नेपालसँग हिमाल, ध्यान, योग, आयुर्वेद, जडीबुटी र आध्यात्मिक परम्परा भए पनि व्यवस्थित आरोग्य पर्यटन उत्पादनमा बदल्न नसकेकोले अवसर गुमाइरहेको छ। आरोग्य पर्यटनको विश्वव्यापी बजारले १ ट्रिलियन डलर पार…
नेपाल उद्योग वाणिज्य महासंघले श्रम कानुन संशोधनलाई लगानी, रोजगारी र औद्योगिक सुधारसँग जोडेर अघि बढाउन आग्रह गरेको छ। मन्त्री रामजी यादवले श्रम ऐन संशोधनको पहिलो चरण चलिरहेको जानकारी दिएका छन्।
सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न ६ सदस्यीय समिति गठन गरेको छ। यो केन्द्र सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउन तयार गरिएको हो।
चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। आयात १ खर्ब ८७ अर्ब ४४ करोड र निर्यात ३८ अर्ब ७० करोड पुगेको छ।
प्रधानमन्त्री बालेन शाहले पहिलो निजी भ्रमणमा कास्कीको अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बसेका छन्। यो भ्रमण पूर्ण रूपमा व्यक्तिगत हो र उनी भोलि मुस्ताङ जाने तयारीमा छन्।