नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले २०औं एनएनआईपीए स्पोर्ट्स अवार्ड २०८२ को तयारी पूरा गरेको छ। २६ खेलका खेलाडीलाई जनही १५ हजार नगदसहित पुरस्कृत गरिनेछ।
चार पटकको विश्व विजेता इटली सन् २०२६ को फिफा विश्वकप छनोटमा असफल भएको छ। इटलीले बोस्निया हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा ४-१ ले पराजित भएपछि लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन सकेन।
नेपालले माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल समूह ए को विजेता र बंगलादेश समूह बी को उपविजेता बनेको छ।
आईसीसीको वार्षिक सम्मेलन यस वर्ष जुलाई ८ देखि ११ सम्म स्कटल्यान्डको एडिनबर्गमा आयोजना हुने भएको छ। सम्मेलनमा एसोसिएट सदस्यहरूको प्रतिनिधित्वको सम्बन्धमा निर्वाचन हुनेछ।
नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा लाओससँग १-० ले पराजित भयो। लाओसका कप्तान बोउनफाचान बोउनकोङले ४७औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। नेपालले समूह एफमा ६ खेलमा जम्मा ३ अंक मात्र…
नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरूट तहदेखि जोडेर खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिएका छन्। उहाँले दीर्घकालीन विकासमा दक्षता महत्वपूर्ण रहेको बताएका छन्।
कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव रविन्द्र चन्दले पद तथा गोपनीयताको शपथ लिएका छन्। चन्दलाई परिषद्को दोस्रो सदस्य–सचिवका रूपमा नियुक्त गरिएको हो।