नेपाली क्रिकेट टोलीलाई एसियन गेम्सका लागि बिदाइ गरिएको छ। क्यान सचिव पारस खड्काले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे। कप्तान दीपेन्द्रसिंह ऐरीले पदक जित्ने लक्ष्य रहेको बताए।
माइकल ओलिसेको ह्याट्रिक र ह्यारी केनको दुई गोलमा बायर्न म्युनिखले युनियन बर्लिनलाई ७–०ले हरायो। केनले ९८ खेलमै बुन्डेसलिगामा १०० गोल पुरा गर्दै सबैभन्दा छिटो यो कीर्तिमान कायम गरे।
न्युजिल्यान्डका अलराउन्डर रचिन रविन्द्र प्रोमो सुटिङका क्रममा घाइते भएका छन्। दायाँ काँध खुस्किएको र स्वास्थ्य परीक्षणमा कुनै ठूलो संरचनात्मक क्षति नभएको पुष्टि गरिएको छ।
दोस्रो गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार ठमेलस्थित क्लब नोभामा हुने भएको छ। प्रतियोगितामा नेपाल र भारतका खेलाडी विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।
ओलम्पियन तेक्वान्दो खेलाडी संगिना वैद्य राष्ट्रिय खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभागकी निर्देशकमा नियुक्त भएकी छिन्। यस नियुक्तिसँगै संगिना राष्ट्रिय खेलकुद परिषदको ६ दशक लामो इतिहासमा पहिलो…