भारत र जापानबीच पहिलो अन्तर्राष्ट्रिय टी–२० क्रिकेट खेल सेप्टेम्बर २२ मा तोचिगी प्रिफेक्चरमा आयोजना हुने छ। यो खेल भारत–जापान कूटनीतिक सम्बन्धको ७५औं वार्षिकोत्सवको औपचारिक सुरुवातको रूपमा मनाइनेछ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जापानको २०औं एसियाली खेलकुदमा भाग लिन जाने नेपाली कराते टोलीलाई त्रिभुवन विमानस्थलमा बिदाइ गर्दै नतिजाको चिन्ता नगर्न र शतप्रतिशत प्रदर्शन गर्न आग्रह गरे।
नेपाल भलिबल लिगको पहिलो संस्करण आजदेखि काठमाडौंमा ६ टोलीबीच सुरु हुँदैछ। उद्घाटन खेलमा सगरमाथा स्म्यासर्स र मधेश वारियर्स अपराह्न ४ बजे खेल्दैछन्। एनभीएल विजेताले २० लाख रुपैयाँ पाउनेछन्।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा आयोजित स्पोर्ट्स अवार्डमा चन्द्रबहादुर थापा र एरिका गुरुङलाई वर्षका उत्कृष्ट खेलाडीका रूपमा घोषणा गरिएको छ। एरिका तेस्रो पटक यो पुरस्कार जितेर नयाँ इतिहास…
एनएसजेएफ पल्सर खेलकुद पुरस्कार २०८२ बिहीबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लू पभेलियन हलमा हुँदैछ। यो पुरस्कार बाढीपीडित प्रभावितहरूलाई समर्पित गरिएको छ।
नेपालले भियतनामको दा नाङमा भइरहेको तेस्रो पिकलबल विश्वकपमा कास्य पदक जितेको छ। दावा शेर्पाले पुरुष एकलतर्फ ब्राजिलका खेलाडीलाई पराजित गर्दै यो उपलब्धि हासिल गरेका हुन्।
नेपालले एसीसी प्रिमियर कपमा मलेसियालाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। करण केसीले ४ विकेट लिए र अर्जुन कुमालले अविजित ४५ रन बनाए।