रसुवागढी भन्सार यार्डमा भोटेकोशीको बाढीले ठूलो मानवीय र आर्थिक क्षति पुर्याएको छ। चाडपर्वको मुखमा आयात प्रभावित हुँदा बजारमा अत्यावश्यक सामानको अभाव र मूल्यवृद्धि हुन सक्ने चेतावनी व्यवसायी र…
धादिङका २७ तीर्थयात्री र बस चालक बुधबारदेखि बाढीपछि सम्पर्कविहीन भएका छन्। परिवारले अन्तिम पटक ‘हामी छतमा छौं’ भनेको खबर पाएको छ। खोजी र उद्धारका लागि प्रयास जारी छ।
नेपाल भेटेरिनरी एसोसिएसनले बाढी प्रभावित क्षेत्रका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ। कृषकहरूले ११५९ मा सम्पर्क गरेर पशुपन्छीको स्वास्थ्य र उद्धारसम्बन्धी सल्लाह लिन सक्नेछन्।
एनसेल र नेपाल मेडिसिटी अस्पतालले ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरेका छन्। २९९ रुपैयाँ वा बढीको प्याक लिने ग्राहकले यो सेवा पाउनेछन्।
सरकारले कृषि बीमा अनुदान वितरणलाई पारदर्शी बनाउन नयाँ कार्यविधि लागू गरेको छ, जसअनुसार बीमितले अन्य सरकारी निकायबाट अनुदान नलिएको स्वघोषणा गर्नुपर्नेछ।
सरकारले पानी प्रदूषित गर्ने उद्योग र अस्पतालहरूलाई कडा निगरानीमा राख्न नयाँ मापदण्डको मस्यौदा तयार गरेको छ। यसले विषाक्त फोहोर पानीको फाल्नमा कडा नियमहरू लागू गर्नेछ।