नेपाल आज किर्गिस्तानसँग काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा भारतसँग पराजित भएपछि नेपालले पहिलो जितको खोजीमा छ।
बायर्न म्युनिखले स्टुटगार्टलाई ३–० ले हराउँदै जर्मन डीएफबी पोकलको उपाधि जितेको छ। ह्यारी केनले ह्याट्रिक गर्दै बायर्नलाई लिग र कप ‘डबल’ पुरा गराएका छन्।
अखिल नेपाल बुद्धिचाल महासंघमा नेतृत्वमाथि परेको अविश्वास प्रस्तावमा छलफल गर्न आइतबार दुई स्थानमा विशेष साधारण सभा हुँदैछ। महासंघको बेरुजु रकम ५४ लाखभन्दा माथि पुगेको र बजेट वितरणमा पक्षपात भएको आरोप…
सन्तोषी श्रेष्ठले १५०० मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान ४ मिनेट २७.३५ सेकेण्डमा कायम गरिन्। उनले एकै वर्षमा सातवटा राष्ट्रिय कीर्तिमान कायम गरेर रेकर्ड गर्लको उपाधि पाएकी छन्।
नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा कीर्गिस्तानलाई पराजित गर्दै पहिलो जित हात पारेको छ। नेपालले २ खेलबाट ४ अंक जोड्दै समूह ए मा दोस्रो स्थानमा उक्लेको छ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामाथि शानदार जित दर्ता गर्यो। सन्दीप लामिछानेले १० ओभरमा ३ विकेट लिएर अमेरिकालाई १९५ रनमा समेटे। नेपालले २४ अंकसहित पाँचौं स्थानमा छ।
काभा महिला भलिबल च्याम्पियनसिपको पहिलो दिन नेपालले भारतसँग ३-२ को सेटमा पराजित भएको छ। नेपालले पहिलो र चौथो सेट जितेको भए पनि भारतले दोस्रो, तेस्रो र पाँचौं सेट आफ्नो पक्षमा पारेको हो।
मलेसियाले नेपाललाई दोस्रो टी-२०आई खेलमा ८३ रनको लक्ष्य दिएको छ। मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको हो। नेपालका कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले २-२ विकेट लिए।