Skip to main content

लेखक: space4knews

म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण कार्य प्रारम्भ

१४ वैशाख, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमता भएको म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भइसकेको छ। यस आयोजनालाई प्रवर्द्धन गर्ने हाइड्रो भिलेज प्रालिले पहुँचमार्ग (सडक), विद्युत्गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रूपमा अगाडि बढाइरहेको छ। बगर गाउँदेखि बाँध निर्माण स्थल दोभानसम्म डाइभर्सनमार्फत सडक निर्माण गरी बगरमा कार्यालय स्थापना गरिएको छ। आयोजनाका प्रमुख उत्तम पौडेलले विद्युत्गृहबाट निस्कने पानी थुनिने छान्न १,१३० मिटर लामो टेलरेस सुरुङ निर्माण शुरु गरिएको जानकारी दिए।

‘बगर–तातोपानी खण्डको भिरमा सडक निर्माण नहुँदासम्म म्याग्दी नदी किनारै किनार डाइभर्सन बनाएर बाँध निर्माण स्थल दोभानसम्म करिब १० किलोमिटर पहुँचमार्ग पुर्‍याएका छौँ,’ उनले भने, ‘टेलरेस टनेलको excavation गर्न थालेको छ। सिभिल ठेकेदार भूगोल इन्फ्रास्ट्रक्चर विद्युत्गृह, बाँध र मुख्य सुरुङ excavation को तयारीमा छ।’ म्याग्दी र कुनाबाङ खोलाको दोभानमा निर्माण हुने बाँधबाट ७५ मिटर लामो र ११.९ मिटर अग्लो बालुवा थिग्राउने पोखरी ‘डिसेन्डर’ मा पानी सञ्चय गरिनेछ। त्यसपछि ७१० मिटर लामो पाइपलाइनबाट ल्याइएको पानीलाई ३,६०० मिटर लामो सुरुङमार्फत भित्र पुर्‍याइनेछ।

फेरि ७५० मिटर लामो पाइपलाइनबाट पानीलाई ६०७ मिटर उचाइको पहाडभित्र बनेको भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ, पौडेलले बताए। भूमिगत विद्युत्गृहमा ‘रन अफ रिभर’ प्रकृतिको यस आयोजनामा २०९ मिटर ठाडो सुरुङ, २३० मिटर ‘प्रेसर टनेल’, ५८७ मिटर ‘इनक्लाइन टनेल’ र ७५७ मिटर ‘पेनस्टक पाइप’का विभिन्न संरचनाहरू रहनेछन्। विद्युत्गृहमा तीन वटा युनिट ‘टर्बाइन’हरु समावेश गरिनेछन्। आयोजनाले प्रति घण्टा सुक्खा मौसममा ११७.८२ र वर्षात मौसममा २६४.४५ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ।

बगर र तातोपानी बीचको पहाडमा बाहिरबाट ६४० मिटर लामो सुरुङ खनेर त्यसभित्र भूमिगत विद्युत्गृह बनाउने काम भइरहेको छ। बगरदेखि १६.५ किलोमिटर टाढा रहेको डाँडाखेत सबस्टेशनबाट केन्द्रीय प्रणालीमा विद्युत् पठाउन १३२ केभी क्षमताको ‘डबल र मल्टि सर्किट’ प्रसारण लाइन निर्माणको काम अघि बढिरहेको छ, आयोजना जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीले जानकारी दिए। प्रति मेगावाट रु २० करोड दरले कुल रु १३ अर्ब लागत अनुमान गरिएको यस आयोजनाले विसं २०८४ चैतदेखि विद्युत् उत्पादन शुरू गर्ने लक्ष्य राखेको छ। सिभिल ठेकेदार गत पुस महिनादेखि परिचालित छ भने इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल ठेकेदार छनोट प्रक्रियामा छन्, आयोजना व्यवस्थापक प्रमेश थापाले बताए। केही दिनभित्रै भैँसीखर्क क्षेत्रमा नेपाली सेनाको ‘क्याम्प’ (आधार शिविर) स्थापना गर्ने तयारी भइरहेको छ। विस्फोटक पदार्थको सुरक्षा सुनिश्चित गर्न नेपाली सेनाको क्याम्प स्थापना भएपछि मुख्य सुरुङ excavation सुरु गरिनेछ।

नेपाल सेनाद्वारा गर्भवती महिलाको उद्धार

१४ वैशाख, काठमाडौं । प्रसूतिको पीडाबाट पीडित एक महिलालाई नेपाल सेनाले उद्धार गरेको छ। ढोरपाटन शिकार आरक्षमा सुरक्षाका लागि खटिएको दुर्गाभञ्जन गुल्मबाट परिचालित टोलीले उक्त उद्धार कार्य गरेको हो। ढोरपाटन-८ स्थित देवीथानका महिलालाई उद्धार गरी सेनाले उनलाई उपचारको लागि ढोरपाटनस्थित सामुदायिक स्वास्थ्य चौकीमा पुर्‍याएको छ।

ओपन एआईका सीईओ साम अल्टम्यानले क्यानडाको विद्यालय गोलीकाण्डमा माफी मागे

ओपन एआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले क्यानडाको एक विद्यालयमा भएको सामूहिक गोलीकाण्डका मुख्य अभियुक्तको च्याटजिपिटी एकाउन्टसम्बन्धी सुरक्षा निकायलाई पूर्वजानकारी नदिएकोमा माफी मागेका छन्। गत फेब्रुअरी १० मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित टम्बलर रिज सेकेन्डरी स्कुलमा १८ वर्षीय जेसी भ्यान रुट्सेलरले अन्धाधुन्ध गोली चलाउँदा ६ विद्यार्थीहरू सहित उनका आमाबुवा र भाई गरी ८ जनाको ज्यान गएको थियो।

