Skip to main content

लेखक: space4knews

आजदेखि ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोगमा पूर्ण प्रतिबन्ध

१७ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन र दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्न मन्त्रालयले यस निर्णय गरेको बताइएको छ । प्लास्टिकजन्य सामग्रीको अत्यधिक प्रयोगले वातावरणमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न तथा वैकल्पिक र वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रवर्द्धन गर्न ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ । मन्त्रालयले यो निर्णयले सम्पूर्ण सरकारी निकाय तथा सरोकारवाला पक्षहरूलाई पनि सकारात्मक सन्देश दिने विश्वास लिएको छ । मन्त्री श्रेष्ठले आगामी दिनमा यसको प्रभावकारी कार्यान्वयनका लागि सबैको सहकार्य अपेक्षा गरेको बताए ।

काठमाडौंका पूर्वसीडीओ माथि के छ आरोप ? – Online Khabar

काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि आरोप र पक्राउ

समाचार सारांश जेनजी आन्दोलनको दमनमा संलग्न रहेको आरोपमा पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई काठमाडौंमा पक्राउ गरिएको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले रिजालसहित उच्च स्तरका नेताहरूमाथि कारबाही सिफारिस गरेको थियो। आयोगले रिजाललाई दफा १८२ अनुसार हेलचेक्र्याईं गर्दा कसैको ज्यान मार्न नहुने उल्लंघन गरेको भन्दै अनुसन्धान र अभियोजन सिफारिस गरेको छ। १७ चैत, काठमाडौं।

जेनजी आन्दोलनको समयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका छविलाल रिजाल मंगलबार बिहान पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई उनको निवास सुविधानगरबाट मंगलबार बिहान पक्राउ गरेको हो। उनी थप अनुसन्धान तथा मुद्दाको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ। अब जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान गर्नेछ।

पक्राउको कारण जेनजी आन्दोलनका बेला भएको व्यक्ति हत्या घटनासँग सम्बन्धित छ। गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलन दमनबारे छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरिएको थियो। आयोगले बुझाएको प्रतिवेदनमा तत्कालीन सीडीओ रिजालसहित गृहसचिव गोकर्णमणि दुवाडी, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही सिफारिस गरेको थियो।

आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ कि मृत्यु भएका अधिकांशको शरीरको माथिल्लो भागमा गोली लागेको छ। यसरी हेर्दा यो घटनामा अत्यधिक बल प्रयोग भएको देखिन्छ। आयोगसँगको बयानमा रिजालले घुँडामुनि र रबरको गोली चलाउन आदेश दिएको दाबी गरे पनि प्राप्त प्रमाण अनुकूल नरहेको प्रतिवेदनमा छ। यस आधारमा रिजाललाई मुलुकी फौजदारी अपराध संहिताको दफा १८२ अन्तर्गत कारबाही सिफारिस गरिएको छ, जसमा ‘हेलचेक्र्याईं गरी कसैको ज्यान मार्न हुँदैन’ भनेको छ।

१० वर्ष बित्दा पनि अधुरो रहेको १० किलोमिटर सडकको अवस्था

तेह्रथुमको फेदाप क्षेत्रको १० किलोमिटर सडकखण्ड दशक बित्दा पनि अधुरो छ र आठौं पटक म्याद थप्ने तयारीमा छ। २०७२ सालमा सम्झौता गरिएको सडक निर्माण कार्य २०७४ भित्र सम्पन्न गर्ने भनिए पनि कम्पनी सम्पर्कमा छैन। सडक अधुरो हुँदा स्थानीय बासिन्दा, सवारी चालक र पर्यटन व्यवसायीले दैनिक जीवन र आर्थिक गतिविधिमा समस्या भोगिरहेका छन्। १७ चैत, तेह्रथुम।

तेह्रथुमको फेदाप क्षेत्रका बासिन्दाका लागि सडक केवल भौतिक पूर्वाधार मात्र होइन, यो उनीहरूको दैनिकी, सम्भावना र भविष्यसँग जोडिएको छ। यो सडक आठराई र फेदापका नागरिकलाई जिल्ला सदरमुकामसँग जोड्ने एकमात्र माध्यम हो। तर, विडम्बना, मध्यपहाडी लोकमार्गअन्तर्गत खोरङ्वा खोलादेखि यावरासम्मको १० किलोमिटर सडकखण्डले दशक बित्दा पनि पूर्णता पाउन सकेको छैन। २०७२ साल भदौ ३१ गते गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभी कम्पनीले फेदाप गाउँपालिकाको उक्त सडक खण्ड कालोपत्रे गर्ने जिम्मा लिएको थियो। ३९ करोड १८ लाखभन्दा बढी लागतमा २०७४ सालभित्र काम सम्पन्न गर्ने सम्झौता गरिए पनि आजसम्म सडक निर्माण कार्य पूरा हुन सकेको छैन।

सात पटक म्याद थप भइसकेको यो आयोजना अहिले आठौं पटक म्याद थप्ने तयारीमा छ। निमार्ण कम्पनी सम्पर्कमा छैन। तेह्रथुम जिल्लामा पर्ने मध्यपहाडी राजमार्गको कुल ११९ किलोमिटरमध्ये १०९ किलोमिटर सडक पक्की भइसकेको छ। तर, फेदाप क्षेत्रको यही १० किलोमिटर खण्ड अझै अधुरो छ। जहाँ अन्य स्थानमा सडकले गति समातेको छ, त्यहीँ फेदापका बासिन्दा भने अझै धुलो र हिलोबीच यात्रा गर्न बाध्य छन्। हिउँदमा यो सडक धुलाम्मे हुन्छ। सवारी गुड्दा उठ्ने धुलोले घर, पसल र खेतबारी ढाकिन्छ, जसले स्वास्थ्यमा समेत असर पुर्‍याउँछ।

बर्खा लागेपछि सडक हिलाम्मे बन्छ, कतै गाडी फस्छ, कतै पानी बगेर सडक नै खोलाजस्तो देखिन्छ। यस्तो अवस्थामा सवारी सञ्चालन हुन मुस्किल हुन्छ। स्थानीय बासिन्दा सिम्लेकी दिलकुमारी लिम्बु भन्छन्, ‘बच्चा विद्यालय जानका साथै, बिरामीलाई अस्पताल लैजान समेत समस्या छ। बजार जानु भने झन् कठिन-धुलाम्मे सडकमा पैदल हिँड्नु पर्‍यो। कहिलेकाहीँ त सवारी साधन नै हिलाम्मेमा फस्छ।’ सडक अधुरो रहँदा आवश्यक पर्खाल, नाला र सुरक्षात्मक संरचना निर्माण हुन सकेका छैनन्। जसका कारण वर्षायाममा पहिरोको जोखिम बढेको छ।

डम्बर कुमारी बास्तोला भन्छिन्, ‘सडक बनाउने भन्दै जमिन काटियो, तर संरक्षण गरिएन। अब वर्षा लागेपछि घरमै बस्दा पनि डर लाग्छ। कहिलेकाहीँ राति सुत्दा पनि पहिरोको डरले निन्द्रा आउँदैन।’ सडक खण्डमा सवारी सञ्चालन गर्नु चालकहरूका लागि चुनौतीपूर्ण मात्र होइन, आर्थिक रूपमा घाटाको विषय पनि बनेको छ। गाडी बिग्रिने, भासिने र दुर्घटनाको जोखिमले व्यवसाय असुरक्षित बनेको छ। सवारी चालक जयदेव शाह भन्छन्, ‘म बिहान उठ्छु, सवारी लिएर सडकमा आउँछु। हरेक यात्रा तनावपूर्ण हुन्छ। कहिलेकाहीँ गाडी हिलोमा फस्छ, कहिलेकाहीँ भासिन्छ। घाटा व्यहोर्नु परेको छ। कहिलेकाहीँ त दुर्घटना नजिकै देख्दा डर लाग्छ। तर परिवार चलाउन सकिनुपर्छ भन्ने बाध्यताले म सवारी चलाउँछु।’

उनको व्यक्तिगत अनुभवले देखाउँछ-सडक अधुरो रहँदा केवल समय र पैसाको मात्र घाटा हुँदैन, जीवन नै जोखिममा पर्छ। स्थानीय पर्यटन व्यवसायी बमबहादुर लिम्बु भन्छन्, ‘सडक राम्रो भए यहाँ धेरै पर्यटक आउन सक्थे। यहाँ त रिसोर्ट, होमस्टे राख्न सकिन्छ। तर अहिलेको अवस्थाले सम्भावना भएर पनि उपयोग हुन सकेको छैन। पर्यटक आउँदैनन्, स्थानीय रोजगार पनि सिर्जना हुँदैन।’ सडकको ढिलाइमा निर्माण कम्पनीको लापरबाही मात्र होइन, अनुगमन र मूल्याङ्कनको अभाव पनि प्रमुख कारणका रूपमा देखिन्छ। योजना घोषणा, बजेट विनियोजन र ठेक्का सम्झौता भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा यस्ता राष्ट्रिय गौरवका आयोजना अलपत्र पर्ने गरेका छन्।

स्थानीयहरूले भन्छन्, ‘सडक बनेको भए बच्चा पढ्न सजिलो हुन्थ्यो, बिरामीलाई अस्पताल पुग्न समय बच्थ्यो, बजारमा सामान पठाउन सकिन्थ्यो, पर्यटनले रोजगार दिन्थ्यो। तर अब दश वर्ष बित्दा पनि हामी धुलाम्मे र हिलोबीच सधैं संघर्ष गर्दैछौं।’ दशक लामो प्रतीक्षामा पनि अधुरो रहेको यो १० किलोमिटर सडक केवल एउटा परियोजना होइन, यो देशकै पूर्वाधार विकास प्रणालीको प्रतिबिम्ब बनेको छ। स्थानीय बासिन्दा, सवारी चालक र पर्यटन व्यवसायीहरूको अनुभवले देखाउँछ-जबसम्म योजना कार्यान्वयनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी अनुगमन हुँदैन, तबसम्म यस्ता अधुरा सडकहरू विकासका प्रतीक होइन, असफलताका उदाहरण बनिरहनेछन्। फेदापको धुलाम्मे र हिलाम्मे बाटो अब केवल प्रश्न मात्र उठाएको छैन, यसले निमार्ण कम्पनीहरु माथी नै प्रश्न चिह्न बनेको छ। विकास केवल कागजमा होइन, जनताको जीवनमा महसुस हुनुपर्छ, अनि मात्र फेदापको सडक साँच्चै विकासको बाटोमा रूपान्तरण स्थानीयको विश्वास बन्नेछ।

इरानबाट भारततर्फ आउँदै गरेको विमान अमेरिकी हवाई हमलामा क्षतिग्रस्त

१७ चैत, काठमाडौं । इरानबाट भारतको राजधानी नयाँदिल्ली तर्फ उड्न लागेको एक विमान अमेरिकी हवाई हमलामा परि क्षतिग्रस्त भएको छ। सोमबार महान एयरलाइन्सको एउटा विमान यही हमलाबाट प्रभावित भएको हो। उक्त विमान मशहद विमानस्थलमा पार्क गरिएको थियो र नयाँदिल्ली आउने तयारीमा थियो। यो विमान औषधि र अन्य अत्यावश्यक राहत सामग्री बोकेर भारत आउन लागेको अवस्थामा हमलामा परेको हो।

अमेरिका, इजरायल र इरानबीच जारी युद्ध आज ३१औं दिनमा प्रवेश गरेको छ। यसबीच तनाव कम हुने कुनै संकेत देखिएको छैन। इरानमाथि युरोपेली संघले लगाएका प्रतिबन्ध अवधि थप गरेको छ। युरोपेली संघ (ईयू) ले इरानमाथि लागू गरेका मानवअधिकार सम्बन्धी प्रतिबन्धहरूलाई थप एक वर्षका लागि विस्तार गरेको छ। अब यी प्रतिबन्धहरू १३ अप्रिल २०२७ सम्म लागू रहनेछन्। ईयूका अनुसार, प्रतिबन्धित व्यक्ति र संस्थाहरू युरोपेली देशहरूमा यात्रा गर्न पाउने छैनन् र उनीहरूको सम्पत्ति जफत वा फ्रिज गरिनेछ।

साथै, नागरिकमाथि निगरानी वा दमन गर्न प्रयोग हुने उपकरणहरू इरानलाई निर्यात गर्न पनि रोक लगाइनेछ। त्यसैबीच, इरानको संसद सुरक्षा समितिले सोमबार होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) व्यवस्थापन योजनालाई स्वीकृति दिएको छ। इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रॉडकास्टिङ (आई.आर.आई.बी.)का अनुसार, यस योजनाले यो रणनीतिक जलमार्गबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क (टोल) उठाउने व्यवस्था गरेको छ। यस योजनामा अमेरिकी र इजरायली जहाजहरूको आवतजावतमा पूर्ण प्रतिबन्ध लगाउने प्रावधान पनि राखिएको छ।

डोनल्ड ट्रम्प: इरानसँग चाँडो सम्झौता नभए ऊर्जा केन्द्र र तेलखानीहरू ध्वस्त पार्ने चेतावनी

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यदि चाँडो सम्झौता हुन सकेन भने इरानका विद्युत् उत्पादन गर्ने केन्द्रहरू र तेलखानीहरू लगायतका संरचनाहरू पूर्णरूपमा ध्वस्त पार्ने चेतावनी दिएका छन्। यद्यपि उनले अमेरिकाले इरानको नयाँ सत्तासँग गम्भीर संवाद गरिरहेको र यसबाट इरानमा अमेरिकाको सैन्य कारबाही बन्द हुने सम्भावना रहेको दाबी गरेका छन्। सामाजिक सञ्जाल ट्रूथ सोशलमा उनले लेखेका छन्, “अमेरिका एउटा नयाँ र बढी समझदार सत्तासँग सैन्य कारबाही समाप्त गर्ने विषयमा गम्भीर छलफलमा छ।”

“किन्डै प्रगति भएको छ र सम्भवत: सम्झौता हुनेछ, तर यदि कुनै कारणले चाँडै सम्पन्न नहुने हो र व्यापारका लागि तत्काल होर्मुज जलमार्ग खोलिएन भने हामी इरानमा अहिले सम्म सदाशयपूर्वक नछोएका सबै विद्युत् उत्पादन केन्द्रहरू, तेलखानीहरू, खार्ग टापु (र सम्भवत: पानी प्रशोधन केन्द्रहरू) पूर्णरूपमा ध्वस्त पार्नेछौँ।” यसैबीच इरान, लेबनन र इजरायलमा नयाँ हमलाका विवरणहरू पनि आएका छन्। त्यस्तै स्ट्रेट अफ होर्मुजमा पानीजहाजहरूको आवागमन युद्धअघि भन्दा निकै कम भएको बताइएको छ।

यी घटनाक्रमका बीच एशियाली बजारमा मंगलबार पनि तेलको मूल्य बढेको छ। अमेरिकी बजारमा तेलको मूल्य करिब ३ प्रतिशतले उक्लेर लगभग १०६ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ। अमेरिकी ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले प्रेस ब्रीफिङमार्फत इरान युद्धबारे जानकारी गराएकी छन्। उनले अमेरिकाले अहिलेसम्म १,००० भन्दा बढी स्थानहरूलाई निशाना बनाएको र १५० भन्दा बढी जहाजमा क्षति पुर्याउँदै इरानी जलसेनालाई केही तहसनहस पारेको दाबी गरेकी छिन्।

ट्रम्पले इरानी भूमिमा सेना पठाउने सम्भावनालाई अस्वीकार नगरे पनि उनले प्राथमिकता कूटनीतिक विधि नै भएको बताएका छन्। प्रेस सेक्रेटरीले अमेरिका र इरानबीच वार्ता निरन्तर जारी रहेको र सकारात्मक रूपमा अघि बढिरहेको उल्लेख गरेकी छिन्। साथै उनले इरानले अमेरिकासँग सम्झौता गर्ने अवसर गुमाए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिइन्। तर इरानी अधिकारीहरूले भने अमेरिकासँग वार्ता भइरहेको विवरणलाई पुनः अस्वीकार गरेका छन्। विदेशमन्त्रीका प्रवक्ता इस्माइल बाकाईले युद्ध सुरु भएदेखि अहिले सम्मको अवधिमा इरानले “३१ दिनभित्र कुनै कुराकानी नगरेको” दाबी गरेका छन्।

पहिले इरानी अधिकारीहरूले युद्ध समाप्त गर्न अमेरिकाले अघि सारेको मागलाई “अत्यधिक र अनुचित” भनेका थिए। उनीहरूले अन्तर्राष्ट्रिय बजारमा तेल मूल्यमा असर पुर्याउन वार्ताबारे गलत दावी प्रचार भइरहेको भन्दै त्यसको खण्डन गरेका छन्। घटनाक्रमको बीचमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले “युद्ध आधाभन्दा धेरै अगाडि बढिसकेको” बताएका छन्। तर उनले युद्ध समाप्तिको कुनै निश्चित म्याद तोक्न चाहेनन्। उनले इरानको इस्लामिक गणतन्त्र अन्ततः “आन्तरिक रूपमा पतन हुने” टिप्पणी गरेका छन्।

‘आमा म त फर्केर आएँ, खरानीबाट उठेर आएँ’ – Online Khabar

‘आमा, म त फर्केर आएँ, खरानीबाट उठेर आएँ’

समाचार सारांश संपादकीय समीक्षा पश्चात तयार गरिएको। उनले प्रहरीको मनोबल बढाउन र समाज तथा प्रहरीलाई एकताबद्ध गर्ने गीत लेखेका छन्। दुःखद घटना! जे जे नहुनु थियो, सबै भइसकेको थियो। बेचैनी, निराशा र दुःखले सबैको मन बोझिला भइसकेको थियो। रगतको छाल सुकेको थिएन, खरानीको थुप्रो हटेको थिएन, धुँवाको गुब्बार हराएको थिएन। त्यो त्रासद याम कुनै एक्सन थ्रिलर चलचित्रको क्लाइमेक्स जस्तै थियो। अनौठो सन्नाटा र अनिश्चितताका बीच सुस्ताएर बस्ने समय थिएन प्रहरीलाई। कसोतसो उठेर उनीहरू सडकमा आएका थिए, भग्नावशेष सफा गर्नुपर्थ्यो, हराएका सामान खोज्नुपर्थ्यो, भग्न संरचनामा पस्नुपर्थ्यो। आफ्नो ड्युटी जता छ, गर्नुपर्थ्यो। हिजो सजाय पाएका र मारिएका साथीहरू सम्झेर उनीहरू हतोत्साहित थिए। आफ्नो कार्यस्थल उजाड देखेर निराश भए। तर मन मन्द पारी पनि आफ्ना-आफ्ना ठाउँमा खटिए। कोही फाटेको जुत्ता लगाएर ट्राफिक व्यवस्थापनमा, कोही फाटेका लुगा लगाएर शान्ति सुरक्षामा लागेका थिए। दृश्यपरिवर्तन त्यो दिउँसो टुँडिखेल व्यस्त थियो। वीरता भावका गीतहरू, हावामा झण्डाहरु फहरियरहेका थिए, साना विद्यार्थीहरूको तालमा झाँकी, घोडचडीको परेड, आकाशबाट पुष्पवृष्टि। त्यो उत्सवका बेला प्रहरी सुरक्षा कवच बनेका थिए वा मनोरञ्जनका हिस्सा थिए। अवसर संविधान दिवसको थियो। हिजो जो मारिएका थिए, आज सुरक्षा दिइरहेका छन्। हिजो जो घाइते भएका थिए, आज अरूलाई खुसी बाँडिरहेका छन्। छोटो प्रवाहका ती दुई भिन्न दृश्यहरूले दानबहादुर कार्कीको मनमा अनौठो असर पारे। सबै कार्यक्रमका भव्यता र उच्च पदस्थहरूको आवागमनका बीच उनको हृदय एक प्रकारले धड्किरहेको थियो। र त्यो धड्कनमा कहिँ-कहिँ निराशा पनि समाहित थियो। कहिलेसम्म हामी यस्ता लडाइँमा भाग्लिनु पर्छ? कहिलेसम्म भाग्नु पर्छ? कहिलेसम्म रुनु पर्छ? कहिलेसम्म? यो अनन्त प्रश्नहरूको भयले उनको मनमा यस्तो श्लोक उत्पन्न गर्यो- ‘आमा म त फर्केर आएँ खरानीबाट उठेर आएँ कसरी देख्न सक्छु भाइभाइ बीच तरवार चलेको इतिहास जलेको, विश्वास ढलेको।’ उनले यी भावना मोबाइलमा टाइप गरे। नोस्टाल्जिया एक ओसिलो बिहान, झमझम वर्षा भइरहेका बेला, बेसार पानी वा कुनै स्वास्थ्यवर्धक पेय उनको सामु थियो। त्यो वर्षाको मौसमले उनको मन सायद चिसो बनाएको थियो। अलि भावुक हुँदै उनले सुनाए, ‘किनभने हामी खरानीबाट उठेका थियौं। न भवन थियो न साधन। धेरैथोक जलेको थियो। हाम्रो मन पनि।’ त्यो क्षणमा भवन मात्र होइन भावना पनि ढलेका थिए। अब के होला? आशंका र असुरक्षाले समाज त्रसित थियो। भ्रमको जालले समाजलाई अलमल परेको थियो। यस्तो कट्टर परिस्थितिमा प्रहरीले आफूलाई सचेत राखे। उनीहरू निदाएनन्, सुस्ताएनन्। दानबहादुर कार्कीले कविताको शैलीमा सुनाए, ‘साधन नहुँदा साधनाले। भवन नहुँदा भावनाले। कानुन नहुँदा कामनाले। हामी उठ्यौं, धूलो टकटकायौं। अनि अनिदो आँखा लिएर काममा खटियौं।’ रगतका दाग पुछिरहेका प्रहरीलाई कसैले सोधेन्, ‘तिमी थाक्यौ त?’ भग्न भवनको खरानी उठाउँदै गरेको प्रहरीलाई कसैले सोधेन्, ‘तिमी घबरायौ त?’ शवगृहमा मृत शरीर देखेर शोक मनाइरहेका प्रहरीलाई कसैले सोधेन्, ‘तिमी डरायौ त?’ आफैलाई हराएर, भावना दबाएर, आफ्नो दुःख लुकाएर कसरी अरूका लागि काम गरिरहेका छौं? कसैले सोधेन्। प्रहरीको वर्दीभित्र एक बुबा छन्, एक आमा छन्। एउटा परिवार छ, एउटा छोरी छ। एउटा छोरा छ, एक श्रीमती छ। आशा र भरोसा छन्। अभिभारा छन्। एउटा व्यक्ति छन् जसलाई पनि दुख्छ, जसलाई पनि पीडा छ। प्रहरीको गीत एक साँझ दानबहादुर कार्की बालुवाटारको कफिहाउसमा थिए। टेबलमा तातो कफी थियो। शितल हावा चल्यो। उनले एउटा नेपकिन पेपर उठाए र लेख्न सुरु गरे, ‘हर गाउँ, हर नगरी…’ शब्दहरू सरल थिए, तर त्यो मनको भावनाको प्रवाह थियो। त्यो उनका अनुभूति र अनुभवहरू थिए। त्यो उनका भावना र भोगाइ थिए। प्रहरीहरू जसले कठिन समयमा खटिन्छन्, धूलोमा होस् वा धुँवामा, बन्दमा होस् वा द्वन्द्वमा। जसले हानी भोग्छन् र घाइतेलाई अस्पताल पुर्याउँछन्। पहिरोले बस्ती बगाए वा खोलामा गाडी अड्कियो भने उद्धारमा पुग्नुपर्ने उनीहरू हुन्। यी सबै कुराले उनलाई प्रहरीको गीत लेख्न प्रेरित गर्‍यो। प्रहरीको दु:ख र खुसी मिसाएको भाका रचना गर्नुपर्‍यो। किनभने प्रहरी सेवा भित्र उनले सुन्दरता र कठोरता दुवै देखेका छन्। ती सबैका बाबजुद पनि कसरी उनीहरूको मनोबल बढाउने भन्ने प्रश्नले उनलाई गीत लेख्न बाध्य पार्‍यो। ………………. केही हप्ताअघि युरोपको प्रसिद्ध फुटबल क्लब इन्टर मिलानको आधिकारिक फेसबुक पेजमा एउटा छोटो भिडियो अपलोड गरिएको थियो। विश्व फुटबल उत्सव मनाइरहेको थियो र पृष्ठभूमिमा नेपाली गीत बजाइएको थियो। त्यो गीत दानबहादुर कार्कीको थियो। नेपाली फुटबल फ्यानहरूका लागि यो एकदम आश्चर्य थियो। उनीहरूले इन्टर मिलानको फेसबुकमा प्रतिक्रिया दिँदै खुसी व्यक्त गरेका थिए, ‘नेपाली गीत सुनाउने अवसर दिनुभएकोमा धन्यवाद।’ यस पटक उनीसँग गीतकारका रूपमा भेट भयो। गीतको प्रसंगमा दानबहादुर कार्कीको गीतहरूले एउटा सुन्दर पिरामिड बनाएको झल्काउँछ। पिरामिडको आधारमा नेपाली माटो छ, र शिखरमा नेपाली उत्सव। पिरामिडका भागहरूमा दुःख, सुख, बाध्यता, उत्साह, कर्तव्य र करुणा छन्। यसलाई जोड्ने रसायन भनेको प्रहरी र समाज हो। ‘द्वन्द्व समाप्त भयो, अब सिर्जनाबाट अघि बढौं। हातेमालो गरौं। सुखी र सुन्दर समाज बनाऔं।’ ती उनका गीतहरूको मूल सन्देश हुन्। उनीहरूले गीतहरू लेखेका होइनन्, भावना पोखेका हुन्। भावना मात्र होइन, समाज र प्रहरीलाई एकछत्र भाकामा बाँधेका हुन्। घरपरिवार छाडेर वर्षभर ड्युटीमा रहनुपर्ने प्रहरीहरूका लागि उत्साह थपेका छन्। समाजको हृदयमा प्रहरीप्रतिको सम्मान गहिरो बनाएका छन्।

पार्टीमा समानान्तर गतिविधि भएपछि महामन्त्री पौडेलले भने- हामी सबै एकजुट होऔं

महामन्त्री पौडेलले पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट हुन आव्हान गरे

१७ चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले समानान्तर गतिविधि अघि बढाएपछि महामन्त्री प्रदीप पौडेलले पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट हुन आव्हान गरेका छन्। इतर समूहले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनुअघि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेता तथा कार्यकर्तालाई एकजुट हुन आग्रह गरेका हुन्।
‘अहिलेको प्रतिकूलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रिनु हुँदैन,’ महामन्त्री पौडेलले लेखेका छन्, ‘म पार्टीका महामन्त्री मात्र नभई एक इमान्दार कार्यकर्ता भएर भन्नेछु– हामी सबै एकजुट हौँ।’ पौडेलले देशका हरेक संकटमा कांग्रेस एकजुट भएको र त्यही एकताको बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गर्दै सफलता हासिल गरेको स्मरण गराएका छन्।
‘म नेपाली कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई अनुरोध गर्छु– शक्ति एकतामा छ, र यसैको बलमा हामी फेरि उज्यालो भविष्य पाउछौं,’ महामन्त्री पौडेलले बताएका छन्।

‘बुलिस ट्रेन्ड’ लिएको सेयर बजारमा लगानीकर्ताहरू किन त्रसित छन्?

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले पुराना राजनीतिक दलहरूलाई दवाव दिन र सम्पत्ति शुद्धीकरणमा जोड दिएपछि सेयर बजारमा ठूलो गिरावट आएको छ। नेकपा एमाले अध्यक्ष र पूर्व गृहमन्त्री पक्राउ परेकैपछि र एमालेको सडक आन्दोलनले राजनीतिक स्थिरता प्रभावित भएपछि सेयर लगानीकर्ताहरू चित उत्साहित भएका छन्। नेपाल स्टक एक्स्चेन्जको नेप्से परिसूचकले बुलिस ट्रेन्ड देखाए तापनि सरकारले लिएको निर्णयका कारण बजारमा सुधार आवश्यक भएको विज्ञहरूले बताएका छन्।

१७ चैत, काठमाडौं। जेनजी आन्दोलनपछिको राजनीतिक स्थिरता आउने आशाका बिच सेयर बजारले ‘बुलिस ट्रेन्ड’ समाए तापनि यस साता अपेक्षाभन्दा बढी गिरावट आएको छ। २१ फागुनमा भएको प्रतिनिधि सभाको निर्वाचनबाट करिब दुई तिहाइ जनादेश प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वले पुराना राजनीतिक दलहरूलाई दवाव दिने, सरकारी स्तरबाट सेयर बजारलाई बेवास्ता गर्ने र सम्पत्ति शुद्धीकरणमा प्राथमिकता दिएकोले धितोपत्र सूचकमा ठूलो गिरावट आएको हो।

सरकारको पुराना राजनीतिक पार्टीहरूप्रति लिएको कठोर नीति कारण बजारले नकारात्मक प्रतिक्रिया देखाएको एक लगानीकर्ताले बताए, “बजार दीर्घकालीन सुधारतर्फ अग्रसर छ।”

आजको तरकारी र फलफूलको थोक मूल्य यस प्रकार छ

१७ चैत, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४०, आलु रातो प्रतिकिलो २०, आलु रातो (भारतीय) प्रतिकिलो २२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो ३०, गाजर (तराई) प्रतिकिलो २०, बन्दा (लोकल) प्रतिकिलो ३०, बन्दा (नरिबल) प्रतिकिलो २५, काउली स्थानीय प्रतिकिलो ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ८०, काउली तराई प्रतिकिलो ५०, सेतो मूला (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ६० र भन्टा डल्लो प्रतिकिलो ७० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो ८०, मटरकोसा प्रतिकिलो ७०, घिउ सिमी (लोकल) प्रतिकिलो ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, टाटे सिमी प्रतिकिलो ८५, तिते करेला प्रतिकिलो १४०, लौका प्रतिकिलो ७०, परवर (तराई) प्रतिकिलो ९०, घिरौँला प्रतिकिलो ९०, फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो २०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो ६० र स्कुस प्रतिकिलो ५० कायम गरिएको छ । रायोसाग प्रतिकिलो ६०, पालुङ्गो प्रतिकिलो ८०, चमसुर प्रतिकिलो ९०, तोरीसाग प्रतिकिलो ६०, मेथी प्रतिकिलो ८०, हरियो प्याज प्रतिकिलो ९०, बकुला प्रतिकिलो ५०, तरुल प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो १३०, च्याउ (डल्ले) प्रतिकिलो ३५०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकिलो १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो ५००, निगुरो प्रतिकिलो ८०, ब्रोकाउली प्रतिकिलो ८०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो १४०, कोइरालो प्रतिकिलो २५०, जिरीको साग प्रतिकिलो ७०, ग्याठकोभी प्रतिकिलो ६०, सेलरी प्रतिकिलो १२०, पार्सले प्रतिकिलो २००, सौफको साग प्रतिकिलो ९०, पुदिना प्रतिकिलो १२०, गान्टे मूला प्रतिकिलो ६०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १३०, तोफु प्रतिकिलो १५० र गुन्द्रुक प्रतिकिलो ३३० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (दर्जन) २२०, कागती प्रतिकिलो २३०, अनार प्रतिकिलो ३५०, अङ्गुर (हरियो) प्रतिकिलो २२०, अङ्गुर (कालो) प्रतिकिलो ३५०, सुन्तला (भारतीय) प्रतिकिलो १५०, तरबुजा हरियो प्रतिकिलो ५०, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ रहेको छ । काँक्रो (लोकल) प्रतिकिलो ३०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो २५, खकटहर प्रतिकिलो १००, निबुवा प्रतिकिलो ८०, नास्पाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ७०, मेवा (भारतीय) प्रतिकिलो ११०, किनु प्रतिकिलो १३०, स्ट्रबेरी प्रतिकिलो ३०० र किबी प्रतिकिलो ४०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो १८०, अदुवा प्रतिकिलो १००, सुकेको खुर्सानी प्रतिकिलो ४२०, खुर्सानी (हरियो) प्रतिकिलो ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ८००, भेडे खुर्सानी प्रतिकिलो १३२, हरियो लसुन प्रतिकिलो ८०, हरियो धनियाँ प्रतिकिलो ९० रुपैयाँ तोकिएको छ । लसुन सुकेको (चाइनिज) प्रतिकिलो २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो १८०, छ्यापी सुकेको प्रतिकिलो १२०, छ्यापी हरियो प्रतिकिलो १००, माछा सुकेको प्रतिकिलो १,०००, ताजा माछा (रहु) प्रतिकिलो ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो २८० र ताजा माछा (छडी) प्रतिकिलो २५० निर्धारण गरिएको छ ।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि पुनः घातक आक्रमण, २ जनाको मृत्यु

दक्षिण लेबनानमा सोमबार युनिफिलमाथि भएको आक्रमणमा दुई शान्ति सैनिकको मृत्यु भएको र एक जना घाइते भएका छन्। इन्डोनेसियाका विदेश मन्त्रालयले मृतक सैनिक आफ्नै नागरिक भएको पुष्टि गर्दै निष्पक्ष अनुसन्धानको माग गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्।

दक्षिण लेबनानमा संयुक्त राष्ट्र संघका शान्ति सैनिकमाथि पुनः घातक हमला हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। लेबनानका लागि संयुक्त राष्ट्र संघ अन्तरिम शान्ति सेना (युनिफिल)का अनुसार दक्षिणी लेबनानको बानी हय्यान गाउँ नजिकै भएको विष्फोटले शान्ति सैनिक सवार गाडीमा क्षति पुगेको थियो। सोमबार भएको यस पछिल्लो विस्फोटमा दुई शान्ति सैनिकको ज्यान गएको र एक जना घाइते भएको युनिफिलले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।

यसअघि गत आइतबार पनि दक्षिणी लेबनानकै अल–कुसायर नजिकै युनिफिलको एक पोष्टमा आक्रमण हुँदा एक शान्ति सैनिकको मृत्यु भएको थियो। साथै लेबनानकै माइस–अल–जबाल भन्ने ठाउँमा नेपाली शान्ति सैनिक रहेको कमाण्ड पोष्टमा आक्रमण भएको थियो। सो आक्रमणमा शान्ति सैनिकका व्यक्तिगत केही सामानमा क्षति पुगेको भए पनि मानवीय क्षति भएका थिएनन्। सोमबार भएको आक्रमणमा मृत्यु हुने दुईमध्ये एक जना इन्डोनेशियाका सैनिक रहेको पुष्टि भएको छ।

इन्डोनेसियाले यस घटनाको निन्दा गर्दै निष्पक्ष र पारदर्शी अनुसन्धानको माग गरेको छ। इन्डोनेसियाले दक्षिण लेबनानमा इजरायलले आक्रमण गरेको आरोप लगाउँदै लेबनानको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्न, नागरिक संरचना र पूर्वाधारमाथि आक्रमण रोक्न तथा संवादको माध्यमबाट तनाव घटाउन आह्वान गरेको छ। चिन्ता र विरोध संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाको विरोध गर्दै सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र संयुक्त राष्ट्रसंघका कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्।

ओसियाना तेक्वान्दो च्याम्पियनसिपमा काजल श्रेष्ठ उत्कृष्ट महिला रेफ्री घोषित

काजल श्रेष्ठलाई अष्ट्रेलियाको सिड्नीमा सम्पन्न ओसियाना तेक्वान्दो च्याम्पियनसिप (जि–४) मा सर्वोत्कृष्ट महिला रेफ्रीको रूपमा सम्मानित गरिएको छ। उनले यस उपलब्धिलाई आफ्नो लागि अत्यन्त विशेष र अर्थपूर्ण अनुभव रहेको बताइन्। काजल नेपालको १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक विजेता पनि हुन्।

काजल श्रेष्ठले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेकी छन् र यस च्याम्पियनसिपमा उनको यो सम्मानले नेपालको तेक्वान्दो क्षेत्रमा गर्व बढाएको छ।

७ चैत, काठमाडौं।

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ – Online Khabar

काठमाडौंका पूर्व मुख्य जिल्ला अधिकारी छवि रिजाल पक्राउ

काठमाडौं । काठमाडौंका पूर्व मुख्य जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो। उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए। रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दमन गरेको आरोप लागेको छ। उनी तत्कालीन गृहमन्त्री रमेश लेखक निकट थिए। जेनजी आन्दोलन दमन गरेपछि उनी काठमाडौंका मुख्य जिल्ला अधिकारीबाट एक महिना नपुग्दै हटाइएका थिए। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो। आयोगकै सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक गत शनिबार नै पक्राउ परेका थिए।

रिजाल काठमाडौंका मुख्य जिल्ला अधिकारी हुनु अघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख थिए। तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा प्रशासन महाशाखा प्रमुख रहेका उनीमाथि कर्मचारीहरूलाई अध्यागमन र आकर्षक कार्यालयहरूमा पठाउँदा पेशागत आचरण विपरित काम गरेको आरोप पनि लागेको छ। अख्तियारले विशेष अदालतमा पठाएको विवरणमा गृहमन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख रिजालमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको उल्लेख छ। तत्कालीन गृहमन्त्री रमेश लेखकका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्टसँगको सेटिङ, गृहसचिव गोकर्णमणि दुवाडी तथा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसँगको अस्वभाविक गतिविधि र डायरीलगायतका विवरणमा नाम उल्लेखित व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको छ।

हुम्ला जिल्ला अस्पतालमा चिकित्सकको अभावले उपचारमा समस्या

१६ चैत, हुम्ला । केही दिनअघि चंखेली गाउँपालिका–२ का अक नेपाली भिरबाट लडेर गम्भीर घाइते भए। उनलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला लगियो। तर अस्पतालले सिधै यहाँ उपचार सम्भव नहुने भन्दै अन्य अस्पतालमा रिफर गरिदियो। आफन्तले उनलाई सुर्खेत लैजान सिमकोट विमानस्थल पुर्याए, तर विमानस्थलमै उनको निधन भयो।

चंखेली–४ की ३४ वर्षीया बास्ना शाहीलाई सुत्केरी बेथाले च्याप्दा परिवारले तत्कालै हुम्ला अस्पताल पुर्याए। तर अस्पतालले उनलाई पनि प्रादेशिक अस्पताल सुर्खेतमा रेफर गरिदियो। सिमकोट गाउँपालिका–४ बुराउँसेकी २५ वर्षीय अस्मिता बुढा (लामा) लाई समेत सुत्केरीका लागि जिल्ला अस्पताल हुम्ला पुर्याउँदा प्रादेशिक अस्पताल सुर्खेत रेफर गरियो।

अस्पताल परिसरमा भेटिएकी सिमकोट–५ की बेलु रोकाया ५ वर्षीय छोराको उपचारका लागि आएकी थिइन्। तर, उपचार गर्ने चिकित्सक थिएनन्। छोराको स्वास्थ्यका बारेमा उनी चिन्तित थिइन्। नर्सको भरमा उपचार भइरहेको थियो।

सिमकोट गाउँपालिका–७ डाडाँफयाकी लालपुरी सुनारकी छोरी बिरामी परेपछि उनी २ घण्टा पैदल हिँडेर जिल्ला अस्पताल हुम्ला पुगिन्। छोरीको स्वास्थ्य परीक्षण भए पनि रिपोर्ट त्यही दिन अस्पतालले प्रदान गरेन।

कर्णाली क्षेत्रमा पर्ने विकट हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालका यी केही प्रतिनिधि घटना मात्र हुन्। जिल्लाभर एउटै जिल्ला अस्पताल भए पनि यी उदाहरणहरूले अस्पतालमा आवश्यक उपचारको कमी देखाउँछन्। बिरामी अस्पताल आउँदा उपचार पाउनै मुस्किल छ र बिरामीलाई रिफर हुन तयार भएरै आउनुपर्ने अवस्था छ। अस्पतालमा न त सहजै डाक्टर भेटिन्छन्, न पर्याप्त औषधि तथा उपकरण।

१५ शैयाको यो अस्पतालमा कहिल्यै दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक हुँदैनन्, जसले हुम्ला समुदायले उपचार पाउने आशाले अधुरो बनाएको छ। जनस्वास्थ्य सेवा कार्यालय तथा अस्पताल प्रमुख डा. उमाकान्त तिवारीका अनुसार अस्पतालमा ठूलो संख्यामा चिकित्सकीय दरबन्दी छ।

उनले भने, नवौँ तहका विशेषज्ञ चिकित्सकका तीनवटा दरबन्दी छन् – एक जना स्त्री तथा प्रसुती रोग विशेषज्ञ (गाइनालोजिस्ट), एक जना जनरल सर्जन र एक जना नशा तथा हाडजोर्नी रोग (अर्थोपेडिक्स) विशेषज्ञ। तर ती दरबन्दीहरू अहिले रिक्त छन्।

