नेपाली लेगस्पीनर सन्दीप लामिछाने आईसीसी टी-२० बलिङ र्याङ्किङमा तीन स्थान तल झरेर ५८औं स्थानमा पुगेका छन्। दीपेन्द्रसिंह ऐरी पनि बलिङमा चार स्थान खस्किएर ७७औं स्थानमा पुगेका छन्।
नेपाल सुपर लिगको चौथो सिजन आगामी ५ सेप्टेम्बर २०२६ देखि होम एन्ड अवे फर्म्याटमा सञ्चालन हुनेछ। लिगले तीन नयाँ टोली थपेर कुल टोली संख्या १० पुर्याउने घोषणा गरेको छ।
इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले एन्डोनी इराओलासँग मुख्य प्रशिक्षक नियुक्तिका लागि मौखिक सहमति गरेको छ। उनले दुई वर्षको सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन्।
साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा नेपालले बंगलादेशसँग खेल्ने तयारी गर्दैछ। नेपाली टोलीले बंगलादेशसँगको विगतका हारको बदला लिने लक्ष्य राखेको छ।
फिफाले सन् २०२६ को विश्वकपका लागि सहभागी ४८ राष्ट्रका १ हजार २४८ खेलाडीहरूको अन्तिम सूची सार्वजनिक गरेको छ। यस पटकको विश्वकपमा केप भर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तानले ऐतिहासिक रुपमा पहिलो पटक…
नेपाल एड्भेन्चर रनिङ फेडेरेसनले असार ३ गते रामारोशन स्काई रन २०२६ आयोजना गर्ने भएको छ। प्रतियोगितामा २८ किलोमिटरको मुख्य स्काई रनिङ र ५ किलोमिटरको सामुदायिक दौड समावेश गरिएको छ।
फिफा विश्वकप २०२६ मा ४८ टोली सहभागी हुँदै १०४ खेल सञ्चालन हुनेछन्। लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले छैटौं पटक विश्वकप खेल्ने कीर्तिमान बनाउनेछन्।