नेपाली सैनिक वार कलेज, नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ। यो तालिम सि. सं. १४ ब्याच हो र ३५ जना महासेनानी दर्जाका अधिकृत शिक्षार्थीहरुको सहभागिता रहेको छ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१ वर्षीय कामीसिंह थिङ मृत अवस्थामा फेला परेका छन्। थिङको शव मनहरी–७ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत ठूलो खोल्सी क्षेत्रमा फेला परेको हो।
नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने निर्णय सरकारको अधिकार क्षेत्रभन्दा बाहिर रहेको बताएका छन्।