नेकपा एमालेका सांसद क्षितिज थेबेले आगामी आर्थिक वर्षको बजेटले युवाहरूमा उत्साह जगाउन नसकेको बताएका छन्। उनले बजेटको आकार र प्रस्तुती प्रभावशाली भए पनि युवाहरूको रोजगारीको अवसरमा कुनै आशा देख्न नसकेको…
नेकपा एमालेका नवनियुक्त केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सोमबार च्यासलस्थित पार्टी कार्यालयमा पदभार ग्रहण गरेका छन्। उनले डिजिटल सञ्चारमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे।
कैलालीको वन क्षेत्रमा रहेका व्यापारिक संरचनाहरू खाली गर्न लाग्दा प्रयोगमा ल्याइएको टेम्पो भीरबाट खसालिएपछि सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। घटनामा संलग्न १२ जना कर्मचारी प्रहरी…
शिक्षामन्त्री सस्मित पोखरेल र स्वीट्जरल्याण्डका राजदूत ड्यानिएल मेउलीबीच सोमबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा प्राविधिक शिक्षा र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो।
काठमाडौंको कुलेश्वर फलफूल बजारमा स्वदेशी आँपको दैनिक ६० देखि ७५ लाख रुपैयाँ बराबरको कारोबार भइरहेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालसम्म बजारका आँपमा कुनै पनि हानिकारक रसायन र विषादी…
वीरेन्द्रनगरमा जारी १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेटको उपाधि भिडन्त मधेश र सुदूरपश्चिम प्रदेशबीच हुने भएको छ। सुदूरपश्चिमले मधेशलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।