रास्वपा उदयपुरको जिल्ला अधिवेशन नयाँ कार्यतालिका अनुसार फेरि सुरु भएको छ। मतदान अधिकारसम्बन्धी विवाद समाधान पश्चात २५० प्रतिनिधि मात्र मतदान प्रक्रियामा सहभागी हुनेछन्।
नेपाली कांग्रेसले चार लाख १७ हजार ७५३ सदस्यता अद्यावधिक गरेको जानकारी दिएको छ। ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्य रहेको र सदस्यता अद्यावधिकको अन्तिम मिति जेठ २८ तोकिएको छ।
चितवनको नेपाल पुलिस स्कुल शान्तिपुरले अत्यधिक गर्मीका कारण ३१ जेठसम्म विद्यालय बन्द गरेको छ। शिक्षकहरूले विद्यार्थीका घरमा पुगेर गृहकार्य र अध्ययनको अनुगमन गर्दै अभिभावकलाई सचेत गराइरहेका छन्।
रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले ५ लाख रुपैयाँको प्रज्ञा पुरस्कार प्राध्यापक डा. सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेको छ। १ लाख १ हजार १११ रुपैयाँको कृषि पुरस्कार…