नेपाल पुलिस क्लबका दुवै टोलीले दशौं पीएम कप एनभीए भलिबल लिगमा लगातार जित हासिल गरेका छन्। पुरुष टोलीले खिल्जी युवा क्लबलाई हराएको छ भने महिलाले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।
सर्वोच्च अदालतले काठमाडौंका नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्ने विषयमा रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश शान्तिसिंह थापाले लिखित जवाफ माग गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेपभित्र लुकाइएको सुनको विषयमा प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालसहितका कर्मचारीमाथि भ्रष्टाचार मुद्दा चलाएको छ। प्रमुख भन्सार अधिकृत खनालले भेप साटिएको…
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेश बस्नेतसहित ११ जना पदाधिकारी र सदस्यले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले अध्यक्ष भुवनसिंह गुरूङको कार्यशैलीमा व्यक्तिगत प्रभाव रहेको आरोप लगाएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका नेता माधव सापकोटाले स्थानीय तहहरूले उत्पादनमूलक क्षेत्रमा काम सुरु गरिसकेको बताउनुभएको छ। उहाँले जुगल गाउँपालिकाले नयाँ पर्यटकीय गन्तव्यको रूपमा ‘जुगल माउण्ट एभरेस्ट भ्यू…
काठमाडौंमा असिनापानीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि तीनवटा अन्तर्राष्ट्रिय विमान ‘डाइभर्ट’ भएका छन्। विमानस्थल कार्यालयका अनुसार टर्किश एयरलाइन्स, एयर चाइना र सिचुवान…
अर्थ मन्त्रालयको आर्थिक स्थितिपत्रले नेपालको कृषि क्षेत्र परम्परागत अवस्थामा रहेको र उत्पादकत्व दक्षिण एसियाली मुलुकभन्दा न्यून रहेको देखाएको छ। कुल जनसंख्याको ६२ प्रतिशतले कृषि पेशा अपनाए पनि…