आर्सनल २० वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलको दोस्रो लेगमा आर्सनलले एट्लेटिको मड्रिडलाई १-० ले हराउँदै समग्रमा २-१ को अग्रता बनाएको छ।
जापानले कजाखस्तानको अल्माटीमा जारी एसिया रग्बी फिफ्टिन्स इमिरेट्स महिला च्याम्पियनसिपको उपाधि जितेको छ। जापानले कजाखस्तान र हङकङ चीनलाई पराजित गर्दै प्रतियोगितामा शीर्ष स्थान हासिल गरेको हो।
एथ्लेटिक्स परिवार नेपालले चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको नेपाल फाइभ के रन च्यालेन्ज शनिबार आयोजना गर्ने भएको छ। प्रतियोगितामा ६ विधामा करिब २५० भन्दा बढी धावक सहभागी हुनेछन्।
बेलायत सरकारले सन् २०४० को दशकमा ओलम्पिक र पारालिम्पिक खेल आयोजना गर्ने सम्भावित प्रस्तावबारे छलफल गरिरहेको छ। यसका लागि लागत, सामाजिक–आर्थिक फाइदा र सफलताको सम्भावनाजस्ता पक्षहरूको अध्ययन गरिने…
राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यसहित १९ जना पदमुक्त भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा बनेको अध्यादेश अनुसार वैशाख १९ गतेदेखि…
काभा महिला भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगितामा नेपालसहित ८ टोलीको सहभागिता रहनेछ। नेपालले पहिलो खेल जेठ ८ गते भारतसँग खेल्नेछ।