शुक्रबार ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड इबीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पत्रमा अल्टम्यानले उक्त समुदायले भोगिरहेको पीडा अत्यन्त गहिरो रहेको भन्दै आफ्नो निकटतम संवेदना व्यक्त गरेका छन्। उनी भन्छन् कि आक्रमणकारीको च्याटजिपिटी एकाउन्ट घटना हुनुभन्दा करिब आठ महिनाअगाडि नै प्रतिबन्धित गरिएको थियो।

‘जुन महिनामा प्रतिबन्ध लगाइएको उक्त एकाउन्टबारे कानुनी निकायलाई जानकारी गराउन नसकेकोमा म हृदयदेखि नै माफी चाहन्छु,’ अल्टम्यानले पत्रमा लेखेका छन्। ओपन एआईले गत फेब्रुअरीमा सिबिएस न्युजलाई दिएको जानकारीअनुसार, स्वचालित दुरुपयोग पहिचान प्रणाली र मानव अनुसन्धानकर्ताहरूले उक्त एकाउन्टलाई हिंसात्मक गतिविधिमा प्रयोग हुनसक्ने भन्दै ‘फ्ल्याग’ गरेका थिए। तर, तत्कालीन समयमा कम्पनीले उक्त प्रयोगकर्ताबाट तत्काल र गम्भीर शारीरिक क्षतिको जोखिम नरहेको निष्कर्ष निकालेर प्रहरीलाई खबर नगर्ने निर्णय गरेको थियो। घटनापछि कम्पनीले रोयल क्यानडियन माउन्टेन पुलिससँग सहकार्य गरिरहेको र भविष्यमा यस्ता घटना पुनः नघट्नेगरी सुरक्षा प्रणालीहरूमा सुधार गर्ने प्रतिबद्धता जनाएको छ।

‘छोरो विदेशमै ढल्यो, यता उसको कमाइको घरै रहेन’ 

‘छोरो विदेशमै ढल्यो, यता उसको कमाइको घरै रहेन’

गोपाल नेपालीका छोराले साउदी अरबमा दुई वर्ष कडा मिहिनेत गरेर पैसा पठाए। त्यही पैसाबाट घर बनाइदिए। छुट्टीमा आएर गएपछि उनी त्यसै बिते। गोपालका लागि मनोहरा बस्तीको घर ढुङ्गा र इँटाको थुप्रो मात्र थिएन, त्यो उनको छोराको सम्झनाको पोको थियो।

सामान्य वर्षामै सिरहाको लक्ष्मीचोक क्षेत्र जलमग्न

सिरहा नगरपालिका वडा नं. २ अन्तर्गत लक्ष्मीचोक क्षेत्रमा सामान्य वर्षामै पानी जम्दा स्थानीयको दैनिक जीवन प्रभावित भएको छ। सडक डिभिजन कार्यालय लहानका इन्जिनियर अस्विन यादवले बताए अनुसार सडकको उचाइ कम र नालाको उचाइ बढी भएकाले पानी सडकमै जम्ने समस्या देखिएको छ। करोडौँ रुपैयाँ खर्चेर नाला निर्माण गरिए पनि पानी निकासमा समस्या देखिएको कारण स्थानीयले दीर्घकालीन समाधानको माग गरेका छन्। १४ वैशाख, सिरहा।

सामान्य वर्षामै सिरहा नगरपालिका वडा नं. २ अन्तर्गत लक्ष्मीचोक क्षेत्र जलमग्न हुँदा स्थानीयहरूको दैनिकीमा बाधा देखिएको छ। चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत पर्ने उक्त क्षेत्रमा हिजो रातिदेखि आज बिहानसम्म परेको वर्षाकाले सडकमा पानी जमेको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घण्टाको अवधिमा सिरहा नगरक्षेत्रमा २९.२ मिलिमिटर मात्र वर्षा भएको थियो। सो वर्षाबाट लक्ष्मीचोक अगाडिको माडर जाने बाटोमा पानी जमेर सवारी आवागमन केही समयका लागि अवरुद्ध भएको थियो। पानीको निकास नहुँदा स्थानीयवासीहरूले आफैं कोदालो मारेर अस्थायी नाला जस्तो बनाएर पानी निकास गरेका थिए।

स्थानीय राजकिशोर साह बनियाँका अनुसार नाला निर्माण हुँदा पानी निकास सहज हुने आशा गरिएका थिए। ‘पहिलेभन्दा समस्या झन् बढेको छ, सामान्य वर्षामै घर अगाडि पानी जम्छ, बाहिर निस्कनै गाह्रो हुन्छ,’ उनले भने। उनको भनाइ अनुसार यसले विद्यार्थीलाई विद्यालय जान समेत गाह्रो बनाएको छ। अर्का स्थानीय ललित साहले भने, सडकमै पानी जम्दा दैनिक जीवन निकै असहज भएको बताए। “उपयुक्त निकास नभएका कारण पानी सडकमै थुप्रिन्छ, मजदुर, व्यापारी र विद्यार्थी सबै प्रभावित हुनुपरेको छ,” उनले भने।

वडा नं. २ का अध्यक्ष राकेश यादवले समस्या समाधानका लागि पटक–पटक निर्माण व्यवसायी र सडक डिभिजन कार्यालय लहानलाई जानकारी गराए पनि बेवास्ता भएको गुनासो गरेका छन्। ‘जनताले गुनासो गर्छन्, तर सम्बन्धित निकायले ध्यान दिँदैनन्,’ उनले भने। त्यही अनुसार सडक डिभिजन कार्यालय लहानका इन्जिनियर अस्विन यादवले नालाको उचाइ बढी र सडकको उचाइ कम भएकाले पानी नालामा जान नसकी सडकमै जम्ने समस्या देखिएको बताए। स्थानीयले समस्या उठाएपछि सडक स्तरोन्नतिको पहल भइरहेको उनले जनाए। ‘तत्कालका लागि नालामा सामान्य अवरोध हटाएर पानी निकास गर्न स्थानीयलाई आग्रह गरिएको छ,’ उनले भने।

