सूर्य नेपाल गल्फ टूर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवन नगरकोटीले जिते। उनले ३-अन्डर २०४ स्कोरमा सञ्जय लामालाई हराउँदै करियरको १४औं उपाधि हात पारे।
केभीसी हाउण्ड्सले हिमालयन जाभा नेशनल बास्केटबल लिग २०२६ मा लगातार तेस्रो जीत हासिल गरेको छ। कप्तान विजय बुर्जाले ३५ अंक बनाएर म्याचका उत्कृष्ट खेलाडी घोषित भएका छन्।