Skip to main content
Advertisement1200×100-inside-1

खेलकुद

Advertisementxtreme adv
फिफा विश्वकप २०२६ अघिको मैत्रीपूर्ण खेलमा जर्मनी, पोर्चुगल, इंग्ल्यान्ड र बेल्जियमले जित हात पारेका छन्।
2026-06-07 | SPACE 4K
अर्जेन्टिना र ब्राजिलले मैत्रीपूर्ण खेलमा जित हात पारेका छन्। अर्जेन्टिनाले होन्डुरसलाई २-० ले पराजित गर्यो भने ब्राजिलले इजिप्टलाई २-१ ले हरायो।
2026-06-07 | SPACE 4K
१९ वर्षीया रुसी खेलाडी मिरा एन्ड्रिभाले फ्रेन्च ओपन टेनिसको उपाधि जित्दै आफ्नो करियरको पहिलो ग्रान्डस्लाम जित हासिल गरेकी छन्। उनले पोल्याण्डकी माजा चालिन्सकालाई ६-३, ६-२ को सेटमा पराजित गरिन्।
2026-06-07 | SPACE 4K
डीएभी र सैनिक आवासीय महाविद्यालयले यू-१६ क्रिकेट सेमिफाइनलमा प्रवेश गरेका छन्। डीएभीले केएमसी स्कुललाई ९४ रनले हरायो भने सैनिक आवासीयले अपी स्कुललाई १ विकेटले पराजित गर्यो।
2026-06-07 | SPACE 4K
रसुवामा आयोजित ‘लाङटाङ ट्रेल रन २०२६’ मा मिलन कुलुङ र अन्जुली गुरुङले उपाधि जिते। पुरुषतर्फ मिलनले २ घण्टा १६ मिनेट ४३ सेकेन्डमा र महिलातर्फ अन्जुलीले ४ घण्टा ४५ मिनेट ०३ सेकेन्डमा दौड पूरा गरे।
2026-06-07 | SPACE 4K
एभरेष्ट इङलिस स्कुलले यु-१६ राष्ट्रिय विद्यालयस्तरीय जिम्न्याष्टिक प्रतियोगिताको मिक्स टिम इभेन्टमा स्वर्ण पदक जितेको छ। प्रतियोगितामा ६२ विद्यालयका १९६ खेलाडी सहभागी छन्।
2026-06-07 | SPACE 4K
बेल्जियममा भइरहेको इयू टी-२० लिगमा जेबी ब्रुग्स टोलीले पहिलो खेलमा पराजय बेहोरेको छ। वर्षाका कारण प्रभावित खेलमा, टोलीले २७ रनले हार व्यहोरेको हो।
2026-06-07 | SPACE 4K
नेपाल सुटिङ संघको आयोजनामा सातदोबाटोमा २७ औं पुरुष तथा २६ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता सोमबार सम्पन्न हुनेछ।
2026-06-07 | SPACE 4K
नेपाल आर्मीले गिरिजाप्रसाद कोइराला राष्ट्रिय महिला हक्की फाइभ प्रतियोगिताको उपाधि जितेको छ। गण्डकी दोस्रो र मधेस प्रदेश तेस्रो भए।
2026-06-06 | SPACE 4K
नेपालको बाघ भैरव डोजोले १८औं इन्डो–नेपाल खुला कराते प्रतियोगितामा उपाधि जित्दै च्याम्पियन भएको छ। बाघ भैरवले ७ स्वर्ण, ३ रजत र २ कांस्य पदक जितेको छ।
2026-06-06 | SPACE 4K

Subscribe to Our Newsletter: