स्कटल्यान्डलाई पराजित गर्दै अमेरिका शीर्ष स्थानमा फेरी उक्लियो
अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग २ मा स्कटल्यान्डलाई ६ विकेटले हराउँदै शीर्ष स्थानमा पुनः पहुँच बनाएको छ। स्कटल्यान्डले दिएको १७० रनको लक्ष्य अमेरिकाले २७.१ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो।






















