बंगलादेशले अस्ट्रेलियालाई पहिलोपटक टेस्ट क्रिकेटमा पराजित गर्दै ऐतिहासिक जीत हासिल गर्यो। मेहदी हसन मिराजले ५ विकेट लिएर बंगलादेशको जितमा महत्वपूर्ण भूमिका निभाए।
सुस्मिता थापामगरले प्रोफेसनल मिक्स मार्सल आर्ट्समा पहिलो पटक जित निकाल्ने नेपाली महिला खेलाडी बनेकी छिन्। उनले भारतको बेंगलुरुमा भएको रोनिन एफसी ३ प्रतियोगितामा भारतकी शालु शर्मालाई पराजित गर्दै…
इङ्ल्यान्डका डिफेन्डर जेड स्पेन्स टोटनहम छोडेर इटालीको क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन्। उनले इन्टरसँग पाँच वर्षे सम्झौता गरेका छन् र क्लबले उनलाई भित्र्याउन करीव तीन करोड युरो खर्च गरेको छ।
दोस्रो झापा १–काठमाडौं कप फुटसलको उपाधि मेचीनगरले शान्तिनगरलाई ३–० गोल अन्तरले पराजित गर्दै रक्षा गर्यो। मेचीनगरका राजदीप अधिकारी उत्कृष्ट खेलाडी घोषित भए।
नेपाली महिला कबड्डी टोली २०औं एसियाली खेलकुदमा पदक रक्षा र सुधारिएको प्रदर्शनका लागि भारतमा विशेष प्रशिक्षणमा छ। पुरुष टोलीले पनि पदक जित्ने लक्ष्य राखेको छ।
बुढानीलकण्ठमा क्रिकेट र चेस प्रशिक्षणका लागि ‘क्रिकेट एरेना एकेडेमी’ को उद्घाटन गरिएको छ। नगर प्रमुख मिठाराम अधिकारीले उद्घाटन गरेका छन्। एकेडेमीमा १० जना खेलाडीले अभ्यास गरिरहेका छन्।
एभरेस्ट वुमन्स भलिबल लिगको तेस्रो संस्करण असोज १५ देखि २४ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। नेपाल भलिबल संघले प्रतियोगिताका लागि आधिकारिक स्वीकृति दिएको छ।