दीपेन्द्र सिंह ऐरीले घरेलु क्रिकेट र फ्रेन्चाइज क्रिकेटमा कप्तानी गरिसकेका छन्। नेपाल क्रिकेट संघले यूएईविरुद्ध टी-२० सिरिजका लागि उनलाई कप्तानमा चयन गरेको छ।
वीरगञ्जको मुख्य सडक विस्तारको काम भोलिदेखि बिहान शुरू हुने भएको छ। सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार, गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार गरिने छ।
स्ट्रेट अफ होर्मुजमा दुई भारतीय जहाजमा गोलीबारी भएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले गोलीबारी गरि दुवै जहाजलाई यात्रा परिवर्तन गर्न बाध्य बनाएको छ।
स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले पदक जित्ने खेलाडीहरू निश्चल थापा र सुरम्या शाक्यलाई सम्मानित गर्यो। उनीहरूलाई नगद, स्मार्ट वाच र प्रमाणपत्रसहित सम्मान गरिएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई प्रदेश सरकार अन्तर्गत राख्नुपर्ने सुझाव दिएका छन्। उनले संघीय सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको…