१९ वर्षीया रुसी खेलाडी मिरा एन्ड्रिभाले फ्रेन्च ओपन टेनिसको उपाधि जित्दै आफ्नो करियरको पहिलो ग्रान्डस्लाम जित हासिल गरेकी छन्। उनले पोल्याण्डकी माजा चालिन्सकालाई ६-३, ६-२ को सेटमा पराजित गरिन्।
डीएभी र सैनिक आवासीय महाविद्यालयले यू-१६ क्रिकेट सेमिफाइनलमा प्रवेश गरेका छन्। डीएभीले केएमसी स्कुललाई ९४ रनले हरायो भने सैनिक आवासीयले अपी स्कुललाई १ विकेटले पराजित गर्यो।
रसुवामा आयोजित ‘लाङटाङ ट्रेल रन २०२६’ मा मिलन कुलुङ र अन्जुली गुरुङले उपाधि जिते। पुरुषतर्फ मिलनले २ घण्टा १६ मिनेट ४३ सेकेन्डमा र महिलातर्फ अन्जुलीले ४ घण्टा ४५ मिनेट ०३ सेकेन्डमा दौड पूरा गरे।
एभरेष्ट इङलिस स्कुलले यु-१६ राष्ट्रिय विद्यालयस्तरीय जिम्न्याष्टिक प्रतियोगिताको मिक्स टिम इभेन्टमा स्वर्ण पदक जितेको छ। प्रतियोगितामा ६२ विद्यालयका १९६ खेलाडी सहभागी छन्।
क्रिकेट संघ रुपन्देहीको पाँचौं अधिवेशनमा पूर्व क्रिकेटर शक्ति गौचनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। हालका अध्यक्ष हरिबहादुर थापाले सहमति तोड्दै पुनः उम्मेदवारी घोषणा गरेपछि गौचनले अध्यक्ष…