आर्थिक वर्ष ०८१/८२ मा सडक डिभिजन कार्यालय लहानले करिब ८ करोड रुपैयाँ खर्च हुने ठेक्का आह्वान गरेको थियो। जसअन्तर्गत पहिलो चरणमा भगवत ग्रुप कन्स्ट्रक्सन, काठमाडौंले ६ करोड रुपैयाँमा १,१०० मिटर नाला निर्माणको ठेक्का पाएको थियो भने दोस्रो चरणमा बोहदर माई एबी–वीरगञ्जले २ करोड रुपैयाँमा ५०० मिटर नाला निर्माणको जिम्मा पाएको थियो। दुवै निर्माण कम्पनीले काम सम्पन्न गरी भुक्तानी समेत लिइसकेको इन्जिनियर यादवले जानकारी दिए। तर करोडौं रुपैयाँ खर्ची गरी बनेको संरचनाले राहत दिने सट्टा थप समस्या निम्त्याएपछि स्थानीय आक्रोशित भएका छन्। उनीहरूले दीर्घकालीन समाधानसहित तत्काल सुधारका लागि सम्बन्धित निकायसँग माग राखेका छन्।

क्रिप्टोकरेन्सी: निषेधबाट नियमनको यात्रामा

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीलाई पूर्णरूपमा निषेध गरेको छ र मुलुकी अपराध संहिता २०७४ को दफा २६२ (क) मा यसलाई फौजदारी अपराधको दायरामा समेटिएको छ। नेपालमा क्रिप्टोकरेन्सीको अवैध कारोबार र मनी म्युलिङ्गको समस्या बढ्दै गएको छ, जसमा धेरै युवा अनजानेमा अपराधी गिरोहका भरिया बनेका छन्। विश्वका ७५ प्रमुख अर्थतन्त्रमध्ये ४५ मा क्रिप्टोकरेन्सी वैध छ भने नेपालसहित १० देशमा पूर्णरूपमा निषेध गरिएको छ र नेपालले नियमनको बाटो अपनाउनुपर्ने देखिन्छ।

मानव सभ्यताले इतिहासमा विनिमयका माध्यम समयसँगसँगै परिवर्तन हुँदै आएका छन्। वस्तु विनिमयबाट सुरु भएको यो यात्रा धातु मुद्रा, कागजी नोट हुँदै आजको अभौतिक डिजिटल मुद्रासम्म आइपुगेको छ। विश्व अर्थतन्त्र यति छिटो डिजिटल हुँदैछ कि हिजोसम्म हामीले कल्पना गरेका प्रविधि आज हाम्रो दैनिक जीवनको अभिन्न अंग बनेका छन्। हिजोसम्म खल्तीमा पैसा नभएर बजार जान नसकिने कुरा सोच्न नसक्ने हामी आज क्यूआर कोड स्क्यान मात्र गरेर लगभग सबै आर्थिक कारोबार पूरा गर्छौँ।

क्रिप्टोकरेन्सीको कुरा गर्दा यसको मेरुदण्ड मानिने ब्लकचेन प्रविधि बुझ्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ। ब्लकचेन भनेको इन्टरनेटमा चल्ने एउटा साझा र सुरक्षित खाता हो, जहाँ गरिने हरेक लेनदेनको हिसाब विश्वका हजारौं कम्प्युटरमा एकैसाथ अपडेट हुन्छ। प्रविधिको भाषामा ती कम्प्युटरलाई नोड भनिन्छ। यस प्रविधिमा डेटालाई क्रिप्टोग्राफिक तरिकाले बाँधिएको हुन्छ। त्यसैले, एक पटक यो खातामा तथ्याङ्क लेखिएपछि कसैले पनि त्यसलाई न त मेटाउन सक्छ, न त फेरफार गर्न पाउँछ।

नेपालमा पछिल्लो समय क्रिप्टोकरेन्सी कारोबार नियन्त्रणको सन्दर्भमा चालिएका कानुनी कदमहरू अत्यन्तै गम्भीर प्रकृतिका देखिएका छन्। मुलुकी अपराध संहिता २०७४ को दफा २६२ (क) मा गरिएको पछिल्लो संशोधन (२०८१ वैशाख ३०) सँगै यो विषय अब राष्ट्र बैंकको निर्देशनमा मात्र सीमित नभई पूर्णरूपमा फौजदारी अपराधको दायराभित्र आउँदा राज्यको कडा दृष्टिकोण स्पष्ट भएको छ।

मालीका रक्षामन्त्री सादियो केमाराको आत्मघाती आक्रमणमा निधन

पश्चिम अफ्रिकी देश मालीका रक्षामन्त्री सादियो केमाराको राजधानी बमाको नजिकै आत्मघाती ट्रकमार्फत भएको विष्फोटमा निधन भएको छ। मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते भएका रक्षामन्त्रीको मृत्यु भएको खबर सार्वजनिक गरेको छ। विद्रोही समूह जामाअत नुसरत अल–इस्लाम वाल–मुस्लिमीन (जे.एन.आई.एम.) ले मालीका सैन्य छाउनीहरूमा आक्रमण गरेको र आफ्नो संलग्नता स्वीकार गरेको छ।

१४ वैशाख, काठमाडौं। रक्षामन्त्री केमाराका परिवारले उनको निधन आत्मघाती ट्रक विष्फोटको कारण भएको पुष्टि गरेका छन्। मालीको सरकारी टेलिभिजनले पनि केही समयमै घाइते भएका रक्षामन्त्रीको मृत्यु भएको खबर प्रवाह गरेको थियो। मालीका राष्ट्रपति आसिमी गोइताको निवास पनि यस आक्रमणको निशानामा परेको बताइएको छ। राष्ट्रपति गोइतालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

माली अहिले हिंसा र अस्थिरताले ग्रसित छ। राजधानी बमाकासहितका अन्य शहरहरूमा चरमपन्थी समूहहरू शनिबार बिहानदेखि लगातार आक्रमण गर्दैछन्। सैनिक शासन रहेको मालीमा सैन्य छाउनी, रक्षामन्त्रीको घर र अन्य महत्वपूर्ण स्थानहरूमा समेत हमला भएको छ। चरमपन्थी संगठन आजावाद लिबरेशन फ्रन्ट (एफ.एल.ए.) ले रूसी भाडाका सैनिकहरू फिर्ता गएपछि आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ।

विद्रोही समूह जामाअत नुसरत अल–इस्लाम वाल–मुस्लिमीन (जे.एन.आई.एम.) ले यस आक्रमणमा आफ्नो संलग्नता स्वीकार गरेको छ। उनीहरूले राष्ट्रका नेता जनरल गोइटा र रक्षामन्त्री केमाराका घरहरू तथा सैन्य छाउनीहरूलाई टार्गेट बनाएको बताएका छन्। अलजजिराले यस प्रकारको समन्वयात्मक आक्रमणलाई अभूतपूर्व भनेको छ र सैनिक पङ्क्तिमा त्यसले आतंक मच्चाएको उल्लेख गरेको छ। युरोपेली परिषदको बाह्य सम्बन्ध विभागका अफ्रिका निर्देशक एलेक्स वाइन्सले मालीका अधिकारीहरूले यस्ता आक्रमणबाट अचम्मित भएको प्रतिक्रिया दिएका छन्।

भजन किर्तनमा मदमग्न एमआरआर – Online Khabar

एमआरआरका युवाहरू भजन किर्तनमा मस्त

बिहान ब्रह्म मुहूर्तमा बा–हजुरबाले ‘ॐ जय जगदीश हरे’ गाउँदा झर्को मानेर सिरकभित्र गुटुमुटु पर्ने पुस्ता थिए ती। घण्टी र शंखको ध्वनि अनि भजनको अलापमा यिनीहरू न जागृत हुन्थे, न मुग्ध। बरु क्यासेट प्लेयरमा ‘हो जा रंगीला रे’ घन्काएर शरीरका अवयवहरू जर्‍याकजुरुक पार्दै आफ्नो दैनिकी सुरु गर्थे। प्रातकालीन आरतीमा यिनीहरूले थाली घुमाएनन्, पूजाआजा गरेनन्, टीका–प्रसाद ग्रहण गरेनन्। अन्ततः भक्ति भजनसँगै सुरु हुने घरको चालामाला फेरियो। सबेरै पूजापाठ गर्ने र साँझ सत्संग गर्ने अनादि क्रम भंग भयो। मिलेनियल्स र जेनजी मिश्रित यही ठिमाह पुस्ता अहिले हठात एक सय असी डिग्रीमा बदलिए। यिनीहरूले खैजडी जुटाए, ढोलक उठाए, झ्याली पिटे। अनि भक्तिभावले मुग्ध भएर भजन किर्तन गाउन थाले। आधुनिकताको रंग फेरिसकेका, प्रविधिको रफ्तार समातिसकेका, विज्ञानको कसिमा चढिसकेका यी पुस्ता कुन मनोभावले भजन किर्तन गरिरहेका छन्? यो सुखद रहस्यको कुरा हो। रहस्यको पोकोपन्तुरो खोल्न चाहिँ एमआरआर भित्र प्रवेश गर्नुपर्ने हुन्छ।

एमआरआर अर्थात मेन्स रुम रिलोडेड। १५ वर्षअघि कुनै युवाले रहरै–रहरमा एउटा फेसबुक पेज बनाउँछ, एमआरआर। युवाहरूको आफ्नै पेवा समूह, जहाँ उनीहरू भर्चुअल चियागफ गर्न सकोस्। १८ वर्ष माथिका, जुँगाको रेखी बसिसकेका वैशालु युवाहरूले यस पेजमा स्वागत पाउँछन्। उनीहरूले मन खोलेर त्यहाँ ‘ननभेज’ कुरा गर्दै आफ्नो असली रूप देखाउन सक्छन्। जे पनि भन्न सक्छन्, मनमा लागेका कुरा। हल्काफुल्का गफ, सामान्य समस्याहरू र तामासिक जोक्सहरू गर्दै सुरु भएको यो पेज आफैंमा एक अलग सत्ता बन्छ। करिब करिब उस्तै छिमलका विश्वभरका युवाहरूलाई यसले आफ्नो प्रभाव र प्रवाहमा डोहोर्‍याउँछ। सामाजिक सञ्जालमा युवा आवाजलाई एकढिक्का बनाउने सामर्थ्य यही ग्रुपले जुटाउँछ। यसले कहिले खबरदारी गर्छ त कहिले साझेदारी गर्छ। उनीहरू ‘स्वर्ण उमेर’लाई मनमौजी खर्चने होइन बरु, सामाजिक दायित्वका लागि आफ्ना योगदान खोज्न थाल्छन्।

अन्ततः बनभोज, भेला, छलफलमा समेटिएको यो समूह कहिले वृक्षरोपण गर्न एकबद्ध हुन्छन्, कहिले सरसफाइ। कहिले उद्धार कार्यमा एकजुट हुन्छन् त कहिले स्वयमसेवामा। अन्ततः भौतिक योगदानसँग यो छिमल आत्मिक जागरणमा सरिक हुन्छन्। सामूहिक भजन–किर्तनको थालनी त्यसैको एक सिलसिला हो। टिकटक, रिल्स र इन्स्टातिर बरालिने युवालाई यसले भजन मण्डलीमा एकत्रित गरिदिएको छ। त्यसैले त ठाउँ–ठाउँमा युवाहरू भेला हुँदै पूर्ण भक्तिभावले भजन किर्तन गाइरहेका छन्। जुन पुस्ताबाट ‘धर्म–परम्परा’को मोहभंग भयो, त्यही पुस्ताले फेरि भजनमा भाका हाल्दै स्वतःस्फूर्त टोल–टोलमा भेला हुँदा समाज हेरिरहेको छ।

सूर्यास्तको घडी। मधुरो घामको लालीले धर्ती छाड्ने बेला। कुनै मन्दिर परिसरको सात्विक मौसम। जिन्स र टीशर्टमा ठाँटिएका तन्नेरीहरू आमने–सामने बसेका छन् पलेँटी कसेर। शिरमा ढाका टोपी, गलामा रुद्राक्ष र रामनामी धारण गरेर। खैजडी, ढोलक र झ्यालीको तालसँगै युवाहरू एकसुरमा गाउन थाल्छन्, ‘लीला हुन लाग्यो.. हा. राम तिम्रो मन्दिरमा।’ कोही सुस्त सुस्त अर्धगोलाकार घुम्दै घाँटु नाचे जसरी शरीरलाई लयबद्ध गर्छन्, कोही स्वरमा स्वर घुमाएर भजन गाउँछन्। माहोल यस्तो मादक बन्छ, मानौं ती कुनै हिप्पी युगका मस्ट तन्नेरीहरू हुन् जो ‘हरे राम हरे कृष्ण’ गाइरहेका छन्। गिटारको धुनमा। ‘भर्खर भर्खर चल्न थाल्यो, जीवन आधा आधावृन्दावनमा भेट भयोकृष्णसँग राधाधर्म आधा आधाहुन्छ कि हुँदैन हे राधा ..अहै……’ सन्ध्याकालीन भजनको यो लहर र स्वर क्रमशः बढ्दै जान्छ। युवाहरूको समूह थपिँदै जान्छ। हेर्दा–हेर्दै यो खहरे–खोला नदीको प्रवाहमा मिसिए जसरी एउटा विशाल लहर बन्छ। अन्ततः काठमाडौंको कुनै मन्दिर परिसरको परिधि नाघेर यो चितवन, बुटवल, भैरहवा, हेटौंडा, पोखरातिर झरने लाग्छ। अनि यसको झंकार दुबई, कतार, मलेसिया हुँदै जापान, फिनल्यान्डतिर फैलिन्छ। ‘एमआरआर भजन मण्डली’सहितको ब्यानर समातेर उनीहरू गर्वले स्टाटस लेख्छन्, ‘एमआरआर भजन अब फलानो ठाउँमा पनि।’ भक्ति, संगीत र आराधनाको यो युवा–समूह आफैंमा एक अभियान बन्छ। ‘एमआरआर भजन’ शीर्षकसहित विभिन्न मिति, विभिन्न स्थान र विभिन्न समयमा नियमित रूपमा भजन किर्तनको सिलसिला सुरु हुन्छ।

करिब एक वर्षअघि भएको कुरा हो। एमआरआर ग्रुपका युवाहरू भृकुटीमण्डपमा भेटघाट गर्थे, भलाकुसारी गर्थे, चियापान गर्थे र फुटसल खेलेका थिए। कुराकानीका क्रममा उनीहरूले भने, ‘भजन किर्तन गर्ने पो गर्ने कि?’ यो काइदाको जुक्ति थियो। एमआरआरका संस्थापक सन्तोषकुमार थापा भन्छन्, ‘त्यसपछि काठमाडौंमा हामीले एक साँझ भजन किर्तन गर्‍यौं।’ त्यसबेला केही युवा भेला भए। सहर मादक साँझमा घुम्ने क्रममा उनीहरू कुनै मन्दिर परिसरमा ‘हरे राम हरे कृष्ण’मा भाका हालिरहेका थिए। यसै बिन्दुबाट शुरु भएको भजन किर्तनमा क्रमशः युवाहरू जोडिँदै गए। ‘सुरुमा सीमित ठाउँमा भजन किर्तन गरिरहेका थियौं’ सन्तोष भन्छन्, ‘पछि विस्तारै बुटवल, पोखरा, हेटौंडालगायतमा रहेका एमआरआरका साथीहरूले पनि सुरु गरे। अहिले त नेपाल मात्र होइन, विदेशमा समेत सुरु भइसकेको छ।’ यस क्रेज कतिसम्म बढ्दै गएको छ भने, साप्ताहिक भजन अब ठूलो उत्सव बनेको छ। जहाँ जहाँ युवाहरू भजन गाउन बस्छन्, त्यहाँ त्यहाँ स्थानीयको सात्विक भिड लाग्ने गर्दछ। उनीहरू उमंगले सहभागी हुँदै, भक्तिभावले भजन किर्तनमा नाच्ने र गाउने गरिरहेका छन्। ‘अहिले केही मठमन्दिरले हामीलाई निमन्त्रणा गर्न थालेका छन्’ सन्तोष सुनाउँछन्, ‘खुसीको कुरा चाहिँ नयाँ वर्षको पूर्वसन्ध्यामा हामीलाई पशुपतिनाथबाट भजनका लागि निमन्त्रणा आयो।’ युवाहरू एकढिक्का भएर अत्यन्त उल्लासपूर्ण वातावरणमा भजन किर्तन गर्न थालेपछि कतिले भनेका छन्, ‘कति पैसा लाग्छ, हामीकहाँ पनि भजन आयोजना गर्नुपर्छ।’ ‘तर हामी पैसा लिएर भजन किर्तन गरिरहेका छैनौं’ सन्तोष भन्छन्, ‘यो एकदमै निःशुल्क हो। यसमा हामी कसरत पनि गर्दैनौं, स्वतःस्फूर्त जुट्ने हो।’ ‘फलानो ठाउँमा, फलानो मितिमा भजन हुँदै।’ बस्, फेसबुकमा सार्वजनिक गरिने यही सूचना हेरेर युवाहरू आज्ञाकारी भएर तोकिएको ठाउँमा, तोकिएको समयमा उपस्थित हुन्छन् र भक्ति–उल्लासले भजन किर्तनमा संलग्न हुन्छन्। कुनै विशेष अवसरमा वा फुर्सदको क्षणमा मात्र होइन, बरु समय निकालेर नियमित रूपमा उनीहरूले यसरी भजन किर्तनमा सहभागी हुन थालेका छन्। काठमाडौंलगायत क्षेत्रमा साप्ताहिक रूपमा भजन आयोजना भइरहेछन्। डिस्को थिएक, मदिरालयमा बेफिक्रीले रमाउने युवा लहर सौम्य र शान्त वातावरणमा मिसिएर, भक्तिभावले पग्लिएर, आध्यात्मिक चेतनाले जागृत हुँदै सन्ध्याकालीन भजन–किर्तनमा मग्न भएका छन्। सन्तोष भन्छन्, ‘यो एउटा जागरणको लहर हो। हाम्रा पूर्वजहरूले हामीलाई दिएका एउटा उपहार हो। यसले युवा समूहलाई आध्यात्मिक शुद्धिकरणमा डोहोर्‍याउँछ भन्ने हाम्रो आशा छ।

‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियानअन्तर्गत धनगढीका मेयरको नेतृत्वमा टोली अपि बेस क्याम्पतर्फ प्रस्थान

१४ वैशाख, धनगढी । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालको नेतृत्वमा एक टोलीले अपि बेस क्याम्प यात्रा सुरु गरेको छ। सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनका लागि धनगढी उपमहानगरपालिकाले ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ भन्ने नारासहित अभियानको सुरुवात गरेको हो। मेयर हमाल नेतृत्वको ३० सदस्यीय टोली सोमबार बिहान धनगढीबाट अपि बेस क्याम्पतर्फ यात्रा आरम्भ गरेको छ। १० दिने यस यात्रामा टोलीले अपि हिमालको बेस क्याम्पसम्म पुग्ने लक्ष्य राखेको छ।

सुन्दर सुदूरपश्चिमका अभियन्ता समेत रहेका मेयर हमालले स्थानीय सरकारको तर्फबाट निरन्तर हिमाल र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले यो अभियान थालिएको बताएका छन्। अपि बेस क्याम्प यात्रामा जनप्रतिनिधिसँगै कर्मचारी, व्यापारी र विभिन्न सर्वसाधारणको पनि सहभागिता रहेको छ। टोलीलाई धनगढीबाट बाजागाजा र फूलमालाले बिदाइ गरिएको छ। यस अभियानले सुदूरपश्चिमका धार्मिक र पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा महत्वपूर्ण योगदान दिन सक्ने विश्वास व्यक्त गरिएको छ।

ट्रम्प र प्रशासनका अधिकारीहरूलाई हत्या गर्ने प्रयासको धम्की

आइतबार जारी गरिएको विज्ञप्तिमा ह्वाइट हाउसले उल्लेख गरेको छ कि ट्रम्प र उनका मन्त्रिपरिषद्का सदस्यहरूलाई हत्या गर्ने प्रयास गर्दा पनि उनीहरू नडराएका छैनन्।

शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन – Online Khabar

शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुल्न सकेको छैन

१४ वैशाख, काभ्रेपलाञ्चोक । गत शनिबार साँझदेखि अवरुद्ध बिपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। १२ गते शनिबार रोशी खोलामा आएको बाढीले बिगारेको डाइभर्सन आइतबार प्रायः स्थानमा बनेको भए पनि पुनः १३ गते आइतबार साँझको पानीले बनेका डाइभर्सन बगाएको थियो। राजमार्गका चिउरीबास, नार्के र चार सय बेशीमा आइतबार बनेका डाइभर्सनहरु बगेका छन्।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार, रोशी खोलाले बगाएका १३ स्थानका डाइभर्सनमध्ये ८ स्थानमा डाइभर्सन निर्माण भए पनि आइतबार साँझको पानीले तिनि बिग्रएको जानकारी दिएका छन्। पुनः आज (सोमबार) बिहानदेखि डाइभर्सन बनाउन सुरु गरिएको छ भन्ने कार्कीको भनाइ छ। शनिबार रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको थियो भने सिन्धुली तर्फ आँपघारी र नेपालथोकमा पनि डाइभर्सन बगाएको थियो।

प्रहरीका अनुसार सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीले मौसममा सुधार आएपछि क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याउने तयारीमा लागेको छ।

पश्चिम गुल्मीमा विद्युत सेवा अवरुद्ध, मर्मत कार्य जारी छ

१४ वैशाख, गुल्मी । पश्चिम गुल्मी क्षेत्रमा आइतबार दिउँसोदेखि विद्युत सेवा अवरुद्ध भएको छ । बस्तु सब-स्टेसन अन्तर्गत ११ केभी बस्तु फिडरको प्यानलमा अचानक आगलागी हुँदा विद्युत आपूर्ति प्रभावित भएको हो । प्यानलमा आएको खराबी मर्मत गर्न प्राविधिक टोली खटिएको छ भने पूर्ण रूपमा मर्मत गर्न केही समय लाग्ने जनाइएको छ । यस फिडरबाट सेवा लिने धुर्कोट बस्तु, धुर्कोट रजस्थल र धुर्कोट वाग्ला लगायत पश्चिम गुल्मीका थुप्रै क्षेत्रमा विद्युत सेवा ठप्प भएको बताइएको छ । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले मर्मत कार्य जारी राखेको हुँदा सेवा सुचारु हुन केही समय लाग्ने भएकाले उपभोक्तालाई धैर्य धारण गर्न अनुरोध गरिएको छ ।

