रास्वपा सांसद पुरुषोत्तम यादवले स्यानिटरी प्याडमा लगाइएको कर हटाउन सरकारसँग माग गरेका छन्। उनले महिनावारीलाई राजश्व स्रोत बनाउने राज्यको असंवेदनशीलता र सामाजिक न्यायको सिद्धान्त विपरीत भएको बताएका…
काँग्रेसमा विशेष महाधिवेशनपछि सुरु भएको आन्तरिक विवादले नयाँ मोड लिएको छ। असन्तुष्ट समूहले छुट्टै सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधिको तयारी गरिरहेको छ। देउवा पक्षीय नेता गुरू बरालले पार्टी…
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएर पदभार ग्रहण गरेका छन्। नेपाल बारले शर्माको नाम सिफारिसको विरोध गर्दै न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकमा अनुपस्थित हुनुको कारण खुलाएका छैनन्। श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बन्नुपर्ने माग राखेका छन्।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादन प्रक्रियामा कुनै हस्तक्षेप स्वीकार नगरिने बताएका छन्। उहाँले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्नुभयो।
नेकपा एमालेले बल्खुस्थित मदननगरमै केन्द्रीय कार्यालय भवन निर्माणको तयारी गरेको छ। २०७२ सालको महाभूकम्पपछि एमालेले दश वर्षदेखि केन्द्रीय कार्यालय खोज्दै अस्थायी कार्यालय सार्दै आएको छ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सरकारहरूको पुनर्गठनको लागि छलफल तीव्र भइरहेको छ। मधेश र लुम्बिनी प्रदेशमा सहमति बनिसकेको छ। उपसभापति विश्वप्रकाश शर्माले विभिन्न नेताहरूसँग संवाद गर्दैछन्।
कानूनमन्त्री सोबिता गौतम र एपीजीका उपकार्यकारी सचिव डेभिड शानोनबीच ग्रे लिस्टबाट नेपाललाई हटाउने विषयमा छलफल भएको छ। मन्त्री गौतमले सरकारले यस विषयलाई प्राथमिकता दिएको बताइन्।