अर्कातर्फ चारजना मेडिकल अधिकृत (आठौँ तह) का दरबन्दी छन्, जसमा एकजना आफैं डा. तिवारी अस्पताल प्रमुख रहेका छन्। उनले एमडीजीबी अध्ययन पूरा गरिसकेका छन्। अन्य तीन जनाको पदपूर्ति भए तापनि एउटा अध्ययन बिदामा, अर्को सुत्केरी बिदामा छ भने अर्को हाल अस्पतालमा छैन।

अस्पतालमा एकजना मेडिकल अधिकृत निक साइमन नामक संस्थाबाट स्वयंसेवी र दुईजना छात्रवृत्ति करारका चिकित्सक रहेका छन्। अस्पतालमा एक जना डेन्टल सर्जन, ३ जना अहेब, ४ जना जनरल नर्सिङसहित दरबन्दीहरू छन्, तर अधिकांश समय यी दरबन्दी पूर्ण हुँदैनन् र कतिपय अवस्थामा एकजना पनि चिकित्सक पाउन कठिन हुन्छ।

अस्पताल प्रमुख डा. तिवारीले जनशक्तिको अभाव रहेकाले समस्या भएको बताए। ‘विशेषज्ञ चिकित्सक आउन चाहँदैनन्। यति दुर्गम ठाउँमा म मात्र बसिरहेको छु,’ उनले भने, ‘अन्य साथीहरू पनि विभिन्न कामका सिलसिलामा आउँछन् र जान्छन्, जसले सेवा प्रवाहमा कठिनाइ छ।’

तर अस्पतालले दैनिक रूपमा इमर्जेन्सी सेवा, ल्याब सेवा, एक्सरे सेवा, भिडियो एक्सरेदेखि जिल्लामै सुत्केरी गराउने व्यवस्था मिलाईरहेको दावी गरेको छ।

‘चुनाव जितेपछि शहरमै हराउँछन् भन्ने गुनासो चिर्छु, जेनजी भावना बोकेको छु’

२६ वर्षको उमेरमा मनिष खनाल नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। खनालले भदौ २३ र २४ को जेनजी विद्रोहमा सक्रिय भूमिका खेल्दै १० बुँदे सम्झौताको मस्यौदाकारको काम गरेका थिए। उनले आफ्नो क्षेत्रको समृद्धिका लागि नीति तथा कानुनी तहबाट समस्या समाधान गर्ने योजना बनाएका छन्। २६ वर्षको उमेरमा प्रतिनिधिसभा सदस्य बन्ने सपना पूरा हुन्छ भन्ने सोच मनिष खनालले कहिल्यै देखेका थिएनन्। उनी आफूलाई सडककै एक योद्धा सम्झन्थे। सोहीअनुसार विभिन्न सामाजिक आन्दोलनमा संलग्न हुन्थे, जसरी भदौ २३ र २४ गतेको आन्दोलनमा सक्रिय भूमिका खेले। आन्दोलनका दस्तावेजीकरण गर्ने काममा खटिएका थिए। ‘कुनै दिन चुनाव लडिन्छ, कुनै दिन सांसद भइन्छ वा नवलपुर क्षेत्र नम्बर २ लाई प्रतिनिधित्व गर्छु भन्ने चाहिँ थियो,’ उनी भन्छन्, ‘तर यति छिट्टै हुन्छ भन्ने मैले सोचेको थिइनँ।’

भदौ २३ र २४ गतेको जेनजी विद्रोहले नेपालको राजनीतिक परिदृश्य नै परिवर्तन गरेपछि त्यही विद्रोहको भूमिकामा रहेको निर्वाचनमा नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गरे। २६ वर्षीय मनिष खनाल ठूलो मतान्तरले जित हासिल गरे। खनालले ४१ हजार ३४७ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका तिलबहादुर महत क्षेत्रीले जम्मा १५ हजार ७५५ मत पाएर दोस्रो भए। तेस्रो बनेका नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ मत पाए। सामान्य परिवारमा जन्मेका खनाल सामुदायिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेर काठमाडौं आएका थिए। नेपाल ल क्याम्पसबाट स्नातक गरेका उनी अधिवक्ता पनि हुन्। विवेकशील नेपाली अभियानबाट राजनीतिक यात्रा सुरु गरेका खनालले मेडिकल शिक्षा सुधार, निर्मला पन्तको न्याय, ललिता निवास जग्गा काण्ड र लोकमान सिंह प्रकरण जस्ता विभिन्न सामाजिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका छन्।

२० वर्षको उमेरमा विवेकशील नेपाली दलको केन्द्रीय सदस्य बन्न सफल उनी पछि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर तत्कालीन सांसद असिम शाहको सचिवालय प्रमुखको जिम्मेवारी सम्हाले। केही समय युवा तथा खेलकुद मन्त्रालयको नीति तथा कानुन विभागमा पनि काम गरे। भदौ २३ र २४ को जेनजी विद्रोहमा सक्रिय सहभागी खनाल १० बुँदे सम्झौताको मस्यौदाकारमध्येका एक हुन्। सरकार र जेनजीबीच भएको सम्झौताको ड्राफ्टमा भूमिका खेलेका उनले त्यसपछि अब सडकबाट सदनमा युवा आवाज उठाउनुपर्ने दायित्व बोध गरे। ‘विद्रोहको मर्मलाई संस्थागत गर्न कोही अगाडि आउनुपर्छ भन्ने आवाज थियो। विकल्प खोज्ने कि आफैं विकल्प बन्ने? त्यसैले म आफैं नवलपुर क्षेत्र नम्बर २ को लागि योग्य युवा उम्मेदवार हुन सक्छु भन्ने सोचेर अगाडि आएँ,’ उनले भने।

सडकको आवाज सदनमा पुर्याउने नै उनको मुख्य उद्देश्य थियो। तर, सानै उमेर भएकाले चुनावमा विभिन्न शंका–उपशंका थिए। चुनावी अभियानका क्रममा उमेरले कलिलो भएको टिप्पणी धेरैले गरे। कतिपयले विश्वास गर्न समेत सन्देह गरे। नेता भनेको ‘कपाल फुलेको’ र ‘ठूलो शरीर’ भएको हुनुपर्छ भन्ने धारणा सुरुवाती दिन कठिन बनायो। तर घरदैलो, मिडिया र प्रत्यक्ष भेटघाटमा आफ्ना विचार र योग्यता प्रस्तुत गर्दा मतदाताले ‘उमेर होइन, विचार, क्षमता र अनुभव’लाई प्राथमिकता दिएको खनालले अनुभव गरे। कानुनको ज्ञान, संसदीय सचिवालयको अनुभव र विद्रोहमा खेलेको भूमिकाले उनलाई बलियो आधार प्रदान गर्यो।

त्यसैसँगै नवलपुर क्षेत्र नम्बर २ को भूगोलमा विविधता छ। उत्तरमा पहाडी भेग पर्दछ भने दक्षिणमा समथर तराई र भित्री मधेश छ। खनालले आफ्नो क्षेत्रलाई ‘तीन तले जिल्ला’ भनेर चिनाउन रुचाउँछन्। उत्तरमा मगर र गुरुङ समुदायको बस्ती छ, जहाँ अदुवा, सुन्तला जस्ता कृषि उत्पादनले राम्रो बजार पाउनसक्ने अपेक्षा छ। हुप्सेकोट गाउँपालिकाको धौबादी फलाम खानीबाट उत्पादन सुरु हुनुपर्ने पुरानो माग पनि छ।

दक्षिणी भेगमा नारायणी नदी कटान, मानव–वन्यजन्तु द्वन्द्व र मध्यवर्ती क्षेत्रको प्रशासनिक झन्झट मुख्य समस्या हुन्। चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्रमा गैंडा र बाघको आक्रमणले किसानको बालीनाली नष्ट हुने र क्षतिपूर्ति प्रक्रिया झन्झटिलो तथा अपर्याप्त हुने गरेको छ। चुनावकै बेला तीन जनालाई गैंडा आक्रमण गरेको खनालले सम्झिए। मध्यवर्ती क्षेत्र भएकै कारण सेवा सुविधामा कमी र प्रशासनिक झन्झटले स्थानीयहरू हैरान छन्। बेरोजगारी, सुकुमवासी समस्या र न्यूनतम ज्यालाका लागि विदेश जानुपर्ने बाध्यता आम मतदाताको साझा पीडा हो।

खनालका अनुसार युवाहरूको अपेक्षा पनि स्पष्ट छ। अधिकांश युवा वैदेशिक रोजगारीमा छन्। स्वदेशमै न्यूनतम ज्यालाको काम पाइयो भने विदेश जान नपर्ने उनीहरूको चाहना छ। नारायणी किनारमा होमस्टे सञ्चालन गरेर पर्यटनबाट आम्दानी गर्न सकिने, त्रिवेणी धामलाई देवघाटसम्म जोडेर पर्यटकीय हब बनाउन सकिने र गैंडा देखाएर चितवन जस्तै नवलपुर पनि समृद्ध बन्नसक्ने युवाहरूको सोच छ। ‘गैंडा देखाएर चितवन समृद्ध हुँदैछ भने हामी किन तर्सिने? हामी पनि गैंडा देखाएर आम्दानी गर्न सक्छौं,’ युवाहरूको भनाइ उद्धृत गर्दै खनाल भन्छन्। यसमा आफूले सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

यी सबै कामका लागि खनालले चुनावी नारा नै बनाएका थिए– नीतिबाट विधि र विधिबाट समृद्धि। उनले विधायकी भूमिकालाई क्षेत्रको समृद्धिसँग जोड्न चाहन्छन्। मध्यवर्ती क्षेत्रको समस्या समाधान, बाटोघाटो निर्माण, नदी कटान नियन्त्रण जस्ता मुद्दामा नीति तथा कानुनी तहबाटै समाधान खोज्ने योजना छ। सरकारको सय दिने कार्ययोजना र जेनजीसँग भएको १० बुँदे सम्झौताका मर्मलाई कार्यान्वयन गर्न सदनमा खबरदारी र सहयोग दुवै गर्ने प्रतिबद्धता देखाएका छन्।

जेनजी आन्दोलनका अगुवामध्ये एक भएकाले आफूले युवा भावना बोकेर संसदमा उभिने बताएका छन्। ‘आजको युवाले लामो भाषण होइन, डेलिभरी खोजेको छ। तोकिएको समयमा तोकिएको काम हुनुपर्छ भन्ने युवाको माग छ। रिल्स युगका युवालाई छोटो, छरितो तर प्रभावकारी परिणामको अपेक्षा छ,’ खनालले भने, ‘जितेर काठमाडौँ गएपछि मतदाताको गुनासो चिर्ने लक्ष्य छ।’

स्ट्रेट अफ होर्मुज भएर आउ-जाउ गर्ने विदेशी जहाजबाट शुल्क उठाउँदै इरान, थप तनावको संकेत

इरानले स्ट्रेट अफ होर्मुज हुँदै आउने विदेशी जहाजबाट शुल्क लिन निर्णय, क्षेत्रीय तनाव बढ्ने संकेत

१७ चैत, काठमाडौं। इरानी संसदको सुरक्षा समितिले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाज र तेल ट्यांकरहरूबाट ‘टोल’ (पारगमन शुल्क) असुल्ने योजना स्वीकृत गरेको छ। इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रॉडकास्टिङ (आई.आर.आई.बी.)का अनुसार, यो योजनामा उक्त रणनीतिक जलमार्गबाट आवतजावत गर्ने सबै जहाजहरूबाट शुल्क उठाउने व्यवस्था गरिएको छ। योजना अनुसार अमेरिकी र इजरायली जहाजहरूलाई भने पूर्ण प्रतिबन्ध लगाइने प्रावधान समेत छ।

संसदीय समितिबाट पारित नियमले अब स्ट्रेट अफ होर्मुज समुद्री मार्ग हुँदै गुज्रने अन्तर्राष्ट्रिय जहाजहरूले शुल्क तिर्नुपर्ने बाटो खोल्नेछ। इरानले यस कदमलाई आफ्नो सार्वभौमिकता सुदृढ पार्ने, सुरक्षा व्यवस्थापन खर्च उठाउने र नयाँ राजस्व स्रोत सिर्जना गर्ने उद्देश्यले उठाएको जनाएको छ। हाल स्ट्रेट अफ होर्मुजलाई अन्तर्राष्ट्रिय जलमार्गको रूपमा मान्यता दिइएको छ जहाँ सबै देशका जहाजहरूलाई स्वतन्त्र आवतजावतको अधिकार छ।

विश्लेषकहरूले भनेका छन् कि इरानको यो निर्णय अन्तर्राष्ट्रिय समुद्री कानुनसँग बाझिन सक्ने सम्भावना छ। अमेरिका लगायत खाडीका देशहरूले यस निर्णयको कडा विरोध गर्ने सम्भावना छ। यसले अन्तर्राष्ट्रिय नौवहन स्वतन्त्रतामा प्रश्न उठाउने मात्र नभई विश्व बजारमा तेलको मूल्यमा समेत थप उतारचढाव ल्याउन सक्ने अनुमान गरिएको छ।

इरानले होर्मुज क्षेत्रमा सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी आफूले निर्वाह गरिरहेको दाबी गर्दै, त्यसको बदलामा शुल्क लिनु उचित हुने तर्क दिएको छ। यसलाई इरानले होर्मुज स्ट्रेटमाथि आफ्नो नियन्त्रण र प्रभावलाई कानुनी रूपमा स्थापन गर्ने प्रयासको रूपमा हेरिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार, प्रस्तावले इरानको सार्वभौमिकता, नियन्त्रण र निगरानीलाई औपचारिक रूपमा सुनिश्चित गर्दै राजस्वको नयाँ स्रोत सिर्जना गर्ने लक्ष्य राखेको छ। इरानी सांसद मोहम्मद रेजाको भनाइ उद्धृत गर्दै रिपोर्टहरूमा उल्लेख छ कि अन्य अन्तर्राष्ट्रिय मार्गहरूमा जस्तै होर्मुज स्ट्रेटबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क लिनु स्वाभाविक भएको तर्क गरिएको छ।