श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरिसकेकी छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ। सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४ हजार ३ सय रुपैयाँले घटेको छ।
काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने चार किलोमिटर सडक पाँच वर्षपछि कालोपत्र गरिएको छ। संघीय सरकार र गाउँपालिकाले साझेदारीमा निर्माण गरिएको यो सडकमा गाउँपालिकाले चार करोड रुपैयाँ लगानी गरेको छ।
कञ्चनपुर कारागारमा कैदीबन्दीबीचको झडपपछि १५ जनाको स्थानान्तरण गरिएको छ। बुधबार भएको झडपमा पाँच जना घाइते भएका थिए। जेलर हेमन्ती साउँदले झडपको कारणलाई ‘आपसी विवाद’ मात्र भएको बताइन्।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको आदेश अनुसार जिम्मा जमानीमा छाड्ने प्रक्रिया अघि बढाइएको छ। ओलीलाई चैत १४ गते पक्राउ गरिएको थियो।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपीएल २ बाट नौ करोड २१ लाख रुपैयाँ आम्दानी भएको जानकारी दिएको छ, जुन पहिलो सिजनको आम्दानीभन्दा सात करोड रुपैयाँ बढी हो। क्यानले आम्दानीको एक हिस्सा जिल्ला र प्रदेश…
हैटीमा संयुक्त राष्ट्रसंघीय सुरक्षा फौजको उपस्थितिले आन्तरिक शान्तिसुरक्षा तहसनहस भएको अवस्थामा केही राहत दिएको छ। सन् १९९४ मा अमेरिकी सेनाले हैटीको राष्ट्रिय सेना विघटन गराएर अरिस्टिडलाई मोहरा बनाएर…
नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलका अभिव्यक्तिप्रति खिमलाल भट्टराईले असन्तुष्टि व्यक्त गर्दै विरोध गरेका छन्। उनले बादलको प्रयोग गरिएको भाषा र दृष्टिकोण पार्टीको नीति र परम्परासँग…