Skip to main content

समाचार

रोल्पामा जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयको सहकार्यमा ‘राहदानी घरदैलो सेवा’ सुरु गरिएको छ। यस सेवाअन्तर्गत नागरिकहरूले हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।
2026-06-03 | SPACE 4K
रमा तिवारीको हत्या प्रकरणमा कन्टेन्ट क्रिएटरले भिडियो सार्वजनिक गरेपछि प्रहरीले विज्ञप्ति जारी गर्दै भ्रामक सूचना नप्रसार गर्न सचेत गराएको छ।
2026-06-03 | SPACE 4K
डा. धवलशमशेर राणाले नयाँ दल गठनका लागि जेनजी समूहका युवाहरूसँग छलफल गरेका छन्। राप्रपाबाट अलग भएर राजसंस्थावादी शक्तिहरूलाई एकत्रित गर्ने तयारीमा छन्।
2026-06-03 | SPACE 4K
सामाजिक संस्थाहरूले समाज कल्याण परिषद्को पुनर्संरचना गरी सामाजिक विकास बोर्ड स्थापना गर्न माग गरेका छन्। ३० भन्दा बढी नागरिक तथा सामाजिक संघसंस्थाका महासङ्घले साझा धारणा सार्वजनिक गरेका छन्।
2026-06-03 | SPACE 4K
नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले नारायणी नदीको पूर्वी किनारमा नेपालले बनाउँदै गरेको तटबन्ध निर्माणमा भारतीय पक्षले रोक लगाएको दाबी गरेका छन्। प्रधानमन्त्री शाहले…
2026-06-03 | SPACE 4K
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा झरेका छन्। उनका रेटिङ अंक २३९ यथावत् छन्।
2026-06-03 | SPACE 4K
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दिल्लीमा भेटवार्ता भएको छ। मोदीले नेपाल र भारतबीचको विशेष सम्बन्धलाई अभिवृद्धि गर्न सहकार्य गर्न उत्साहित रहेको बताएका छन्।
2026-06-03 | SPACE 4K
सांसद विष्णुबहादुर विश्वकर्माले रवि लामिछानेको भारत भ्रमणलाई ‘चाकरीबाज’ भनेका छन्। उनले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै राष्ट्रिय सभा बैठकमा प्रश्न उठाएका छन्।
2026-06-03 | SPACE 4K
रुसले कब्जा गरेको युक्रेनी भूभागमा यात्रुवाहक बसमाथि ड्रोन आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्।
2026-06-03 | SPACE 4K
नेकपा एमालेकी सांसद सम्झना देवकोटाले राष्ट्रिय सभाको कामकाज स्थगित भएको विषयमा सरकार गम्भीर हुनुपर्ने बताएकी छन्। उनले चार दिनदेखि संसद् अवरोध हुँदा दु:ख लागेको व्यक्त गरिन्।
2026-06-03 | SPACE 4K

Subscribe to Our Newsletter: