चिनियाँ राष्ट्रपति सी चिनपिङको पहिलो वैदेशिक भ्रमणले पेइचिङको कूटनीतिक प्राथमिकता कता छ भन्ने बलियो सङ्केत गर्दछ। उनले सन् २०२४ को मे महिनामा फ्रान्स, सर्बिया र हङ्गेरीको भ्रमण गरे।
सीजी हस्पिटालिटी ग्लोबल र म्यारिअट इन्टरनेसनलबीच नेपालमा दुईवटा अति विलासी होटल सञ्चालन गर्ने ऐतिहासिक सम्झौता भएको छ। काठमाडौंको ठमेलमा १५ अर्ब रुपैयाँ लगानीमा ‘द रिट्ज–कार्लटन काठमाडौं’ होटल…
काठमाडौंको ठमेलमा निर्माणाधीन ‘लक्जरी कलेक्सन बाई म्यारिअट’ होटल यस वर्षको अन्त्यसम्ममा सञ्चालनमा आउने तयारीमा छ। यस होटलमा करिब १५ अर्ब रुपैयाँ लगानी हुने बताइएको छ।
अर्घाखाँचीको ‘रक गार्डेन’ पछिल्लो समयमा आन्तरिक पर्यटकहरूको प्रमुख आकर्षण बन्दैछ। यहाँ पर्यटकहरूको सुविधा गर्न स्थानीय सरकारले शौचालय, विश्रामस्थल र मन्दिरलगायत पूर्वाधार निर्माण गरेको छ।
नेपालको रैथाने चरा काँडे भ्याकुर पहिलोपटक मधेस प्रदेशको बारा जिल्लामा फेला परेको छ। यो चरा ४४३ मिटर उचाइमा भेटिएको छ, जसले नेपालका सातै प्रदेशमा यसको भौगोलिक विस्तार पुष्टि गरेको छ।