मधेस प्रदेशमा मुख्यमन्त्रीहरूको बारम्बार परिवर्तनले सिर्जना गरेको समस्याहरू

लेख जानकारी

२०७८ सालमा मधेस प्रदेशमा दोस्रो प्रदेशसभा गठन भएको यता हालसम्म चार जनाको मुख्यमन्त्री परिवर्तन भइसकेको छ। राजनीतिक अस्थिरताले मधेस प्रदेशका विकास कार्यक्रम र ‘प्रदेश गौरव’ अन्तर्गत सुरु भएका महत्वपूर्ण आयोजना अलपत्र वा बन्द अवस्थामा पुगेका छन्। प्रदेश स्थापना भएदेखि पहिलो कार्यकालमा मुख्यमन्त्री लालबाबु राउतले पाँच वर्षसम्म सरकार सफलतापूर्वक सञ्चालन गरे। राउतले महिलामुखी विभिन्न कार्यक्रमहरू ल्याएका थिए। प्रदेश गौरवका योजनाका रुपमा ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान, विद्यालय जाने बालिकालाई साइकल वितरण, छोरी जन्मिएकामा निःशुल्क बीमा, छुवाछुत विरुद्धको ऐनजस्ता योजनाहरू ल्याइएका थिए। पूर्व मुख्यमन्त्री राउतले भने, “बेटी पढाऊ, बेटी बचाऊ योजना सुरुमा छोरी शिक्षित बनाउनका लागि ल्याइएको थियो। छोरी बीमा कार्यक्रममा जन्मेका छोरीलाई तीन लाख रुपैयाँ बीमा गर्ने व्यवस्था गरिएको थियो। यसले भ्रूणहत्या कम गर्न र छोरी जन्मिएमा दु:खी नहुने, खुसी मनाउने अभियान अगाडि बढाउनका लागि डिजाइन गरिएको थियो।”

“सुरुदेखि मेरो मान्यता महिलाप्रति हुने भेदभाव अन्त्य गर्नु थियो। यी योजना समाजलाई सकारात्मक दिशामा लैजाने थिए,” उनले भने। तर, २०७९ सालमा खरिद भएका साइकलहरूमा भ्रष्टाचार पुष्टि भएपछि ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम रोकियो। ती साइकलहरू अझै जनकपुरको चुरोट कारखानाको खण्डहर गोदाममा थन्किएका छन्। ‘बेटी बचाऊ, बेटी पढाऊ’ अन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम पनि प्रभावहीन बनेको छ। राउतका अनुसार २०७५/७६ मा ५ हजार ६ सय ६६ बालिकाको बीमा गरिएको थियो तर हालसम्म करिब १६ जनालाई मात्र बीमा सेवा निरन्तर दिइएको छ। त्यसपछि करिब ९ हजार आवेदन कार्यान्वयन हुन सकेका छैनन्।

जनमत पार्टीका मुख्यमन्त्री सतिश कुमार सिंहले अघिल्ला योजनाहरू निरन्तरता दिन नसकेको स्वीकार गर्छन्। “मैले ल्याएका तीन–चार ठूला योजनाहरू पनि सञ्चालन गर्न सकिएनन्,” सिंहले बताए। उनले कर्मचारी व्यवस्थापनलाई दोष दिन्छन्। ‘बेटी बचाऊ, बेटी पढाऊ’ लोकप्रिय भए पनि निरन्तरता नपाए किन? भनेर सोध्दा सिंहले भने, “भ्रष्टाचारका मुद्दा उठे, कर्मचारी उपस्थिति समस्या भयो, कार्यविधि स्पष्ट भएन। कर्मचारीहरू विज्ञ त बन्ने तर इमानदार प्रयास नगर्ने प्रवृत्तिले समस्या थपायो। त्यसैले प्रदेश गौरव योजनाहरू अगाडि बढाउन सकेनौं।”

अर्कोतिर, जसपाका मुख्यमन्त्री सरोज यादवको कार्यकालमा जनकपुरमा रामजानकी बहुउद्देश्यीय रंगशाला निर्माण भएको घोषणा भयो। २०७७ सालमा प्रदेश परिवहन कार्यक्रम अन्तर्गत पाँच आधुनिक बस ३ करोड ९ लाखमा खरिद गरिएको थियो। यो बसहरू जनकपुर–वीरगञ्ज र जनकपुर–राजविराजमा सञ्चालन गर्ने योजना थियो तर ती बसहरू पछि अन्य संस्थाहरुलाई हस्तान्तरण गरिए। २४ दिन मात्र कार्यकाल पाएका एमालेका मुख्यमन्त्री सरोज यादवले मधेस आन्दोलनका सहिदलाई ‘मधेस रत्न’ पुरस्कृत गर्ने, किसानलाई राहत दिने, बेरोजगार युवाहरुलाई भत्ता दिने योजना ल्याए तर ती सबै घोषणामा सीमित रह्यो।

मधेस प्रदेशमा हाल छैटौँ मुख्यमन्त्रीको रूपमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नेपाल कांग्रेसका कृष्ण प्रसाद यादवलाई नियुक्ति गरेका छन्। उनी मधेस प्रदेशका अनियमितताहरू हटाउने, सुशासन कायम गर्ने र कृषिमा आधारित प्रदेश भएकाले किसान तथा कृषि क्षेत्रमा विकास गर्ने वाचा सार्वजनिक रूपमा व्यक्त गर्छन्। मधेस प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. सोहन प्रसाद साह भन्छन्, “पहिलाका योजना अलपत्र छन्। कुन अवस्था छ भनेर अनुसन्धान, अध्ययन र अनुगमन पनि गरिएको छैन।”

