै आपराधिक मुद्दा दायर गर्ने योजना बनाइरहेको छ।