राजनीतिक विश्लेषक चन्द्र किशोर भन्छन्, “गठबन्धन सरकार हुँदा सबै आ-आफ्नो हितमा हुन्छन्। सामाजिक न्यायका कार्यक्रमहरू निरन्तरता पाउनुपर्छ। संघीयताको सातौँ वर्षमा पनि सुरु भएका योजनाहरू प्राथमिकताका साथ निरन्तर भए केही सकारात्मक परिवर्तन हुन्थ्यो। यी सबै योजनाबाट जनता नै प्रत्यक्ष प्रभावित हुनुपर्ने अवस्था छ।” योजनाहरू ल्याइए पनि लागू नहुँदा सर्वसाधारणमा सरकारप्रती आशा कमजोर हुँदै गएको गुनासो बढ्दै गएको छ।

मनोहरा सुकुमवासी बस्तीका घर टहरा भत्काउने काम जारी, १३ डोजर परिचालन

मनोहरा सुकुमवासी बस्तीका बाँकी घर टहरा भत्काउने अभियान जारी, १३ डोजर परिचालन

१४ वैशाख, काठमाडौं । मनोहरा सुकुमवासी बस्तीका बाँकी घर टहरा आज बिहानदेखि डोजरको सहायता लिएर भत्काउन थालिएको छ। बिहान ७ बजेबाट १३ वटा डोजर परिचालन गरी बाँकी रहेका घर टहरा ध्वस्त पार्न लागिएको हो। मनोहरा खोला किनारमा अवस्थित बस्ती आइतबार बिहानदेखि भत्काउन थालिएको थियो। केही घर टहरा अझै बाँकी रहेकाले आज पनि उक्त कार्य निरन्तरता दिइएको छ। घर टहरा भत्काउने कार्यमा भक्तपुरबाट प्रहरी र काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीसहित डोजर परिचालन गरिएको छ।
प्रधानमन्त्री बालेन शाहको निर्देशनमा यसअघि थापाथली र गैह्रीगाउँ क्षेत्रमा रहेका सुकुमवासी बस्तीका घरहरू भत्काइएको थियो। त्यहाँका बासिन्दाहरूलाई नगर प्रहरीले कीर्तिपुर, नगरजुन र भक्तपुरमा व्यवस्थापन गरेको छ। काठमाडौं उपत्यकामा झण्डै २७ स्थानमा, बागमती नदी किनारसहित सुकुमवासी नाममा सरकारी जग्गामा अतिक्रमण भएको छ। संबंधित पक्ष, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ४ मंसिर ०८० मा सर्वोच्च अदालतमा बुझाएको लिखित बहस नोट अनुसार ती क्षेत्रमा ३,४९६ घरटहरा रहेको छ। जसमा काठमाडौं महानगरपालिकामा २,१७०, कागेश्वरी मनोहरामा ९०, बुढानीलकण्ठमा १५६, गोदावरीमा २१५, ललितपुर महानगरपालिकामा १७ र भक्तपुर जिल्लामा ७७३ घरटहरा रहेका छन्। देशव्यापी करिब १५ देखि १६ लाखसम्म सुकुमवासी परिवार रहेको सरकारी तथ्यांकले देखाएको छ।

ट्रेड युनियन अधिकार कटौती नगर्न ट्रेड युनियनहरुको आग्रह

१४ वैशाख, काठमाडौं । निजामती क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियनहरूले संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगरिन आग्रह गरेका छन्। नेपालको संविधान र अन्तरराष्ट्रिय श्रम संगठनअन्तर्गत नेपाल पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको तथा अनुमोदन गरेको अभिसन्धिअनुसार सबै पेसाकर्मीले संगठित हुने र रोजेको संगठनको सदस्य हुने पूर्ण ट्रेड युनियन अधिकार सुनिश्चित गर्न उनीहरूले माग गरेका छन्।

उनीहरूले संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक सेवामा कार्यरत कर्मचारीको हकहित संरक्षण, सहभागिता र सामूहिक सौदाबाजीको अधिकारलाई कानूनी रूपमा मजबुत बनाउनसमेत आग्रह गरेका छन्। नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गरी सो माग राखेका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही वैशाख ११ गते शुक्रबार संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्ने विधेयकको मस्यौदालाई विधायन ऐन, २०८१ बमोजिम आवश्यक सुझावका लागि सार्वजनिक गरेको थियो। यसरी मस्यौदा सार्वजनिक हुनु सकारात्मक भएको उनीहरूले जनाएका छन्।

विधेयक मस्यौदामा निजामती क्षेत्रमा कार्यरत कर्मचारीहरूले आफ्नो पेसागत हकहितका लागि संगठित हुन पाउने गरी रहेको ट्रेड युनियन अधिकारमा कटौती गर्नुपर्ने प्रयास र प्रयत्नप्रति निजामती क्षेत्रमा क्रियाशील राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले नेपालको संविधान २०७२ को उपधारा २ को खण्ड घ मा प्रत्येक नागरिकलाई संघ र संस्था खोल्ने स्वतन्त्रता, धारा ३४ मा प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक रहने व्यवस्था गरेको तथा श्रमिकले ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने र सामाजिक सौदाबाजी गर्ने अधिकार सुनिश्चित गरेको स्मरण गराएका छन्।

त्यसका अतिरिक्त नेपाल पक्ष राष्ट्र भएका र अनुमोदन गरेको अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) का महत्वपूर्ण अभिसन्धिहरूले सार्वजनिक सेवामा समेत ट्रेड युनियन अधिकारलाई मौलिक श्रम अधिकारको रूपमा स्वीकार गरेको र श्रमिक तथा कर्मचारीहरूले आफूले छानेको संगठनमा संगठित भई सामूहिक सौदाबाजी गर्ने अधिकार सुनिश्चित गरेको विषय समेत उनीहरूले सरकारले स्मरण गराएका छन्।